×

NEPAL TIMES UPDATES

Playing
पिताको अनुपस्थितिले जिन्दगीमा रित्तोपन ल्याउँछः बालेन
Mar 13, 2026
Playing
पुटिनसँग किन लम्पसार परे ट्रम्प, हरेक दाउ ट्रम्पका लागि घातक|| Nepal Times
Mar 13, 2026
Playing
कम्बोडियामा अनलाईन स्क्यामिङमा फसेका नेपालीको उद्धार || Nepal Times
Mar 13, 2026
Playing
रास्वपा,कांग्रेस र एमालेबाट को–को बन्दैछन् समानुपातिक सांसद ? || Nepal Times
Mar 13, 2026
Playing
कहाँ बस्छन् बालेन सरकारका मन्त्री, यस्तो छ मन्त्री निवासको अवस्था || Nepal Times
Mar 13, 2026
Playing
World News: दुबईमा खस्यो ड्रो*न,Americaलाई UAEले पनि पत्याएन, हर्मुज नखुल्ने|| Nepal Times
Mar 13, 2026
Playing
बालेनका लागि रास्वपाले विधान नै फेर्ने, के छ अवरोध ? || Nepal Times
Mar 13, 2026
Playing
लौरो टेकेका बालेनको घण्टी बजाउँदै सिंहदरबार यात्राःआशाको अग्निप रीक्षा|| Nepal Times
Mar 13, 2026
Playing
इरानले दियो जवाफ, अमेरिकी यूएसएस अब्राहम लिंकनमाथि ह म ला || Nepal Times
Mar 13, 2026
Playing
Top 15 Afternoon News || March-13-2026 || Nepal Times
Mar 13, 2026

एनपीएलमा आज डु ओर डाई, विराटनगरसँग भिड्ने को ?

२५ मंसिर २०८२

२४ मंसिर , काठमाण्डौ ।

नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको इलिमिनेटरमा आज काठमाण्डू गोर्खाज र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदै छ । एनपीएलको इतिहासमा यी दुवै टिमले पहिलोपटक प्लेअफमा प्रतिस्पर्धा गर्न लागेका हुन् ।

यसअघि पहिलो संस्करणमा काठमाण्डूले पाँचौँ र लुम्बिनीले पुछारमा रहँदै प्रतियोगिता टुंग्याएका थिए । प्रतियोगितामा काठमाण्डू तेस्रो र लुम्बिनी चौथो स्थानमा रहँदै प्लेअफमा आएका हुन् । सात खेलबाट १० अंकसहित लिग चरणमा काठमाण्डूले तेस्रो स्थान सुनिश्चित गरेको थियो ।

यता, समान खेल खेलेको लुम्बिनीले भने आठ अंक जोडेको थियो । काठमाण्डूविरुद्ध मैदान उत्रिँदा लुम्बिनी लिग चरणमा व्यहोरेको हारको बदला लिने लक्ष्यमा हुनेछ । यसअघि लिगमा काठमाण्डूले लुम्बिनीविरुद्ध २२ रनको जित निकालेको थियो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा हुने यो खेल अपराह्न ४ बजे सुरु हुनेछ । आजको खेलमा जित निकाल्ने टिमले प्रतियोगिताको दोस्रो क्वालिफायरमा विराटनगर किंग्सविरुद्ध प्रतिस्पर्धा गर्नेछ । यसअघि मंगलबार भएको पहिलो क्वालिफायरमा विराटनगरले सुदूरपश्चिम रोयल्सविरुद्ध ७७ रनको हार ब्यहोरेको थियो ।

आज एलिमिनेटरमा हार्ने टोली भने उपाधि दौडबाटै बाहिरिनेछ। त्यसैले आजको खेल काठमान्डु र लुम्बिनी दुवै जित्ने प्रयासमा हुनेछन्। पहिलो खेल जितेको लुम्बिनीले त्यसपछिका तीन खेल लगातार हारेको थियो। तर लुम्बिनी त्यसपछिका तीन खेल लगातार जित्दै तेस्रो स्थानमा रहेर प्लेअफमा पुगेको थियो।

लिग चरणका सात खेलमध्ये चारमा जित र ३ मा हार गर्दै ८ अंकसहित चौथो स्थानमा रहेर लुम्बिनी आज एलिमिनेटर खेल्न लागेको हो। यता काठमान्डु ५ खेलमा जित र २ खेलमा हार भोग्दै १० अंकसहित तेस्रो स्थानमा रहेर एलिमिनेटर खेल्न लागेको हो।

विराटनगरको जत्तिकै १० अंक भए पनि नेट रनरेटमा पछि पर्दै काठमान्डु तेस्रो स्थानमा झरेको थियो। पहिलो क्वालिफायरमा विराटनगर किंग्सविरुद्ध ७७ रनको जित निकाल्दै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनलमा प्रवेश गरेको छ ।

यसअघिको साविक उपविजेतासमेत रहेको सुदूरपश्चिमले लगातार दोस्रोपटक फाइनलमा स्थान बनाएको हो । मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा सम्पन्न खेलमा सुदूरपश्चिमले दिएको १५६ रनको लक्ष्य पछ्याउने क्रममा विराटनगर १४.१ ओभरमा ७८ रनमै समेटियो ।

एनपीएलको दोस्रो संस्करणमा रनको आधारमा कुनै पनि टिमले व्यहोरेको यो सबैभन्दा फराकिलो हारसमेत हो । विराटनगरका ओपनर फाफ डू प्लेसिसले सर्वाधिक ३६ रन बनाए । उनले २९ बलमा तीन चौका र एक छक्का प्रहार गरे । मर्चेन्ट डी लांगेले १५ रन जोडे ।

बसिर अहमेदको नाममा १२ रन रह्यो । विराटनगरका अरु ब्याटर दोहोरो अंकसम्म पुग्न सकेनन् । ओपनर साम हेजलेट दोस्रो इनिङको पहिलो बलमै आउट भए । नरेन भट्ट पनि दोस्रो ओभरको पहिलो बलमा ‘गोल्डेन डक’ भए । मार्टिन गप्टिल दुई रनमा रनआउट भए ।

लोकेश बमले पनि पाँच रनमात्र थप्न सके । नारायण जोशीले एक र प्रतिश जिसीले तीन रन थपे । विराटनगरलाई सस्तैमा समेट्न सुदूरपश्चिमका हर्मित सिंह, स्कट कुग्गेलिन र अभिनाश बोहराले ले दुई–दुई विकेट लिए । चार ओभरमा हर्मितले २० रनमात्र खर्चिए ।

स्कट कुग्गेलिनले तीन ओभरमा नौ रन खर्चिए । हेमन्त धामी र कप्तान दीपेन्द्रसिंह ऐरीले समान एक विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङमा आएको सुदूरपश्चिमबाट निर्धारित २० ओभरमा सात विकेट गुमाएर १५५ रन बनाएको थियो ।

सुदूरपश्चिमबाट ओपनिङमा आएका विनोदले ५२ बलमा ६३ रन बनाए । उनले तीन चौका र दुई छक्का प्रहार गरे । प्रतियोगिताको दोस्रो संस्करणमा विनोदको यो दोस्रो अर्धशतक हो । विनोदलाई १९औँ ओभरको अन्तिम बलमा प्रतिश जिसीले साम हेजलेटबाट क्याच गराएका थिए ।

सेल्डन ज्याक्सनले ११ बलमा दुई चौका र एक छक्कासहित २० रन जोडे । हर्मित सिंहले १४ र इशान पाण्डेले १३ रन बनाए । १२.५ ओभरमा इशानलाई विराटनगरका नरेन भट्टले ‘लङ अन’ मा उत्कृष्ट क्याच गर्दै पभेलियन पठाएका थिए ।

साम हेजलेटको बलिङमा नरेनले इशानको प्रहारलाई एक हातले बाउन्ड्री बाहिरबाट हावामा समात्दै पुनः बाउन्ड्रीभित्रबाट क्याच लिएका थिए । आरिफ सेखले १३ बलमा दुई चौका र एक छक्कासहित २० रन थपे । कप्तान दीपेन्द्रसिंह ऐरीले भने तीन रनमात्र बनाउन सके ।

बसिर अहमेदले गरेको १३.३ ओभरमा ऐरीलाई मर्चेन्ट डी लांगे र विकेटकिपर लोकेश बमले रनआउट गरेका थिए । विराटनगरका मर्चेन्ट डी लांगे र प्रतिश जिसीले दुई–दुई विकेट लिए । सूर्य तामाङ र साम हेजलेटले समान एक विकेट लिए ।

लिगमा सुदूरपश्चिमले पहिलो र विराटनगरले दोस्रो स्थान सुनिश्चित गरेका थिए । सुदूरपश्चिमले सात खेलबाट १२ अंक जोड्दा विराटनगरले १० अंक जोडेको थियो । जितसँगै सुदूरपश्चिम सोझै फाइनलमा प्रवेश गरेको छ ।

पराजित विराटनगरले आजको इलिमिनेटरको विजेतासँग भोलि दोस्रो क्वालिफायरमा प्रतिस्पर्धा गर्नेछ । फाइनल खेल भने शनिबार हुनेछ ।

भर्खरको समाचार

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

कोमामा रहेका भनिएका खामेनीले रगतको बदला लिने,होर्मुज’को अवरोध नखुल्ने

trump khameni missiel

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

सम्बन्धित खबरहरु

Scroll to Top