×

NEPAL TIMES UPDATES

Playing
इरानले अमेरिकाभित्रै आक्र मण गर्न सक्ने,एफबीआईको सनसनीपूर्ण खुलासा|| Nepal Times
Mar 12, 2026
Playing
साउदीले १८ ड्रोन खसाल्यो, जब साउदीका आकाश ड्रोनले भरिए || Nepal Times
Mar 12, 2026
Playing
Top 15 Afternoon News || March-12-2026 || Nepal Times
Mar 12, 2026
Playing
सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अ प राधी ?|| Nepal Times
Mar 12, 2026
Playing
१६ वर्षसम्म उडान भरेको जहाज बुद्धले थन्क्यायो,ग्राउन्डेड जहाज के हुन्छ ?|| Nepal Times
Mar 12, 2026
Playing
निर्वाचनको हार ओलीले सम्मानका साथ स्वीकारे, अब नसच्याए सकिने || Nepal Times
Mar 12, 2026
Playing
इरान यु द्धको १२ औं दिनः चाडै यु द्ध अन्त्य हुने ट्रम्पको घोषण|| Nepal Times
Mar 12, 2026
Playing
शहबाज शरीफले पनि रवि र बालेनलाई दिए बधाई|| Nepal Times
Mar 12, 2026
Playing
२१ महिनाको आयात धान्ने विदेशी मुद्रा सरकारको ढिकुटीमा|| Nepal Times
Mar 12, 2026
Playing
ट्रम्पको अनुमतिपछि भारतले किन्यो रुसी तेल,अमेरिकाले हर्मुजमा सुरक्षा दिन नसक्ने || Nepal Times
Mar 11, 2026

ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

६ पुष , काठमाण्डौ ।

बंगलादेश अहिले हिंसाको आगोमा जलिरहेको छ। बिहीबार रातभर देशका विभिन्न भागमा भएको व्यापक हिंसापछि बंगलादेश अशांत छ । यस हिंसाको मुख्य कारण युवा नेता शरीफ उस्मान हादीको हत्या हो । त्यसपछि भारतविरुद्ध ब्यापक आक्रोश बढेको छ ।

चुनावी अभियानका क्रममा गोली लागेका हादीको सिंगापुरको एक अस्पतालमा उपचारका क्रममा बिहीबार मृत्यु भएको थियो। उनको शनिबार ढाकामा अन्त्येष्टि गरिएको छ ।

सन् २०२४ मा शेख हसिना सरकारविरुद्ध भएको विद्रोहको अगुवाइ गर्ने विद्यार्थी नेता हादीले ‘ग्रेटर बंगलादेश’ को नक्सा वितरण गरेका थिए, जसमा भारतका धेरै भू–भागलाई बंगलादेशको हिस्सा देखाइएको थियो।

गत हप्ता ढाकाको बिजयनगर क्षेत्रमा आफ्नो चुनावी अभियान सुरु गर्ने क्रममा नकाबधारी हमलावरहरूले उनको टाउकोमा गोली हानेका थिए। ढाकाका चिकित्सकहरूले अवस्था अत्यन्त गम्भीर भएको बताएपछि मोहम्मद युनुसको अन्तरिम सरकारले उनलाई एयर एम्बुलेन्समार्फत सिंगापुर पठाएको थियो।

छ दिनको उपचारपछि उनको मृत्यु भयो। हादीको मृत्यु पश्चात् बंगलादेश पुनः हिंसाको चपेटामा परेको छ। यसअघि शेख हसिनाको शासनकालमा पनि विद्यार्थीहरूले हिंसात्मक प्रदर्शन गरेका थिए, जसका कारण देशमा लगातार धेरै दिनसम्म अशान्ति फैलिएको थियो।

अन्ततः शेख हसिनालाई बंगलादेश छाडेर भारतमा शरण लिन बाध्य हुनुपरेको थियो। धेरै रिपोर्टअनुसार हादीले ‘ग्रेटर बंगलादेश’ का नक्सा अनलाइन सर्कुलेट गरेका थिए र सार्वजनिक रूपमा देखाएका थिए । ती तस्बिरहरूमा भारतको पूर्वी र उत्तर–पूर्वी क्षेत्रका ठूलो भूभाग समावेश गरिएको थियो।

यसमा बिहार, झारखण्ड, ओडिशा, पश्चिम बंगाल, सम्पूर्ण उत्तर–पूर्वी भारत तथा म्यानमारको अराकान (राखाइन) राज्यलाई ग्रेटर बंगलादेशको हिस्साका रूपमा देखाइएको थियो।

‘सल्तनत–ए–बांग्ला’ नामको नक्सा यस वर्ष अप्रिलमा ढाका विश्वविद्यालयमा आयोजित पोइला बैशाख प्रदर्शनीमा देखाइएको थियो। ‘सल्तनत–ए–बांग्ला’ अर्थात ग्रेटर बंगलादेश एक विवादास्पद सामाजिक–राजनीतिक अवधारणा हो।

यसले भारत र म्यानमारका केही भागहरू समेटेर ठूलो बंगलादेशको कल्पना गरेको छ। यो विचार राष्ट्रवादी सोचसँग जोडिएको छ र बंगाल सल्तनत वा पाल वंशजस्ता ऐतिहासिक राज्यहरूबाट प्रेरित मानिन्छ। केही इतिहासकारका अनुसार ‘सल्तनत–ए–बांग्ला’ को जरा ब्रिटिश शासनको अन्तिम चरणसम्म पुग्छ।

सन् १९४७ मा सुभाषचन्द्र बोसका भाइ शरतचन्द्र बोस र मुस्लिम लिगका नेता हुसेन शहीद सुहरावर्दीजस्ता नेताहरूले भारत र पाकिस्तान दुवैबाट अलग एक स्वतन्त्र र एकीकृत बंगालको प्रस्ताव अघि सारेका थिए।

यसलाई ‘सरत फार्मुला’ वा ‘बंगाल प्याक्ट’ भनिन्थ्यो। सुरुमा महात्मा गान्धी र मोहम्मद अली जिन्नाको समर्थन भए पनि कांग्रेस र मुस्लिम लिगको शीर्ष नेतृत्वको कडा विरोधका कारण यो प्रस्ताव असफल भयो।

पछिल्लो समय सन् २०१८ मा रब्बीर हुसैन भुइयाँले पहिलो पटक ‘ग्रेटर बंगलादेश’ को नक्सा तयार पारेका थिए। यद्यपि इतिहासकारहरू भन्छन् कि शरतचन्द्र बोसले कहिल्यै पनि भारतीय भूभाग कब्जा गरेर बंगलादेश विस्तार गर्ने समर्थन गरेका थिएनन्।

बंगलादेशी सरकारले आधिकारिक रूपमा ‘ग्रेटर बंगलादेश’ को अवधारणालाई समर्थन गरेको छैन। तर अहिले हादीको हत्यापछि भने उनको बढ्दो प्रभाव र त्यही नक्सालाई आधार मानेर बंगलादेशीहरुले भारतमाथि आशंका गरिएका छन् ।

उस्मान हादी सन् २०२४ को विद्यार्थी विद्रोहका क्रममा चर्चामा आएका थिए, जसका कारण अन्ततः शेख हसिना सत्ताबाट बाहिरिन बाध्य भइन्। पछि उनी इन्कलाब मंचका प्रवक्ता बने र स्वतन्त्र उम्मेदवारका रूपमा आम चुनावमा प्रतिस्पर्धामा उत्रिएका थिए ।

उनी आफ्नो आक्रामक राजनीतिक शैली र कडा अभिव्यक्तिका लागि परिचित थिए। उनको मृत्युको खबर फैलिएपछि ढाका र अन्य शहरहरूमा ठूलो भीड जम्मा भयो र हत्याराहरूको गिरफ्तारीको माग गरियो। केही स्थानमा आगजनी र तोडफोडसमेत भयो।

अधिकारीहरूका अनुसार डेली स्टार र प्रथम आलोजस्ता सञ्चारमाध्यमका कार्यालय रहेको भवनमा आगजनी गरिएको थियो, जसका कारण कर्मचारीहरू भित्रै फसेका थिए। राजशाहीमा प्रदर्शनकारीहरूले पूर्वप्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लिगको स्थानीय कार्यालय भत्काउन बुलडोजर प्रयोग गरेको आरोप लगाइएको छ।

भारतको कुटनीतिज्ञ नियोगपनि बंगलादेशीको निशानामा परेको थियो । जहाँ सेना परिचालन गर्नु परेको थियो भने भारतले एड्भाजरी जारी गरेको थियो ।
बंगलादेशमा आगामी वर्ष फेब्रुअरी १२ मा आम चुनाव हुँदैछ।

चुनाव नजिकिँदै गर्दा देश पुनः अस्थिर बनेको छ। यी चुनाव शेख हसिनाविरुद्ध भएको सत्ता बर्हिगमनको करिब डेढ वर्षपछि हुन लागेको हो । सन् २०२४ अगस्ट ५ मा हसिना देश छाडेर भारत गएकी थिइन्।

त्यसयता मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार सञ्चालनमा छ। हसिनाको पार्टी अवामी लिगलाई आगामी चुनावमा भाग लिन अनुमति दिइने छैन। सन् २०२५ मे महिनामा निर्वाचन आयोगले अवामी लिगको दर्ता निलम्बन गरेको थियो।

पार्टीका धेरै वरिष्ठ नेताहरू पक्राउ परेका छन् र पार्टीलाई राजनीतिक गतिविधिमा सहभागी हुन रोक लगाइएको छ। चुनाव अघि विद्यार्थीहरूको राजनीतिक दल नेशनल सिटिजन पार्टीले डेमोक्रेटिक संस्कार गठबन्धन नामक नयाँ गठबन्धन बनाएको छ।

यस गठबन्धनमा जमात–ए–इस्लामीबाट अलग भएको अमर बंगलादेश पार्टी र राष्ट्र संस्कृति आन्दोलन सामेल छन्। नेशनल सिटिजन पार्टी यस वर्ष फेब्रुअरीमा गठन भएको हो।

यसका विद्यार्थी नेताहरू गत वर्ष हसिनाविरुद्ध भएका आन्दोलनको अग्रपंक्तिमा थिए, जसका कारण ५ अगस्ट २०२४ मा शेख हसिना सरकारले सत्ता छाड्नुपरेको थियो।

भर्खरको समाचार

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

इरान युद्धको १२ औं दिनः चाडै युद्ध अन्त्य हुने ट्रम्पको घोषण

MixCollage-12-Mar-2026-08-27-AM-2238

समानुपातिकमा साढे ४ लाख मत बदर, आज दलहरुलाई पत्राचार गर्ने

adcc99e8-45af-49b9-9154-fa42976a3483

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

सम्बन्धित खबरहरु

Scroll to Top