×

NEPAL TIMES UPDATES

Playing
सीमा नाघेर गतिविधि नगर्न देउवा पक्षलाई गगनको चेता*वनी, पूर्णबहादुरको काउन्टर|| Nepal Times
Apr 14, 2026
Playing
एमसीसी र बीआरआईको सन्तुलन नमिलाए बालेन सरकारलाई कठिन || Nepal Times
Apr 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-01-2083 || Nepal Times
Apr 14, 2026
Playing
‘नेपाललाई बफर स्टेट होइन, भाइब्रेन्ट ब्रिज बनाउने’ भारतसँग जलमार्ग, चीनको बन्दरगाह उपयोग
Apr 14, 2026
Playing
F– 35, MV–22, USS Tripoliले घेरियो होर्मुज, साउदी किन बेचैन ? || Nepal Times
Apr 14, 2026
Playing
मन्त्री सस्मितको सम्पत्ति र बाबुको विगत || Nepal Times
Apr 14, 2026
Playing
इ*रानलाई आत्मस*र्मपण गराउन नाकाब*न्दी|| Nepal Times
Apr 14, 2026
Playing
World News: आज Israel–Lebanonबीच दुर्लभ वार्ता, चिनियाँ ट्यांकर होर्मुज पार || Nepal Times
Apr 14, 2026
Playing
पर्यटनको ‘भर्जिन गन्तव्य’ कर्णाली : कहाँ घुम्ने, कसरी पुग्ने ? || Nepal Times
Apr 14, 2026
Playing
अब विश्वास पात्र महासचिवले नै ओलीलाई बिदाइ गर्ने ? || Nepal Times
Apr 14, 2026

जकार्ता विश्वको सबैभन्दा धेरै जनसंख्या भएको सहर, शीर्ष १०सहित

१३ मंसिर २०८२

१२ मंसिर, काठमाण्डौ ।

इन्डोनेसियाको राजधानी जकार्ता विश्वको सबैभन्दा धेरै जनसंख्या भएको सहर बनेको छ। संयुक्त राष्ट्रसंघको नयाँ अध्ययन अनुसार जकार्ताले सूचीको शीर्ष स्थानमा आउँदै जापानी राजधानी टोकियोलाई पछि पारेको छ।

Advertisement
Advertisement

यस अध्ययनमा नयाँ मापदण्डको प्रयोग गर्दै सबैभन्दा बढी जनसंख्या भएका सहरहरूको सूची जारी गरिएको छ। यो सूचीमा भारतको राजधानी दिल्ली र कोलकाताको नाम पनि समावेश छ।

यूएन डिपार्टमेन्ट अफ इकोनमिक एण्ड सोसल अफेयर्सको ’वल्र्ड अर्बनाइजेशन प्रोस्पेक्ट–२०२५’ रिपोर्टमा बताइए अनुसार, जनसंख्या महाशाखाको अनुमान अनुशार इन्डोनेसियाको राजधानी जकार्तामा ४२ मिलियन मानिस बसोबास गर्छन्।

यो कुनै पनि अन्य सहरको तुलनामा सबैभन्दा ठूलो संख्या हो। सन् १९७० को दशकसम्म जकार्ता केही मिलियन जनसंख्या भएको सहर मात्र थियो। पछिल्ला वर्षहरूमा जकार्ताको जनसंख्या निकै तीव्र गतिमा बढेको छ।

जकार्ता पछि बंगलादेशको राजधानी ढाकामा सबैभन्दा बढी जनसंख्या छ। ढाकाको जनसंख्या ३७ मिलियन छ। तेस्रो नम्बरमा ३३ मिलियन जनसंख्याको साथ टोकियो रहेको छ।

यो संयुक्त राष्ट्रसंघको २०१८ को अघिल्लो रिपोर्ट भन्दा बिल्कुलै फरक छ। त्यस समयमा जापानी राजधानी टोकियोलाई सबैभन्दा बढी जनसंख्या भएको सहर मानिएको थियो।

जकार्ता, ढाका र टोकियो बाहेक शीर्ष–१० को सूचीमा भारतको राजधानी दिल्लीको जनसंख्या ३.०२ करोड, चिनियाँ सहर सांघाईको जनसंख्या २.९६ करोड, चिनियाँ सहर ग्वाङ्झाउमा २.७६ करोड, फिलिपिन्सको मनिलामा २.४७ करोड मानिसहरू बसोबास गर्छन्।

यसपछि भारतको कोलकातामा २.२५ करोड र दक्षिण कोरियाको सियोलमा २.२५ करोड जनसंख्या रहेको छ। विश्वका सबैभन्दा बढी जनसंख्या भएका सहरहरूमा एसियाको दबदबा छ।

युरोप र अरबको तुलनामा एसियाका सहरहरूमा धेरै जनसंख्या बसोबास गर्छन्। विश्वका ३३ महानगर मध्ये १९ वटा एसियामा छन्। त्यस्तै, सबैभन्दा बढी जनसंख्या भएका शीर्ष–१० सहरहरूको सूचीमा ९ वटा एसियाका छन्।

यी सहरहरू हुन्, जकार्ता, ढाका, टोकियो, नयाँ दिल्ली, सांघाई, ग्वाङ्झाउ, मनिला, कोलकाता र सियोल। शीर्ष–१० मा एसिया बाहिरको एक मात्र सहर कायरो हो। रिपोर्टका अनुसार, सन् १९५० पछि सहरमा बस्ने मानिसहरूको संख्या दोब्बरभन्दा बढी भएको छ।

सन् १९५० मा विश्वको २.५ अर्ब जनसंख्यामध्ये २० प्रतिशत सहरी मानिसहरू थिए। अहिले विश्वको ८.२ अर्ब जनसंख्यामध्ये करिब आधा हिस्सा सहरमा बसोबास गर्छ। सन् २०५० सम्म सहरहरूमा विश्वको दुई तिहाइ जनसंख्या हुने अनुमान छ। बाँकी एक तिहाइ हिस्सा साना सहर वा बस्तीहरूमा हुनेछ।

Advertisement

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top