×

NEPAL TIMES UPDATES

Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026
Playing
आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीः अमेरिका र नेपाल खेल्दै#NEPAL #CRICKET #USA || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी वरिष्ठ कूटनीतिज्ञले ककसलाई भेट्दैछन्? एमसीसीमा चासो|| Nepal Times
Apr 18, 2026
Playing
आजदेखि शनिबार ‘भेहिकल फ्रि असन’ || Nepal Times
Apr 18, 2026
Playing
कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?|| Nepal Times
Apr 18, 2026

१० अर्ब डलर तलब खाने मस्कको के छ जिम्मेवारी ?

२२ कार्तिक २०८२

२१ कार्तिक , काठमाण्डौ ।

विश्वकै धनाढ्य तथा टेस्लाका प्रमुख एलन मस्कलाई कम्पनीका शेयरधनीहरूले करिब १ ट्रिलियन डलर (१० खर्ब डलर) बराबरको कीर्तिमानी पारिश्रमिक प्याकेज स्वीकृत गरेका छन्। यो रेकर्ड–ब्रेकिङ सम्झौताले विद्युतीय सवारीसाधन निर्माता कम्पनीमा अर्बपति मस्कको पकडलाई अझ बलियो बनाएको र उनको नेतृत्वप्रति नयाँ आत्मविश्वासको संकेत दिएको बताइएको छ ।

Advertisement
Advertisement

टेस्लाको टेक्सास गिगाफ्याक्ट्रीमा बिहीबार सम्पन्न वार्षिक साधारणसभामा खसेका मतमध्ये लगभग ७५ प्रतिशतले उक्त प्याकेजको समर्थन गरेका थिए, अध्यक्ष रोबिन डेनहोमले जानकारी दिइन। बीबीसीका अनुसार, यो अभूतपूर्व सम्झौता ७५ प्रतिशत मतका साथ पारित भएको थियो र बिहीबार कम्पनीको वार्षिक साधारण सभामा उपस्थित दर्शकहरूले यसलाई ठूला तालीसहित स्वागत गरे।

विश्वकै धनी व्यक्ति रहेका मस्कले आगामी १० वर्षमा कम्पनीको बजार मूल्य ठूलो मात्रामा वृद्धि गर्नुपर्नेछ। उनले तोकिएका विभिन्न लक्ष्य पूरा गरेमा उनलाई सयौं मिलियन नयाँ सेयरका रूपमा पुरस्कार दिइनेछ।

यदि, टेस्लाले उच्च महत्वाकांक्षी दीर्घकालीन लक्ष्यहरू पूरा गरेमा तलब र बोनसको सट्टा पूर्णरूपमा इक्विटी अवार्डमार्फत संरचित यो सम्झौताले मस्कको स्वामित्व हिस्सेदारी १२ प्रतिशतसम्म बढाउनसक्ने बताइएको छ ।

पूरा वान ट्रिलियन प्राप्त गर्नका लागि मस्कले टेस्लाको बजार मूल्यलाई ६ गुणाले बढाएर ४८.५ ट्रिलियन पु¥याउनुपर्ने, वार्षिक आम्दानीलाई २४ गुणाले बढाएर ४४०० बिलियन पु¥याउनुपर्ने र रोबोटिक्स तथा स्वसञ्चालित प्रविधिमा नयाँ व्यवसायहरूलाई माथि उठाउनुपर्नेछ ।

यो सम्भावित पारिश्रमिकको विशाल परिमाणका कारण आलोचना पनि भएको छ । तर यो पारिश्रमिक दिन अस्वीकार गरे मस्कले कम्पनी छोड्न सक्ने र उनको अभाव कम्पनीलाई महंगो पर्ने भएकोले टेस्लाको बोर्डले स्पष्ट पारेको छ ।

घोषणापछि मस्क टेक्सासको अष्टिनमा मञ्चमा पुगेर खुसी मनाएका थिए । उनले भने, ‘हामी टेस्लाको भविष्यको नयाँ अध्यायमा होइन, पूरै नयाँ पुस्तकमै प्रवेश गर्दैछौं ।’ आगामी दशकमा मस्कले एक मिलियन स्वचालित ‘रोबोट्याक्सी’ गाडी व्यावसायिक रूपमा सञ्चालनमा ल्याउनुपर्नेछ।

तर बिहीबारको प्रारम्भिक सम्बोधनमा उनले ‘अप्टिमस रोबोट’ मा ध्यान केन्द्रित गरेसँगै धेरैजना विश्लेषक र टेस्लाका शुभचिन्तकहरू निराश बनेका छन् । उनीहरू मस्कले पुन इलेक्ट्रिक गाडी व्यवसायमा ध्यान दिएको हेर्न चाहन्थे ।

अमेरिकी नियामक निकायहरूले अहिले टेस्लाको स्वचालित ड्राइभिङ प्रणालीमाथि अनुसन्धान गरिरहेका छन् । किनभने ती गाडीहरू रातो बत्ती पार गरेर वा गलत लेनमा चलेका घटनाहरूमा दुर्घटना र चोटपटकका केस देखिएका छन्।

टेस्लाको शेयर मूल्य सामान्य व्यापारपछि केही बढेको छ र पछिल्लो छ महिनामा यो ६२ प्रतिशतले उकालो लागेको छ। यसअघि मस्कले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग निकटता बढाएपछि कम्पनीको बिक्री घटेर निकै खराब अवस्थामा पुगेको थियो ।

डेनहोमले शेयरधनीहरूलाई भनिन्, “मस्कले असम्भवलाई पनि सम्भव तुल्याउन सक्छन् भन्ने उहाँले पटक–पटक प्रमाणित गरिसक्नु भएको छ ।” उनले टेस्ला कारभन्दा बाहिर मानवजस्तै रोबोट र उन्नत एआई मोडेलहरूतर्फ बढिरहेको उल्लेख गर्दै मस्कलाई पूर्णरूपमा संलग्न राख्नु अत्यन्त महत्त्वपूर्ण रहेको तर्क गरिन् ।

Advertisement

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top