×

NEPAL TIMES UPDATES

Playing
मध्यपूर्वको यु द्ध ले नेपालीलाई पीडा, एक सिलिन्डर ग्यास पाउन महाभारत || Nepal Times
Mar 12, 2026
Playing
खेलकुदमा यु द्धको छायाः इरानले विश्वकप फुटबल नखेल्ने?|| Nepal Times
Mar 12, 2026
Playing
इरानले अमेरिकाभित्रै आक्र मण गर्न सक्ने,एफबीआईको सनसनीपूर्ण खुलासा|| Nepal Times
Mar 12, 2026
Playing
साउदीले १८ ड्रोन खसाल्यो, जब साउदीका आकाश ड्रोनले भरिए || Nepal Times
Mar 12, 2026
Playing
Top 15 Afternoon News || March-12-2026 || Nepal Times
Mar 12, 2026
Playing
सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अ प राधी ?|| Nepal Times
Mar 12, 2026
Playing
१६ वर्षसम्म उडान भरेको जहाज बुद्धले थन्क्यायो,ग्राउन्डेड जहाज के हुन्छ ?|| Nepal Times
Mar 12, 2026
Playing
निर्वाचनको हार ओलीले सम्मानका साथ स्वीकारे, अब नसच्याए सकिने || Nepal Times
Mar 12, 2026
Playing
इरान यु द्धको १२ औं दिनः चाडै यु द्ध अन्त्य हुने ट्रम्पको घोषण|| Nepal Times
Mar 12, 2026
Playing
शहबाज शरीफले पनि रवि र बालेनलाई दिए बधाई|| Nepal Times
Mar 12, 2026

बोन्डाइ बीच गोलीकाण्डका आक्रमणकारी ‘बाबु छोरा’

३० मंसिर २०८२

२९ मंसिर , काठमाण्डौ ।

अष्ट्रेलियाको सिड्नीस्थित बोन्डाइ बीच (समुद्री तट) मा भएको गोलीकाण्डमा एक १० वर्षीया बालिकासहित कम्तीमा १५ जनाको मृत्यु पुष्टि भएको छ । यस घटनालाई अष्ट्रेलियामा करिब तीन दशकयताकै सबैभन्दा भयावह सामूहिक गोलीकाण्डका रूपमा लिइएको छ ।

आइतबार स्थानीय समयअनुसार साँझ ६ः४७ बजे बोन्डाइ बीच नजिकैको पार्कमा गोली चलेको थियो । प्रहरीका अनुसार मृतकमध्ये एक जना बन्दुकधारी पनि छन् । अर्को संदिग्ध आक्रमणकारी गम्भीर अवस्थामा रहेको बताइएको छ ।

गोलीकाण्डमा दुई जना प्रहरी अधिकारीसहित दर्जनौँ व्यक्ति घाइते भएका छन् । हाल करिब ४० जना अस्पतालमा उपचाररत छन् । मृतकहरूको उमेर १० वर्षदेखि ८७ वर्षसम्म रहेको प्रहरीले बताएको छ ।

प्रहरीले घटनालाई आतङ्कवादी हमलाको रूपमा लिएर अनुसन्धान गरिरहेको छ । प्रहरी कमिश्नरले आक्रमणमा संलग्न दुई बन्दुकधारी ५० वर्षीय बाबु र उनका २४ वर्षीय छोरा रहेको जानकारी दिएका छन् ।

प्रहरीको गोली लागेर वृद्ध बन्दुकधारीको घटनास्थलमै मृत्यु भएको छ भने २४ वर्षीय छोराको अवस्था चिन्ताजनक रहेको छ । गोली चलेको सूचना पाएपछि न्यु साउथ वेल्स प्रहरीले तत्काल अपरेसन सुरु थालेको थियो ।

न्यु साउथ वेल्स प्रहरीले सामाजिक सञ्जाल ‘एक्स’मार्फत बोन्डाइ बीच क्षेत्रमा ठूलो स्तरको प्रहरी अपरेसन जारी रहेको जनाएको छ । प्रहरीले घटनास्थल वरपर नजान र सबै निर्देशनको पालना गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

घटनापछि सार्वजनिक भएका भिडियो फुटेजमा पुलबाट दुई जना बन्दुकधारीले पार्कतर्फ लगातार गोली प्रहार गरेको देखिन्छ । अष्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसन (एबीसी) का अनुसार प्रहरीले ‘एक्टिभ सुटर’को सूचनामा आधारित भएर कारबाही गरिरहेको छ ।

स्थानीय सञ्चारमाध्यम सेभेन न्यूजका अनुसार गोलीको आवाजपछि सयौँ मानिस समुद्र तटबाट भाग्दै गरेको दृश्य देखिएको थियो । यसैबीच, घाइतेहरूको उपचारका लागि सिड्नीका अस्पतालमा रगतको अभाव देखिएपछि लाइफ ब्लड अष्ट्रेलियाले ‘ओ’ नेगेटिभ रगतको आपतकालीन माग गरेको छ ।

सिड्नीका बासिन्दालाई रक्तदान गर्न आग्रह गरिएको छ । अत्यधिक चापका कारण लाइफ ब्लडको वेबसाइटमा अस्थायी प्राविधिक समस्या आएको जनाइएको छ । घटनाको अनुसन्धान जारी रहेको र मृतक तथा घाइतेको विवरण अद्यावधिक हुने प्रहरीले जनाएको छ ।

हनुका पर्वको सुरुवातको उपलक्ष्यमा एक कार्यक्रम चलिरहेको बेला यो आक्रमण भएको थियो । प्रहरीका अनुसार ५० वर्षीय बन्दुकधारीसँग वैध हतियार इजाजतपत्र थियो र उनका नाममा छवटा हतियार दर्ता थिए ।

आक्रमणस्थल बोन्डाइ बीचमा छवटा हतियार फेला परेको प्रहरीले जनाएको छ । घटनास्थलमा ’दुईवटा सक्रिय सुधारिएका विस्फोटक उपकरणहरू’ पनि भेटिएका थिए, जसलाई प्रहरीले निष्क्रिय पारिसकेको छ ।

यसैबीच यो गोलीकाण्डका एक बन्दुकधारीसँग जुधेर उसको हतियार खोसेको भिडियोमा देखिएका ‘हिरो’ नागरिकको पहिचान खुलेको छ । उनको नाम ४३ वर्षीय अहमद अल अहमद रहेको पुष्टि भएको छ ।

बीबीसीले प्रमाणित गरेको भिडियोमा अहमद अल अहमद बन्दुकधारीतर्फ दौडेर गएको, उनको हतियार खोसेको र त्यसै हतियारलाई बन्दुकधारीतर्फ सोझ्याएपछि उनी पछाडि हट्न बाध्य भएको देखिन्छ ।

फलफूल पसलका मालिक तथा दुई सन्तानका पिता अहमद अल अहमद हाल अस्पतालमा छन् । उनका परिवारले सेभेन न्युज अस्ट्रेलियालाई दिएको जानकारी अनुसार उनको पाखुरा र हातमा गोली लागेको घाउका लागि शल्यक्रिया भएको छ ।

अहमदका भतिज मुस्तफाले ७ न्युज अस्ट्रेलियालाई भने, ‘उनी अहिले पनि अस्पतालमा छन् र हामीलाई ठ्याक्कै के भइरहेको छ भन्ने थाहा छैन, डाक्टरले उनी ठिक छन् भनेका छन्। उनी ठिक होउन् भन्ने हामी कामना गर्छौं, उनी शतप्रतिशत हिरो हुन्। उनको पाखुरा र हातमा गोली लागेको छ र शल्यक्रिया गर्नुप¥यो।’

अहमद अल अहमदले गरेको हस्तक्षेपको फुटेज अनलाइनमा व्यापक रूपमा सेयर भइरहेको छ । भिडियोमा एक बन्दुकधारी एउटा सानो पैदल पुल नजिकै ताडको रुख पछाडि उभिएर हतियार चलाउँदै गरेको देखिन्छ ।

पार्किङ गरिएको कार पछाडि लुकिरहेका अहमद अल अहमद आक्रमणकारीमाथि झम्टिन्छन्। उनले आक्रमणकारीबाट बन्दुक खोस्न सफल हुन्छन् र उसलाई भुइँमा धकेलेर बन्दुक उसैतर्फ सोझ्याउँछन्। त्यसपछि आक्रमणकारी पुलतर्फ पछि हट्न थाल्छ ।

त्यसपछि अहमदले हतियार तल झारेर आफ्नो एउटा हात माथि उठाएको देखिन्छ, जसबाट उनी आफू आक्रमणकारी नभएको सन्देश प्रहरीलाई दिन खोजेको देखिन्छ । पछि सोही आक्रमणकारी पुलमा अर्को हतियार लिएर फेरि गोली चलाउँदै गरेको देखिन्छ।

अर्का बन्दुकधारीले पनि पुलबाट गोली चलाउन जारी राखेको देखिन्छ। उनीहरूले कसलाई वा केलाई निशाना बनाउँदै थिए भन्ने स्पष्ट छैन । आइतबार ढिलो भएको पत्रकार सम्मेलनमा न्यू साउथ वेल्सका प्रिमियर क्रिस मिन्सले अहमदको बहादुरीको प्रशंसा गरेका थिए, तर त्यतिबेला उनको नाम खुलाइएको थिएन ।

अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले भने, ‘हामीले आज अस्ट्रेलियालीहरूलाई अरूलाई मद्दत गर्न खतरातिर दौडेको देख्यौँ। यी अस्ट्रेलियालीहरू नायक हुन्, र उनीहरूको बहादुरीले ज्यान जोगाएको छ।’

यसबीच प्रहरी अधिकारीहरूले रातभरि पश्चिमी सिड्नीका क्याम्प्सी र बोनीरिग उपनगरका दुई सम्पत्तिमा छापा मारेका छन् । सिड्नीको यहुदी समुदायलाई थप सुरक्षा र सहयोग प्रदान गर्न ३२८ अधिकारी परिचालन गरिएको प्रहरीले बताएको छ ।

प्रधानमन्त्री एन्थोनी अल्बानीजले यस आक्रमणलाई ’दुष्टताको कार्य’ र ’सचेतरुपमा यहुदी समुदायलाई लक्षित गरिएको’ बताएका छन् ।

भर्खरको समाचार

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

इरान युद्धको १२ औं दिनः चाडै युद्ध अन्त्य हुने ट्रम्पको घोषण

MixCollage-12-Mar-2026-08-27-AM-2238

समानुपातिकमा साढे ४ लाख मत बदर, आज दलहरुलाई पत्राचार गर्ने

adcc99e8-45af-49b9-9154-fa42976a3483

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

सम्बन्धित खबरहरु

Scroll to Top