Nepal Times
Nepal Times
3
Shares

रेल विभागका महानिर्देशक माथि हमला

रेल विभागका महानिर्देशक माथि हमला

विराटनगर : शुक्रबार रेल विभागका महानिर्देशक बलराम मिश्र अवलोकन गर्न आउने थाहा पाएपछि विराटनगर – १८ बुधनगर भेडियारीका स्थानीयबासीले रेलको लिकका कारण आफुहरुले हिँड्ने गरेको बाटो राकिएको भन्दै गुनासो सुनाउन आएका थिए ।

विराटनगर सीमावर्ती क्षेत्र हुँदै भेडियारीसम्म पुग्ने सडक एकीकृत जाँच चौकी निर्माण सुरु गरिएपछि बन्द गरिएको थियो । स्थानीयले नेपालतर्फ निर्माणाधिन रेल स्टेशनको छेउको बाटो प्रयोग गर्दै आएका थिए ।

जुन बाटो बजार निस्कनको लागि छिटो हुन्छ । तर, सो बाटो पनि बन्द हुने भएपछि बजार निस्कन गाह्रो हुने समस्या सुनाउन स्थानीय आएका थिए । गुनासो सुनाउन भेला भएका गाउँलेको समस्या नसुनी निर्देशक मिश्र भारतीय पक्षसँग बैठकमा सहभागी हुन निस्किएपछि स्थानीयले बाटो छेके ।

स्थानीय आक्रोशित भएपछि गाडीबाट उत्रिएका प्रतिनिधिलाई स्थानीयले लखेटे । भारतीय जनप्रतिनिधिलाई लखेटेपछि आफ्ना कुरा नसुनेको भन्दै महानिर्देशक मिश्र सवार गाडीमा ढुङ्गा प्रहार गरे ।

थोरै पछि सारेपछि गाडीबाट उत्रिएर मिश्रले सम्झाउँदै नेपालको समस्या भएकोले काम गर्न आएका विदेशीलाई गाली नगर्न आग्रह गरे । स्थानीयसँग भलाकुसारी गरेका मिश्रले समस्या समाधान गर्न पहल गर्ने आश्वासन दिए । यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.