×

NEPAL TIMES UPDATES

Playing
अब विश्वास पात्र महासचिवले नै ओलीलाई बिदाइ गर्ने ? || Nepal Times
Apr 14, 2026
Playing
२०८२ लाई फर्केर हेर्दा,परिवर्तनको संकेत बोकेको वर्ष २०८२ #genz #nepal #newyear|| Nepal Times
Apr 14, 2026
Playing
प्रहरी मारिएकोदेखि न्यायालय जलाइएको वर्ष २०८२ || Nepal Times
Apr 14, 2026
Playing
Top 15 Afternoon News || April-14-2026 || Nepal Times
Apr 14, 2026
Playing
इरानी सेनाको समर्थनमा सडकमा उत्रिए जनता, पुटिनले दिए साथ || Nepal Times
Apr 14, 2026
Playing
Iranले ५ वर्ष आणविक परियोजना रोक्ने, America भन्छ २० वर्ष || Nepal Times
Apr 14, 2026
Playing
पोप लियोलाई गा ली गरेपछि Trump ‘यशु’ बने.... || Nepal Times
Apr 14, 2026
Playing
शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छैन् कुनै डर|| Nepal Times
Apr 14, 2026
Playing
आफ्नै रौद्र रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्व*स्त’ पारिदिने|| Nepal Times
Apr 14, 2026
Playing
नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना,नयाँ सुरुआतको ढोका खुल्यो || Nepal Times
Apr 14, 2026

ईश्वरको मिसन सफल, एक दर्जनले छाडे ओलीको साथ

१ पुष २०८२

१ पुष , काठमाण्डौ ।

नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि आज मतदान हुँदै छ । मध्याह्न १२ देखि साँझ ६ बजेसम्म मतदानका लागि समय तोकिएको छ । मतदानका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने छ ।

Advertisement
Advertisement

महाधिवेशनमा १९ पदाधिकारीका निम्ति ४२ जना र ३०१ केन्द्रीय सदस्यका लागि एक हजार भन्दा बढीको उम्मेदवारी परेको छ । उम्मेदवारी दर्ताका क्रममा एमालेका अध्यक्ष तथा ११ औं महाधिवेशनमा अध्यक्षका उम्मेदवार केपी शर्मा ओली निकट कम्तीमा एक दर्जन नेताहरूले उनको साथ छाडेपछि अध्यक्षका अर्का उम्मेदवार ईश्वर पोखरेल पक्ष उत्साहित देखिएको छ।

ओलीसँग उपमहासचिव प्रदीप ज्ञवालीसहित कम्तीमा १० जना प्रभावशाली नेता असन्तुष्ट बन्दै उनको साथ छाडेका हुन्। उम्मेदवारी मनोनयनमा कुरा नमिलेपछि ओलीको साथ छाडेका उनीहरूमध्ये केहीले ईश्वर पोखरेल समूहबाट उम्मेदवारी दिएका छन् भने केहीले स्वतन्त्र रूपमा।

ओली समूह तितरबितर भएको र यसको असर मतदानमा देखिने नेताहरूले बताएका छन्। ओलीले बनाएको महाधिवेशन उम्मेदवार सूचीको उपाध्यक्षमा ज्ञवालीको नाम थियो। महासचिवका आकांक्षी उनले त्यसलाई अस्वीकार गरे।

ओलीले दिएका केही जिम्मेवारीले उनी महासचिव उम्मेदवार बन्न पाइनेमा आशावादी थिए। मंसिर २७ गते एघारौँ महाधिवेशनको उद्घाटन सत्रको सञ्चालक ज्ञवाली थिए। त्यसअघि भदौ २०–२२ मा भएको विधान महाधिवेशनमा ओलीको राजनीतिक प्रतिवेदन पनि ज्ञवालीले नै पढेका थिए।

२०७८ असोजमा भएको पहिलो विधान महाधिवेशनमा ओलीको प्रतिवेदन पढेका शंकर पोखरेललाई ओलीले दसौँ महाधिवेशनमा स्थायी कमिटीबाट सिधै महासचिव बनाएका थिए। तर, एघारौँमा आइपुग्दा अहिले ओलीले महासचिवमा पोखरेललाई नै दोहो¥याए।

बरु उनीभन्दा वरीयतामा माथिल्लो पद उपाध्यक्षमा ज्ञवालीलाई राख्नेगरी उम्मेदवारी नामावली तयार पारे। जुन उनको चाहना विपरीत थियो।आठौँ महाधिवेशनदेखि ओलीलाई साथ दिएका ज्ञवालीले ओलीको निर्णय विपरित उपाध्यक्षको साटो सदस्यमा मात्रै उम्मेदवारी दिएका छन् ।

अर्का उपमहासचिव पृथ्वीसुब्बा गुरुङ पनि महासचिव बन्न चाहन्थे। तर, उनलाई ओलीले उपाध्यक्षमा राजी गराए। यस्तै, अग्नि खरेल, भीम आचार्य, कृष्णगोपाल श्रेष्ठ, काशीनाथ अधिकारी, राजेन्द्र गौतम, रघुजी पन्त र लालबाबु पण्डित लगायत नेताले पनि छुट्टै उम्मेदवारी दिएका छन्।

उनीहरू सबैजना ओलीका निकट भएर काम गरिसकेका नेता हुन्। संगठनमा राम्रै प्रभाव रहेका यी नेताले ओलीको साथ छोडेपछि त्यसको असर मतदानमा पर्नसक्ने नेताहरूको भनाइ छ।

यसले ओलीलाई ठूलो झड्का लाग्ने खतरा देखिएको नेताहरुले बताएका छन् । ओलीले महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल, स्थायी कमिटी सदस्य राजन भट्टराई, पोलिटब्युरो सदस्यहरू भानुभक्त ढकाल र महेश बस्नेतलाई बढी विश्वास गर्दा अरु नेता छुटेको असन्तुष्ट नेताहरूको भनाइ छ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमालेमा फर्किएर राजनीति गर्ने र अध्यक्ष नै लड्ने घोाषणा गरेपछि ओली र उनी पक्षीय केही नेता रोक्ने प्रयासमा लागे। साउन पहिलो हप्ता केन्द्रीय कमिटीको बैठक राखेर ओलीले भण्डारीको नवीकरण भइसकेको सदस्यता रोक्ने निर्णय लिए।

जसले एमालेमा भण्डारीलाई प्रवेश गराउन खोज्ने र रोक्न खोज्नेबीचको समूह बन्न थाल्यो। वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, सचिवद्वय गोकर्ण विष्ट र योगेश भट्टराईहरूले भण्डारीको सदस्यता खुला गर्न ओलीमाथि दबाब बढाए।

भण्डारीले पनि सक्दो प्रयास गरिन्। तर, ओली तयार भएनन्। यसले ओलीकै समूहका केही नेतालाई पनि बिच्कायो। भदौ २०–२२ मा दोस्रो विधान महाधिवेशन भयो। जेनजीको आन्दोलन लगत्तै अध्यक्ष छोड्न वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, केही उपाध्यक्षहरू र केही सचिवले उनीमाथि दबाब बढाउँदै लगे।

तर, ओलीले राजीनामा दिएनन्। बरु कार्यकाल सकिनु १४ महिनाअगाडि नै एघारौँ महाधिवेशन गर्ने निर्णय गरे। कसैलाई पनि असन्तुष्ट हुन नदिन र नबिच्काउने योजना अनुसार ओलीले आफैले घटाएको पदाधिकारी बढाएर १९ जना बनाए।

स्थायी कमिटी राखे। केन्द्रीय समितिको आकार पनि ३०१ बनाए। तरपनि उनकै विश्वासपात्र नेताहरु उनीसँग असन्तुष्ट बनेका छन् । यसबाट पोखरेल पक्ष आशावादी देखिएको छ। असन्तुष्टलाई तान्ने रणनीति सफल भएको र गोप्य मतदानको फाइदा लिन सकिने उनीहरूको विश्लेषण छन्।

पोखरेललाई पूर्वराष्ट्रपति भण्डारीको साथ छ। उनीहरूले सबै पदमा उम्मेदवारी दिने भने पनि केही पद रिक्त राखेका थिए। ओली समूहमा असन्तुष्ट नेतालाई आफूतिर तान्ने उनीहरूको रणनीति थियो। पूर्वसामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले पनि ओलीको निर्णय स्वीकार गरेनन् ।

उनले सचिव पदमा उमेदवारी दिए । त्यस्तै, पद्मा अर्याल, छविलाल विश्वकर्मा, ज्वालाकुरामी साह, शेरबहादुर तामाङ लगायतका नेताहरूले चाहेको पद नपाए पनि ओलीको निर्णय चुपचाप स्वीकार गरे ।

अर्यालले प्रेस बिफ्रिङमा आफूले पनि चाहेको पदमा उमेदवारी दिन नपाएको स्वीकार गरिन् । उनले उपमहासचिवको उमेदवार बन्न चाहेकी थिइन् । त्यस्तै, संगठन विभाग प्रमुखको जिम्मेवारीमा रहेका काशीनाथ अधिकारीले पनि ओलीको निर्णय स्वीकार गरेनन् ।

ओलीले उनलाई अनुशासन आयोगको अध्यक्षको जिम्मेवारी दिन चाहेका थिए । तर, उनले कुनै पदमा उमेदवारी नै दिएनन् । नयाँलाई स्थान दिने भन्दै अधिकारीले कुनै पदमा नलड्ने निर्णय गरे ।

पूर्वशिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले ओलीलाई ‘पेले’ भन्दै दिएको अभिव्यक्ति बेला बेलामा चर्चामा रहन्छ । उनले ओलीलाई प्रधानमन्त्रीबाट कुनै माइकलालले हटाउन नसक्ने भन्दै चर्को समर्थन गरेका श्रेष्ठले क्याम फेरे ।

केही समययता ओलीसँग असन्तुष्ट श्रेष्ठ पोखरेल पक्षबाट सचिवका उमेदवार भएका छन् । त्यस्तै, पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटा जो लामो समय ओलीका प्रिय पात्र थिए। केही समययता घुमाउरो शैलीमा ओलीको विरोध गर्दै विद्या भण्डारीको समर्थनमा थिए ।

उनी पोखरेल पक्षबाट सचिवको उमेदवार बनेका छन् । त्यस्तै, केन्द्रीय कमिटीको सदस्यको उमेदवार बन्नका लागि पनि ओलीनिकट नेताहरूले विद्रोह गरेका छन् । ओली समूहबाट भएको विद्रोहले पोखरेल समूहलाई फाइदा पुग्ने विश्लेषण गर्न थालिएको छ ।

Advertisement

उमेदवार नै पु¥याउन सकस भएकोमा ओली समूहको विद्रोहले सहजता पु¥याएको पोखरेल पक्षीय नेताहरू बताउँछन् । आज मध्यान्न १२ बजेदेखि मतदान हुादैछ । १९ पदका पदाधिकारीका लागि ४२ जना र ३०१ केन्द्रीय सदस्यका लागि एक हजार भन्दा बढी उम्मेदवार मैदानमा छन् ।

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top