×

NEPAL TIMES UPDATES

Playing
इरानले अमेरिकाभित्रै आक्र मण गर्न सक्ने,एफबीआईको सनसनीपूर्ण खुलासा|| Nepal Times
Mar 12, 2026
Playing
साउदीले १८ ड्रोन खसाल्यो, जब साउदीका आकाश ड्रोनले भरिए || Nepal Times
Mar 12, 2026
Playing
Top 15 Afternoon News || March-12-2026 || Nepal Times
Mar 12, 2026
Playing
सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अ प राधी ?|| Nepal Times
Mar 12, 2026
Playing
१६ वर्षसम्म उडान भरेको जहाज बुद्धले थन्क्यायो,ग्राउन्डेड जहाज के हुन्छ ?|| Nepal Times
Mar 12, 2026
Playing
निर्वाचनको हार ओलीले सम्मानका साथ स्वीकारे, अब नसच्याए सकिने || Nepal Times
Mar 12, 2026
Playing
इरान यु द्धको १२ औं दिनः चाडै यु द्ध अन्त्य हुने ट्रम्पको घोषण|| Nepal Times
Mar 12, 2026
Playing
शहबाज शरीफले पनि रवि र बालेनलाई दिए बधाई|| Nepal Times
Mar 12, 2026
Playing
२१ महिनाको आयात धान्ने विदेशी मुद्रा सरकारको ढिकुटीमा|| Nepal Times
Mar 12, 2026
Playing
ट्रम्पको अनुमतिपछि भारतले किन्यो रुसी तेल,अमेरिकाले हर्मुजमा सुरक्षा दिन नसक्ने || Nepal Times
Mar 11, 2026

एनपीएलमा प्लेअफमा पुग्ने कुन टिमको संभावना कस्तो ?

१७ मंसिर २०८२

१६ मंसिर, काठमाण्डौ ।

कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज दुई खेल हुँदै छन् । त्रिवि क्रिकेट रंगशाला, कीर्तिपुरमा बिहान ११ः४५ बजे हुने पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्स र चितवन राइनोज भिड्नेछन् ।

अपराह्न ४ बजे हुने दोस्रो खेलमा पोखरा एभेन्जर्स र कर्णाली याक्स आमनेसामने हुनेछन् । लगातार चार खेल हारेर पुछारमा रहेको जनकपुरले यो खेल जितेर गणितीय हिसाबले प्लेअफको दौड कायम राख्न चाहन्छ ।

चार खेलबाट दुई खेल जितेको चितवन भने यो खेल जितेर प्लेअफको सम्भावना बलियो बनाउन चाहन्छ । यस्तै अपराह्न ४ बजे हुने दोस्रो खेलमा पोखरा कर कर्णालीबीच भिडन्त हुनेछ । यी दुवै टोलीका लागि यो खेल प्लेअफ पुग्न महत्वपूर्ण छ ।

चार खेलमा एक खेल मात्रै जितेको पोखरालाई यो खेल जिते प्लेअफको यात्रामा पुग्न सहज हुनेछ । कर्णालीका लागि भने यो खेल ‘गर या मर’को अवस्थामा छ । मंसिर १ गतेदेखि सुरु प्रतियोगितामा हालसम्म १९ खेल सम्पन्न भएका छन् ।

अपराजित सुदूरपश्चिम रोयल्स दश अंक जोडेर प्लेअफ पुग्ने पहिलो टोली बनेको छ । अब लिग चरणमा ९ खेलहरू बाँकी छन् । सुदूरपश्चिम रोयल्स लगातार ५ खेल जितेर प्लेअफमा पुगिसकेको छ ।

सुदूरपश्चिमले काठमान्डु, पोखरा, कर्णाली, लुम्बिनी र जनकपुरलाई हराइसकेको छ । ५ खेलमा ५ जितसहित १० अंक जोडेर शीर्षस्थानमा छ । सुदूरपश्चिमले अब चितवन राइनोज र विराटनगर किङ्ससँग खेल्न बाँकी छ ।

दुईमध्ये एकमात्र खेल जिते पनि सुदूरपश्चिम शीर्ष २ मा पर्ने निश्चित हुनेछ । बाँकी ३ स्थानका लागि अझै पनि ७ वटै टिम प्रतिस्पर्धामा छन् । गत सिजन नेट रनरेटमा पछाडि परेर प्लेअफमा नपुगेको काठमान्डुले पर्याप्त जितकै साथमा प्लेअफमा पुग्ने सम्भावना बलियो देखिएको छ ।

६ खेलमा ४ जितसहित ८ अंक जोडेको काठमान्डु हाल दोस्रो स्थानमा छ । काठमान्डुले जनकपुर बोल्ट्सलाई हराएपछि सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ससँग पराजित भएको थियो भने त्यसयता लगातार ३ खेल जित्ने क्रममा लुम्बिनी, चितवन र कर्णालीलाई हराएको छ ।

काठमान्डुले‍ अब पोखरा एभेन्जर्ससँग खेल्न बाँकी छ । उक्त खेल जितेमा काठमान्डु प्लेअफमा पुग्ने पक्का हुनेछ । काठमान्डु पोखरासँग पराजित भएपनि प्लेअफमा पुग्न सक्ने सम्भावना रहिरहने छ ।

गत संस्करण प्लेअफमा नपुगेको विराटनगर किङ्स यसपटक मार्टिन गप्टिलको निरन्तरतासँगै फाफ डुप्लेसी र मर्चेन्ट डे लाङजस्ता खेलाडीहरूका साथमा थप चम्किने तयारीमा छ । ५ मध्ये ४ खेल जितेर प्लेअफ सम्भावना बलियो बनाएको छ ।

विराटनगरले पोखरा, काठमान्डु र जनकपुरलाई हराउँदा चितवनसँग पराजित भएको थियो भने त्यसपछि कर्णालीलाई हराएको थियो । विराटनगरले अब लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्ससँग खेल्न बाँकी छ ।

एकमात्र खेल जिते प्लेअफमा स्थान बनाउने विराटनगरले दुवै खेल जितेमा शीर्ष २ मै रहनेछ । दुवै खेलमा पराजित भएमा विराटनगर अन्य नतिजामा भर परेर प्लेअफमा पुग्न भने सक्छ ।

गत संस्करण प्लेअफ खेलेको चितवन राइनोजले यसपटक प्लेअफमा पुग्नका लागि अझै मेहेनत गर्नुपर्ने देखिएको छ । चितवनले ४ खेलमा २ जित र २ हारसहित ४ अंक जोडेको छ ।

चितवनले कर्णाली याक्सलाई पहिलो खेलमा हराएपछि लुम्बिनी लायन्ससँग पराजित भएको थियो भने त्यसपछि विराटनगरलाई हराउँदा काठमान्डु गोर्खाजसँग पराजित भयो । चितवनले अब जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्ससँग खेल्न बाँकी छ ।

३ वटै खेल जितेमा चितवनको प्लेअफ सुनिश्चित हुनेछ । २ मात्र खेल जितेमा अन्य नतिजामा भर पर्नुपर्ने हुन सक्छ । गत संस्करणमा एक जित मात्र निकालेर पुछारमा रहेको लुम्बिनी लायन्सले यस संस्करणमा हालसम्म ५ खेल खेल्दा २ जित र ३ हारको नतिजासहित ४ अंक जोडेको छ ।

लुम्बिनीले पहिलो खेलमा चितवन राइनोजलाई हराउँदा त्यसपछि कर्णाली याक्स, काठमान्डु गोर्खाज र सुदूरपश्चिम रोयल्ससँग पराजित भएको थियो । त्यसपछि पोखरा एभेन्जर्सलाई पराजित ग¥यो ।

लुम्बिनीले अब विराटनगर किङ्स र जनकपुर बोल्ट्ससँग खेल्न बाँकी छ । दुवै खेल जितेमा लुम्बिनी ८ अंक जोडेर प्लेअफको सम्भावना कायमै राख्नेछ । नेट रनरेटले समेत फरक पार्नेछ ।

पोखरा एभेन्जर्सले हालसम्म ४ खेल खेल्दा १ जित मात्र निकालेको छ । पोखराले विराटनगर र सुदूरपश्चिमसँग पराजित भएपछि जनकपुर बोल्ट्सलाई हराएको थियो भने त्यसपछि लुम्बिनी लायन्ससँग पराजित भएको थियो ।

पोखराले अब कर्णाली, काठमान्डु र चितवनसँग खेल्न बाँकी छ । अब सबै खेल‌ जित्नुपर्ने दबाब छ । पोखराले २ मात्र खेल जितेमा अन्य टोलीको भर पर्नुपर्नेछ । कर्णालीले ५ खेल खेल्दा १ खेल मात्र जितेको छ ।

पहिलो खेलमा चितवन राइनोजसँग पराजित भएको कर्णाली याक्सले त्यसपछि लुम्बिनी लायन्सलाई हराएको थियो । त्यसपछि फेरि सुदूरपश्चिम, विराटनगर र काठमान्डुसँग हार बेहोरेको छ ।

कर्णालीले पोखरा र जनकपुर बोल्ट्ससँग खेल्न बाँकी छ । दुवै खेल जितेर पनि अन्य टोली ६ भन्दा अगाडि नजाने समीकरण बनेमात्रै कर्णाली प्लेअफ पुग्न सक्छ । कर्णालीले पोखरा एभेन्जर्ससँग खेल्दा पराजित भएमा एक खेल अगावै बाहिरिने पक्का हुनेछ ।

अन्तिममा रहेको साविक विजेता जनकपुर यस संस्करणमा खेलेका सबै ४ खेलमा पराजित भएको छ । जनकपुर बोल्ट्सले काठमान्ड , विराटनगर , पोखरा र सुदूरपश्चिमसँग हार बेहोरेको छ ।

जनकपुरले अब चितवन, लुम्बिनी र कर्णालीसँग खेल्न बाँकी छ । सबै खेल जितेर अन्य नतिजा पनि आफू अनुकुल आएमात्रै पनि उसको प्लेअफ संभावना कम देखिएको छ। आज हुने खेलमा चितवन राइनोजसँग पराजित भएमा जनकपुर २ खेल खेल्नुअघि नै बाहिरिनेछ ।

भर्खरको समाचार

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

इरान युद्धको १२ औं दिनः चाडै युद्ध अन्त्य हुने ट्रम्पको घोषण

MixCollage-12-Mar-2026-08-27-AM-2238

समानुपातिकमा साढे ४ लाख मत बदर, आज दलहरुलाई पत्राचार गर्ने

adcc99e8-45af-49b9-9154-fa42976a3483

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

सम्बन्धित खबरहरु

Scroll to Top