×

NEPAL TIMES UPDATES

Playing
इरानले अमेरिकाभित्रै आक्र मण गर्न सक्ने,एफबीआईको सनसनीपूर्ण खुलासा|| Nepal Times
Mar 12, 2026
Playing
साउदीले १८ ड्रोन खसाल्यो, जब साउदीका आकाश ड्रोनले भरिए || Nepal Times
Mar 12, 2026
Playing
Top 15 Afternoon News || March-12-2026 || Nepal Times
Mar 12, 2026
Playing
सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अ प राधी ?|| Nepal Times
Mar 12, 2026
Playing
१६ वर्षसम्म उडान भरेको जहाज बुद्धले थन्क्यायो,ग्राउन्डेड जहाज के हुन्छ ?|| Nepal Times
Mar 12, 2026
Playing
निर्वाचनको हार ओलीले सम्मानका साथ स्वीकारे, अब नसच्याए सकिने || Nepal Times
Mar 12, 2026
Playing
इरान यु द्धको १२ औं दिनः चाडै यु द्ध अन्त्य हुने ट्रम्पको घोषण|| Nepal Times
Mar 12, 2026
Playing
शहबाज शरीफले पनि रवि र बालेनलाई दिए बधाई|| Nepal Times
Mar 12, 2026
Playing
२१ महिनाको आयात धान्ने विदेशी मुद्रा सरकारको ढिकुटीमा|| Nepal Times
Mar 12, 2026
Playing
ट्रम्पको अनुमतिपछि भारतले किन्यो रुसी तेल,अमेरिकाले हर्मुजमा सुरक्षा दिन नसक्ने || Nepal Times
Mar 11, 2026

मेस्सी भारतमाः शाहरुखलाई भेटे, फोटो खिच्न १० लाख

२८ मंसिर २०८२

२७ मंसिर, काठमाण्डौ ।

अर्जेन्टिनाका विश्व स्टार फुटबल खेलाडी लियोनेल मेस्सी अहिले भारतमा छन् । उनी आज बिहान भारतको कोलकाता आइपुगेका हुन् । उनको साथमा लुइस सुआरेज र रोड्रिगो डे पल पनि छन् ।

मेस्सी जीओएटी (गोट) इन्डिया टुर २०२५ अन्तर्गत कोलकाता आइपुगेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । मेस्सी हेर्न हजारौँ फ्यान कोलकाता विमानस्थलमा भेला भएका थिए ।

समाचार एजेन्सी पीटीआईका अनुसार, मेस्सीलाई स्वागत गर्न हजारौँ मानिस मध्यरात पछिसम्म पर्खिरहेका थिए । उनको विमान शनिबार बिहान २ः२६ बजे कोलकातामा अवतरण भयो ।

मेस्सीले जीओएटी इन्डिया टुर २०२५ अन्तर्गत भारतमा तीन दिन बिताउनेछन् । यस क्रममा उनले भारतका चार सहर भ्रमण गर्नेछन् । यससंगै मेस्सीलाई नजिकबाट हेर्ने र आफ्नो देशमा स्वागत गर्ने भारतका फुटबल प्रशंसकहरूको लामो प्रतीक्षा समाप्त भएको छ ।

यद्यपि, विश्वकप विजेतासँग व्यक्तिगत रूपमा भेट गर्ने आशा राख्नेहरूका लागि, यो अनुभव महँगो शुल्कसहितको हुनेछ । ‘द जीओएटी इन्डिया टुर २०२५’ का आयोजकहरूले घोषणा गरेअनुसार मेस्सीसँग एउटा तस्बिर खिच्नका लागि जीएसटीबाहेक ९.९५ लाख रुपैयाँ लाग्नेछ ।

मेस्सीको ‘द जीओएटी इन्डिया टुर २०२५’ कोलकाता, हैदराबाद, मुम्बई र नयाँदिल्ली गरी चार प्रमुख सहरहरूमा फैलिएको छ । यो भ्रमणमा मुख्य स्थानहरूमा सार्वजनिक उपस्थिति, सांस्कृतिक कार्यक्रमहरू र सेलिब्रिटी फुटबल प्रदर्शनीहरू समावेश गरिएका छन् ।

उनले आफ्नो भारत यात्राको सुरुआत कोलकाताबाट गरेका छन । यहाँ उनले एउटा मैत्रीपूर्ण खेल खेल्नेछन् । यस्तै आफ्नो ७० फिट अग्लो मूर्तिको अनावरण गरेका छन्। मेस्सीले कोलकातामा अभिनेता शाहरुख खानसंग पनि भेट गरेका छन् ।

भारतीय क्रिकेट टोलीका पूर्वकप्तान सौरभ गांगुलीसँग पनि भेट गर्ने बताइएको थियो । यसपछि उनी हैदराबाद, मुम्बई र दिल्ली जाने कार्यक्रम छ । हैदराबादमा उनले आफ्नो सम्मानमा आयोजित गरिएको एक कन्सर्टमा सहभागी हुने र एउटा मैत्रीपूर्ण खेल पनि खेल्ने बताइएको छ ।

त्यस्तै, दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदीसँग उनको भेटघाटको कुरा पनि भइरहेको बताइएको छ । भारत आउनुअघि मेस्सीले त्यहाँको यात्रा गर्नु र प्रशंसकहरूसँग भेट्नु सम्मानको कुरा भएको बताएका छन् ।

उनले सामाजिक सञ्जाल एक्समा लेख्दै भने, “भारत फुटबलका लागि मरिमेट्ने देश हो र म यहाँ प्रशंसकहरूको नयाँ पुस्तासँग भेट्न र यो सुन्दर खेलप्रतिको मेरो प्रेमलाई बाँड्नका लागि उत्साहित छु ।”

यसैबीच फिफा विश्वकप २०२६ का लागि ५० लाख टिकटको माग भइसकेको अन्तराष्ट्रिय फुटबल संघ (फिफा) ले बताएको छ । बिहिबारदेखि अहिलेसम्म २ सय भन्दा बढी देशका समर्थकहरुले टिकट माग गरेको फिफाले जनाएको छ।

जसमा २७ जुनमा मियामीमा हुने कोलम्बिया र पोर्चुगलबीचको खेलका लागि सबैभन्दा बढी टिकटको माग भएको छ । अर्को वर्ष अमेरिका, क्यानडा र मेक्सिकोमा हुने विश्वकपको टिकटको मुल्यलाई लिएर अहिले तिव्र आलोचना भइरहेको छ ।

जसलाई फुटबल समर्थक संघ (एफएसए) ले अपमानजनक भनेको छ । २०२६ को विश्वकपको समूूह चरणको टिकट २०२२ मा भन्दा कतार विश्वकपको भन्दा तीन गुणा मुल्य बढाइएको छ। जबकी फाइनलका लागि सस्तो टिकटको मुल्य ३,११९ पाउण्ड स्टर्लङ रहेको छ ।

विश्वकप २०२६ को फाइनलका लागि सबैभन्दा सस्तो टिकट कतार विश्वकपको तुलनामा सात गुणा बढी मुल्य वृद्धी गरिएको छ । समर्थकहरुले फिफासँग मुल्य निर्धारण नितिमा वार्ता गर्नका लागि विक्री प्रक्रिया रोक्न माग र्दै एफएसएले फुटबल समर्थक युरोप (एफएसइ) सँग सामेल भएको छ ।

फिफाका अनुसार सबैभन्दा बढी टिकट माग तीन आयोजक राष्ट्रबाट आएको छ । त्यसपछि कोलम्बिया, इङल्यान्ड, इक्वेडर, ब्राजिल, अर्जेन्टिना, स्कटल्यान्ड, जर्मनी, अस्ट्रेलिया, फ्रान्स र पानामाबाट आएको छ । विश्वकपमा पहिलो पटक ४८ राष्ट्र सहभागी हुदैछन् ।

भर्खरको समाचार

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

इरान युद्धको १२ औं दिनः चाडै युद्ध अन्त्य हुने ट्रम्पको घोषण

MixCollage-12-Mar-2026-08-27-AM-2238

समानुपातिकमा साढे ४ लाख मत बदर, आज दलहरुलाई पत्राचार गर्ने

adcc99e8-45af-49b9-9154-fa42976a3483

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

सम्बन्धित खबरहरु

Scroll to Top