NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
आज सुदूरपश्चिम भर्सेस विराटनगर र चितवन भर्सेस पोखरा शनिबार मंसिर २० , २०८२
फिफा विश्वकप २०२६ः कुन देश कुन समूहमा ? शनिबार मंसिर २० , २०८२
सर्वपक्षीय बैठकमा कसले के भने ? सुशीलाको कडा जवाफ शनिबार मंसिर २० , २०८२
कुलमानदेखि हर्क थर्कमान, कसरी बने तगारो ? भने एजेन्ट शुक्रबार मंसिर १९ , २०८२
आणविक बटनसहित ५ वर्ष शक्ति मुनिरको हातमा शुक्रबार मंसिर १९ , २०८२
Next
Prev

समाचार

रविलाई थुनाउने प्रतिवेदन पुनर्विचार गर्न सरकारसंग रास्वपाको माग

मङ्लबार मंसिर २ , २०८२
Reading Time: 1 min read
A A
रविलाई थुनाउने प्रतिवेदन पुनर्विचार गर्न सरकारसंग रास्वपाको माग
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

२ मंसिर , काठमाण्डौ ।

फागुन २१ मा हुने प्रतिनिधि सभा चुनावका लागि निर्वाचन आयोगमा दल दर्ता गराएर चुनावलक्षित कार्यक्रमहरु समेत सुरु गरिसकेको राष्ट्रिय स्वतन्त्र पार्टीले पूर्व प्रतिनिधिसभा सदस्य डा अमरेशकुमार सिंहलाई पनि पार्टीमा भित्र्याउने तयारी गरेको छ ।

सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले चुनावको घोषणा गरेसंगै जेनजी समूहसहित बालेन साह, सुमना श्रेष्ठ, कुलमान घिसिंग लगायतसंग रास्वपाले एकताका लागि पहल गरेपनि त्यो सम्भव भएन ।

कुलमानको नयाँ दल दर्ता भइसकेको छ भने, बालेनसंग पनि अहिलेसम्म सहमति जुट्न सकेको छैन । यस्तै सुदन गुरुङसहितका जेनजी समूहहरुलाई पनि रास्वपाले कन्भिन्स गर्न सकेको छैन ।

यद्यपि सबैसँग संवादमै रहेको बताउने रास्वपाले अमरेशकुमार सिंहसंग भने सकारात्मक छलफल गरेको बताएको छ । यसबारेमा स्वयं सिंहले पनि पुष्टि गरेका छन् । आज उनले रास्वपा सभापति रवि लामिछानेसँग भेटवार्ता गरेका छन् ।

ललितपुरस्थित नख्खु कारागारमा लामिछानेसँग सिंहले भेटवार्ता गरेका हुन् । भेटमा निर्वाचनमा सहकार्य र कार्यगत एकताबारे छलफल भएको सिंहले बताए । भेटमा रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्लेसमेत सहभागी थिए ।

‘वर्तमान राजनीतिक अवस्था, जेनजी आन्दोलनपछिको अवस्था, जनतामा रहेको निराशा र आगामी चुनौतीबारे कुराकानी भयो’, सिंहले भने, ‘देश र राजनीतिक पार्टीमाथि जनताको विश्वास कसरी कायम गर्ने भन्नेमा छलफल भयो ।’

त्यसक्रममा उनले जनताको विश्वास जित्न जनतामै जानुपर्ने निष्कर्ष निकालेको बताए । ‘त्यसका लागि जनतामै जानुपर्ने निष्कर्ष रहेको छ । ’जनतामा देखिएको परिवर्तनको आवेगलाई कसरी व्यवस्थापन गर्ने भन्ने प्रमुख कुरा हो’, सिंहको भनाइ छ ।

उनले सभापति लामिछाने र वाग्लेसहितको छलफलमा आगामी दिनमा आफू र रास्वपाबिच सहकार्य र सहमतिमार्फत अघि बढाउँदै बदलिँदो परिस्थितिमा युवाहरूको सहभागिता बढाउनेमा दुई मत नरहेको बताए ।

यस्तै सिंहले लामिछानेले अदालतबाट चाँडै न्याय पाउनेमा पनि विश्वास व्यक्त गरे । उनले भने, ‘नेपालको न्यायालयप्रति विश्वास छ, चाँडै न्याय उहाँले पाउनुहुनेछ। चुनावअघि नै निस्किनुहुन्छ भन्ने आशा छ।’ उनले तत्कालीन सरकारलाई रवि लामिछानेमाथि प्रतिशोध राखेको दाबी गरे ।

उनले आफ्नो रास्वपासँग सहकार्यको सम्भावना रहेको भन्दै रविसँग पनि त्यसबारे छलफल भएको बताए । आगामी निर्वाचनमा रास्वपाबाट उम्मेदवार हुनसक्ने सम्भावनालाई पनि नकारेनन् ।

यस्तै कुलमान, बालनेसहित नयाँ शक्तिहरू एक ठाउँमा ल्याउनुपर्छ भन्ने संवाद भइरहेको बताए । यता आज रविसंग कुरा गरेर फर्किएपछि उपसभापति स्वर्णिम वाग्लेले पनि अघिल्लो सरकारले तयार पारेको संसदीय विशेष छानबिन समितिले तयार पारेको सहकारीसम्बन्धी रिपोर्ट पुर्नविचार गर्न वर्तमान सरकारलाई आग्रह गरेका छन्।

सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले यस्तो बताएका हुन् । वर्तमान सरकार प्रतिशोधको राजनीति भएकोबारे बुझेर अघि बढ्नुपर्ने उनको भनाइ थियो । उनले त्यतिबेला संसदीय छानबिन समितिले बनाएको प्रतिवेदनको ४ सय ४९ नम्बर पाना पुनः पल्टाएर हेर्न पनि सरकारलाई आग्रह गरेका छन् ।

प्रतिवेदनको ४ सय ४९ नम्बर पानामा गितेन्द्र बहादुर अर्थात जिवी राईले गोर्खा मिडियामा निव्र्याजी सापटीका रुपमा सहकारीबाट रकम आउने जाने गरिएको देखिएपनि सहकारीबाट मिडियामा रकम ल्याउने सम्पूर्ण प्रक्रियामा रविको सम्लग्नता पुष्टि हुने कुनै कागज प्रमाण नदेखिएको उल्लेख छ।

‘रवि लामिछानेलाई नख्खुमै राखेको ४÷५ महिना भयो । भैरहवामा त्यस्तो तरिकाले राखियो, त्यो भनेको संसदीय छानबिन रिपोर्टको आधारमा हो,’ वाग्लेले भने, ‘त्यस्तो रिपोर्ट तयार भएको केही घन्टामै क्याबिनेटमा लगेर निर्णय गराइएको थियो । त्यो प्रतिवेदनको पाना नम्बर ४४९ फेरि पढ्न आग्रह गरेका छौं ।’

अहिलेको सरकारले क्याबिनेटबाटै त्यो रिपोर्ट पुर्नविचार गरिदियोस् भन्ने अपेक्षा आफूहरूको रहेको उनले बताए । ‘सहकारी छानबिन प्रतिवेदनलाई फेरि रिभ्यु गरोस् । त्यसलाई अनुसन्धान फेरि गर्नुपर्ने विन्दुमा कानुनी राय लिओस् । अदालतमा भने हामी इन्टरफेयर गर्दैनौं,’ वाग्लेले भने, ‘क्याबिनेट बैठकबाट पहिलेको सरकारले कुन दुरासय राखेर निर्णय गरेको थियो, त्यसमा पुनर्विचार होस् भन्ने हो ।’

उनले अगाडि भने, ‘तत्कालीन ओली सरकारले सभापतिमाथि प्रतिशोध राखिएको भन्ने ४० लाख हस्ताक्षरले प्रस्ट हुन्छ । त्यस बेला संसदीय छानबिन समितिको पेज नम्बर ४४९ फेरि पढिदिन यो सरकारलाई आग्रह गरेका छौँ । अरू केही पनि होइन ।’

उनले भने, ‘प्रतिशोधको राजनीतिको उद्गम स्थल नै ओली सरकारको क्याबिनेट बैठक हो । कुन दुराशय राखेर त्यो प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो, त्यो पुनर्विचार गर्नुपर्छ भन्ने हाम्रो आग्रह हो ।’

रवि लामिछानेको मुद्दामा कोर्स करेक्सन गर्न सरकारसँग माग गरे । प्रधानमन्त्री हुनुअघि सुशीला कार्कीले नै रवि लामिछानेमाथि अन्याय भएको भन्दै बोलेको विषय पनि स्मरण गराए ।

सभापति लामिछानेसँग पार्टी जीवन, राष्ट्रिय जीवन, व्यक्तिगत सुस्वास्थ्य लगायतका विषयमा छलफल भएको उनले बताए । वाग्लेले कुलमानले नयाँ दल खोलेपनि कार्यगत सहकार्यको संभावना बाढी रहेको बताउँदै बालेनसँग पनि सकारात्मक संवाद जारी रहेको जानकारी दिए ।

उनले रास्वपाको सभापति भने आयातित हुनै नसक्ने दोहोर्याए । मंगलबार दिउँसो सवा ११ देखि पौने २ बजेसम्म उनले सभापति लामिछानेसँग भेटवार्ता गरेका थिए ।

Tags: #अमरेश सिंह रास्वपामा जाने !#सरकारसंग रास्वपाको माग

लोकप्रीय

एनपीएलमा आज दुई खेलः चितवन र काठमान्डु तथा विराटनगरविरुद्ध कर्णाली

आज सुदूरपश्चिम भर्सेस विराटनगर र चितवन भर्सेस पोखरा

शनिबार मंसिर २० , २०८२
फिफा विश्वकप २०२६ः कुन देश कुन समूहमा ?

फिफा विश्वकप २०२६ः कुन देश कुन समूहमा ?

शनिबार मंसिर २० , २०८२
सर्वपक्षीय बैठकमा कसले के भने ? सुशीलाको कडा जवाफ

सर्वपक्षीय बैठकमा कसले के भने ? सुशीलाको कडा जवाफ

शनिबार मंसिर २० , २०८२

विचार

एनपीएलमा आज दुई खेलः चितवन र काठमान्डु तथा विराटनगरविरुद्ध कर्णाली

आज सुदूरपश्चिम भर्सेस विराटनगर र चितवन भर्सेस पोखरा

शनिबार मंसिर २० , २०८२
फिफा विश्वकप २०२६ः कुन देश कुन समूहमा ?

फिफा विश्वकप २०२६ः कुन देश कुन समूहमा ?

शनिबार मंसिर २० , २०८२
सर्वपक्षीय बैठकमा कसले के भने ? सुशीलाको कडा जवाफ

सर्वपक्षीय बैठकमा कसले के भने ? सुशीलाको कडा जवाफ

शनिबार मंसिर २० , २०८२

थप समाचार

एनपीएलमा आज दुई खेलः चितवन र काठमान्डु तथा विराटनगरविरुद्ध कर्णाली
खेलकुद

आज सुदूरपश्चिम भर्सेस विराटनगर र चितवन भर्सेस पोखरा

शनिबार मंसिर २० , २०८२
फिफा विश्वकप २०२६ः कुन देश कुन समूहमा ?
खेलकुद

फिफा विश्वकप २०२६ः कुन देश कुन समूहमा ?

शनिबार मंसिर २० , २०८२
सर्वपक्षीय बैठकमा कसले के भने ? सुशीलाको कडा जवाफ
ताजा समाचार

सर्वपक्षीय बैठकमा कसले के भने ? सुशीलाको कडा जवाफ

शनिबार मंसिर २० , २०८२
कुलमानदेखि हर्क थर्कमान, कसरी बने तगारो ? भने एजेन्ट
ताजा समाचार

कुलमानदेखि हर्क थर्कमान, कसरी बने तगारो ? भने एजेन्ट

शुक्रबार मंसिर १९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: Ukraine प्रस्ताव यूएनमा पेस, नेपालले गरेन मतदान, Trumpलाई Putinसंग आशा || Nepal Times

World News: Ukraine प्रस्ताव यूएनमा पेस, नेपालले गरेन मतदान, Trumpलाई Putinसंग आशा || Nepal Times

00:19:05

World News: पुटिन भारत आउँदा म्याक्रोँ चीन पुगे, मोदीलाई ट्रम्पको ९५ करोड डलरको ह*ति*यार अफर

00:20:44

World NEWS:IRANबाट १० अफगानी मारिए,आकाशमा इन्धन भर्ने विमान किन्दै भारत|| Nepal Times

00:20:32

World News:युपी बस आग*ला*गीमा अधिकाँश नेपाली, पाकिस्तानमा धारा १४४ लागू || Nepal Times

00:17:46

World News: नेपाल एयरलायन्सका एयर होस्टेज दोहामा पक्राउ, मादुरो काराकासमा सार्वजनिक || Nepal Times

00:16:58

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

दिल्ली जाँदै गरेको बसमा भीषण आगलागीः अधिकांश यात्रु नेपाली

दिल्ली जाँदै गरेको बसमा भीषण आगलागीः अधिकांश यात्रु नेपाली

मङ्लबार मंसिर १६ , २०८२
रुसी कोभिड भ्याक्सिन बनाउने वैज्ञानिक रहेनन्

कोभिड खोपले १० बालबालिकाको मृत्यु भएको अमेरिकाले स्वीकारो

आइतवार मंसिर १४ , २०८२
काठमाडौँका तत्कालीन सिडियोसँग जाँचबुझ आयोगले लिइयो बयान

काठमाडौँका तत्कालीन सिडियोसँग जाँचबुझ आयोगले लिइयो बयान

बिहिबार मंसिर १८ , २०८२

हालका पोस्टहरू

एनपीएलमा आज दुई खेलः चितवन र काठमान्डु तथा विराटनगरविरुद्ध कर्णाली

आज सुदूरपश्चिम भर्सेस विराटनगर र चितवन भर्सेस पोखरा

शनिबार मंसिर २० , २०८२
फिफा विश्वकप २०२६ः कुन देश कुन समूहमा ?

फिफा विश्वकप २०२६ः कुन देश कुन समूहमा ?

शनिबार मंसिर २० , २०८२
सर्वपक्षीय बैठकमा कसले के भने ? सुशीलाको कडा जवाफ

सर्वपक्षीय बैठकमा कसले के भने ? सुशीलाको कडा जवाफ

शनिबार मंसिर २० , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.