×

NEPAL TIMES UPDATES

Playing
मलेसियाविरुद्ध नेपालको संघर्षपूर्ण जित || Nepal Times
May 20, 2026
Playing
Top 15 Afternoon News || May-20-2026 || Nepal Times
May 20, 2026
Playing
नेपाल कालोसूचीमा पर्न लागेको हो? एपिजीको समूहले के भन्यो ? || Nepal Times
May 20, 2026
Playing
मधेशदेखि सुदूरपश्चिमसम्मः सत्ता फेरबदलको नयाँ अध्याय सुरु || Nepal Times
May 20, 2026
Playing
हर्कले पर्चा देखाएपछि सभामुख रिसाए, दिए कारबाहीको चेताव*नी|| Nepal Times
May 20, 2026
Playing
कतै वर्षा, कतै ४१ डिग्रीको गर्मी, ठाउँ–ठाउँमा सडक अवरुद्ध || Nepal Times
May 20, 2026
Playing
नेपालमा बर्ड*फ्लुको जो*खिम, म*रेका कागमा संक्र*मण, उच्च सतर्कता अपनाउनु || Nepal Times
May 20, 2026
Playing
भारतले नेपाललाई दुःख दिन थाल्यो,नेपाली चिया रोक्यो,व्यापारिक कि कूटनीतिक ? || Nepal Times
May 20, 2026
Playing
Xi–Putin वार्तामा के भयो ? विश्वको ध्यान केन्द्रित || Nepal Times
May 20, 2026
Playing
श*वमा पनि सकिदैन इबोला भाइरस ‘टाढाको संकट’ भनेर भूल नगरौँ || Nepal Times
May 19, 2026

ओलीको एकल राज अब नचल्ने, ईश्वरको चुनौती,अध्यक्षका लागि आज प्रस्ताव

५ मंसिर २०८२

४ मंसिर, काठमाण्डौ ।

नेकपा एमालेमा अध्यक्षका रुपमा आफ्ना विचार र निर्णयलाई नै पार्टीको निर्णय र विचार बनाउदै आएका अध्यक्ष केपी शर्मा ओलीका लागि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल अब ठूलो चुनौतीकारुपमा प्रस्तुत हुन थालेका छन् ।

Advertisement
Advertisement

ओलीले मंसिरमा हुने महाधिवेशनबाट आफ्नो नेतृत्व लम्ब्याउन तताइरहेको बाटोमा अब ईश्वर पोखरेल बलियो तगारो बन्ने भएका छन् । उनले ओलीलाई भावी अध्यक्षमा चुनौती दिने भएका हुन् ।

यसका लागि उनले आजको सचिवालय बैठकमा भावी अध्यक्षको लागि औपचारिकरूपमा आफ्नो दाबी पेश गर्ने भएका छन् । एमालेले मंसिर २७ देखि २९ मा महाधिवेशन गर्दैछ ।

त्यसको तयारी लगायतका विषयमा आज दिउँसो १ बजेदेखि बैठक बोलाइएको छ । सोही बैठकमा पोखरेलले आफूलाई सर्वसम्मत अध्यक्षमा अघि सार्न प्रस्ताव राख्ने तयारी गरेको उनी निकटले बताएका छन् ।

उक्त प्रस्तावमा सहमति नजुटे नेतृत्व चयन चुनावी प्रतिस्पर्धातर्फ अघि बढ्ने हुँदा सोअनुसार पनि तयारी गरिएको पोखरेलप क्षको भनाइ छ । आजको सचिवालय बैठकपछिको अवस्था हेरेर त्यसपछि कसरी कस्तो टिम बनाएर अघि बढ्ने भन्ने रणनीति बनाइने नेताहरुले बताएका छन् ।

पोखरेलले केही दिनअघि मात्रै एक अपिल गर्दै आफू अघि बढेको सन्देश दिएका थिए । आगामी एघारौँ राष्ट्रिय महाधिवेशनमा राजनीतिक प्रस्ताव, साङ्गठनिक प्रस्ताव, विधान लगायतका विषयमा थप बहस र नयाँ निष्कर्षको आवश्यकता देखिएको छ ।

हाम्रो पार्टीको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवादले निर्दिष्ट गरेको विचार र मान्यता अनुसार बहसमा सहभागी भएर नयाँ निष्कर्षमा पुग्नका लागि महाधिवेशन प्रतिनिधिहरूको भूमिका रहनेछ ।

महाधिवेशन प्रतिनिधिहरूको छनोट मङ्सिर १३ गते देशभर एकै दिन हुँदैछ । जबजको सङ्गठनात्मक सिद्धान्त अनुसार उत्साह र निर्भयताका साथ प्रतिनिधि छनोटमा सहभागी बन्न पनि सम्पूर्ण पार्टी सदस्यहरूलाई म अपिल गर्दछु । उनले लेखेका थिए ।

खासमा मंसिरको महाधिवेशनमा ओलीलाई टक्कर दिन विद्या भण्डारी–ईश्वर पोखरेल पक्षले प्यानलै उठाउने तयारी गरेको छ । यो समूहले पोखरेललाई अध्यक्षको उम्मेदवार बनाउँदै छ । नवीकरण भइसकेको आफ्नो सदस्यता रोकिदिएपछि भण्डारी ओलीसँग असन्तुष्ट छिन् ।

ओली भने तेस्रो पटक अध्यक्ष बन्न महाधिवेशनमा अरुलाई बोल्नै नदिने योजनामा छन् । उनले महाधिवेशनमा सोझै नेतृत्व चयन हुने बताएका छन्। तर, ओलीलाई रोक्न भण्डारीले आफू पछाडि बसेर वरिष्ठ उपाध्यक्ष पोखरेललाई अगाडि सारेकी हुन् ।

अब जेनजी आन्दोलनपछि ओलीमाथि उठेको अविश्वासको प्रश्नलाई प्रतिनिधिमाझ राख्दै महाधिवेशनबाट अप्रत्याशित नतिजा ल्याउने आशमा भण्डारी–पोखरेल पक्ष देखिएको छ।

यता ओली तेस्रो कार्यकालका लागि अध्यक्षमा लड्ने निश्चित भए पनि महाधिवेशनलाई उनले कसरी अगाडि बढाउँछन् भन्ने स्पष्ट छैन । कतिपय नेताहरु ओलीले उम्मेदवारी मनोनयन गर्नै नदिने योजना बनाएको हुनसक्ने आशंका गर्छन् ।

केही दिनअघि मात्र ओलीले आफू बोलेर महाधिवेशन समापन गर्ने बताएका थिए । ओलीको सो अभिव्यक्तिपछि विद्या–ईश्वर पक्ष तातेको हो । ओलीलाई कुनै हालतमा सर्वसम्मत अध्यक्ष बन्न नदिने उनीहरूको भनाइ छ ।

अहिले उनीहरुले सचिवालयमा रहेका नेताहरूसँग यसबारे निरन्तर छलफल गरिरहेका छन् । सचिव योगेश भट्टराई ११ औँ महाधिवेशनमा आफ्नो हक दाबी भनेर ओली उठेमा त्यो ठूलो भूल हुने बताउँछन् ।

ओलीमा अतिवादी दृष्टिकोण रहेको र त्यसले मुलुक चल्न नसकेको भट्टराईको भनाइ थियो । यता विद्या–ईश्वर समूहले महाधिवेशनमा आफ्नो प्यानलै उठाउने भएको छ । यो पक्षका नेताहरूका अनुसार महाधिवेशन प्रतिनिधिलाई सोही अनुसार विवेक प्रयोग गर्न आग्रह गरेर सन्देश पठाइनेछ ।

उपाध्यक्ष युवराज ज्ञवालीले देशभरबाट चुनिएर आएका २१ सय बढी प्रतिनिधिबाट नेतृत्व चयन गरिने भएकोले सामान्य नहुने बताएका छन् । महाधिवेशनमा नीति र विधिमाथि समेत छलफल हुनुपर्ने र भदौ २३ र २४ गते जेन–जी आन्दोलनपछि भोग्नुपरेको अवस्थाको समीक्षा गर्नुपर्ने ज्ञवालीको भनाइ छ ।

एमालेमा अहिले सचिवालयमा १८ जना छन्। जसमध्ये युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, योगेश भट्टराई र गोकर्ण विष्ट पोखरेलको पक्षमा उभिइसकेका छन्। उपाध्यक्षहरू विष्णु पौडेल, रामबहादुर थापा, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव रघुवीर महासेठ र छविलाल विश्वकर्माले कता उभिने निर्णय गरिसकेका छैनन्।

यता ओली नेतृत्व छाड्ने मनस्थितिमा छैनन् । उनले केहीले नेताहरू पार्टी पुनर्गठन भन्दै अनुशासनहीन तरिकाले प्रस्तुत भएपछि महाधिवेशन गर्न लागेको भन्दै केही दिनअघि कडा अभिव्यक्ति दिएका थिए ।

प्रतिक्रियावादका विरुद्ध लड्नुपर्ने बेलामा आफ्नो राजीनामा मागिएको भन्दै उनले असन्तुष्टि जनाइरहेका छन् । कोर टिमका नेताहरू ओलीबाहेक अरुले नेतृत्व गर्न नसक्ने तर्क दिइरहेका छन् ।

त्यो तर्कको पछाडि ओली बाहिरिँदा आफूहरू पनि पार्टीको मूलधारबाट बाहिरिनुपर्ने भयले काम गरेको अर्काथरि नेताहरूको दाबी छ । यसबीच योगेश भट्टराईले मधेसमा एमाले एक्लिएको भन्दै ओलीमाथि प्रश्न गरेका छन् ।

हिजो बारामा भएको घटनापछि उनले मधेस प्रदेशमा आफ्नो पार्टीलाई ठूलो धक्का लागेको भनेका छन् । आज बिहान सामाजिक सञ्जाल फेसबुकमा उनले हालै मधेस प्रदेश प्रमुख बर्खास्त, सभामुख पदमुक्तजस्ता घटनाले एमालेलाई क्षति पुगेको उल्लेख गरेका छन् ।

“आज मधेस प्रदेशको संसदीय फाँटमा नेकपा (एमाले)लाई ठूलो धक्का लागेको छ । पार्टीको सार्वजनिक छविमा गम्भीर प्रश्न उठेका छन्,” उनले लखेका छन्, “प्रदेश प्रमुखको बर्खास्ती भएको छ । सभामुख पदमुक्त हुनुभएको छ (यद्यपि, यसको संवैधानिक तथा संसदीय प्रक्रियाको न्यायिक परीक्षण हुने नै छ) ।

उनले मुख्यमन्त्री सरोजकुमार यादवको पद पनि धरापमा रहेको जनाएका छन् ।

उनले उल्लेख गरेका यी तीनै पद एमालेले पाएको थियो । “राजनीतिक रूपमा हामी एक्लिएका छौँ । पार्टीभित्र अन्तरविरोध तीव्र बनेको छ,” उनले लेखेका छन्, “यो सबै किन र कसका कारणले भयो ?”

उनले मधेसमा एमाले ठूलो पार्टी बनेको, विगतमा गरिएको पार्टीको विरोधलगायत घटना पनि स्मरण गरेका छन् । यी सबै विषयको समीक्षा गरिनुपर्नेमा उनले जोड दिएका छन् ।

“मधेसमा स्वयम् पार्टी अध्यक्षले गर्नुभएको मेहनतमाथि किन, कसले र केका लागि खेलबाड़ गरियो ? यी तमाम विषयमा गम्भीर समीक्षा हुनुपर्दछ,” उनले भनेका छन् । उनले अगाडि लेखेका छन्, “सोसल अडिटमा हाम्रो पार्टीको अवस्था कस्तो छ ? पार्टीको जनआधार विस्तार गर्न, आन्तरिक एकतालाई सुदृढ गर्न, पार्टीको सामाजिक छविलाई सुधार गर्न मधेसमा नयाँ जिम्मेवारीका साथ जानुपर्दछ । यस विषयमा गम्भीर भएर विचार गर्न पार्टी अध्यक्ष कमरेडलाई निवेदन गर्दछु ।”

Advertisement
Advertisement

हिजो बाराको सिमरामा एमाले कार्यकर्ता र ‘जेनजी’बीच झडप भएको थियो । जहाँ जेनजीहरुले आफूहरुले प्रर्दशनमा एमाले कार्यकर्ताहरुले आक्रमण गरेको भन्दै आक्रमण गर्नेहरुलाई कारबाही नगरे सिमरा बन्द गर्ने सम्मको चेतावनी दिएका छन् ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top