NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
मेस्सी भारतमाः शाहरुखलाई भेटे, फोटो खिच्न १० लाख शनिबार मंसिर २७ , २०८२
एनपीएल सिजन–२ः सुदूरपश्चिम कि लुम्बिनी? उपाधि कसको ? शनिबार मंसिर २७ , २०८२
आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी शनिबार मंसिर २७ , २०८२
नेकपा एमाले ११ औँ महाधिवेशन आज उद्घाटन हुँदै शनिबार मंसिर २७ , २०८२
एमाले महाधिवेशनमा नेपालमै बनेको भोटिङ मेसिन, ५० लाख खर्च शुक्रबार मंसिर २६ , २०८२
Next
Prev

समाचार

दुर्गा प्रसाईंलाई भारतमा केरकार,गृहमन्त्रीले राजदूतलाई सोधे

सोमवार कार्तिक २४ , २०८२
Reading Time: 1 min read
A A
दुर्गा प्रसाँइको आन्दोलनसँग सरकार सशङ्कित
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

२४ कार्तिक , काठमाण्डौ ।

चुनाव नजिकिरहेका बेला आन्दोलनको घोषणा गरेका ’राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔं महाअभियान’का संयोजक दुर्गा प्रसाई नेपाल सरकार र भारतको समेत उच्च निगरानीमा परेका छन् ।

प्रसाईको हालैको दिल्ली भ्रमणबारे गृहमन्त्रीले भारतीय राजदूतसँग चासो राखेका छन् । गृहमन्त्रालयमा आइतबार गृहमन्त्री ओमप्रकाश अर्याल र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच एक शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ।

करिब ४५ मिनेट लामो यस दुईपक्षीय भेटमा प्रतिनिधि सभा निर्वाचनको शान्ति सुरक्षाका साथै अन्य विविध समसामयिक विषयहरूमा गम्भीर छलफल भएको छ। भेटका क्रममा भारतीय राजदूत श्रीवास्तवले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन भयरहित वातावरणमा प्रभावकारी रूपमा सम्पन्न हुनेमा भारतको पूर्ण विश्वास व्यक्त गरेका छन्।

उनले भारत सरकारले दुई देशबीच रही आएको मैत्रीपूर्ण सम्बन्धलाई सधैँ सुमधुर ढंगले अगाडि बढाउन चाहेको र निर्वाचन सफल बनाउन आवश्यक भूमिकाका लागि भारत सधैँ सकारात्मक रहेको स्पष्ट पारेका छन्।

गृहमन्त्री अर्यालले देश हाल संवेदनशील अवस्थामा रहेको स्वीकार गर्दै सरकारले शान्ति सुरक्षा, सुशासन र भ्रष्टाचाररहित सेवा प्रवाहलाई प्रमुख प्राथमिकतामा राखेको जानकारी गराए। उनले घोषणा गरिएको निर्वाचन तोकिएकै मितिमा भयरहित र शान्तिपूर्ण ढंगमा सम्पन्न गर्न सरकार अहोरात्र खटिरहेको प्रतिबद्धता व्यक्त गरे।

मन्त्री अर्यालले भारत सरकारले नेपालप्रति राखेको मित्रवत् भावनाप्रति हार्दिक धन्यवाद दिँदै नेपाल र भारतबीच कायम रहेको सम्बन्ध सधैँ निरन्तर रहने विश्वास दिलाए।

यसै भेटमा, गृहमन्त्री अर्यालले दुई देशबीचको खुला सीमा रहेको तथ्यलाई मध्यनजर गर्दै निर्वाचनअघि र निर्वाचनका समयमा सीमा सुरक्षा व्यवस्थापनमा भारतको भूमिका महत्त्वपूर्ण रहने विचारसमेत राखेका थिए।

औपचारिक रूपमा मन्त्रालयले शान्ति सुरक्षा र चुनावी सुरक्षाका विषयमा छलफल भएको बताए पनि, छलफलको अर्को महत्वपूर्ण केन्द्रबिन्दु दुर्गा प्रसाईं रहेको गृह उच्च स्रोतले बताएको छ। प्रसाईं नयाँ दिल्लीबाट फर्केको पर्सिपल्ट नै (आइतबार) गृहमन्त्रीले यसबारे भारतीय राजदूतसँग चासो राखेका थिए।

मन्त्रालय स्रोतका अनुसार, “मन्त्रालयमा विविध विषयमा छलफल भयो। तर छलफलको मुख्य विषय दुर्गा प्रसाईंको भारत भ्रमण पनि हो।“ दुर्गा प्रसाईं हाल नेपालका सुरक्षाकर्मीको निगरानीमा रहेका छन्।

उनले आगामी मंसिर ७ गते देशभर आन्दोलनको घोषणा गरेकाले सुरक्षा संयन्त्रले उनलाई नजिकबाट नियालिरहेको छ। गत सोमबार नेपाल एयरलाइन्सको जहाजमार्फत दिल्ली गएका प्रसाईं करिब पाँच दिनको भारत भ्रमणपछि शुक्रबार मात्रै काठमाडौं फर्केका थिए।

यही पाँच दिनको भारत भ्रमणको अवधिमा दुर्गा प्रसाईंले को–कसलाई भेटे र त्यहाँ के गरे भन्नेबारे गृहमन्त्री अर्यालले राजदूत श्रीवास्तवसँग चासो राखेको मन्त्रालय स्रोतले बताएको छ।

जवाफमा राजदूत श्रीवास्तवले भारतमा प्रसाईंको कुनै राजनीतिक भेटघाट नभएको जानकारी गराएका थिए। यसअघि पनि प्रसाईंले आफूले गरेको आन्दोलनमा भारतको समर्थन रहेको र भारतबाट ठूलो मात्रामा मान्छेहरू आन्दोलनमा सहभागी हुन आउने अभिव्यक्ति दिँदै आएका थिए।

प्रसाईंले भारतको सहयोगमा आन्दोलन गर्नेदेखि हिन्दु राज्य र राजतन्त्र फर्काउनेसम्मको अभिव्यक्ति दिँदै आएका छन्। प्रसाईंले यस्तो अभिव्यक्ति दिँदै आउनु र दुई देशबीचको खुल्ला सीमाका कारण सुरक्षा चुनौती बढ्न सक्ने भन्दै दुवै देशले उच्च सतर्कता अपनाउनुपर्ने विषय छलफलमा उठेको थियो।

राजसंस्थाका लागि व्यवस्था नै फेर्ने घोषणा गर्दै आएका प्रसाईं पछिल्लो समय उच्च सुरक्षा निगरानीमा राखिएका व्यक्ति हुन्। विशेषगरी गत चैत १५ गते तीनकुनेमा भएको राजावादी आन्दोलनपछि उनीमाथि नेपालका सुरक्षा निकायले उच्च निगरानी गर्दै आएका छन्।

पछिल्लो समय मंसिर ७ गते देशभर नै आन्दोलन गर्ने चेतावनी प्रसाईंले दिएपछि उनलाई सुरक्षा निकायले झनै नजिकबाट नियालेका छन्। हिजो मात्रै सुकुम्बासी बस्ती पुगेर उनले भड्काउ अभिब्यक्ति दिँदै आन्दोलनमा सहभागी हुन अपिल गरेका छन् ।

संवादबाटै समस्या हल गर्ने बताउँदै कार्तिक २६ गते वार्तामा आउन भन्दै गृह मन्त्रालयले प्रसाईंलाई औपचारिक पत्र पठाएको छ। तर, आइतबार एक कार्यक्रममा बोल्दै प्रसाईंले गृहमन्त्रीसँग छलफलमा नबस्ने, प्रधानमन्त्रीसँग मात्रै वार्ता हुने बताएका छन्।

नेपालमा उच्च निगरानीमा रहेका प्रसाईं गत शुक्रबार नयाँदिल्लीबाट काठमाडौं फर्कने क्रममा भारतीय अध्यागमनमा केरकारमा परेका थिए। भारतीय अध्यागमनले प्रसाईंलाई आधा घण्टाभन्दा बढी केरकार गरेको दिल्लीस्थित नेपाली दूतावास स्रोतले बताएको छ।

अध्यागमनमा होल्ड गरेर प्रसाईंमाथि केरकार गर्नुमा मुख्यगरी तीन वटा कारणहरू औंल्याएको दिल्लीस्थित नेपाली दूतावास स्रोतले बताएको छ। नेपालमा पछिल्लो समय राजावादीको नाममा प्रसाईंले गरेको अराजक गतिविधि र त्यसमा भारतको समर्थन रहेको भन्दै दिएको अभिव्यक्तिप्रति भारतीय पक्ष असन्तुष्ट थियो।

यो विषयमा असन्तुष्ट बनेको भारतीय पक्षले प्रसाईंलाई चेतावनीसमेत दिएको थियो। स्रोतले प्रसाईं वा उनका छोरा दुवैले यस भ्रमणका क्रममा कुनै पनि भारतीय सरकारी वा पार्टीका प्रतिनिधिसँग भेटघाट गर्न नसकेको एनडीटीभीले उल्लेख गरेको थियो ।

आफूलाई भारतको समर्थन रहेको भन्दै प्रसाईंले अफवाह फैलाएकोमा भारतीय पक्ष असन्तुष्ट बनेको थियो। सोही क्रममा उनी गत सोमबार नेपाल एयरलाइन्स मार्फत दिल्ली पुगेका थिए।

तर त्यतिबेला दिल्ली अध्यागमनले प्रसाईंलाई कुनै केरकार गरेन, सामान्य सोधपुछ गरेर छाड्यो। तर फर्कने बेलामा भने उनी केरकारमा परेका थिए । केरकारकै क्रममा भारतीय अधिकारीहरूले नेपाली दूतावाससँग सम्पर्क गरेका थिए।

सो क्रममा उनीहरूले गत चैत १५ गतेको घटनाकाबारेमा जानकारी गराउँदै त्यसमा केही रहे नरहेको चासोसमेत राखेका थिए। नेपाली पक्षले भने त्यो मुद्दा अदालतमा पुगिसकेकाले अहिले केही नरहेको जानकारी गराएका थिए।

औपचारिक रूपमा भने भारतीय पक्षले नेपाली दूतावासलाई जानकारी गराउँदा चैत १५ गतेको घटनाका बारेमा आएको पत्रको आधारमा केहीबेर होल्ड गरेर केरकार गरिएको जानकारी गराएको स्रोतको भनाइ छ।

यी घटनाक्रमले भारतीय सुरक्षा संयन्त्रले उनका गतिविधिलाई नजिकबाट ’वाच’ गरेको देखिन्छ।

Tags: #दुर्गा प्रसाईं#दुर्गा प्रसाईंलाई भारतमा केरकार

लोकप्रीय

मेस्सी भारतमाः शाहरुखलाई भेटे, फोटो खिच्न १० लाख

मेस्सी भारतमाः शाहरुखलाई भेटे, फोटो खिच्न १० लाख

शनिबार मंसिर २७ , २०८२
आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी

एनपीएल सिजन–२ः सुदूरपश्चिम कि लुम्बिनी? उपाधि कसको ?

शनिबार मंसिर २७ , २०८२
आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी

आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी

शनिबार मंसिर २७ , २०८२

विचार

मेस्सी भारतमाः शाहरुखलाई भेटे, फोटो खिच्न १० लाख

मेस्सी भारतमाः शाहरुखलाई भेटे, फोटो खिच्न १० लाख

शनिबार मंसिर २७ , २०८२
आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी

एनपीएल सिजन–२ः सुदूरपश्चिम कि लुम्बिनी? उपाधि कसको ?

शनिबार मंसिर २७ , २०८२
आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी

आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी

शनिबार मंसिर २७ , २०८२

थप समाचार

मेस्सी भारतमाः शाहरुखलाई भेटे, फोटो खिच्न १० लाख
अन्तर्राष्ट्रिय

मेस्सी भारतमाः शाहरुखलाई भेटे, फोटो खिच्न १० लाख

शनिबार मंसिर २७ , २०८२
आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी
अन्तर्राष्ट्रिय

एनपीएल सिजन–२ः सुदूरपश्चिम कि लुम्बिनी? उपाधि कसको ?

शनिबार मंसिर २७ , २०८२
आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी
खेलकुद

आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी

शनिबार मंसिर २७ , २०८२
नेकपा एमाले ११ औँ महाधिवेशन आज उद्घाटन हुँदै
ताजा समाचार

नेकपा एमाले ११ औँ महाधिवेशन आज उद्घाटन हुँदै

शनिबार मंसिर २७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: आईएसले तीन अमेरिकीको ज्या*न लि*यो, सुडानमा बंगलादेशी सेना मा*रि*ए || Nepal Times

World News: आईएसले तीन अमेरिकीको ज्या*न लि*यो, सुडानमा बंगलादेशी सेना मा*रि*ए || Nepal Times

00:20:30

World News: युक्रेन २०२७मा ईयुमा, एपस्टाइनमा ट्रम्पदेखि क्लिन्टनसम्मका नयाँ तस्बिर || Nepal Times

00:18:44

World News: युएस ब*म*वर्षक जापानमा, मोदी–ट्रम्पबीच वार्ता, अरुणाचलमा २१ मजदुरको मृ*त्यु

00:21:25

World News: अमेरिकाले भेनेजुएलाको तेल चोर्याे,अस्पतालमा ह*म*ला,३० जना मा*रिए || Nepal Times

00:21:38

World News: जापाननजिक रूस–चीनको गस्ती, युरोप पहिलेजस्तो सुरक्षित रहेन || Nepal Times

00:16:56

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

३ सय पाकिस्तानी डुबेपछि मानवतस्करमाथि पाकिस्तान सरकारको अपरेशन

पाकिस्तानलाई १२ भागमा विभाजन गर्ने तयारी

बुधबार मंसिर २४ , २०८२
प्रदीप अधिकारीसँग ५ लाख धरौटी माग, तिर्न नसक्ने

प्रदीप अधिकारीसँग ५ लाख धरौटी माग, तिर्न नसक्ने

बुधबार मंसिर २४ , २०८२
युक्रेनपछि युरोपको नेटो देशमा अर्काे युद्धको त्रास

युक्रेनपछि युरोपको नेटो देशमा अर्काे युद्धको त्रास

बुधबार मंसिर २४ , २०८२

हालका पोस्टहरू

मेस्सी भारतमाः शाहरुखलाई भेटे, फोटो खिच्न १० लाख

मेस्सी भारतमाः शाहरुखलाई भेटे, फोटो खिच्न १० लाख

शनिबार मंसिर २७ , २०८२
आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी

एनपीएल सिजन–२ः सुदूरपश्चिम कि लुम्बिनी? उपाधि कसको ?

शनिबार मंसिर २७ , २०८२
आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी

आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी

शनिबार मंसिर २७ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.