×

NEPAL TIMES UPDATES

Playing
श*वमा पनि सकिदैन इबोला भाइरस ‘टाढाको संकट’ भनेर भूल नगरौँ || Nepal Times
May 19, 2026
Playing
नवनियुक्त प्रधानन्यायाधीश शर्माले लिए शपथ || Nepal Times
May 19, 2026
Playing
संसद्मा अमरेश र विपक्षीको एक स्वर, प्रधानमन्त्रीमाथि धावा बोले|| Nepal Times
May 19, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-05-2083 || Nepal Times
May 19, 2026
Playing
स्विजरल्याण्ड र चीनबाट अर्बाै अनुदान स्वीकृत, कहाँ खर्च हुन्छ ?|| Nepal Times
May 19, 2026
Playing
प्रधानमन्त्री बालेनको एउटा पोष्टले जगाएको आशा || Nepal Times
May 19, 2026
Playing
देउवा दम्पतीलाई पक्राउ नगर्न माग गरिएको रिटमा कारण देखाऊ आदेश|| Nepal Times
May 19, 2026
Playing
‘Iran सरेन्डर गर्दैन’: Trumpको ध*म्कीले गलेनन् इरानी राष्‍ट्रपति पेजेश्कियन || Nepal Times
May 19, 2026
Playing
इमरान खानको सरकार ढाल्न ‘अमेरिकी दबाब’, पोल खुल्यो || Nepal Times
May 19, 2026
Playing
परमसेनाधिपतिको ’मेमोरी’ एमालेको झोलामाः लोकतान्त्रिक व्यवस्थालाई हानी || Nepal Times
May 19, 2026

सुशीला सरकारमा थपिएका ४ मन्त्री को हुन् ?

२७ मंसिर २०८२

२६ मंसिर , काठमाण्डौ ।

सुशीला कार्की नेतृत्वको सरकारमा ४ मन्त्रीहरु थपिएका छन् । नवनियुक्त चार जना मन्त्रीहरूले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित सभाका बीचमा राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूको शपथ ग्रहण गराएका हुन् ।

Advertisement
Advertisement

प्रधानमन्त्री सुशीला कार्कीले गरेको सिफारिसका आधारमा राष्ट्रपति पौडेलले उनीहरूलाई आजै मन्त्री नियुक्त गरेकी थिइन् । लगत्तै शपथग्रहण गराइएको हो । मन्त्री बन्नेहरूमा श्रद्धा श्रेष्ठ, माधव चौलागाईं, राजेन्द्रसिंह भण्डारी र कुमार इङ्नाम रहेका छन् ।

राष्ट्रपति कार्यालयका अनुसार नवनियुक्त चार मन्त्रीहरूमध्ये श्रद्धालाई महिला तथा बालबालिका, चौलागाईं वन, भण्डारीलाई श्रम र इङ्नाम भूमि मन्त्रालयको जिम्मेवारी दिइएको छ । प्रधानमन्त्री कार्कीले चौथोपटक मन्त्रिपरिषद विस्तार गर्दा परराष्ट्र,रक्षा र खानेपानी मन्त्रालय आफूसँगै राखेकी छन् ।

नवनियुक्त मन्त्रीहरुमध्ये कुमार इङ्नामले भूमि व्यवस्था,राजेन्दसिंह भण्डारीले श्रम,माधव चौलागाईले वन तथा वातावरण र श्रद्धा श्रेष्ठले महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको जिम्मा पाएका छन् ।

उद्योग र कानून मन्त्रीको जिम्मा पाएका अनिल सिन्हालाई पर्यटन मन्त्रालयको समेत थप जिम्मेवारी दिइएको छ । अन्य मन्त्रीहरुको जिम्मेवारी भने यथावत रहेको छ । अब कार्की नेतृत्वको मन्त्रिपरिषद १४ सदस्यीय भएको छ ।

थपिएका मन्त्रीहरूमा कुमार इङ्नामलाई भूमि, व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ । उनी काठमाडौं स्कूल अफ ल का प्राध्यापक कुमार इङ्नाम फौजदारी कानूनका विशेषज्ञ हुन् ।

उनले २५ वर्षदेखि त्यहाँ अध्यापन गराइरहेका छन् । २०४६ सालमा इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसबाट अध्यापन शुरु गरेका उनका कैयौ शोधग्रन्थ प्रकाशित छन्। उनी नेपाल लगायत कैयौ मुलुकमा अतिथि प्राध्यापकको रुपमा संलग्न छन् ।

उनका दर्जनौ, पुस्तक, शोधन र अनुसन्धानात्मक लेख प्रकाशित छन् । प्राज्ञिक पृष्ठभूमीका इङनामलाई सरकारले भूमी व्यवस्था मन्त्रालयको जिम्मेवारी दिन लागेको हो । यस्तै भण्डारीलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

उनी पूर्व एआईजी हुन् । नेपाल प्रहरीको अतिरिक्त महानिरिक्षक पदबाट अवकाश भएका थिए । उनी नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरो (सीआईबी)का संस्थापक प्रमुख समेत हुन् । उनी पछि नेपाल प्रहरी अध्ययन प्रतिष्ठानको पनि प्रमुख भए ।

उनी आफ्नो कार्यकालमा अनुसन्धानमा पोख्न प्रहरी अधिकारीको रुपमा चिनिन्थे । चौलागाईंलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ । लेखक एवं अनुसन्धानकर्ता माधव चौलागाई कर्णालीसम्बन्धी अध्ययन र अनुसन्धानमा पोख्त छन् ।

उनले कर्णालीको इतिहास, संस्कृति, समाज र विकासका वारेमा लेखन गरिरहेका छन् । उनले कर्णालीबारे ’सपादलक्ष कर्णाली’ नामक पुस्तक लेखेका छन् । उनी कर्णाली उत्सव छलफल अभियान चलाइरहेका छन् ।

उनी जनस्वास्थ्य र ग्रामिण विकासको विषयमा रुची राख्छन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीको जिम्मेवारी पाएकी श्रद्धा श्रेष्ठ नेपाल पर्यटन बोर्डकी वरिष्ठ प्रबन्धक हुन् ।

उनी पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघको संयुक्त परियोजना ‘दिगो पर्यटन परियोजना’ (एसटीपी) की राष्ट्रिय परियोजना संयोजक पनि हुन् । काठमाडौंकी श्रेष्ठ पर्यटन बोर्डमा २४ वर्षदेखि कार्यरत छिन् ।

उनले अमेरिकाको मिसिगन स्टेट युनिभर्सिटीबाट आर्थिक विकास अध्ययन गरेकी छिन् । उनी फुलब्राइट फेलो पनि हुन् । यसअघि मन्त्रिपरिषद् १० सदस्यीय थियो । पछिल्लोपटक ९ कात्तिकमा तेस्रोपटक मन्त्रिपरिषद् पनुर्गठन गरेर १० सदस्य पु¥याइएको थियो ।

त्यसबेला डा. सुधा शर्मालाई स्वास्थ्य तथा जनसंख्या र बब्लु गुप्तालाई युवा तथा खेलकुदमन्त्री नियुक्त भएका थिए । जेन–जीको आन्दोलनपछि गत भदौ २७ गते प्रधानमन्त्री भएकी सुशीला कार्कीले यसअघि भदौ ३०, असोज ६ र कात्तिक ९ गते मन्त्रिरिषद् पुनर्गठन गरेकी थिइन ।

Advertisement

अहिले सुशीला कार्की सरकारमा रामेश्वर प्रसाद खनाल मन्त्री अर्थ; सङ्घीय मामिला तथा सामान्य प्रशासन, कुलमान घिसिङ– मन्त्री ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास, ओम प्रकाश अर्याल– मन्त्री गृह मन्त्रालय, अनिलकुमार सिन्हा– मन्त्री उद्योग, वाणिज्य तथा आपूर्ति र पर्यटन कानुन, न्याय तथा संसदीय मामिला, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, महावीर पुन– मन्त्री शिक्षा, विज्ञान तथा प्रविधि, मदनप्रसाद परियार– मन्त्री कृषि तथा पशुपन्छी विकास, जगदीश खरेल– मन्त्री सञ्चार तथा सूचना प्रविधि, डा. सुधा शर्मा गौतम– मन्त्री स्वास्थ्य तथा जनसङ्ख्या र बब्लु गुप्तालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी छ ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top