×

NEPAL TIMES UPDATES

Playing
अब मालपोतको काम पालिका र वडाबाट || Nepal Times
May 05, 2026
Playing
विश्वभर सकिँदै गए कम्युनिष्टहरू, जनताले किन पत्याउन छाडे ?|| Nepal Times
May 05, 2026
Playing
समुद्रमा फसेका ५ भारतीयलाई पाकिस्तानले गर्याे उद्धार|| Nepal Times
May 05, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-22-2083 || Nepal Times
May 05, 2026
Playing
विजयको विजय देखेर तीनछक्क, औँठी र ग्यास सिलिन्डरले कसरी बदल्यो नतिजा? || Nepal Times
May 05, 2026
Playing
किराँतीले नपत्याएका हर्कसंग अब कुलमानले पार्टी एकता गर्ने || Nepal Times
May 05, 2026
Playing
रुसमा न्यूक्लियर लिकः अब Putinले नछाड्ने,जापोरिजि‍यामा के भयो ? || Nepal Times
May 05, 2026
Playing
सुकुम्बासीहरूको टहरो धुलो बन्यो, न्यायको ढोका उघिँर्दा ढिलो भइसक्यो|| Nepal Times
May 05, 2026
Playing
कुक र टाइपिस्टको बहानामा बन्धकः क्याम्बोडियामा नेपाली नै किन फस्छन् ?|| Nepal Times
May 05, 2026
Playing
विश्वकप लिग २ः नेपालले ओमानसँग लियो बदला,८१ रनले हरायो || Nepal Times
May 05, 2026

नोबेल पुरस्कार विजेता नादियाको दुःखदायी कथा –३ महिनासम्म बारम्बार बलात्कार

२० आश्विन २०७५

एजेन्सी , असोज १९
बलात्कारविरुद्ध चेतना फैलाएको भन्दै नोबेल पुरस्कार कमिटिले नादिया मुरादलाई सन २०१८ को नोबेल शान्ति पुरस्कार दिने घोषणा गरेको छ ।

२५ वर्षीया नादिया मुराद सन २०१४ मा अतिवादी संगठन इस्लामिक स्टेट्सको अपहरणमा परेकी थिइन र, उनलाई इस्लामिक स्टेट्सले तीन महिना बन्धक बनाएको थियो । त्यो समयमा आफूमाथि बारम्बार बलात्कार भएको नादियाले बताएकी छिन् ।

Advertisement
Advertisement

नादियाले केहीअघि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई इस्लामिक स्टेट्सले कसरी आफूहरूलाई अपहरण गर्याे र अपहरणपछि के–के भयो भनेर सुनाएकी थिइन, त्यसैको अनुवाद यहाँ प्रस्तुत गरिएको छ :

कथित इस्लामिक स्टेट्सका चरमपन्थीहरू आउनुअघि म र मेरी आमा भाइबहिनीसँग उत्तरी इराकको सिन्जानजिक कोचु गाउँमा बस्थ्यौँ । म ६ कक्षामा पढ्थेँ । गाउँमा कुल १७०० मानिस बसोवास गर्थे । सबै शान्तिपूर्वक रहन्थे ।

हामीलाई कुनै पनि चेतावनी वा धम्की आएको थिएन । हामीलाई थाहा थिएन, आइएस सिन्जामा हमला गर्नेवाला छ ।सन् २०१४ अगस्ट ३ को कुरा हो, जब आइएसले याजिदी मानिसहरूलाई हमला गरे ।

केही मानिस माउन्ट सिन्जातिर भागे । तर, हाम्रो गाउँ धेरै पर थियो । हामी भागेर कतै जान सक्दैनथ्यौँ । हामीलाई उनीहरूले ३ देखि १५ अगस्टसम्म बन्धक बनाएर राखे ।

उनीहरूले तीन हजारभन्दा ज्यादा मानिसको हत्या गरेका र पाँच हजार महिला र बच्चाहरूलाई आफ्नो कब्जामा राखेका छन् भन्ने खबर फैलन थालेको थियो । त्यतिवेलासम्म हामीलाई यथार्थ महसुस भइसकेको थियो ।

यसै दौरान चरमपन्थी आए र हाम्रो हतियार कब्जामा लिए । हामी केही पनि गर्न सक्दैनथ्यौँ । हामीलाई दुई दिनभित्र आफ्नो धर्म बदल्न चेतावनी दिए ।

इस्लाम अपनाउनुपर्ने धम्की

१५ अगस्टका दिन म आफ्नो परिवारसँग थिएँ । हामी निकै भयभीत थियौँ । त्यस दिन आइएसका हजारौँ मानिस गाउँमा आए । उनीहरूले हामीलाई स्कुलमा लगे । स्कुलका दुईवटा भवन थिए । पहिलो भवनमा उनीहरूले महिलाहरूलाई राखे ।

दोस्रो भवनमा पुरुषहरूलाई राखे । उनीहरूले हाम्रो मोबाइल, पर्स, पैसा, गहना सबै जफत गरे । यसपछि उनीहरूको नेता चिच्यायो, ‘जो स्लाम धर्म कबुल गर्न चाहन्छ, त्यो कोठाबाहिर जा ।’हामीलाई थाहा थियो, जो कोठा छोडेर बाहिर जान्छ, त्यो पनि मारिनेछ । किनकि, याजिदीबाट इस्लाम धर्ममा जानेहरू असली मुसलमान हुन्छन् भनेर उनीहरू मान्दैनथे ।

उनीहरू याजिदीले इस्लाम कबुल गरेर मर्नुपर्छ भन्ने मान्यता राख्थे । महिला हुनाले उनीहरू हामीलाई मार्दैनन् भन्ने हामीलाई थाहा थियो । जीवित राखेर उनीहरू हामीलाई अरू नै काममा प्रयोग गर्छन् भन्ने पनि थाहा थियो ।

जब उनीहरू पुरुषलाई बाहिर लिएर गएका थिए, थाहा छैन क–कसलाई मारिएको थियो, तर गोली चलेको आवाज आएको थियो । मेरो भाइ र अरू केही मानिस मारिएका थिए ।

उनीहरू बच्चा र जवानमा फरक देखिरहेका थिएनन् । हामी देख्दै थियौँ, उनीहरू गाउँका मानिलाई कतै लगिरहेका थिए । आइएसले एक बच्चालाई स्कुलमा छाडिदियो ।

उसले हामीलाई गाउँका कुनै पनि पुरुषलाई नछाडेको र सबैलाई मारेको बतायो । जब आइएसले उनीहरूलाई मारिदियो, त्यसपछि हामीलाई अर्को गाउँमा लग्यो । त्यतिवेलासम्म राती भइसकेको थियो । हामीलाई स्कुलमा राखियो ।

उनीहरूले हामीलाई तीन ग्रुपमा बाँडेका थिए । पहिलोमा युवतीहरू थिए, दोस्रो ग्रुपमा बच्चा र तेस्रोमा बाँकी महिलाहरू थिए ।

हरेक ग्रुपका लागि उनीहरूसँग अलग योजना थियो । बच्चाहरूलाई प्रशिक्षण शिविरमा लिएर गए । जो महिला बिहेको लायक थिएनन्, उनीहरूको हत्या गरे । यसमा मेरी आमा पनि थिइन् ।

हामीलाई बाँडियो, बेचियो, बलात्कार गरियो

उनीहरूले राती नै हामीलाई मसुल लिएर गए । हामीलाई अर्को सहरमा जसले लगेको थियो, उसैले मेरो भाइ र आमाको हत्या गरिसकेको थियो । उनीहरूले हामीलाई पीडित बनाएका थिए । बलात्कार गरेका थिए । म केही सोच्ने र बुझ्ने अवस्थामा थिइनँ ।

उनीहरूले हामीलाई मोसुलको इस्लामिक कोर्टमा लिएर गए । त्यहाँ उनीहरूले सबै महिलाको तस्बिर लिए । मैले त्यहाँ महिलाका हजारौँ तबिर देखेकी थिएँ । हरेका तबिरमा एउटा फोन नम्बर थियो । त्यो नम्बर उक्त महिलाको जिम्मा लिने व्यक्तिको थियो ।

विभिन्न ठाउँबाट आइएसका मानिस इस्लामिक कोर्ट आउँथे, र तस्बिर हेरेर आफ्नो लागि केटी चुन्थे । केटासँग केटीको मोलतोल हुन्थ्यो अनि जसलाई मन पथ्र्यो, उसैले केटी लिएर जान्थ्यो । जसले किनेर हामीलाई लगेको हुन्थ्यो, उसले हामीलाई भाडामा लगाउँथ्यो, कोही चिनेको व्यक्तिलाई उपहारस्वरूप पनि दिन्थ्यो ।

पहिलो रात उसले हामीलाई एउटा केटासँग पठायो । मलाई मन पराएको केटा अत्यन्त मोटो थियो, मैले चाहिँ उसलाई कत्ति पनि मन पराएकी थिइनँ । जब हामी सेन्टरमा गयौँ, मैले उसलाई देखेँ ।

म उसका सामु बिलौना गर्न लागेँ कि, म ऊसँग जान्नँ । म रोइकराई गरिरहेँ, तर उसले मेरो एउटै कुरा सुनेन ।एक सातापछि मैले भाग्ने कोसिस गरेँ । उसले मलाई इस्लामिक अदालतमा लिएर गयो । त्यहाँ सजायस्वरूप ६ सुरक्षा गार्डले ममाथि बलात्कार गरे । तीन महिनासम्म ममाथि यौन उत्पीडन भयो ।

त्यो क्षेत्रमा चौतर्फी आइएसका लडाकुहरू हुन्थे । त्यो तीन महिना मलाई भाग्ने मौका नै मिलेन । एकपटक म एकजना पुरुषसँग थिए । ऊ मेरा लागि केही कपडा किन्न चाहन्थ्यो । किनकि, ऊ मलाई बेच्न चाहन्थ्यो ।

ऊ मेरा लागि कपडा किन्न पसल गयो । म घरमा एक्लै थिएँ । र, म त्यहाँबाट भागेर बाहिर आएँ । म मोसुलका गल्लीमा भागिरहेकी थिएँ । मैले एउटा मुस्लिम परिवारको घरमा पुगेर ढोका ढकढकाएँ । र, आफ्नो सबै दुःख सुनाएँ । उनीहरूले मेरो सहयोग गरे ।

टर्कीको सीमामा पुगेपछि म शरणार्थी शिविरमा गएँ । तर, कसैले मलाई मेरो दुःख सोधेन । म सबैलाई भन्न चाहन्थेँ कि ममाथि के–कस्ता कर्तुत भए र त्यहाँ महिलाहरूमाथि के भइरहेको छ ।

मसँग पासपोर्ट थिएन । कुनै देशको नागरिकता थिएन । नागरिकता, पासपोर्टलगायत मेरा दस्ताबेज पाउन म निकै महिना इराकमा बसेँ । त्यही समय जर्मन सरकारले त्यहाँ भएका एक हजार जनालाई सहयोग गर्ने घोषणा गर्यो । म तिनै एक हजारमध्ये एक थिएँ ।

Advertisement
Advertisement

अनि उपचार गर्ने ठाउँमा एउटा संगठनले मलाई संयुक्त राष्ट्र संघ गएर मेरो यो दुःखदायी कथा सुनाउन सल्लाह दियो । म मेरो दुःखदायी कथा सुनाउन विश्वको जुनसुकै देश जान तयार छु ।- बीबीसी हिन्दीबाट

भर्खरको समाचार

सुकुम्बासीहरूको टहरो धुलो बन्यो, न्यायको ढोका उघिँर्दा ढिलो भइसक्यो

682708147_966401619313189_6197832107574502867_n

विश्वकप लिग २ः नेपालले ओमानसँग लियो बदला,८१ रनले हरायो

689481806_1441361924686850_3272500033407114037_n

सहकारीका बचतकर्ताको रकम जेठदेखि फिर्ता, ४६ अर्ब फिर्ता गर्नुपर्ने

nepali paisa

बहुप्रतिक्षित नागढुंगा सुरुङमार्ग चीनले चलाउने,साउनदेखि गाडी गुड्ने

Nagdhunga Tunnel_NPL_DSC03473

गौशाला धर्मशालामा मारवाडीको मोहियानी हक नलाग्ने उच्चको फैसला

hotel ananda pashupatinath

थलापति’ विजयः फिल्म छोडेर सिधै मुख्यमन्त्री

bijay thalapati

राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश

Nepali Congress President candidate Ram Chandra Paudel waves while casting vote in the election during the party's 13th national general convention in Kathmandu on Sunday, March 6, 2016. Photo: RSS

इरानका ७ जहाज अमेरिकाले डुबायो,विश्वको नक्साबाटै मेटाइदिने ट्रम्पको चेतावनी

Screenshot 2026-05-05 123807

शेखर गोल्छा फेरि किन पक्राउ परे ?धरौटी बुझाए लगत्तै नियन्त्रणमा

Shekhar-Golchha-Final

विद्यार्थी र कर्मचारीतन्त्रको पार्टीकरणले देशको प्रणाली नै ध्वस्त पारेःबालेन

666707698_875077882223921_4422618132601218086_n

सम्बन्धित खबरहरु

Scroll to Top