काठमाडौँ,असोज २०
बंगलादेशमा जारी बंगबन्धु कप फुटबल प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले शनिबार (आज) प्यालेस्टाइनको सामना गर्दैछ । खेल सिलेटस्थित रंगशालामा नेपाली समयानुसार साँझ ६ः१५ बजे सुरु हुनेछ ।
प्रतियोगिताको साविक विजेता नेपाललाई सेमिफाइनलमा पुग्न २ गोल वा सो भन्दा बढीको जित आवश्यक छ । नेपाल रहेको समूह ‘ए’ मा ताजिकिस्तान र प्यालेस्टाइन छन् ।
दुई समूहका समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान स्थान बनाउने छ । प्यालेस्टाइनले बिहीबार ताजिकिस्तानलाई २–० ले हराएको थियो । नेपाल पनि मंगलबार ताजिकिस्तानसँग २–० ले नै पराजित भएको थियो ।
नेपाली टोलीका कार्यवहाक मुख्य प्रशिक्षक बालगोपाल महर्जनले नेपाली टोली जितको लागि मैदानमा उत्रने बताएका छन् । नेपाली टोलीमा केहि चोटको समस्या भएपनि उनले वैकल्पिक खेलाडी खेल्न तयार रहेको बताएका छन् ।
नेपालले यस खेलमा कम्तिमा २ गोलको जित दर्ता गरेमात्र सेमिफाइनल पुग्ने सम्भावना जीवित रहन्छ । बराबरी वा हार भएको खण्डमा प्यालेस्टाइन समूह विजेता र ताजिकिस्तान समूह उपविजेता बन्नेछन् । अर्को समूहबाट फिलिपिन्स समूह विजेता र बंगलादेश उपविजेता बनिसकेका छन् ।