×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || April-16-2026 || Nepal Times
Apr 16, 2026
Playing
बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन || Nepal Times
Apr 16, 2026
Playing
स्थानीय तहलाई गैरदलीय बनाउन सर्वोच्चको अस्वीकार || Nepal Times
Apr 16, 2026
Playing
यु*द्ध अन्त्य हुने दाबी, ट्र*म्पलाई रो*क्ने प्रस्ता*व अमेरिकी स*दनमा विफल|| Nepal Times
Apr 16, 2026
Playing
जेनजी आ न्दो लनः सुरक्षा निकायमाथि अनुसन्धान गर्न समिति गठन गरिने || Nepal Times
Apr 16, 2026
Playing
बफर स्टेट र भाइब्रेन्ट ब्रिज भनेको के हो ?|| Nepal Times
Apr 16, 2026
Playing
इन्धनको भाउ अचाक्ली बढ्यो, कति पुग्यो मूल्य ?|| Nepal Times
Apr 16, 2026
Playing
बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र|| Nepal Times
Apr 16, 2026
Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026

जेनजी आन्दोलनमा सिडिओले के के आदेश दिएका थिए ?

२६ मंसिर २०८२

२५ मंसिर , काठमाण्डौ ।

भदौ २३ र २४ गते जेनजी आन्दोलनमा भएका घटना छानबिनका लागि गठित जाँचबुझ आयोगले आज पूर्वप्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ र पूर्वगृहसचिव गोकर्णमणी दुवाडीसँग बयान लिने भएको छ।

Advertisement
Advertisement

यसअघि आयोगले मंगलबार सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्यालसँग सोधपुछ गरेको थियो। खापुङ जेनजी आन्दोलनका बेला नेपाल प्रहरीका महानिरीक्षक थिए। भदौ २३ गतेको आन्दोलनमा प्रहरीले अत्याधिक बल प्रयोग गरेको भन्दै आलोचना भइरहेको छ।

यसअघि खापुङलाई आयोगले स्पष्टीकरण पनि मागेको थियो। आयोग गठन भएको केही दिनमै आयोगले प्रहरीसँग फिल्डमा खटिएका प्रहरीहरूको विवरण माग गरेको थियो। जवाफमा प्रहरीले जवानदेखि आईजीपीसम्म फिल्डमा खटिएको जानकारी गराएको थियो।

त्यसपछि आयोगले अर्को पत्र पठाएको थियो। तर लामो समयसम्म जवाफ नपठाएपछि आयोगलाई असहयोग गरेको भन्दै खापुङलाई २४ घण्टाको समय दिँदै स्पष्टीकरण मागिएको थियो।

यहीबीच उनले स्पष्टीकरणसहित आयोगले माग गरेको विवरण पनि पठाएका थिए। त्यसको केही दिनमै कात्तिक २६ गते खापुङ अनिवार्य अवकाश भएका थिए। अवकाशमा गएका खापुङसँग त्यतिबेलाको घटनामा आयोगले सोधपुछ गर्न लागेको हो।

पूर्वगृहसचिव गोकर्णमणी दुवाडीसँग आयोगले आजै बयान लिने भएको छ। जेनजी आन्दोलनका बेला गृहसचिव रहेका दुवाडीलाई अन्तरिम सरकारले असोज ७ गते राष्ट्रिय योजना आयोगमा सरुवा गरिसकेको छ।

गृहसचिवको जिम्मेवारी रामेश्वर दंगालले पाएका छन्। दुवाडीलाई पनि जाँचबुझ आयोगले विदेश जान प्रतिबन्ध लगाएको छ। काठमाडौँबाहिर जान पनि अनुमति लिन भनेको थियो। यसबीच उनी आयोगसँग अनुमति लिएर उपत्यकाबाहिर गएका पनि छन्।

जेनजी आन्दोलनमा दमन गर्न दुवाडीको पनि भूमिका रहेको भन्दै उनलाई पनि आयोगले सुरुमै कडाइ गरेको हो। आज दुवाडी र खापुङसँग बयान लिएपछि आयोगले वर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई बोलाउने भएको छ।

आन्दोलनको पहिलो दिन मानवस्रोत विभागमा रहेका कार्कीलाई खापुङले २४ गते काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीको प्रमुखमा खटाएका थिए। आईजीपी कार्कीको बयान यसपछि हुने जाँचबुझ आयोगका प्रवक्ता समेत रहेका पूर्वएआईजी शर्माले जानकारी दिए।

उनका अनुसार त्यसपछि तत्कालीन गृहमन्त्री रमेश लेखकलाई र प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोलाइनेछ। पूर्वगृहमन्त्री लेखकले पनि आफूलाई आयोगले अहिलेसम्म कुनै जानकारी नदिएको बताएका छन्।

ओलीले आफू लुरुलुरु आयोगमा बयान दिन नजाने बताउदै आएका छन् । तर एमालेको संस्थापन इतर पक्षले भने ओलीले बयान दिन जानु पर्ने र नैतिक जिम्मेवारी समेत लिनु पर्ने बताएका छन् ।

यसैबीच जेनजी आन्दोलनमा भदौ २३ र २४ गते जेनजी युवाहरुमाथि गोली चलाउन आदेश दिएको आरोप खेपिरहेका काठमाडौँको तत्कालीन प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले आफूले प्रहरीलाई गोली चलाउन आदेश नदिएको दाबी गरेका छन्।

अर्घाखाँचीका मकबुल मियाले विपक्षी बनाउँदै सर्वोच्च अदालतमा दायर गरेको रिटमा उनले ढिलो गरी जवाफ बुझाएका हुन्। जवाफमा उनले २३ गते जेनजी आन्दोलनमा प्रहरीलाई गोली (धातुको गोली) चलाउन आदेश आफूले नदिएको दाबी गरेका छन्।

जेनजी युवाहरूले भाद्र २३ गते माइतीघर मण्डलमा शान्तिपूर्ण प्रदर्शनका लागि अनुमति माग गरेपछि रिजालले नै अनुमति दिएका थिए। प्रदर्शनकारीलाई निषेधित क्षेत्रको बारेमा अनुमतिका क्रममै जानकारी गराइएको दाबी उनले सर्वोच्च समक्ष गरेका छन्।

निषेधित क्षेत्रमा प्रदर्शनकारीको प्रवेश नहोस् भनेर नयाँ बानेश्वरस्थित एभरेस्ट होटलअगाडि ब्यारिकेड समेत राखिएको थियो। माइतीघर मण्डलबाट शान्तिपूर्ण, व्यवस्थित र संयमित रुपमा सुरु भएको प्रदर्शन बानेश्वर पुग्दा उग्र बनेको थियो।

प्रदर्शनकारीहरूले सडकमा रहेको ब्यारिकेड तोड्दै अगाडि बढ्न थालेपछि सुरक्षाकर्मीले सिलसिलेवार रुपमा सामान्य बल प्रयोग गर्दा समेत स्थिति अनियन्त्रित भई तनावपूर्ण बन्न पुगेको रिजालले उल्लेख गरेका छन्।

‘प्रमुख जिल्ला अधिकारीको पदीय कर्तव्य क्षति न्यून गर्नु र व्यक्तिको जीवन जोगाउनु हो। सोही कर्तव्य निर्वाह गर्न सुझबुझका साथ न्यूनतम बल प्रयोग गर्न सुरक्षा निकायलाई निर्देशित गरिरहेको र अन्तिम विकल्पको रूपमा मात्र घुँडाभन्दा तल लक्षित गरी रबरको गोलीसम्म चलाउने आदेश दिएको थिएँ,’ रिजालले सर्वोच्चमा पठाएको जवाफमा भनिएको छ, ‘कफ्र्युको आदेश जारी भएपश्चात् पनि भौतिक सम्पत्ति भन्दा प्रदर्शनमा सहभागी भएका युवाहरूको जीवन महत्त्वपूर्ण रहेको तथ्यलाई आत्मसात गरी मैले गोली चलाउने (लाइभ फायर) आदेश दिएको छैन।’

एकातिर संघीय संसद् भवनलाई तोडफोड र आगजनीबाट जोगाउनु पर्ने, अर्कोतिर विरोध प्रदर्शनमा उत्रिएका युवाहरूको जिउज्यानको सुरक्षा गर्नु पर्ने दुवै जिम्मेवारी आफूमा रहेको जिकिर उनले गरेका छन्।

प्रदर्शनकारीहरूले शान्तिपूर्ण प्रदर्शन गर्ने भनी लिखित रुपमा गरेको स्वघोषणा विपरीत माइतीघर मण्डल क्षेत्रबाट बबरमहल हुँदै अगाडि बढेको जुलुस निषेधित क्षेत्र उल्लंघन गर्दै संसद् भवनतर्फ अगाडि बढेको उनले सर्वोच्चमा जानकारी गराएका छन्।

त्यसैगरी मीनभवन, शंखमूल, हनुमानस्थान र पुरानो बानेश्वर चारैतिरबाट प्रदर्शनकारीहरू संघीय संसदभवनतर्फ केन्द्रित भई पर्खाल तोडफोड तथा आगजनी गरी अनियन्त्रित हुन थालेपछि स्थितिलाई नियन्त्रण गर्नको लागि कफ्र्युको आदेश जारी गरिएको उनको दाबी छ।

तत्कालीन सिडीओ रिजालले उच्च पदस्थ पदाधिकारीहरूसँग समेत समन्वय गरी कफ्र्युको आदेश जारेको बताएका छन्। ‘स्थानीय प्रशासन ऐन, २०२८ को दफा (क) बमोजिम जिल्ला सुरक्षा समितिको सिफारिसका आधारमा संसदभवन आसपासको क्षेत्रमा लागू हुने गरी कफ्र्युको आदेश जारी गरिएको थियो। कफ्र्युको आदेश जारी भएपश्चात प्रदर्शनकारी तितरबितर हुने अपेक्षा लिइएकोमा थप आक्रामक र उत्तेजित हुँदै संघीय संसद् भवनको पर्खाल तोडफोड र आगजनीजस्ता गतिविधि जारी नै राखेका थिए,’ रिजालले भनेका छन्, ‘त्यहाँ खटिएका सुरक्षाकर्मीमाथि जाइलाग्ने जस्ता हिंसात्मक गतिविधिबाट संघीय संसद् भवनको सुरक्षा, त्यहाँ रहने सांसद तथा कर्मचारीको सुरक्षा लगायत संसद् भवन परिसरभित्र रहेका राष्ट्रिय बाणिज्य बैंक, नेपाल कानुन आयोग, लगानी बोर्डको कार्यालय र झण्डै चालीस हजार लिटर क्षमताको डिजल रिजर्भ रहेकोले सोको सुरक्षालाई समेत दृष्टिगत गर्दै संसद् भवनको सुरक्षार्थ खटिएका विशेष सुरक्षा दस्ताका सुरक्षाकर्मीहरू र एकीकृत विशेष सुरक्षा योजना बमोजिम खटिएका सुरक्षाकर्मीहरूले तत्काल सिर्जित परिस्थितिको सामना गर्न बल प्रयोग भएको हो।’

भदौ २३ र २४ गते जेनजीको प्रदर्शनका क्रममा राज्य संयन्त्रले आकलन गरेभन्दा बाहिरको परिस्थिति सिर्जना भएको रिजालको भनाइ छ। प्रदर्शनमा सहभागी युवाहरूको ज्यान गएको र दर्जनौँ युवा घाइते समेत भएकोमा पदीय तथा व्यक्तिगत हिसाबमा निकै दुःखित र मर्माहत भएको पनि उनले बताएका छन्।

आफूले प्रचलित कानुन र विवेकको ख्याल गरी गरेको कार्यलाई अन्यथा लिन नमिल्ने उनले भनेका छन्। यही मुद्दामा यसअघि नै जवाफ पठाएका तत्कालीन आईजीपी चन्द्रकुबेर खापुङले भने जिल्लाभित्र शान्ति सुरक्षा कायम गर्ने भूमिकामा आफू नभई सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारी हुने बताएका थिए।

Advertisement

तर, रिजालले निजामती कर्मचारीले कार्यसम्पादनको सिलसिलामा कानुन विपरीत हुने कुनै काम कारबाही गरेमा निजामती सेवा ऐन, २०४९ तथा निजामती सेवा नियमावली, २०५० बमोजिम अख्तियारवालाले आवश्यक विभागीय कारबाही गर्न सक्ने व्यवस्था रहेको जिकिर गरेका छन्।

भर्खरको समाचार

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

सम्बन्धित खबरहरु

Scroll to Top