×

NEPAL TIMES UPDATES

Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-02-2083 || Nepal Times
Apr 15, 2026
Playing
संसदको पहिलो अधिवेशन : बालेनको मौनता र नयाँ सांसदको चकचक || Nepal Times
Apr 15, 2026
Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज खोल्ने युरोपको ब्लू प्रिंट तयार, अमेरिका माइनस, चीन–भारतलाई निम्तो || Nepal Times
Apr 15, 2026
Playing
बाबुरामको प्रलोपा ६ महिनामै छिन्नभिन्न || Nepal Times
Apr 15, 2026
Playing
पूर्णबहादुरलाई सोधियो ७ दिने स्पष्टीकरण, खड्काले जवाफ नै नदिने || Nepal Times
Apr 15, 2026
Playing
World News: इटालीले तोड्यो इजरेलसंगको सम्झौता,इस्लामावाद वार्ता हुने,विहारमा आए सम्राट|| Nepal Times
Apr 15, 2026

आसिम मुनिरलाई साउदीको उच्च सम्मान

७ पुष , काठमाण्डौ ।

पाकिस्तानका सेना प्रमुख फील्ड मार्शल आसिम मुनीरलाई साउदी अरबले सम्मान गरेको छ । उनलाई साउदीले देशको सबैभन्दा उच्च नागरिक सम्मान ‘किंग अब्दुलअजीज मेडल अफ एक्सीलेंस’ बाट सम्मानित गरेको छ ।

Advertisement
Advertisement

यो सम्मान साउदी अरबको सर्वोच्च राष्ट्रिय पुरस्कार हो, जुन विदेशी नेताहरु र प्रमुख हस्तिहरुलाई दिने गरिएको छ । आसिम मुनीर अहिले साउदी अरबको औपचारिक यात्रामा छन् र यो सम्मान रोयल डिक्री अन्तर्गत दिइएको हो ।

पाकिस्तानी सेनाले यसलाई दुवै देशबीच गहिरो भाइचारको प्रतिक भनेको छ । साउदी अरबका रक्षा मंत्री खालिद बिन सलमानले एक तस्वीर शेयर गर्दै लेखेका छन्, ‘दुई पवित्र मस्जिदका संरक्षक किंग सलमान बिन अब्दुलअजीज अल साउदको निर्देशनमा मैले पाकिस्तानका आर्मी चीफ, फील्ड मार्शल आसिम मुनीरलाई हाम्रो सहयोगलाई बढाउन र साउदी–पाकिस्तानी सम्बन्धलाई अगाडी बढाउनमा उनका विशेष प्रयासहरुका लागि किंग अब्दुलअजीज मेडल अफ एक्सीलेन्ट क्लासबाट सम्मानित गरेको छु’ ।

साउदी नेतृत्वले आसिम मुनीरको पेशागत क्षमता, रणनीतिक सोच र दुवै देशकाबीच लामो समयदेखि रहिआएको भाइचारालाई बलियो बनाउने प्रयासहरुको प्रशंसा गरेका हुन् । मुनीरले पनि राजा सलमान र साउदी नेतृत्वलाई धन्यवाद दिए र यो सम्मान पाकिस्तान–साउदी अरबको अटूट सम्बन्धको प्रतिबिम्ब भएको भनेका छन्।

उनले साउदी अरबको सुरक्षा, स्थिरता र समृद्धिका लागि पाकिस्तानको प्रतिबद्धता दोहोर्याएका छन् । आसिम मुनीरको यो यात्राका क्रममा उनले साउदी रक्षा मंत्री प्रिंस खालिद बिन सलमान बिन अब्दुलअजीज अल साउदसंग पनि द्विपक्षिय वार्ता गरे ।

सो बैठकमा दुवै पक्षले आपसी हित, क्षेत्रीय सुरक्षा स्थिति, रक्षा र सैन्य सहयोग, रणनीतिक साझेदारी र बदलिदो भू–राजनीतिक चुनौतिहरुमा चर्चा गरे । यो वार्ताले दुवै देशकाबीच बढीरहेको सैन्य र रक्षा सम्बन्धहरुलाई दर्शाएको छ ।

साउदी अरबको यो सम्मान कुनै साधारण खालको होइन । राजा अब्दुलअजीज मेडल साउदी अरबको सबैभन्दा प्रतिष्ठित नागरिक पुरस्कार हो, जुन कूटनीतिज्ञ, सैन्य वा रणनीतिक योगदानका लागि दिने गरिएको छ ।

पाकिस्तान र साउदी अरबका बीच दशकौं पुरानो गहिरो सम्बन्ध छ । साउदी अरब पाकिस्तानको ठुलो आर्थिक र सैन्य सहयोगी हो । मुनीरको नेतृत्वमा पाकिस्तानी सेनाले साउदी अरबको सुरक्षामा महत्वपूर्ण भूमिका निभाएको छ, खासगरी यमन संकट र क्षेत्रीय स्थिरतामा ।

पाकिस्तानी सैनिक साउदी अरबमा तैनाथ रहेका छन् र संयुक्त अभ्यास गर्दै आएका छन् । यस्तै मध्य पूर्वमा ईरानको बढ्दो प्रभाव र हथी विद्रोहिहरुको हमलका बीच साउदी अरबले पाकिस्तानलाई रणनीतिक साझेदार मान्दछ ।

मुनीरको रणनीतिक सोच र पाकिस्तानी सेनाको पेशागत क्षमताको साउदी नेतृत्वले खुलेर प्रशंसा गर्ने गरेको छ । दुवै देश आतंकवाद विरोध र क्षेत्रीय शांतिमा एकजुट छन् । अर्कातर्फ साउदी अरबले पाकिस्तानलाई अर्बौ डलरको ऋण र लगानी पनि गर्दै आएको छ ।

पाकिस्तानको अर्थव्यवस्थामा साउदीको सहयोग महत्वपूर्ण मानिन्छ । साथै दुवै देश इस्लामी विश्वका प्रमुख सदस्य हुन् । मुनीरले साउदी अरबको पवित्र स्थलहरुको सुरक्षाका लागि पाकिस्तानको प्रतिबद्धता जनाएका छन्, जसले साउदी नेतृत्वलाई निकै प्रभावित बनाएको छ ।

मुनीरको साउदी यात्रा र रक्षा मंत्रीसंगको भेटवार्ताबाट स्पष्ट हुन्छ कि दुवै देशले रक्षा सहयोग बढाइरहेका छन् । यो सम्मान मुनीरको व्यक्तिगत र संस्थागत स्तरमा साउदी नेतृत्वसंगको राम्रो सम्बन्धको नतिजा पनि हो ।

आसिम मुनीरले यो सम्मान पाउनु पाकिस्तानका लागि पनि गर्वको विषय हो । यसले पाकिस्तानी सेनाको अंतर्राष्ट्रिय छविलाई पनि बलियो बनाएको छ । मुनीरले हालै फील्ड मार्शलको र्यांक प्राप्त गरेका छन्, जुन पाकिस्तानमा दुर्लभ मानिन्छ ।

साउदीका तर्फबाट दिइएको यो सम्मानले उनका उपलब्धिहरुलाई थप बढाएको छ । पाकिस्तान–साउदी संबंध सधैं नै बलियो रहेको छ, तर मुनीरको कार्यकालमा यो थप गहिरो भएको हो ।

जसले दुवै देशको रणनीतिक साझेदारी, आगामी दिनमा रक्षा र आर्थिक सहयोग थप बढ्ने विश्वास गरिएको छ । आसिम मुनीरको यो उपलब्धि पाकिस्तानी सेना र देशका लागि नयाँ खुसीको खबर हो । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि ह्वाइट हाउसमा बोलाइर मुनीरलाई सम्मान दिएका थिए ।

Advertisement

भर्खरको समाचार

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

सम्बन्धित खबरहरु

Scroll to Top