नोबेल पुरस्कार विजेता नादियाको दुःखदायी कथा –३ महिनासम्म बारम्बार बलात्कार

१९ असोज ७५, शनिबार

एजेन्सी , असोज १९
बलात्कारविरुद्ध चेतना फैलाएको भन्दै नोबेल पुरस्कार कमिटिले नादिया मुरादलाई सन २०१८ को नोबेल शान्ति पुरस्कार दिने घोषणा गरेको छ ।

२५ वर्षीया नादिया मुराद सन २०१४ मा अतिवादी संगठन इस्लामिक स्टेट्सको अपहरणमा परेकी थिइन र, उनलाई इस्लामिक स्टेट्सले तीन महिना बन्धक बनाएको थियो । त्यो समयमा आफूमाथि बारम्बार बलात्कार भएको नादियाले बताएकी छिन् ।

नादियाले केहीअघि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई इस्लामिक स्टेट्सले कसरी आफूहरूलाई अपहरण गर्याे र अपहरणपछि के–के भयो भनेर सुनाएकी थिइन, त्यसैको अनुवाद यहाँ प्रस्तुत गरिएको छ :

Advertisement

कथित इस्लामिक स्टेट्सका चरमपन्थीहरू आउनुअघि म र मेरी आमा भाइबहिनीसँग उत्तरी इराकको सिन्जानजिक कोचु गाउँमा बस्थ्यौँ । म ६ कक्षामा पढ्थेँ । गाउँमा कुल १७०० मानिस बसोवास गर्थे । सबै शान्तिपूर्वक रहन्थे ।

हामीलाई कुनै पनि चेतावनी वा धम्की आएको थिएन । हामीलाई थाहा थिएन, आइएस सिन्जामा हमला गर्नेवाला छ ।सन् २०१४ अगस्ट ३ को कुरा हो, जब आइएसले याजिदी मानिसहरूलाई हमला गरे ।

केही मानिस माउन्ट सिन्जातिर भागे । तर, हाम्रो गाउँ धेरै पर थियो । हामी भागेर कतै जान सक्दैनथ्यौँ । हामीलाई उनीहरूले ३ देखि १५ अगस्टसम्म बन्धक बनाएर राखे ।

उनीहरूले तीन हजारभन्दा ज्यादा मानिसको हत्या गरेका र पाँच हजार महिला र बच्चाहरूलाई आफ्नो कब्जामा राखेका छन् भन्ने खबर फैलन थालेको थियो । त्यतिवेलासम्म हामीलाई यथार्थ महसुस भइसकेको थियो ।

यसै दौरान चरमपन्थी आए र हाम्रो हतियार कब्जामा लिए । हामी केही पनि गर्न सक्दैनथ्यौँ । हामीलाई दुई दिनभित्र आफ्नो धर्म बदल्न चेतावनी दिए ।

इस्लाम अपनाउनुपर्ने धम्की

१५ अगस्टका दिन म आफ्नो परिवारसँग थिएँ । हामी निकै भयभीत थियौँ । त्यस दिन आइएसका हजारौँ मानिस गाउँमा आए । उनीहरूले हामीलाई स्कुलमा लगे । स्कुलका दुईवटा भवन थिए । पहिलो भवनमा उनीहरूले महिलाहरूलाई राखे ।

दोस्रो भवनमा पुरुषहरूलाई राखे । उनीहरूले हाम्रो मोबाइल, पर्स, पैसा, गहना सबै जफत गरे । यसपछि उनीहरूको नेता चिच्यायो, ‘जो स्लाम धर्म कबुल गर्न चाहन्छ, त्यो कोठाबाहिर जा ।’हामीलाई थाहा थियो, जो कोठा छोडेर बाहिर जान्छ, त्यो पनि मारिनेछ । किनकि, याजिदीबाट इस्लाम धर्ममा जानेहरू असली मुसलमान हुन्छन् भनेर उनीहरू मान्दैनथे ।

उनीहरू याजिदीले इस्लाम कबुल गरेर मर्नुपर्छ भन्ने मान्यता राख्थे । महिला हुनाले उनीहरू हामीलाई मार्दैनन् भन्ने हामीलाई थाहा थियो । जीवित राखेर उनीहरू हामीलाई अरू नै काममा प्रयोग गर्छन् भन्ने पनि थाहा थियो ।

जब उनीहरू पुरुषलाई बाहिर लिएर गएका थिए, थाहा छैन क–कसलाई मारिएको थियो, तर गोली चलेको आवाज आएको थियो । मेरो भाइ र अरू केही मानिस मारिएका थिए ।

उनीहरू बच्चा र जवानमा फरक देखिरहेका थिएनन् । हामी देख्दै थियौँ, उनीहरू गाउँका मानिलाई कतै लगिरहेका थिए । आइएसले एक बच्चालाई स्कुलमा छाडिदियो ।

उसले हामीलाई गाउँका कुनै पनि पुरुषलाई नछाडेको र सबैलाई मारेको बतायो । जब आइएसले उनीहरूलाई मारिदियो, त्यसपछि हामीलाई अर्को गाउँमा लग्यो । त्यतिवेलासम्म राती भइसकेको थियो । हामीलाई स्कुलमा राखियो ।

उनीहरूले हामीलाई तीन ग्रुपमा बाँडेका थिए । पहिलोमा युवतीहरू थिए, दोस्रो ग्रुपमा बच्चा र तेस्रोमा बाँकी महिलाहरू थिए ।

हरेक ग्रुपका लागि उनीहरूसँग अलग योजना थियो । बच्चाहरूलाई प्रशिक्षण शिविरमा लिएर गए । जो महिला बिहेको लायक थिएनन्, उनीहरूको हत्या गरे । यसमा मेरी आमा पनि थिइन् ।

हामीलाई बाँडियो, बेचियो, बलात्कार गरियो

उनीहरूले राती नै हामीलाई मसुल लिएर गए । हामीलाई अर्को सहरमा जसले लगेको थियो, उसैले मेरो भाइ र आमाको हत्या गरिसकेको थियो । उनीहरूले हामीलाई पीडित बनाएका थिए । बलात्कार गरेका थिए । म केही सोच्ने र बुझ्ने अवस्थामा थिइनँ ।

उनीहरूले हामीलाई मोसुलको इस्लामिक कोर्टमा लिएर गए । त्यहाँ उनीहरूले सबै महिलाको तस्बिर लिए । मैले त्यहाँ महिलाका हजारौँ तबिर देखेकी थिएँ । हरेका तबिरमा एउटा फोन नम्बर थियो । त्यो नम्बर उक्त महिलाको जिम्मा लिने व्यक्तिको थियो ।

विभिन्न ठाउँबाट आइएसका मानिस इस्लामिक कोर्ट आउँथे, र तस्बिर हेरेर आफ्नो लागि केटी चुन्थे । केटासँग केटीको मोलतोल हुन्थ्यो अनि जसलाई मन पथ्र्यो, उसैले केटी लिएर जान्थ्यो । जसले किनेर हामीलाई लगेको हुन्थ्यो, उसले हामीलाई भाडामा लगाउँथ्यो, कोही चिनेको व्यक्तिलाई उपहारस्वरूप पनि दिन्थ्यो ।

पहिलो रात उसले हामीलाई एउटा केटासँग पठायो । मलाई मन पराएको केटा अत्यन्त मोटो थियो, मैले चाहिँ उसलाई कत्ति पनि मन पराएकी थिइनँ । जब हामी सेन्टरमा गयौँ, मैले उसलाई देखेँ ।

म उसका सामु बिलौना गर्न लागेँ कि, म ऊसँग जान्नँ । म रोइकराई गरिरहेँ, तर उसले मेरो एउटै कुरा सुनेन ।एक सातापछि मैले भाग्ने कोसिस गरेँ । उसले मलाई इस्लामिक अदालतमा लिएर गयो । त्यहाँ सजायस्वरूप ६ सुरक्षा गार्डले ममाथि बलात्कार गरे । तीन महिनासम्म ममाथि यौन उत्पीडन भयो ।

त्यो क्षेत्रमा चौतर्फी आइएसका लडाकुहरू हुन्थे । त्यो तीन महिना मलाई भाग्ने मौका नै मिलेन । एकपटक म एकजना पुरुषसँग थिए । ऊ मेरा लागि केही कपडा किन्न चाहन्थ्यो । किनकि, ऊ मलाई बेच्न चाहन्थ्यो ।

ऊ मेरा लागि कपडा किन्न पसल गयो । म घरमा एक्लै थिएँ । र, म त्यहाँबाट भागेर बाहिर आएँ । म मोसुलका गल्लीमा भागिरहेकी थिएँ । मैले एउटा मुस्लिम परिवारको घरमा पुगेर ढोका ढकढकाएँ । र, आफ्नो सबै दुःख सुनाएँ । उनीहरूले मेरो सहयोग गरे ।

टर्कीको सीमामा पुगेपछि म शरणार्थी शिविरमा गएँ । तर, कसैले मलाई मेरो दुःख सोधेन । म सबैलाई भन्न चाहन्थेँ कि ममाथि के–कस्ता कर्तुत भए र त्यहाँ महिलाहरूमाथि के भइरहेको छ ।

मसँग पासपोर्ट थिएन । कुनै देशको नागरिकता थिएन । नागरिकता, पासपोर्टलगायत मेरा दस्ताबेज पाउन म निकै महिना इराकमा बसेँ । त्यही समय जर्मन सरकारले त्यहाँ भएका एक हजार जनालाई सहयोग गर्ने घोषणा गर्यो । म तिनै एक हजारमध्ये एक थिएँ ।

अनि उपचार गर्ने ठाउँमा एउटा संगठनले मलाई संयुक्त राष्ट्र संघ गएर मेरो यो दुःखदायी कथा सुनाउन सल्लाह दियो । म मेरो दुःखदायी कथा सुनाउन विश्वको जुनसुकै देश जान तयार छु ।- बीबीसी हिन्दीबाट

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top