×

NEPAL TIMES UPDATES

Playing
मध्यपूर्वको यु द्ध ले नेपालीलाई पीडा, एक सिलिन्डर ग्यास पाउन महाभारत || Nepal Times
Mar 12, 2026
Playing
खेलकुदमा यु द्धको छायाः इरानले विश्वकप फुटबल नखेल्ने?|| Nepal Times
Mar 12, 2026
Playing
इरानले अमेरिकाभित्रै आक्र मण गर्न सक्ने,एफबीआईको सनसनीपूर्ण खुलासा|| Nepal Times
Mar 12, 2026
Playing
साउदीले १८ ड्रोन खसाल्यो, जब साउदीका आकाश ड्रोनले भरिए || Nepal Times
Mar 12, 2026
Playing
Top 15 Afternoon News || March-12-2026 || Nepal Times
Mar 12, 2026
Playing
सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अ प राधी ?|| Nepal Times
Mar 12, 2026
Playing
१६ वर्षसम्म उडान भरेको जहाज बुद्धले थन्क्यायो,ग्राउन्डेड जहाज के हुन्छ ?|| Nepal Times
Mar 12, 2026
Playing
निर्वाचनको हार ओलीले सम्मानका साथ स्वीकारे, अब नसच्याए सकिने || Nepal Times
Mar 12, 2026
Playing
इरान यु द्धको १२ औं दिनः चाडै यु द्ध अन्त्य हुने ट्रम्पको घोषण|| Nepal Times
Mar 12, 2026
Playing
शहबाज शरीफले पनि रवि र बालेनलाई दिए बधाई|| Nepal Times
Mar 12, 2026

पत्रकारको ह त्या मा साउदी प्रिन्सलाई प्रश्न गरेपछि जंगिए ट्रम्प

४ मंसिर २०८२

३ मंसिर, काठमाण्डौ।

साउदी अरेबियाका युवराज मोहम्मद बिन सलमान यतिबेला अमेरिकामा छन् । उनी त्यहाँ रहेकैबेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वाशिङ्टन पोस्टका पत्रकार जमाल खशोग्गीको हत्यामा सलमानको संलग्नतालाई खारेज गरेका छन् ।

सन २०१८ मा वाशिङ्टन पोस्टका पत्रकार जमाल खशोग्गीको साउदी अरेबियामा हत्या भएको थियो । पत्रकारको हत्यापछि युवराज मोहम्मद बिन सलमानको संलग्नता रहेको अमेरिकी गुप्तचर निकायको निष्कर्ष निकालेको थियो ।

अमेरिकी पत्रकार जमाल खशोग्गीको हत्या भएको लगभग सात वर्षपछि साउदी युवराज मोहम्मद बिन सलमानले ह्वाइट हाउसमा पहिलो पटक भ्रमण गरेका हुन् । पत्रकार जमाल खशोग्गीको २०१८ मा इस्तानबुलस्थित साउदी वाणिज्य दूतावासमा साउदी सरकारका सदस्यहरूद्वारा हत्या गरिएको थियो ।

ट्रम्प प्रशासनको समयमा सीआईएले युवराजले हत्यालाई अनुमोदन गरेको हुनसक्ने निष्कर्ष निकालेको थियो । बाइडेन प्रशासनले पछि उक्त अवर्गीकृत प्रतिवेदन सार्वजनिक गरेको थियो ।

युवराज बिन सलमानले हत्यामा व्यक्तिगत संलग्नता अस्वीकार गरे पनि साउदी अरेबियाको नेताको रूपमा उनले घटनाको पूर्ण जिम्मेवारी लिने बताएका थिए । ट्रम्पसँगको भेटमा पत्रकारले खशोग्गीबारे सोध्दा युवराजले भने ‘यो सुन्नु साँच्चै पीडादायी छ । कसैले कुनै वास्तविक उद्देश्य बिना आफ्नो ज्यान गुमाएको छ।’

तर उनलाई पत्रकारको हत्यामा उनको संलग्नताबारे प्रश्न सोध्दा ट्रम् पभने पत्रकारसँग जंगिएका थिए । ट्रम्प मंगलबार साउदी राजकुमारलाई भव्य स्वागतपछि ह्वाइट हाउसमा उनीसहितको संयुक्त पत्रकार सम्मेलनका क्रममा एक पत्रकारको प्रश्नमा ट्रम्प जंगिएका हुन् ।

एबिसी न्युजकी एक पत्रकारले साउदी राजकुमार एमबिएसलाई वाशिङ्टन पोस्टका पत्रकार जमाल खशोग्गीको हत्याबारे प्रश्न गरेकी थिइन् । उनले अमेरिकी गुप्तचरको रिपोर्टले पत्रकार खशोग्गीको हत्या गर्न साउदी राजकुमारले नै आदेश दिएको भनेर उल्लेख गरेको बताउँदै त्यसबारे प्रश्न गरेकी थिइन् ।

सँगै सन् २००१ सेप्टेम्बर ११ मा भएको आतंकवादी हमला र साउदीको संगलग्नताबारे पनि चर्चा गरेकी थिइन् । ’तपाईंलाई अमेरिकाले किन विश्वास गर्ने?,’ उनले प्रश्न गरेकी थिइन् । प्रश्नपछि ट्रम्पले तत्कालै हस्तक्षेप गरेका थिए ।

उनले प्रश्न सोध्ने पत्रकारको परिचय मागे । पत्रकारले आफू एबिसी न्युजको प्रतिनिधि रहेको बताइन् । ’फेक न्युज। एबिसी फेक न्युज हो । तर त्यो प्रश्नको जबाफ म दिन्छु,’ ट्रम्पले भने । ’तपाईंले कुरा गरिरहनुभएको ती व्यक्तिलाई धेरैले मन पराउँदैनथे । तपाईंले उनलाई मन पराउनुहोस् वा नपराउनुहोस्, घटनाहरू हुन्छन्,’ उनले अगाडि भने ।

उनले आफ्नो पाहुनालाई त्यस्तो प्रश्न गरेर लज्जित नबनाउन पनि ती पत्रकारलाई चेतावनी दिए । ’त्यो घटनाबारे उहाँलाई केही थाहा थिएन। तपाईंले हाम्रो अतिथिलाई यस्तो प्रश्न गरेर लज्जित बनाउन पाउनुहुन्न,’ ट्रम्पले भने । त्यसपछि एमबिएसले ट्रम्पलाई रोक्दै आफू पनि त्यसको उत्तर दिने बताए ।

उनले ९÷११ को घटना दुःखद रहेको बताए । त्यसमा संलग्न ओसामा बिन लादेनले अमेरिका र साउदीको सम्बन्ध बिगार्नकै निम्ति त्यो हमला गरेको उनले बताए । ’९÷११ को घटना दुःखद हो। सिआएको प्रतिवेदनले पनि प्रष्ट भनेको छ कि ओसामा बिन लादेनले साउदी अरबका मानिसहरू प्रयोग गरी दुई देशको सम्बन्धमा दरार पैदा गर्नका लागि त्यो हमला गरेका थिए,’ उनले भने ।

पत्रकारको हत्या भएको विषय पनि दुःखद रहेको उनले बताए । अमेरिकी विदेश विभागको पछिल्लो प्रतिवेदनले साउदी अरेबियामा स्वेच्छाचारी हत्या, यातना, र अभिव्यक्ति स्वतन्त्रतामा प्रतिबन्धहरू रहेको उल्लेख गरेको छ ।

यसैबीच अमेरिकाले संसारको सबैभन्दा उन्नत लडाकु जेट मानिने एफ–३५ लडाकु विमान साउदी अरबलाई बेच्ने भएको छ । ट्रम्पले साउदी राजकुमारसँगको ह्वाइट हाउसको बैठकअघि पत्रकारहरूलाई यस्तो बताएका हुन् । ‘हामी एफ–३५ जेट बेच्नेछौं’, ट्रम्पले भने, ‘उनीहरू ठूलो सहयोगी भएका छन् ।’

यी दुई नेताहरूबीच रक्षा र नागरिक आणविक शक्तिसम्बन्धी सम्झौताहरूमा छलफल हुने बताइएको छ । पत्रकार जमाल खसोग्गीलाई सात वर्षअघि साउदी एजेन्टहरूको हातबाट मारेर टुक्राटुक्रा पारिएपछि साउदी नेताको अमेरिकामा यो पहिलो भ्रमण हो ।

राजकुमार मोहम्मदको अन्तिम भ्रमण सन् २०१८ मा ट्रम्पको पहिलो कार्यकालको समयमा भएको थियो । सोही वर्ष इस्तानबुलमा खशोग्गीको हत्या भएको थियो । पूर्वराष्ट्रपति जो बाइडेनले अमेरिकामा राजकुमारलाई स्वागत गरेनन् ।

उनले सन् २०२२ मा अन्य मुद्दाहरूमा सम्झौता गर्न साउदी अरबको भ्रमण गरेका थिए । बाइडेनले उक्त बैठकमा खसोग्गीको हत्याको मुद्दा पनि उठाएको बताए ।यसैबीच ह्वाइट हाउस भेटघाटमा आज विश्व फुटबल सुपरस्टार क्रिष्टियानो रोनाल्डो पनि उपस्थित हुनेछन् ।

एक अधिकारीले साउदी फुटबल क्लब अल–नासरका कप्तान क्रिस्टियानो रोनाल्डो पनि ह्वाइट हाउसमा उपस्थित हुने पुष्टि गरेका छन् । भेटवार्तामा ट्रम्पले साउदीका युवराजलाई इजरायलसँगको सम्बन्ध सामान्य बनाउन दबाब पनि दिन सक्छन्, किनकि उनी गाजा युद्धपछि एक व्यापक मध्य पूर्व शान्ति सम्झौतामा पुग्ने प्रयास गरिरहेका छन् ।

ट्रम्प र साउदी युवराजबीच यसअघि मे महिनामा रियादमा भेट भएको थियो । जहाँ साउदीलाई लगभग १४२ अर्ब डलरको हतियार बेच्न अमेरिका सहमत भएको थियो । जसलाई ह्वाइट हाउसले इतिहासको ’सबैभन्दा ठूलो रक्षा सम्झौता’ भनेको छ । साउदी अरेबिया अमेरिकी हतियारको सबैभन्दा ठूलो खरिदकर्ता हो ।

भर्खरको समाचार

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

इरान युद्धको १२ औं दिनः चाडै युद्ध अन्त्य हुने ट्रम्पको घोषण

MixCollage-12-Mar-2026-08-27-AM-2238

समानुपातिकमा साढे ४ लाख मत बदर, आज दलहरुलाई पत्राचार गर्ने

adcc99e8-45af-49b9-9154-fa42976a3483

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

सम्बन्धित खबरहरु

Scroll to Top