×

NEPAL TIMES UPDATES

Playing
पिताको अनुपस्थितिले जिन्दगीमा रित्तोपन ल्याउँछः बालेन
Mar 13, 2026
Playing
पुटिनसँग किन लम्पसार परे ट्रम्प, हरेक दाउ ट्रम्पका लागि घातक|| Nepal Times
Mar 13, 2026
Playing
कम्बोडियामा अनलाईन स्क्यामिङमा फसेका नेपालीको उद्धार || Nepal Times
Mar 13, 2026
Playing
रास्वपा,कांग्रेस र एमालेबाट को–को बन्दैछन् समानुपातिक सांसद ? || Nepal Times
Mar 13, 2026
Playing
कहाँ बस्छन् बालेन सरकारका मन्त्री, यस्तो छ मन्त्री निवासको अवस्था || Nepal Times
Mar 13, 2026
Playing
World News: दुबईमा खस्यो ड्रो*न,Americaलाई UAEले पनि पत्याएन, हर्मुज नखुल्ने|| Nepal Times
Mar 13, 2026
Playing
बालेनका लागि रास्वपाले विधान नै फेर्ने, के छ अवरोध ? || Nepal Times
Mar 13, 2026
Playing
लौरो टेकेका बालेनको घण्टी बजाउँदै सिंहदरबार यात्राःआशाको अग्निप रीक्षा|| Nepal Times
Mar 13, 2026
Playing
इरानले दियो जवाफ, अमेरिकी यूएसएस अब्राहम लिंकनमाथि ह म ला || Nepal Times
Mar 13, 2026
Playing
Top 15 Afternoon News || March-13-2026 || Nepal Times
Mar 13, 2026

 विश्वकप लिग २ःआज नेपाल भर्सेस यूएई

२० कार्तिक २०८२

१९ कार्तिक , काठमाण्डौ ।

यूएईमा जारी लिग २ क्रिकेटको शृंखलामा लगातार तीन हार बेहोरेर खराब लयमा  रहेको  नेपाली क्रिकेट टोलीले  आज सिरिजको अन्तिम खेलमा आयोजक यूएईसँग खेल्दैछ ।    खेल नेपाली समयअनुसार बिहान सवा ११ बजे युएईको दुबई इन्टरनेशनल क्रिकेट मैदानमा हुनेछ ।

जारी सिरिजमा नेपालले तीन खेलमै हार बेहोरेको छ । नेपाल अमेरिकासँग १०६ रन र ४ विकेटले, युएईसँग ५ विकेटले पराजित भएको थियो । लिग–२ को अंक तालिकामा अमेरिका २४ खेलबाट ३६ अंकसहित शीर्ष स्थानमा छ ।

नेपाल १९ खेलमा १२ अंकसहित सातौं स्थानमा छ भने १९ खेल खेलेको यूएई ८ अंकसहित पुछारमा छ । नयाँ प्रशिक्षक स्टुअर्ट ल को आगमनपछि जुनमा स्कटल्यान्डमा भएको लिग २ शृंखलामा राम्रो प्रदर्शन गरेको अनि टी–२० विश्वकप छनोटमा शानदार प्रदर्शनसहित उच्च मनोबलका साथ यूएई पुगेको नेपाली टोलीको प्रदर्शन भने अपेक्षाकृत हुन सकेन ।

अमेरिका र यूएईसँग सुरुवाती दुई खेलमा एकपक्षीय हार बेहोरेको नेपालले तेस्रो खेलमा अमेरिकासँग अलि सुधारिएको प्रदर्शन गरेपनि जित भने निकाल्न सकेन । लिग २ मा अझै १७ खेल खेल्दै लामो यात्रा तय गर्न बाँकी भएपनि यी तीन हारले नेपालको सोझै विश्वकप छनोट खेल्ने यात्रा कठिन मात्र नभएर एकदिवसीय मान्यता जोगाउन समेत मुस्किल देखिएको छ ।

नेपाल यसका लागि तालिकाको शीर्ष ५ भित्र पर्नुपर्ने छ। टी–२० विश्वकप छनोटको तयारीका लागि नेपालले टी–२० अभ्यास खेलसहित वेस्टइन्डिजसँगको ऐतिहासिक शृंखला खेल्दै  शानदार प्रदर्शन गरेर विश्वकप छनोटमा पनि त्यही लय निरन्तरता दिएर विश्वकपमा छनोट  भएको नेपाल एकदिवसीय विश्वकप  लिग २ मा भने कमजोर देखिएको छ ।

 नेपालको ब्याटिङ नै मुख्य कमजोरीको रूपमा देखियो, जुन् ब्याटिङ यसअघिको शृंखलामा परिपक्क भनेर बुझिएको थियो । नेपालको मध्यक्रममा बलियो प्रदर्शन हुन नसक्दा पहिलो खेलमा १०६ रनको फराकिलो हार बेहोरेको थियो ।

दोस्रो खेलमा नेपालले मध्यम योगफल खडा गरेको भएपनि कप्तान रोहित पौडेलको शतकबाहेक अन्यको प्रदर्शन राम्रो हुन सकेन । यूएईले २३४ रनको लक्ष्य आरामले पूरा ग¥यो । त्यस्तै नेपालको  बलिङ पनि कमजोर देखिएको छ ।

यसअघिकै समस्याका रूपमा रहँदै आएको डेथ बलिङले नेपाललाई बारम्बार सताउँदै आएको छ । तेस्रो खेलमा नेपालले अन्तिम १० ओभरमा ७१ रन डिफेन्ड गर्न सकेको थिएन । त्यसअघि पनि नेपालले अमेरिकाको मध्यक्रममा बनेको साझेदारी तोड्न सकेको थिएन ।

फलस्वरुप अमेरिकाले १ ओभर अगावै २७३ रनको लक्ष्य पूरा गरेको थियो । पहिलो खेलमा पनि नेपालले अमेरिकाविरुद्ध अन्तिम १० ओभरमा ९१ रन बेहोरेको थियो र जम्मा १ विकेट मात्र निकालेको थियो । त्यही खेलमा नेपालको नेपालको ब्याटिङ पनि ‘कोल्याप्स’ हुँदा फराकिलो हार बेहो¥यो ।

शृंखलामा एक शतक हानेका कप्तान रोहित पौडेलले खेलमा ब्याटिङको फिनिसिङ राम्रो हुन नसक्दा हार बेहोरेको बताएका छन् । उनले अन्तिम खेलमा जित निकाल्दै २ अंक जोड्ने लक्ष्य रहने बताएका छन् ।

लिग २ तालिकामा १९ खेलमा १२ अंक जोडेर सातौं स्थानमा रहेको नेपालले सबै ४ खेल जितेमा पनि अंकतालिकामा १९ अंक रहेको नामिबियालाई पछि पारेर सातौंबाट छैटौंमा उक्लन सक्ने थियो। तर नामिबियालाई उछिन्न पनि नेपालले अब कम्तीमा अर्को शृंखला कुर्नुपर्ने भइसकेको छ ।

लगातार तीन हारपछि अब नेपाल यूएईबाट सान्त्वना जितका साथ २ अंक लिएर फर्किने उद्देश्यमा हुनेछ । त्यसो हुँदा लिग २ को तालिकामा नेपालको २० खेलमा १४ अंक हुनेछ र सातौंमा यथावत् रहनेछ ।

अन्तिम खेलमा जित निकालेमा अंकतालिकामा कुनै हलचल नल्याएपनि नेपालका लागि सान्त्वना जितका रूपमा रहनेछ र लिग २ को यस शृंखलामा सुखद अन्त्य हुनेछ ।

भर्खरको समाचार

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

कोमामा रहेका भनिएका खामेनीले रगतको बदला लिने,होर्मुज’को अवरोध नखुल्ने

trump khameni missiel

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

सम्बन्धित खबरहरु

Scroll to Top