जापानको ’टाउको काट्ने’ चीनको धम्की

८ मंसिर , काठमाण्डौ ।

Advertisement

चीन र जापानबीच ताइवानलाई लिएर तनाव लगातार बढीरहेको छ । दुई देशबीच स्थिति निकै नै तीव्ररुपमा बिग्रिरहेको छ र युद्धको आशंका गर्न थालिएको छ । चीनले शुक्रवार जापानका प्रधानमंत्री साने ताइकाचीले ताइवानका मामिलामा हालै गरेको टिप्पणीलाई लिएर टोक्योसंगको आफ्नो असन्तुष्टिलाई संयुक्त राष्ट्रसंघमा नै उठाएको छ ।

जसले पूर्वी एशियाली छिमेकीहरुका बीच तनाव निकै गहिरो बनाइदिएको छ । दुवै देशबीचको सम्बन्ध २०२३ पछि सबैभन्दा तल्लो स्तरमा पुगेको छ । युएनमा चीनका स्थायी प्रतिनिधि फू कांगले शुक्रवार एंटोनियो गुटेरेसलाई एउटा पत्र दिएका छन् ।

Advertisement

जसमा उनले भनेका छन्, “यदि जापानले क्रस–स्ट्रेट सिचुएशनमा हतियारसहित दख्खल दिने हिम्मत गर्यो भने त त्यो एउटा हमला नै हुनेछ“ । चीनका स्थायी राजदूतले त्यो स्ट्रेटको जिकिर गरेका छन् जुन मुख्यभूमि चीनलाई स्वसाशित ताइवानबाट अलग गर्दछ, जसमा बेजिंगको भनाइ छ कि त्यो अर्थात ताइवान चीनको अभिन्न हिस्सा हो।

बेजिंगले ताइवानमा बलपूवर्क कब्जा गर्ने संभावनालाई पनि अस्वीकार गरेको छैन । अहिले यो विवाद जापानकी नयाँ प्रधानमंत्री साने ताइकाचीको त्यो बयानबाट सुरु भएको हो, जसमा उनले जापानी संसदमा भनेकी थिइन, कि “ताइवानमा चीनद्वारा संभावित नौसैनिक ब्लकेड वा सैन्य कारबाहीको स्थितिमा जापानले जवाफी कदम उठाउन सक्छ“ ।

Advertisement

चीन र जापानबीच डिप्लोमेटिक झगडा नोभेम्बर महिनामा सुरु भएको थियो । त्यसअघि प्रधानमंत्री ताइकाचीले अक्टूबरमा कार्यकाल सम्हाल्दै जापानले ताइवानमा चीनको एक काल्पनिक हमलाको जवाफ कसरी दिन्छ भन्ने बारेमा चर्चा गरेकी थिइन ।

उनको सो कुराले बेजिंग रुष्ट भएको हो । यतिमात्रै होइन हेर्दाहेर्दा यो झगडा ट्रेड वारसम्म पुग्यो । ओसाकामा चीनका कन्सुल जनरल, जू जियानले एक पोस्टमा धम्की दिदै भनेका छन् कि “हामीसंग ती फोहोरी गर्दन काट्ने अलावा कुनै विकल्प छैन, जुन बिना कुनै हिच्किचाहट हामीमाथि झम्टिन खोज्दैछ ।  उनले अगाडि लेखेका छन्, के तपाइँ तयार हुनुहुन्छ?“ ।

चिनियाँ डिप्लोमेट जू को यो चेतावनीयुक्त पोस्टले जापान पनि भड्कियो र उसले डिप्लोम्याटलाई निकाल्ने माग गर्न सुरु गर्यो । १४ नोभेम्बरमा चीनको विदेश मंत्रालयले जापानी राजदूतलाई बोलाएर चेतावनी दियो कि यदि जापानले ताइवानमा दख्खल दियो भने त उसले कडा हार व्योहोर्नु पर्नेछ ।

यसको भोलीपल्टै जापानको विदेश मंत्रालयले पनि चिनियाँ राजदूतलाई बोलाएर कन्सुलरको पोस्टका बारेमा सोध्यो र आपत्ति जनायो । यसपछि प्रधानमंत्री ताइकाचीले आफ्नो विवादित बयानको तीन दिनपछि पार्लियामेंटमा आएर भनिन्, कि आगामी दिनमा कुनै खास परिस्थतिमा कुरा गर्दा ध्यान दिनेछन् तर उनले आफ्नो सो कमेंट्स फिर्ता लिनेमा चाँही अस्वीकार गरिन् ।

यता १४ नोभेम्बरमा चीनले जापानका लागि नो–ट्राभल एडभाइजरी जारी गरेको छ, जसको उद्येश्य जापानको टूरिज्म सेक्टरमा हमला गर्नु हो । यस वर्ष जनवरीदेखि सेप्टेम्बरका बीच करीब ७५ लाख चिनियाँ टूरिस्ट जापान गएका थिए ।

१५ नोभेम्बरमा तीन चिनियाँ एयरलाइनहरुले जापान जाने रूटमा तयार फ्लाइट्सका लागि रिफंड वा फ्रीं चेंज अफर दिएर उडान रद्य गरे । त्यसपछि चिनियाँ शिक्षा मन्त्रालयले पनि जापानको शिक्षा क्षेत्रलाई निशाना बनायो ।

र त्यहाँ पढीरहेका चिनियाँ स्टूडेंट्स वा जापानमा पढ्नले योजना बनाइरहेकाहरुलाई चीनविरुद्ध हालैको क्राइमका बारेमा चेतावनी दियो । चीन र जापान दुवैले हालैका महिनाहरुमा एकअर्काका नागरिकहरुमा हमला भएको पनि रेकर्ड गरेको छ जसले जेनोफोबियाको डर उत्पन्न गराएको छ ।

अलजजीराको रिपोर्टका अनुसार, दुवै देशकाबीच सैन्य तनावको स्थिति पनि अहिले गहिरो हुँदै गएको छ । गत आइतबार चिनियाँ कोस्टगार्डले अनाउंस गर्यो कि उसले ईस्ट चाइना सीमा ती खाली आइल्याण्ड्सका समूहहरु नजिक पानीमा पेट्रोलिंग गरिरहेको छ ।

जसमा दुवै देशले आआफ्नो दाबी गर्दै आएका छन् । जापानले यी आइल्याण्ड्सलाई सेनकाकू आइल्याण्ड्स भन्छ, यता बेजिंगले तीनलाई दियाओयू आइल्याण्ड्स भन्ने गरेको छ । यता जापानले चार चिनियाँ कोस्टगार्ड जहाजहरुको ठूलो फ्लिटले जापानी क्षेत्रीय जलको “उल्लंघन“ गरेको भन्दै निन्दा गरेको छ ।

गत साता चिनियाँ अधिकारिहरुले कम से कम २ जापानी चलचित्रको स्क्रीनिंग पनि रोकिदिएका थिए । र जापानी सीफूडमा पनि प्रतिबन्ध लगाएका छन् । बुधबार पनि चीनले जापान र दक्षिण कोरियाका संस्कृति मन्त्रीका साथ नोभेम्बरको अन्त्यमा हुने भनिएको त्रिपक्ष्ीाय बैठक रद्द गरेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top