×

NEPAL TIMES UPDATES

Playing
चीनको ‘कायाकल्प’ र ‘मेक अमेरिका’ सँगसँगै बढ्ने, सीलाई निम्ता|| Nepal Times
May 14, 2026
Playing
विश्वकप फुटबलको तालिका के छ ?नेपालबाट कति बजे हेर्ने ?|| Nepal Times
May 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-31-2083 || Nepal Times
May 14, 2026
Playing
नीति तथा कार्यक्रम ः विपक्षी सांसद्ले आलोचना गरे, सत्तारुढले बचाऊ|| Nepal Times
May 14, 2026
Playing
सरकारदेखि आफ्नै पार्टीकालाई गगनको चेतावनी, किन रिसाए ? || Nepal Times
May 14, 2026
Playing
ट्रम्प–सी बैठक २ घन्टामा सकियो, के के भयो छलफल ? || Nepal Times
May 14, 2026
Playing
कर्मचारी र विद्यार्थी राजनीति अन्त्य गर्ने सरकारी निर्णयमा न्यायपालिकाको ब्रेक|| Nepal Times
May 14, 2026
Playing
World News: बेइजिङ वार्ताः सहकार्यसँगै द्व*न्द्वको चेतावनी, नेतन्याहुको UAEमा गोप्य भ्रमण
May 14, 2026
Playing
सुकुम्बासीको मुद्यामा बालेन घेरिए, अब घर भाडा दिने|| Nepal Times
May 14, 2026
Playing
बिरामी हुँदा पनि संसद् पुग्ने प्रधानमन्त्रीको इतिहास || Nepal Times
May 14, 2026

ओलीलाई गगनले दिए गतिलो जवाफ,निर्वाचन सफल बनाउने

२५ कार्तिक २०८२

२४ कार्तिक , काठमाण्डौ ।

निवर्तमान प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस समेत संसद पुर्नस्थापनाको पक्षमा उभिने यसको विकल्प नभएको बताइरहेका बेला नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा आफ्नो पार्टीले भाग लिने बताएका छन् ।

Advertisement
Advertisement

कांग्रेसले भाग लिने मात्र नभई निर्वाचन सफल बनाउने जवाफ दिएका छन् । “नेपाली कांग्रेसले फागुन २१ गतेको निर्वाचनमा भाग लिन्छ मात्र होइन, यसलाई सफल पनि बनाउँछ । यसमा कसैले पनि द्विविधा नराखौँ,” उनले सोमबार बिहान सामाजिक सञ्जालमा लेखेका छन् । उक्त निर्वाचनबाटै नयाँ संसद् आउने उनले बताएका छन् । “संविधानलाई सही मार्गमा ल्याउने यही एक मात्र बाटो हो, यसमा कुनै अलमल छैन,” उनले भनेका छन् ।

अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा सम्पन्न सर्वदलीय बैठकमा पनि आफूहरूले पार्टीको यो निर्णय स्पष्ट रूपमा प्रस्तुत गरिसकेको उनले जानकारी गराए। “नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको पनि यही निर्णय हो,” उनले लेखेका छन् ।

पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा हाल भइरहेको अलमल यो विषयमा नभएको उनले स्पष्ट पारेका छन् । निर्वाचनअघि कांग्रेसको महाधिवेशन गर्नुपर्नेमा उनले जोड दिएका छन् ।

“निर्वाचनअघि अधिवेशन गर्नुपर्छ, किनकि अधिवेशनबाट आउने नेपाली कांग्रेसको नीति र नेतृत्वले मात्र हामीलाई निर्वाचन लड्न योग्य बनाउँछ भन्ने हाम्रो अडान हो,” उनले भनेका छन् ।

उनले अगाडि लेखेका छन्, “अहिलेको छलफल र अलमल यही विषयमा मात्र हो, फागुन २१ गतेको निर्वाचनका बारेमा होइन ।” निर्वाचन र संविधानबारे प्रष्ट कांग्रेस निर्वाचन अघि नै पार्टी महाधिवेशन गराउनु पर्नेमा उनले भनेका छन्, ‘अधिवेशनबाट आउने नेतृत्वले नै निर्वाचन लड्न योग्य बनाउँछ ।’

उनले लेखेका छन्, ‘फागुन २१ गतेको निर्वाचनबाटै नयाँ संसद आउनेछ। संविधानलाई सही मार्गमा ल्याउने यही एक मात्र बाटो हो, यसमा कुनै अलमल छैन। निर्वाचनअघि अधिवेशन गर्नु पर्छ, किनकि अधिवेशनबाट आउने नेपाली कांग्रेसको नीति र नेतृत्वले मात्र हामीलाई निर्वाचन लड्न योग्य बनाउँछ भन्ने हाम्रो अडान हो । अहिलेको छलफल र अलमल यही विषयमा मात्र हो, फागुन २१ गतेको निर्वाचनका बारेमा होइन । नेपाली कांग्रेसले फागुन २१ गतेको निर्वाचनमा भाग लिन्छ मात्र होइन, यसलाई सफल पनि बनाउँछ। यसमा कसैले पनि द्विविधा नराखौँ ।’

गगनको यो अभिब्यक्ति भने काग्रेसमै सुरु भएको हस्ताक्षर अभियानकै क्रममा आएको हो । नेपाली कांग्रेसका निवर्तमान सांसदहरूले संसद विघटन असंवैधानिक रहेको निर्णय पार्टीबाट गराउनका लागि आइतबारदेखि हस्ताक्षर अभियान चलाएका छन् ।

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले वर्तमान सरकार गठन र संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक भएको निष्कर्ष निकालेको भन्दै सोही निर्णयका साथै असंवैधानिक हो भने न्यायिक लडाइँ लड्न पनि पार्टीको जारी केन्द्रीय समिति बैठकबाट निर्णय होस् भन्नका लागि हस्ताक्षर अभियान चलाइएको कांग्रेस नेता श्याम घिमिरेले दाबी गरेका छन् ।

‘नेपाली कांग्रेसले संसद पुनस्र्थापना गर्ने वा निर्वाचनमा जाने भन्नेबारेमा अहिलेसम्म कुनै निर्णय गरेको छैन । कांग्रेसले सरकारको गठन र यो विघटनचाहिँ असंवैधानिक र अलोकतान्त्रिक हो मात्रै भनेको छ । असंवैधानिक र अलोकतान्त्रिक होचाहिँ भन्यो, त्यसपछि कसरी अघि बढ्ने भन्नेबारे कुनै निर्णय गरेको छैन,’ उनले भनेका छन्, ‘त्यस कारण असंवैधानिक र अलोकतान्त्रिक हो भने यसका विरुद्ध न्यायालयको ढोका ढकढक्याउन पार्टी किन नजाने भनेर हामीले हस्ताक्षर अभियान सुरुवात गरेका हौँ ।’
यसअघि एमालेले पनि हस्ताक्षर अभियान सञ्चालन गरिरहेको छ । सर्वोच्च अदालतमा यसअघि नै प्रतिनिधिसभा पुनस्र्थापनाको माग लिएर १६ वटा निवेदन परिसकेका छन् । त्यसउपर छलफल भएर अन्तरिम आदेश नभइ कारण देखाउ आदेश जारी भएको छ ।

प्रतिनिधिसभा गत २७ भदौमा विघटन भएको हो । २३ र २४ भदौमा जेनजी आन्दोलन भएको थियो । आन्दोलनका क्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा दिन बाध्य भएका थिए ।

त्यसपछि बालुवाटार छाडेर भागेका उनी १० दिनसम्म सेनाको सुरक्षामा बसेका थिए । त्यसपछि प्रतिनिधिसभाबाट सरकार बन्ने अवस्था नरहेको भन्दै राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा विघटन गरी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गरेका थिए ।

अन्तरिम सरकारले आगामी फागुन २१ मा चुनावको मिति घोषणा गरेको छ । एकातर्फ सरकार र निर्वाचन आयोग तोकिएको मितिमा चुनाव गराउने कार्यमा अगाडि बढिरहेका छन् भने अर्कोतर्फ सरकार गठन र प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेको छ ।

खास गरी एमालेका अध्यक्ष केपी शर्मा ओली प्रतिनिधिसभा पुनस्र्थापना हुनुपर्ने अडानमा छन् । उनी कांग्रेस पनि विघटित प्रतिनिधिसभा पुनःस्थापनाको पक्षमा उभिने बताउदै आएका छन् ।

गत शुक्रबार मात्रै काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले कांग्रेससँग आफूहरूले संवाद गरिरहेको समेत बताए। उनले शेरबहादुर देउवा उपचारका लागि बाहिर गएपछि कांग्रेसमा नेतृत्वको अभाव देखिएको बताए।

Advertisement
Advertisement

अध्यक्ष ओलीले देउवाकै अभावमा कांग्रेस केन्द्रीय कार्य समिति बैठक लम्बिएको जिकिर समेत गरेका थिए । यसको जवाफ पनि ओलीलाई गगनले दिएका छन् । ओलीले भनेका थिए, , ‘कांग्रेस एउटा पार्टी हो, हामी अर्को पार्टी हौँ। कांग्रेससँग हाम्रो संवाद भइरहेको छ। कांग्रेस फाइनल्ली मेरो विश्वास छ–पुनःस्थापनामा पुग्छ। कुराकानी भइरहेको छ। तर अब कांग्रेस भित्र जटिलता छ।’ अध्यक्ष ओलीले कांग्रेसभित्र नेतृत्वकै अभावमा जटिलता थपिन पुगेको पनि बताएका थिए ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top