×

NEPAL TIMES UPDATES

Playing
Israel–Lebanon बीच वासिंगटनमा वार्ता, रोकिएला यु द्ध ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुजमा १०,००० बढी अमेरिकी से*ना तैनाथ, सी ले दिए ४ बँुदे शान्ति प्रस्ताव|| Nepal Times
Apr 15, 2026
Playing
दीपक खड्काको फाइल अब अख्तियारमा || Nepal Times
Apr 15, 2026
Playing
देउवा, ओली, प्रचण्ड अनि बालेनमा को धनी ?|| Nepal Times
Apr 15, 2026
Playing
सरकारको १८ बुँदे प्रतिवद्धतामा प्रतिपक्ष दल के भन्छन् ?#balen #ashika #nepal || Nepal Times
Apr 15, 2026
Playing
५ वर्षमा १५ लाख रोजगारी र एआई निर्यातसहितका १४ राष्ट्रिय प्रतिबद्धता|| Nepal Times
Apr 15, 2026
Playing
सीमा नाघेर गतिविधि नगर्न देउवा पक्षलाई गगनको चेता*वनी, पूर्णबहादुरको काउन्टर|| Nepal Times
Apr 14, 2026
Playing
एमसीसी र बीआरआईको सन्तुलन नमिलाए बालेन सरकारलाई कठिन || Nepal Times
Apr 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-01-2083 || Nepal Times
Apr 14, 2026
Playing
‘नेपाललाई बफर स्टेट होइन, भाइब्रेन्ट ब्रिज बनाउने’ भारतसँग जलमार्ग, चीनको बन्दरगाह उपयोग
Apr 14, 2026

’रास्वपा–बालेन’ ७ बुँदे सहमतिपछि के भने रवि र बालेनले ?

१३ पुष २०८२

१३ पुष , काठमाण्डौ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहबीच बृहत् एकता सम्बन्धी ७ बुँदे सहमति भएको छ । आज बिहान भएको सहमति अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने नै रहने छन् भने आसन्न प्रतिनिधि सभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा बालेन शाहलाई रास्वपाबाट अघि सारिने भएको छ ।

Advertisement
Advertisement

यो सहमतिसँगै रास्वपा सभापति रवि लामिछानेले सामाजिक सञ्जालमार्फत भनेका छन्, ’सहमति भनेको नेताले खोजेको जस्तो होइन, देशलाई चाहिएको जस्तो हुनु पर्छ।’ यस्तै बालेन शाहले पनि रवि लामिछानेसँगको फोटो शेयर गर्दै ’शुभप्रभात’ लेखेका छन् ।

उनीहरुबीच एउटै टेबलमा हस्ताक्षर भएको छ । सहमतिपछि उनीहरुले एकअर्कालाई अंगालो हालेका थिए । आगामी निर्वाचनमा एक भएर लड्ने उद्देश्यसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनबीच सहमति भएको छ।

आइतबार बिहानै २ जनाले सातबुँदे सहमतिपत्रमा हस्ताक्षर गरेका छन्। जसमा दुई पक्षबीच एकता भएपछि दलको नाम साविकको राष्ट्रिय स्वतन्त्र पार्टी तथा सभापति पनि लामिछाने नै रहने तर आगामी निर्वाचनमा बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने सझदारी छ।

‘पहिलो पक्ष र दोस्रो पक्षबीच बृहत् एकता भएपश्चात् स्थापित हुने राजनीतिक दलको नाम राष्ट्रिय स्वतन्त्र पार्टी, दलको झण्डा साविककै निलो पृष्ठभूमिको मध्य भागमा सेतो रङको गोलाकार बीचमा निलो रङको घण्टीको आकृति, दलको चुनाव चिह्न ’घण्टी’ र केन्द्रीय कार्यालय काठमाडौँ उपत्यकामा रहने’, ‘सहमपति पत्रमा भनिएको छ, राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र आसन्न प्रतिनिधि सभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह हुने।’

रास्वपा सभापति रवि लामिछाने र काठमाडौँ महानगरका मेयर बालेन शाहबिच साँत बुँदे सहमति भयो तर पछिल्लो समय एकताका लागि निरन्तर सम्बादमा रहेका उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ भने सहमतिमा छुटेका छन् ।

रास्वपा र बालेन दुबैसँग निरन्तर सम्बादमा रहे पनि कुलमान आफ्नो पार्टीको अस्तित्व मेटिने गरी एकता नगर्ने बताउँदै आएका थिए । तीन नेताबीच शक्ति बाँडफाँडमा सहमति नहुँदा घिसिङ यो एकता प्रक्रियाबाट बाहिरिएका छन्।

यसले रवि, बालेन र कुलमानको एउटै शक्ति बनाउने प्रयास असफल भएको छ। तीन नेताबीच वृहत एकताको लागि गएराति बालुवाटारको एक घरमा लामो छलफल चलेको थियो।

घिसिङ र बालेन शाहबीच छलफल चलिरहेको ठाउँमा रास्वपा सभापति रवि लामिछाने प्रवेश गरेपछि तीन नेताबीच शक्ति बाँडफाँडमा कुराकानी चलेको थियो। तर, छलफलमा पार्टीको नाम, चुनाव चिह्न, सभापति सबै रास्वपाबाट हुने, बालेन प्रधानमन्त्रीको उम्मेदवार बन्ने भएपछि घिसिङ यो एकता प्रक्रियामा सहमत नभएका स्रोतले जनाएको छ।

पुस ४ गते जेलबाट रिहा भएलगत्तै लामिछानेले २१ फागुनको चुनावअघि नै वैकल्पिक शक्ति निर्माण गर्ने भन्दै काठमाडौँ महानगरका प्रमुख बालेनसँग एकताका लागि छलफल सुरु गरेका थिए।

पुस ७ गते विघटित प्रतिनिधि सभामा रास्वपाका सांसद असीम शाहको कमलपोखरीमा रहेको घरमा रवि र बालेनबीच करिब ६ घण्टा छलफल भएको थियो। यो छलफलमा रविले बालेनलाई साधारण सदस्य भएर रास्वपा प्रवेशको प्रस्ताव राख्दै चुनाव जितेपछि सबै कुरा मिलाएर जाने आश्वासन दिए।

वैकल्पिक शक्ति निर्माण गर्ने भनेर भएको यही भेटवार्तामा बालेनले भने शक्ति बाँटफाँटको विषय उठाउँदै रवि पार्टी सभापति रहने भए प्रधानमन्त्रीको उम्मेदवार आफूलाई बनाउन प्रस्ताव गरेका थिए।

तर रविले शक्ति बाँडफाँटको प्रस्तावमा स्पष्ट जवाफ नदिएपछि बालेनले मिल्न नसकिने निष्कर्ष निकाल्दै पुस ८ गतेदेखि आफ्नै देश विकास पार्टी अगाडि बढाउने कसरत थाले।

त्यसै क्रममा बालेनले राजनीतिक–सामाजिक अगुवादेखि नीजि क्षेत्र र जेनजी प्रतिनिधिहरूसँग छुट्टाछुट्टै भेटवार्ता गरे। बालेनले आफ्नै पार्टी अगाडि बढाउन खोजेको चाल पाएपछि रविले फेरि उनीसँग छलफल अगाडि बढाए।

१० पुसमा रवि र बालेनबीच फेरि लामो छलफल भयो, जसमा रवि बालेनलाई आफूपछिको वरीयतामा राखेर प्रधानमन्त्रीको उम्मेदवार बनाउन तयार भए। त्यसपछि बलेनका दुई जना र रविका दुई जना रहेको कार्यदलले एकता सम्झौताको दस्तावेज तयार पार्न थाल्यो।

तर रविले बालेन र कुलमानलाई मिलाएर एउटै शक्ति बनाउने भने पनि जेलबाट छुटेपछि कुलमानसँग भेट गरेका थिएनन्। रविले बालेनसँग मात्रै छलफल गरेको, एकताको गृहकार्य गर्न बनाएको कार्यदलमा आफ्ना मान्छे नराखेको र शक्ति बाँडफाँट गर्न पनि तयार नभएपछि कुलमानले शनिबार आफ्नो अस्तित्व गुमाएर रास्वपामा बिलय हुन नजाने निर्णय गरे।

अर्कोतिर कुलमानलाई मनाउने बालेनको प्रयास भने जारी थियो। शनिबार बिहानै कुलमानलाई भेटेका बालेनले साँझ फेरि वार्ता गरे। दिउँसो आफ्नो अस्तित्व गुमाएर रास्वपा र बालेनसँग नमिल्ने उनेपाको निर्णय आएपछि रवि फेरि सक्रिय भएका थिए।

साँझ बालेन र कुलमान छलफल भइरहेको बालुवाटारस्थित घरमा रविको पनि प्रवेश भयो। तर निर्णायक भनिएको त्यो छलफलमा पनि सहमति हुन सकेन। रवि, बालेन र कुलमानबीच त्रिपक्षीय छलफल भएको यो नै पहिलो पटक थियो।

तर, त्यो छलफलमा तीन नेताबीच शक्ति बाँडफाँडमा सहमति नहुँदा कुलमान यो एकता प्रक्रियामा सहभागी भएनन्। छलफलमा कुलमानले पार्टीको नाम र चुनाव चिह्न आफ्नो दलको स्वीकारे अध्यक्ष र प्रधानमन्त्री दुवै पद आफूलाई नचाहिने बताएका थिए।

तर, कुलमानको यो प्रस्तावमा रवि र बालेन सहमत नभएपछि कुलमान यो एकतामा सहभागी भएनन्। घिसिङले कसैको अस्तित्व समाप्त पारेर एकता सम्भव नहुने सार्वजनिक रुपमा बताएका थिए ।

शनिबार उज्यालो नेपाल पार्टी नुवाकोट–काठमाडौँ सम्पर्क मञ्चद्वारा काठमाडौँको बौद्धमा आयोजित उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री घिसिङले भने, ‘एकताको अर्थ अरूलाई समाप्त गर्नु होइन’, उनले भने, ‘सबैको अस्तित्व स्वीकार गर्दै, सबैलाई सम्मान हुने गरी अघि बढ्नु नै साँचो एकता हो ।’

Advertisement

कुलमानको यही उज्यालो नेपाल स्वीकार गनुपर्ने अडानका कारण अन्ततः बालेन र रविबीच मात्रै ७ बुँदे सहमतिमा हस्ताक्षर भएको छ ।

भर्खरको समाचार

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

सम्बन्धित खबरहरु

Scroll to Top