×

NEPAL TIMES UPDATES

Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026
Playing
आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीः अमेरिका र नेपाल खेल्दै#NEPAL #CRICKET #USA || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी वरिष्ठ कूटनीतिज्ञले ककसलाई भेट्दैछन्? एमसीसीमा चासो|| Nepal Times
Apr 18, 2026
Playing
आजदेखि शनिबार ‘भेहिकल फ्रि असन’ || Nepal Times
Apr 18, 2026
Playing
कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?|| Nepal Times
Apr 18, 2026
Playing
होर्मुजको जलडमरूम खोल्ने इरानको घोषणा || Nepal Times
Apr 17, 2026
Playing
हरेक नेपालीको भागमा १ लाख ऋणः कसले तिरिदिन्छ ३७ अर्ब किस्ता? || Nepal Times
Apr 17, 2026

बंगालको खाडीमा चक्रवात, भारतमा चेतावनी, नेपाल आउला ?

११ मंसिर २०८२

१० मंसिर, काठमाण्डौ ।

बंगालको खाडीमा चक्रवात विकास भइरहेको भन्दै भारतको मौसम विभागले चेतावनी जारी गरेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार आगामी २४ घण्टामा सेनयार नामको चक्रवात जमिनमा बज्रिने सम्भावना छ ।

Advertisement
Advertisement

आगामी २४ घण्टामा अन्डमान सागरको मौसम अचानक परिवर्तन हुन सक्छ । स्काइमेट वेदरले आगामी ४८ घण्टा भित्र सेनयार चक्रवात जमिनमा पुग्ने अनुमान गरेको छ । यस अवधिमा ४० देखि ५० किलोमिटर प्रतिघण्टाको गतिमा हावा चल्नेछ र आँधीबेहरीसँगै भारी वर्षा हुनेछ ।

तमिलनाडु, केरला, आन्ध्र प्रदेश, अन्डमान– निकोबार टापुमा भारी वर्षा हुने अनुमान गरिएको छ । विभागले डिसेम्बर १ सम्म धेरैवटा दक्षिणी राज्यमा भारी वर्षा हुने अनुमान गरेको छ ।

यो आँधीले भारतका दक्षिणी र तटीय राज्यहरूमा भारी वर्षा, तीव्र हावा र बाढी ल्याउने सम्भावना छ । चक्रवातले असर पार्ने प्रमुख राज्यहरू तमिलनाडु, केरला, आन्ध्र प्रदेश, अण्डमान–निकोबार टापुहरू, ओडिशा र पश्चिम बंगालका तटीय क्षेत्र हुन् ।

उता गएको सोमबार र मंगलबार थाइल्यान्ड र मलेसियामा भएको लगातारको वर्षापछि आएको बाढीले ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको छ । यस्तै भियतनाममा एक हप्तादेखिको बाढी–पहिरोबाट ज्यान गुमाउनेको संख्या ९१ जना पुगिसकेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

अल जजिराका अनुसार थाइल्यान्डमा कम्तीमा आठ जनाको ज्यान गएको छ भने सात लाख भन्दा भन्दा धेरै परिवार प्रभावित भएका छन् । धेरैको ज्यान करेन्ट लागेर र बाढीमा र बाढीसम्बन्धी घटनाका कारण भएको उल्लेख छ ।

यस्तै मलेसियामा १५ हजारभन्दा धेरैलाई सुरक्षित ठाउँमा सारिएको छ । मलेसियाका आठ राज्य बाढीबाट प्रभावित बनेका छन् । सरकारले उद्धार, राहत तथा आवास व्यवस्थापन तीव्र पारिरहेका छन्, तर मौसममा सुधार नआएकाले सतर्क रहन भनिएको छ ।

यता नेपालमा भने हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकासहित देशभर दिनप्रतिदिन चिसो भने बढिरहेको छ ।

यसै क्रममा उपत्यकाको न्यूनतम तापक्रम थप घटेको छ । मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारीअनुसार आज बिहान ५ः४५ बजेको मापनमा उपत्यकाको न्यूनतम तापक्रम ६.४ डिग्री सेल्सियस देखिएको थियो ।

हिजो ७ डिग्री सेल्सियस थियो । आज काठमाण्डौको अधिकतम तापक्रम १९ देखि २१ डिग्री सेल्सियससम्म रहने अनुमान छ । आज दिउँसो कोशी प्रदेशको पहाडी तथा हिमाली भागमा आंशिक बदलीको सम्भावना छ ।

अरु बाँकी भागमा मौसम मुख्यतया सफा नै रहने अनुमान छ । यसैबीच इथियोपियामा फुटेको ज्वालामुखीका खरानी र धुवाँ नेपालसम्म आइपुगेको छ । ज्वालामुखी विस्फोटका क्रममा खरानी, धुवाँ र विभिन्न खनिज पदार्थयुक्त ठूलो बादल उडेको थियो ।

त्यो बादल यमन, ओमान, पाकिस्तान, भारत हुँदै नेपालसम्म आइपुगेको हो । तर त्यसले नेपालको वातावरणमा कुनै असर गर्ने अवस्था नदेखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै मौसम विज्ञ विनोद पोखरेलले त्यो ज्वालामुखीको बादल नेपालको वायुमण्डलमा प्रवेश गरे पनि समुद्री सतहबाट निकै माथि रहेकाले प्रदूषण निम्त्याउने सम्भावना नदेखिएको बताएका छन् ।

’इथियोपियामा निक्लेको ज्वालामुखीको खरानी र धुवाँ भारत र नेपालसम्म आए पनि यो समुद्री सतहभन्दा १०–१५ किलोमिटर माथि रहने हुँदा वायु प्रदूषण बढ्ने सम्भावना देखिँदैन’, पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन् ।

भारतमा भने उक्त ज्वालमुखीका खरानी र धुवाँयुक्त बादलले सोमबार र मंगलबार ठूलो संख्यामा उडान प्रभावित भएका थिए । भारतीय सञ्चारमाध्यमका अनुसार ज्वालामुखीको बादलका कारण धेरैवटा आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान कुनै ढिला भएका थिए भने कुनै रद्द गर्नुपरेको थियो ।

इथियोपियाको उत्तरपूर्वी भागमा फुटेको ज्वालामुखीपछि उडेको धुवाँ १४ किलोमिटर उचाइसम्म पुगेको छ भने यसको गति प्रतिघण्टा १००–१२० किमि छ । जसमा खरानी, सल्फर डाइअक्साइड तथा साना सिसा र ढुंगाका कण मिसिएका छन् ।

Advertisement

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top