NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त सोमवार कार्तिक २४ , २०८२
महावीरले दबाब थेग्न सकेनन्, दिए प्रष्टिकरण ? सोमवार कार्तिक २४ , २०८२
कुलमानको पार्टीको नाम,उज्यालो नेपाल नै रहने, चिम चिन्ह सोमवार कार्तिक २४ , २०८२
एनपीएल ‘रोबोट डग’, के काम गर्छ ?विराटनगरमा प्रभावशाली कोच सोमवार कार्तिक २४ , २०८२
४० दिनदेखि सरकार सटडाउन हुँदा , अमेरिका नै अस्तब्यस्त सोमवार कार्तिक २४ , २०८२
Next
Prev

समाचार

न्युयोर्कको मेयरमा निर्वाचित ममदानी को हुन् ? पहिलो मुस्लिम मेयर

बुधबार कार्तिक १९ , २०८२
Reading Time: 1 min read
A A
न्युयोर्कको मेयरमा निर्वाचित ममदानी को हुन् ? पहिलो मुस्लिम मेयर
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

१९ कार्तिक , काठमाण्डौ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भयभरको शक्ति प्रयोग गर्दा समेत जोहरान ममदानी न्यूयोर्क सहरको मेयरमा विजयी भएका छन् ।३४ वर्षीय ममदानी न्यूयोर्कका पूर्व गभर्नर एन्ड्रयू कुमो र रिपब्लिकन कर्टिस स्लिवालाई पराजित गर्दै मेयरमा विजयी भएका हुन् ।

उनी जनवरी १ मा पदभार ग्रहण गरेपछि न्युयोर्कका सबैभन्दा कान्छा मेयर हुनेछन् । यति मात्रै होइन उनी न्युयोर्कको मेयर बन्ने पहिलो दक्षिण एशियाली मूलका पहिलो मुस्लिम र अफ्रिकामा जन्मेका पहिलो व्यक्ति बनेका छन् ।

ब्रुकलिनका सम्पन्न गल्लीहरूदेखि क्विन्सका श्रमिक वर्गका आप्रवासी बस्तीहरूसम्म फैलिएको राज्यमा उनको जित न्युयोर्कको इतिहासमा सबैभन्दा उल्लेखनीय राजनीतिक उथलपुथलहरूमध्ये एक हो । डेमोक्रेटिक समाजवादी ममदानीले जुनमा भएको डेमोक्रेटिक प्राइमरी चुनावमा पूर्वगभर्नर एन्ड्रयू एम कुओमोलाई पराजित गरेका थिए ।

यो जितसँगै न्युयोर्कवासीहरूले पाँच महिनामा दोस्रो पटक राज्यका सबैभन्दा शक्तिशाली व्यक्तित्वमध्ये एकलाई अस्वीकार गरेका छन् । रिपब्लिकन उमेदवार कर्टिस स्लिवा धेरै पछाडि तेस्रो स्थानमा रहे ।

२० लाखभन्दा बढी मतदाताको सहभागिता दर्ता भएको थियो, जुन सन् १९६९ यता सहरको नगरपालिका चुनावमा भएको उच्चतम सहभागिता हो । क्वीन्सका राज्य विधायक ममदानी एक वर्षअघि बिना कुनै ठूलो प्रोफाइल प्रतिस्पर्धामा उत्रिएका थिए ।

तर, किफायती जीवन, सामाजिक सञ्जालमा उनको पकड र न्युयोर्कप्रतिको निरन्तर सकारात्मक अभियानले युवा मतदाता र आप्रवासी समूहहरूमा रेकर्ड तोड्ने सहभागिता उत्प्रेरित ग¥यो । यसले उनलाई अनुभवी प्रतिद्वन्द्वीहरूलाई पछि पार्दै अगाडि बढ्न मद्दत ग¥यो ।

उनी युगान्डामा भारतीय मूलका अभिभावकबाट जन्मिएका थिए । युगान्डाको राजधानी कम्पाला जन्मिएका मामदानी सात वर्षको हुँदा उनका आमाबुवा अमेरिकामा बसाइ सरेका हुन् । उनी सन् १९७० को दशकमा अब्राहम बीमपछि मेयरको रूपमा सेवा गर्ने पहिलो व्यक्ति हुन् ।

ममदानीले सहरको लामो समयदेखि चलिआएको राजनीतिक र व्यापारिक प्रतिष्ठानविरुद्ध एक विद्रोहीको रूपमा अभियान चलाएका थिए । उनले धनीमाथि कर बढाउने, बस र बाल हेरचाह निःशुल्क गर्ने, भाडा स्थिर अपार्टमेन्टहरूका लागि भाडा फ्रिज गर्ने र आफूले कठोर रूपमा आलोचना गरेको प्रहरी विभागमा सुधार ल्याउने आह्वान गरेका छन् ।

तर उनले जनवरी १ मा पदभार ग्रहण गर्दा गम्भीर चुनौतीहरूको सामना गर्नुपर्नेछ । धेरै यहूदी न्युयोर्कवासी र व्यापारिक नेताहरूले उनीप्रति गहिरो अविश्वास राखेका छन् । राष्ट्रपति ट्रम्पको खतरा पनि मडारिरहेको छ, जसले ममदानीको जित हुनुभन्दा अघि नै उनलाई ‘मेरो सानो कम्युनिस्ट मेयर’ भन्दै आफ्नो निशाना बनाएका थिए ।

चुनावको पूर्वसन्ध्यामा राष्ट्रपतिले आधिकारिक रूपमा पूर्वगभर्नर कुमोलाई समर्थन गरेका थिए । ट्रम्पले ममदानीले उनलाई मन नपर्ने नीतिहरू लागु गरेमा न्युयोर्कलाई अर्को निशाना बनाउँदै संघीय कोषहरू कटौती गर्ने र राष्ट्रिय गार्ड तैनाथ गर्ने चेतावनी दिएका छन् ।

३४ वर्षीय जोहरान ममदानी राजनीतिमा आउनु अघि हिप–हप ¥यापर थिए। ममदानी भन्छन्, ‘सङ्गीतकै माध्यमबाट मैले पहिलोपटक महसुस गरेँ कि समाजमा असमानता र पहिचानको राजनीतिबारे बोल्नुपर्छ।’

ममदानीले मेयरमा उम्मेदवारी दिने चर्चा सुरु हुँदै नेपालीहरुले उनलाई बालेनकै प्रतिरुपमा ब्याख्या गरेका थिए । विश्व राजनीतिमा दुई फरक भूगोलबाट उदाउन खोजेका ममदानी हुन् वा बालेन, उनीहरुले एउटा सन्देश स्पष्टै रुपमा दिएका छन, शक्तिको स्रोत नागरिक हो ।

यही ग्रासरुटबाट शक्तिको पुष्पण हुन्छ । लोकतान्त्रिक शासन प्रणालीमा सार्वभौमसत्ता जनताले आफ्ना प्रतिनिधिमार्फत उपयोग गर्छन् । लोकतन्त्रमा नागरिक नै सर्वेसर्वा हुन् । चीरकालसम्म एउटै पात्र वा प्रवृत्ति स्थापित हुन सक्दैन भन्ने कुरा विश्व राजनीतिमा देखिएका यी ज्वलन्त उदाहरण हुन् ।

२०७९ सालको स्थानीय तह निर्वाचनको बेला बालेन शाहले अपनाएकोजस्तै चुनावी शैली ममदानीको पनि अपनाएका थिए । राजनीति साँचो अर्थमा आर्थिक रुपान्तरणमार्फत नागरिकको व्यवहारमा देखिने परिवर्तन हो ।

जुन कुरा देशको शासन प्रणालीसँगै अर्थतन्त्रसँग जोडिएको हुन्छ । स्पष्ट आर्थिक नीति विना राजनीतिक मुद्दालाई व्यवहारमा उतार्न असम्भव हुन्छ । कलेज सकेपछि उनी क्वीन्समा बसाइँ सरे र प्रवासी, भाडामा बस्नेहरू र ब्ल्याक लाइभ्स म्याटर आन्दोलनमा सक्रिय भए।

सन् २०१७ मा उनले डेमोक्र्याटिक पार्टीमार्फत राजनीतिक यात्रा सुरु गरे। सन् २०२० मा उनी न्युयोर्क स्टेट असेंबलीमा निर्वाचित भए र २०२२ तथा २०२४ मा निर्विरोध जिते।आफ्नो कार्यकालमा ममदानीले सर्वसाधारणसँग प्रत्यक्ष सम्बन्ध राख्ने मुद्दा उठाए, जसले उनलाई निकै लोकप्रिय बनायो।

उनले सस्तो र सजिलो आवासलाई सबैको अधिकार बनाउने अभियान चलाए। सार्वजनिक यातायात निःशुल्क गर्न माग गरे। न्यूनतम तलब ३० डलर प्रतिघन्टा पु¥याउने प्रस्ताव राखे। अहिलेसम्म उनले २० वटा विधेयक समर्थन गरेका छन्, जस मध्ये ३ कानून बनेका छन्।

तीमध्ये एक ‘भाडा नियन्त्रण विधेयक’ मध्यवर्गीय र प्रवासी समुदायमा निकै लोकप्रिय भयो। ममदानीले चुनाव प्रचारमा शहरको बढ्दो बसोबास खर्चलाई मात्र मुद्दा बनाएका छैनन्, साथै धनीहरूमाथि कर लगाएर गरीब वर्गका लागि आवास योजनाहरू दिने वाचा समेत गरेका छन्।

कुमो पूर्व गभर्नर र गभर्नरको छोरालाई हराउँदै ममदानीले डेमोक्र्याटिक पार्टीको पुरानो सत्ताको संरचनालाई चुनौती दिए, जसलाई वाम धाराले लामो समयदेखि वास्तविकतासँग टाढा भएको भन्दै आलोचना गर्दै आएको थियो। उनको अभियानले असाधारण मिडिया ध्यान खिच्यो, जसले उनीमाथि अब मेयरको रूपमा बढी निगरानी रहने संकेत गर्छ।

१२ वर्षअघि बिल डे ब्लासियोले पनि आर्थिक असमानता घटाउने वाचा गर्दै मेयर जितेका थिए। तर आठ वर्षपछि उनको कार्यकाल मिश्रित नतिजासहित र असन्तुष्टि बीच समाप्त भयो। ममदानीले पनि त्यही सीमित अधिकार र उच्च अपेक्षासँग जुध्नुपर्नेछ।

हाललाई, ममदानीले आफूलाई अमेरिकन जनतासामु परिभाषित गर्ने अवसर पाएका छन् । किनकि धेरै अमेरिकनहरू अझै उनीबारे थोरै मात्र जान्दछन्। हालैको सीबीएस सर्वेक्षणअनुसार, ४६ प्रतिशत अमेरिकीले न्यूयोर्कको मेयर चुनावलाई बिल्कुलै ध्यान नदिएको बताएका थिए।

न्यूयोर्क बाहेक मंगलबार न्यू जर्सी र भर्जिनियामा पनि गभर्नर चुनाव भए। यी दुई राज्यहरूमा पनि डेमोक्र्याटहरूले सहज विजय हासिल गरे। न्यू जर्सीमा नतिजा केही नजिक भए पनि, ट्रम्पको नाम नभएपछि उनले पाएको श्रमिक र अल्पसंख्यक समर्थन टिकेन।

ममदानी जस्तो वामपन्थी नीतिवाला उम्मेदवारदेखि लिएर शेरिल र स्पानबर्गर जस्ता मध्यमार्गी डेमोक्र्याट सबैले जीवनयापन र खर्चका विषयमा ध्यान केन्द्रित गरे। सर्वेक्षणअनुसार, अर्थतन्त्र मतदाताको प्रमुख चिन्ता रह्यो।

यसैले, वाम र मध्यम दुवै धाराका डेमोक्र्याटहरूको जितले पार्टीले आगामी चुनावमा कुन बाटो रोज्ने भन्ने स्पष्ट संकेत दिएको छैन। तर ममदानी भन्छन् पार्टीमा सबै विचारका लागि ठाउँ छ। अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्प पुनः निर्वाचित भएको नोभेम्बर ५ मा एक वर्ष पुग्दै गर्दा उनको सबैभन्दा ठूलो हार भएको छ ।

न्युयोर्क सिटीलाई अमेरिकाको मुटु मानिन्छ। यहाँ मेयर बन्ने कुरा केवल शहर प्रमुख बन्नु मात्र होइन, अमेरिकाको अत्यन्त प्रभावशाली राजनीतिक पदमा पुग्नु हो। यहाँको वार्षिक जीडीपी नै करिब २.३ ट्रिलियन डलर छ । मेयरको हातमा प्रशासन, प्रहरी, यातायात, आवास, शिक्षा र स्वास्थ्य प्रणालीको नियन्त्रण हुन्छ।

Tags: #न्युयोर्कको मेयरमा निर्वाचित ममदानी#ममदानी पहिलो मुस्लिम मेयर

लोकप्रीय

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२
महावीरको महान निर्णयः किमोका औषधि नेपालमै

महावीरले दबाब थेग्न सकेनन्, दिए प्रष्टिकरण ?

सोमवार कार्तिक २४ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमानको पार्टीको नाम,उज्यालो नेपाल नै रहने, चिम चिन्ह

सोमवार कार्तिक २४ , २०८२

विचार

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२
महावीरको महान निर्णयः किमोका औषधि नेपालमै

महावीरले दबाब थेग्न सकेनन्, दिए प्रष्टिकरण ?

सोमवार कार्तिक २४ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमानको पार्टीको नाम,उज्यालो नेपाल नै रहने, चिम चिन्ह

सोमवार कार्तिक २४ , २०८२

थप समाचार

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त
ताजा समाचार

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२
महावीरको महान निर्णयः किमोका औषधि नेपालमै
ताजा समाचार

महावीरले दबाब थेग्न सकेनन्, दिए प्रष्टिकरण ?

सोमवार कार्तिक २४ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत
ताजा समाचार

कुलमानको पार्टीको नाम,उज्यालो नेपाल नै रहने, चिम चिन्ह

सोमवार कार्तिक २४ , २०८२
एनपीएल ‘रोबोट डग’, के काम गर्छ ?विराटनगरमा प्रभावशाली कोच
खेलकुद

एनपीएल ‘रोबोट डग’, के काम गर्छ ?विराटनगरमा प्रभावशाली कोच

सोमवार कार्तिक २४ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: इक्वेडरको जेलमा ३१ जना मा*रि*ए, अमेरिकी सटडाउन खुल्ने || Nepal Times

World News: इक्वेडरको जेलमा ३१ जना मा*रि*ए, अमेरिकी सटडाउन खुल्ने || Nepal Times

00:19:53

World News: सिरियाली राष्ट्रपति Trump भेट्न पुगे, मुनिर जीवनभर फिल्ड मार्सल || Nepal Times

00:16:53

World News:चीनको फुजियान सेवामा, रुसमा हे लिकप्टर दुर्घ टना || Nepal Times

00:19:59

World News: अमेरिकी सरकार ३७ दिनदेखि बन्द,भियतनाममा आँधी,५ हजार वर्ष पूराना भाडा || Nepal Times

00:20:10

World News: मेक्सिकोभित्रै पसेर ट्रम्पले कारबाही गर्ने, राष्ट्रपतिमाथि नै यौन दु*व्र्य*वहार

00:18:03

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

आईजीपी खापुङलाई २४घण्टे स्पष्टीकरण, किन किन कारवाही नगर्ने ?

‘बल प्रयोग गर्न नपाउने हो भने देशमा प्रहरी नराखे हुन्छ’ः आईजी

शुक्रबार कार्तिक २१ , २०८२
बाबुरामदेखि कुलमान र जनार्दनसम्म रास्वपाको नेतृत्व बन्ने महत्वकांक्षा

बाबुरामदेखि कुलमान र जनार्दनसम्म रास्वपाको नेतृत्व बन्ने महत्वकांक्षा

शुक्रबार कार्तिक २१ , २०८२
ओली र लेखकको स्थानहद र पासपोर्ट रोक्का खुलेन

जेलर र रविको बयान मिल्यो,कसरी नख्खुबाट निस्किए ?

बुधबार कार्तिक १९ , २०८२

हालका पोस्टहरू

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२
महावीरको महान निर्णयः किमोका औषधि नेपालमै

महावीरले दबाब थेग्न सकेनन्, दिए प्रष्टिकरण ?

सोमवार कार्तिक २४ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमानको पार्टीको नाम,उज्यालो नेपाल नै रहने, चिम चिन्ह

सोमवार कार्तिक २४ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.