×

NEPAL TIMES UPDATES

Playing
इरानले अमेरिकाभित्रै आक्र मण गर्न सक्ने,एफबीआईको सनसनीपूर्ण खुलासा|| Nepal Times
Mar 12, 2026
Playing
साउदीले १८ ड्रोन खसाल्यो, जब साउदीका आकाश ड्रोनले भरिए || Nepal Times
Mar 12, 2026
Playing
Top 15 Afternoon News || March-12-2026 || Nepal Times
Mar 12, 2026
Playing
सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अ प राधी ?|| Nepal Times
Mar 12, 2026
Playing
१६ वर्षसम्म उडान भरेको जहाज बुद्धले थन्क्यायो,ग्राउन्डेड जहाज के हुन्छ ?|| Nepal Times
Mar 12, 2026
Playing
निर्वाचनको हार ओलीले सम्मानका साथ स्वीकारे, अब नसच्याए सकिने || Nepal Times
Mar 12, 2026
Playing
इरान यु द्धको १२ औं दिनः चाडै यु द्ध अन्त्य हुने ट्रम्पको घोषण|| Nepal Times
Mar 12, 2026
Playing
शहबाज शरीफले पनि रवि र बालेनलाई दिए बधाई|| Nepal Times
Mar 12, 2026
Playing
२१ महिनाको आयात धान्ने विदेशी मुद्रा सरकारको ढिकुटीमा|| Nepal Times
Mar 12, 2026
Playing
ट्रम्पको अनुमतिपछि भारतले किन्यो रुसी तेल,अमेरिकाले हर्मुजमा सुरक्षा दिन नसक्ने || Nepal Times
Mar 11, 2026

बंगलादेशका दल भारतविरोधी एजेन्डामा चुनाव लड्दै

६ पुष , काठमाण्डौ ।

बङ्गलादेशको मयमनसिंह जिल्लामा २७ वर्षीय हिन्दु युवा दिपु चन्द्र दासलाई कुटपिट गरी हत्या गरिएको घटनामा सुरक्षा अधिकारीहरुले ठूलो कारबाही गर्दै १० जनालाई पक्राउ गरेका छन् ।

यो जानकारी बङ्गलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुसले सामाजिक सञ्जाल प्लेटफर्म एक्समार्फत दिएका हुन् । यस घटनामा ¥यापिड एक्सन बटालियनले सात जना संदिग्धहरूलाई पक्राउ गरेको मुहम्मद युनुसले बताएका छन् ।

स्थानीय प्रहरीले तीन जना अभियुक्तलाई पक्राउ गरेको बताइएको छ । यि गिरफ्तारी विभिन्न क्षेत्रमा गरिएको विशेष अपरेशनको भागको रूपमा गरिएको थियो । भीडले कुटपिट गरी हत्या गरेर दिपु चन्द्र दासको शरीरमा आगो लगाएको थियो ।

दिपु चन्द्र दासलाई ईश्वरनिन्दाको आरोपमा भीडले क्रूर रूपमा कुटपिट गरेर उनको शरीरलाई रूखमा झुण्ड्याएर आगो लगाइएको समाचार आएका छन् ।

पक्राउ परेका अभियुक्तहरूको नाम सार्वजनिक भएको छ । उनीहरु १९ वर्षदेखि ४६ वर्षसम्मका रहेका छन् । मुद्दाको निष्पक्ष रूपमा अनुसन्धान गरिने र दोषीहरूलाई कानुन अनुसार कडा सजाय दिइने आश्वासन अन्तरिम सरकारले दिएको छ ।

अल्पसङ्ख्यकहरूको सुरक्षा सुनिश्चित गर्न थप कदम चालिने पनि बताएको छ । बङ्गलादेश हिन्दू–बौद्ध–क्रिश्चियन एकता परिषद्ले घटनाको कडा निन्दा गरेको छ । संस्थाले यसलाई साम्प्रदायिक सद्भाव बिगार्ने षड्यन्त्र भनेको छ र दोषीहरूलाई कडा सजायको माग गरेको छ ।

विद्यार्थी नेता शरीफ उस्मान हादीको मृत्युपछि देश पहिले नै तनावग्रस्त रहेको बेला यो घटना भएको हो । हादीको हालैको मृत्युले देशका धेरै भागहरूमा अशान्ति र हिंसा निम्त्याएको छ ।

हादीलाई शनिबार बंगलादेशका राष्ट्रिय कवि काजी नजरुल इस्लामको चिहानको छेउमा रहेको ढाका विश्वविद्यालय परिसरमा कडा सुरक्षा व्यवस्था बिच अन्तिम संस्कार गरिएको थियो ।

शनिबार दशौं हजार शोकाकुल व्यक्तिहरू उनको अन्त्येष्टिका लागि भेला भएका थिए । गत वर्षको प्रजातन्त्र समर्थक विद्रोहका एक प्रमुख व्यक्ति सरिफ उस्मान हादीको गत बिहीबार ढाकाको मस्जिदबाट बाहिर निस्कने क्रममा मास्क लगाएका बन्दुकधारीले गोली हानेर हत्या भएको थियो ।

शनिबार अन्त्येष्टि प्रार्थना गरिएको संसद् भवन अगाडि शरिरमा क्यामरा जोडिएका प्रहरी तैनाथ गरिएको थियो । गत वर्षको आन्दोलका एक प्रमुख नेता ३२ वर्षीय हादी भारतका कट्टर आलोचक हुन् भने उनले आगामी फेब्रुअरीमा हुने आम चुनाव लड्ने तयारी गरेका थिए ।

प्रार्थनामा सहभागी हुन टाढाबाट आएका एक सरकारी कर्मचारी इकबाल हुसेन साइकोटले हादीले भारतको कडा विरोध गरेकै कारण हत्या गरिएको दावी गरे । हादीको मृत्युले बङ्गलादेशमा व्यापक अशान्ति निम्त्याएको छ भने प्रदर्शनकारीहरूले जिम्मेवारहरूलाई पक्राउ गर्न माग गरिरहेका छन् ।

बङ्गलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनाले सन् २०२४ को विद्रोहपछि ढाकाबाट भागेर नयाँदिल्लीमा आश्रय लिँदै आएको ढाकाको दावी छ । यसबीच बंगलादेशमा भारतविरोधी भावना तीव्र बन्दै गएको छ ।

आउँदो फेब्रुअरी १२ मा हुने संसदीय चुनाव नजिकिँदै जाँदा विद्यार्थी नेता र सरकारका सल्लाहकारबाट व्यक्त तिखा टिप्पणीले दुई देशबीचको सम्बन्धमा थप तितोपना ल्याएको छ । यसले आउँदो चुनावमा भारतविरोध नै मुख्य मुद्दा बन्ने हो कि भन्ने शंका गरिएको छ ।

देशका विभिन्न भागमा प्रदर्शनमा सहभागीले शेख हसिना र भारतविरोधी नारा लगाउँदै आएका छन् । खासगरी हादीको हत्यापछि प्रदर्शनकारी उग्र भएका छन् । चटगाउँमा भारतीय सहायक उच्चायुक्तको आवासअगाडि रातिसम्म विरोध प्रदर्शन गरिएको छ ।

शेख हसिना र अवामी लिगप्रति भारतको नरम दृष्टिकोणबारे सुरुदेखि नै बंगलादेशमा बहस हुँदै आएको छ । विद्यार्थी नेता र जमात–ए–इस्लामीजस्ता कट्टरपन्थी दलले गत अगस्टदेखि यो विषयलाई जोडदार रूपमा उठाउँदै आएका छन् ।

शेख हसिनालाई भारतले शरण दिएको विषयले पनि दुई देशबीचको सम्बन्धमा थप तनाव सिर्जना गरेको छ । बंगलादेशको अदालतले हसिनालाई मृत्युदण्ड सुनाएपछि अन्तरिम सरकारले कम्तीमा दुईपटक भारतसँग उनको प्रत्यर्पणको माग गरेको छ । तर, भारत यो विषयमा मौन छ ।

यसले सरकार र कट्टरपन्थी दलको आक्रोश बढाएको छ । गएको हप्ता व्यक्त दुई तिखो बयानले द्विपक्षीय सम्बन्धलाई थप तनावग्रस्त बनाएको छ । विद्यार्थी नेता हसनत अब्दुल्लाले भारतले बंगलादेशलाई अस्थिर बनाउन खोजेमा त्यसका सात पूर्वी राज्यलाई मुख्य भूमिबाट अलग पारिदिने धम्की दिएका थिए ।

हसनत पहिले युनुस सरकारमा मन्त्री थिए । पछि राजीनामा दिएर उनले नेसनल सिटिजन पार्टी गठन गरेका छन् । उनको उक्त भनाइपछि भारतीय विदेश मन्त्रालयले ढाकास्थित उच्चायुक्तलाई बोलाएर आपत्ति जनाएको थियो ।

दूतावासको सुरक्षा पनि बढाइएको थियो । हसनतले पछि भारतीय उच्चायुक्तलाई देशनिकाला गर्ने चेतावनी पुनः दोहो¥याए । त्यही दिन बंगलादेशका विदेश मन्त्रालयका सल्लाहकार मोहम्मद तौहीदले सन् १९७१ को मुक्ति युद्धमा आफ्नो देशको योगदानलाई भारतले कम आँकेको आरोप लगाए ।

उनले कोलकातास्थित पूर्वी कमान्डमा भारतले विजय दिवस मनाउँदै श्रेय आफैँले लिने गरेको जिकिर गरे । यो विषय पुरानो विवादका रूपमा रहँदै आएको छ । बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी)का नेताहरूले पनि मुक्ति बाहिनीले नै पाकिस्तानलाई हराएको दाबी गर्दै आएका छन् ।

राजनीतिक विश्लेषकका अनुसार, भारत–बंगलादेश सम्बन्धमा तितोपना बढ्दो क्रममा छ । र, चाँडै सुधार हुने संकेत देखिँदैन । राजनीति विज्ञानकी प्राध्यापक डा. संगीता घोष भन्छिन्, “छिमेकी देशमा देखिएको अवस्था भारतको हितविपरीत छ । त्यहाँ जानाजानी भारतविरोधी भावना भड्काइँदै छ । फेब्रुअरीको चुनावमा पनि यो मुख्य मुद्दा बन्न सक्छ । दुवै देशले कूटनीतिक पहल गर्नुपर्छ, तर तत्काल सम्भावना कम देखिन्छ ।”

उनका अनुसार, चुनावपछि लोकतान्त्रिक सरकार बनेमा मात्र प्रक्रिया अघि बढ्न सक्नेछ । राजनीति विज्ञानका प्राध्यापक मईदुल इस्लाम भन्छन्, “बंगलादेशमा अहिले भारतविरोध नै सबैभन्दा ठूलो राजनीतिक मुद्दा बनेको छ । कट्टरपन्थी दलहरूले राजनीतिक फाइदाका निम्ति जनतालाई भड्काइरहेका छन् । शेख हसिनाको प्रत्यर्पणलाई मुद्दा बनाएर भारतमाथि दबाब सिर्जना गरिएको छ । चुनाव नजिकिँदै जाँदा अल्पसंख्यकमाथि उत्पीडन बढ्न सक्ने जोखिम छ, जसका कारण भारत ‘वेट एन्ड वाच’ नीतिमा सीमित देखिएको छ ।”

भर्खरको समाचार

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

इरान युद्धको १२ औं दिनः चाडै युद्ध अन्त्य हुने ट्रम्पको घोषण

MixCollage-12-Mar-2026-08-27-AM-2238

समानुपातिकमा साढे ४ लाख मत बदर, आज दलहरुलाई पत्राचार गर्ने

adcc99e8-45af-49b9-9154-fa42976a3483

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

सम्बन्धित खबरहरु

Scroll to Top