×

NEPAL TIMES UPDATES

Playing
नेपालबारे कस्तो छ आईएमएफको प्रक्षेपण ?|| Nepal Times
Apr 19, 2026
Playing
होर्मुज आगोझैँ तनाव, जहाजहरू युटर्न, विश्व तेल बजारमा त्रास|| Nepal Times
Apr 19, 2026
Playing
जिल्ला प्रशासनको पुरानो सेवाशैली अब इतिहास बन्ने,अब यसरी हुनेछ सेवा|| Nepal Times
Apr 19, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026

देउवाको संदेश विशेष महाधिवेशन नगर्नु, गगनहरुले मान्लान् ?

१९ कार्तिक २०८२

१८ कार्तिक , काठमाण्डौ ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आजबाट पुनः सुरु हुँदैछ । बैठक आज दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बस्ने गरि बोलाइएको छ । सोमबार बसेको कार्यसम्पादन समितिको बैठकले आजबाट केन्द्रीय कार्य समितिको बैठक पुनः सुरु गर्ने निर्णय गरेको हो ।

Advertisement
Advertisement

बैठकमा संस्थापन र इतर दुवै पक्षले धारणाका रूपमा महाधिवेशनको कार्यतालिका प्रस्ताव गर्ने बताइएको छ । महामन्त्री गगन थापाले आजको बैठकमा १५ औं महाधिवेशन कार्यतालिका पेस गर्ने भनिएको छ ।

सोमबार दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म ललितपुरको धोविघाटमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले राखेको औपचारिक तथा अनौपचारिक छलफलमा आजको केन्द्रीय समितिमा महामन्त्री थापा उपस्थित हुने र आफ्ना कुरा राख्ने समझदारी बनेको थियो ।

त्यसअनुसार आज सुरूमा कार्यवाहक सभापति खड्काले कुरा राख्नेछन् । त्यसपछि उनले बोल्न महामन्त्री थापालाई समय दिनेछन् । महामन्त्री थापाले आफ्ना कुरा राखेर १५ औं महाधिवेशन प्रस्ताव पेस गर्नेछन् ।

उनले यसअघि केन्द्रीय कार्यसम्पादन समितिमा विभिन्न विकल्पसहित महाधिवेशन प्रस्ताव पेस गरे पनि सभापति शेरबहादुर देउवा पक्षका पदाधिकारी तथा पूर्वपदाधिकारी सहमत नहुँदा केन्द्रीय समितिमा महाधिवेशन प्रस्ताव पेस हुन सकेको छैन ।

कात्तिक १३ गतेको केन्द्रीय समिति बैठकमै महामन्त्री थापाले महाधिवेशन प्रस्ताव पेस गर्न समय माग गरेका थिए । तर कार्यवाहक सभापति खड्काले केही दिन समय दिन भनेका थिए भने थापा उक्त दिन केन्द्रीय समितिमै अनुपस्थित रहे ।

त्यसपछि केन्द्रीय समिति बैठक रोकेर कार्यवाहक सभापति खड्काले नेताहरूसँग संवाद गर्दै आएका थिए तर १५ औं महाधिवेशन कार्यतालिकामा अझै सहमति जुट्न सकेको छैन । अब आज महामन्त्री थापाले केन्द्रीय समितिमा आफ्ना कुरा राखेपछि महाधिवेशन कार्यतालिका प्रस्ताव गर्नेछन् ।

महामन्त्री थापाले सकेसम्म मंसिरमै केही कारणले ढिला हुने भए पुस १६ देखि १९ गतेसम्म महाधिवेशन गर्न सकिने बताइरहेका छन् । यस्तै सहमहामन्त्रीहरू महालक्ष्मी उपाध्याय (डिना), फरमुल्लाह मन्सुर, भिष्मराज आङ्देम्बे, केन्द्रीय कार्यसम्पादन समिति सदस्य रमेश रिजाल, जिपछिरिङ लामाले चुनावअघि १५ औं महाधिवेशन गर्नुपर्ने कुरा केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा राख्दै आएका छन् ।

सभापति देउवानिकट अरू पदाधिकारी र पूर्वपदाधिकारी विमलेन्द्र निधि, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, प्रकाशशरण महत, शशांक कोइरालालगायतले चुनावपछि महाधिवेशन गर्नुपर्नेमा जोड दिँदै आएका छन् ।

तर महामन्त्री गगन थापा, अर्का महामन्त्री विश्वप्रकाश शर्मा र नेता शेखर कोइराला चुनावअघि महाधिवेशन गर्नुपर्ने पक्षमा छन् । यसैबीच सभापति शेरबहादुर देउवानिकट केही केन्द्रीय सदस्यहरूले सोमबार बानेश्वरमा भेला गरी चुनावपछि वैशाखमा महाधिवेशन गर्न उपयुक्त हुने निष्कर्ष निकालेको छ ।

त्यसअनुसार केन्द्रीय समितिमा महाधिवेशन कार्यतालिका प्रस्ताव लैजाने पक्षमा केन्द्रीय सदस्यहरू छन् । साथै आजै मध्याह्न नयाँ बानेश्वरमा विशेष महाधिवेशन माग गरेका महाधिवेशन प्रतिनिधिहरूले पनि भेला राखेका छन् ।

सभापति देउवा पक्षका केन्द्रीय सदस्यहरूले केन्द्रीय समितिमा प्रस्ताव गर्न कार्यतालिका बनाएको केन्द्रीय सदस्य गुरू बरालको भनाइ छ । पुस १५ गतेभित्र क्रियाशील सदस्य नवीकरण गरी नयाँ वितरण गरिसक्नु पर्ने, सम्पूर्ण तहमा घरदैलो अभियान सञ्चालन गर्दै निर्वाचनको लागि जागरण अभियान चलाउने र फागुन २१ को चुनावलाई समानुपातिक र प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस गर्ने, राष्ट्रिय सभा को उमेदवार पनि सिफारिस गर्ने कुरा प्रस्तावित कार्यतालिकामा उल्लेख छ ।

प्रतिनिधि सभाको निर्वाचनपछि पार्टीको १५ औ केन्द्रीय महाधिवेशन वैशाख २५, २६, २७ र २८ मा गर्न उनीहरूले प्रस्ताव गरेका छन् । यसैबीच सभापति शेरबहादुर देउवाले पनि संस्थापनका नेताहरूलाई विशेष महाधिवेशन नगर्न निर्देशन दिएका छन् ।

विशेष महाधिवेशन माग गर्दै दुई हजार ४ सय ८८ महाधिवेशन प्रतिनिधिले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षरसहितको पत्र बुझाएका थिए । तर, त्यो पत्रको कार्यान्वयन नगरी नियमित महाधिवेशन गर्ने वातावरण निर्माण गर्न संस्थापनका नेताहरूलाई देउवाले भनेका हुन् ।

संस्थापन पक्षीय नेताहरूको अनौपचारिक बैठकमा सभापति देउवाले विशेष महाधिवेशन नगरी नियमित महाधिवेशनको वातावरण बनाउन आफूलाई निर्देशन दिएको जानकारी कार्यवाहक सभापति खड्काले दिएका हुन् ।

देउवा हाल उपचारका क्रममा सिंगापुरमा छन् । सिंगापुरबाटै देउवाले खड्कालाई यस्तो निर्देशन दिएका हुन् । खड्कामात्रै होइन सहमहामन्त्री किशोरसिंह राठोरले पनि आफूलाई सिंगापुरबाट देउवाले टेलिफोन गरेर विशेष महाधिवेशन नगर्ने वातावरण निर्माण गर्न भनेको बताएका थिए ।

देउवाले आफू निकटका अरू पदाधिकारीलाई विशेष महाधिवेशनले पार्टीलाई राम्रो नगर्ने भन्दै त्यसतर्फ पार्टीलाई नलैजान भनेका छन् । यता देउवा नजिकका केही नेताहरू पनि आगामी निर्वाचनअघि नै महाधिवेशन सम्पन्न गरी नयाँ नेतृत्व चयन गर्नुपर्ने पक्षमा उभिएका छन् ।

सोमबार कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गरेको छलफलमा देउवा पक्षका चारजना केन्द्रीय कार्यसम्पादन समिति सदस्यहरूले स्पष्ट रूपमा ’पहिले महाधिवेशन, त्यसपछि निर्वाचन’ भन्ने अडान राखेका हुन् ।

यी सदस्यहरू हुन् — फरमुल्लाह मन्सुर, रमेश रिजाल, जिपछिरिङ लामा, र भिष्मराज आङदाम्बे । मन्सुर र आङदाम्बे दुवै कांग्रेसका निर्वाचन सह–महामन्त्री हुन् । उनीहरूले फागुन २१ मा हुने भनिएको निर्वाचनअघि नै नयाँ नेतृत्वको म्यान्डेट लिएर जानुपर्ने बताएका छन् ।

त्यस्तै, अर्की निर्वाचित सह–महामन्त्री डिना उपाध्यायले पनि यसअघि नै महाधिवेशनको विवाद टुंग्याएर नयाँ ऊर्जा र नयाँ टोलीसहित निर्वाचनमा जानुपर्ने बताइसकेकी छन् । सोमबारको छलफलमा सहभागी नेताका अनुसार, कांग्रेस नेतृ सुजाता कोइरालाले पनि देउवा नेतृत्वलाई खुलेर चुनौती दिँदै भनिन्, ’पुराना अनुहार लिएर अब चुनावमा जान सकिँदैन, नयाँ पुस्तालाई नेतृत्वमा ल्याएर मात्रै जनतामा जानुपर्छ।’

देउवा पक्षका नेताहरूको यस्तो धारणा आउनु पार्टीभित्रको सन्तुलनमा नयाँ संकेतका रूपमा हेरिएको छ । विगतमा देउवाप्रति निष्ठावान मानिने यी नेताहरू अहिले संस्थापन नेतृत्वको महाधिवेशन ढिलो गर्ने रणनीतिसँग असन्तुष्ट देखिन थालेका छन् ।

कांग्रेसको विधानअनुसार, जब केन्द्रीय कार्यसमिति बैठक बस्न सक्दैन, कार्यसम्पादन समितिले निर्णय लिन्छ र त्यसलाई पछि केन्द्रीय समितिबाट अनुमोदन गरिन्छ । विधानले कार्यसम्पादन समितिमा सभापतिसहित १४ पदाधिकारी र ३१ सदस्य, अर्थात् ४६ सदस्य रहने व्यवस्था गरेको छ ।

Advertisement

हाल भने यो समिति ३७ सदस्यीय मात्र सक्रिय छ । पार्टीभित्रको पछिल्लो बहसले स्पष्ट देखाएको छ — अब महाधिवेशन मिति विवाद केवल संस्थापन र इतर समूहबीचको मात्र रहेन, देउवा पक्षभित्रै पनि नेतृत्व–परिवर्तनको माग उब्जिन थालेको छ ।

भर्खरको समाचार

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

सम्बन्धित खबरहरु

Scroll to Top