×

NEPAL TIMES UPDATES

Playing
रास्वपा,कांग्रेस र एमालेबाट को–को बन्दैछन् समानुपातिक सांसद ? || Nepal Times
Mar 13, 2026
Playing
कहाँ बस्छन् बालेन सरकारका मन्त्री, यस्तो छ मन्त्री निवासको अवस्था || Nepal Times
Mar 13, 2026
Playing
World News: दुबईमा खस्यो ड्रो*न,Americaलाई UAEले पनि पत्याएन, हर्मुज नखुल्ने|| Nepal Times
Mar 13, 2026
Playing
बालेनका लागि रास्वपाले विधान नै फेर्ने, के छ अवरोध ? || Nepal Times
Mar 13, 2026
Playing
लौरो टेकेका बालेनको घण्टी बजाउँदै सिंहदरबार यात्राःआशाको अग्निप रीक्षा|| Nepal Times
Mar 13, 2026
Playing
इरानले दियो जवाफ, अमेरिकी यूएसएस अब्राहम लिंकनमाथि ह म ला || Nepal Times
Mar 13, 2026
Playing
Top 15 Afternoon News || March-13-2026 || Nepal Times
Mar 13, 2026
Playing
कति सुरक्षित छन् विदेशमा नेपाली श्रमिक?|| Nepal Times
Mar 13, 2026
Playing
खाने तेल लिटरको ५० रुपैयाँसम्म महँगियो|| Nepal Times
Mar 13, 2026
Playing
कुमार पौडेल ‘इ न्काउ ण्टर’प्रकरणः सीडीओसहित १० जनाविरुद्ध अनुशन्धान हुने || Nepal Times
Mar 13, 2026

सोमालील्यान्डलाई स्वतन्त्र राज्यको मान्यता दिने इजरेल पहिलो देश

१३ पुष २०८२

१३ पुष , काठमाण्डौ ।

आफ्नै छेउमा रहेको प्यालेस्टाइनलाई छुट्टै राज्य अस्वीकार गर्दै अर्को राज्य लेबनानसम्ममा आक्रमण जारी राखेको इजरायलले सोमालिल्याण्डलाई भने एक स्वतन्त्र राज्यको मान्यता दिने घोषणा गरेको छ ।

यससंगै सोमालियाबाट छुट्टिन खोजेको प्रान्त सोमालील्यान्डलाई स्वतन्त्र राज्यको रूपमा औपचारिक मान्यता दिने पहिलो देश बनेको छ । यो घटनापछि युरोपेली संघले शनिबार सोमालियाको भौगोलिक अखण्डताको सम्मान गर्नुपर्ने माग गरेको छ ।

इजरायलको यो कदमलाई एक दिनअघि नै अन्तर्राष्ट्रिय रूपमा निन्दा गरिएको छ । अफ्रिकी र मध्यपूर्वका धेरै राष्ट्रहरूले सोमालियाको सीमालाई एकतर्फी रूपमा परिवर्तन गर्न नसकिने अडान दोहो¥याइरहेका छन् ।

युरोपेली संघका विदेश मामिलाका प्रवक्ता अनौवार एल अनौनीले यो ब्लकले भने, “फेडेरल रिपब्लिक अफ सोमालियाको एकता, सार्वभौमिकता र भौगोलिक अखण्डताको सम्मान गर्नुको महत्त्वलाई पुनः पुष्टि गर्छ ।”

“यो सम्पूर्ण हर्न अफ अफ्रिका क्षेत्रको शान्ति र स्थिरताका लागि महत्त्वपूर्ण छ,” प्रवक्ताले वक्तव्यमा भने, “युरोपेली संघले सोमालील्यान्ड र सोमालियाको फेडेरल सरकारबीच लामो समयदेखिका मतभेदहरू समाधान गर्न सार्थक संवादको प्रोत्साहन गर्छ ।”

यता सोमालिया सरकारले इजरायलको घोषणाप्रति आक्रोश व्यक्त गर्दै यसलाई आफ्नो सार्वभौमिकतामाथिको प्रत्यक्ष आक्रमण भनेको छ । मोगाडिसुका अधिकारीहरूले यसलाई अवैध र उद्देश्यपूर्ण प्रयास भन्दै वैधानिकता दिने प्रयत्नविरुद्ध कूटनीतिक तथा कानुनी उपायहरू अपनाउने बताएका छन् ।

राष्ट्रपति हसन शेख मोहामुदले इजरायलले अन्तर्राष्ट्रिय मान्यताहरू उल्लंघन गरेको आरोप लगाउँदै सोमालील्यान्ड सोमालियाको अभिन्न अङ्ग नै रहेको अडान व्यक्त गरेका छन् । धेरै सरकार र क्षेत्रीय संस्थाहरूले पनि इजरायलको कदमलाई तत्कालै अस्वीकार गरेका छन् ।

इजिप्ट, टर्की, जिबुटी र खाडी सहयोग परिषद्का सदस्यहरूले मान्यताको निन्दा गर्दै यसले हर्न अफ अफ्रिका र लाल सागर कोरिडोरलाई अस्थिर बनाउने खतरा रहेको चेतावनी दिएका छन् ।

अफ्रिकी संघ र पूर्वी अफ्रिकी ब्लक आईजीएडीले सोमालियाका सीमाहरू अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त र एकतर्फी रूपमा परिवर्तन गर्न नसकिने आफ्नो पुरानो अडान दोहो¥याएका छन् ।

नाइजेरिया र मध्यपूर्वका धेरै राज्यहरूले पनि पृथकतावादी क्षेत्रहरूलाई मान्यता नदिन देशहरूलाई आग्रह गर्दै वक्तव्य जारी गरेका छन् । २० भन्दा बढी राष्ट्रहरू र इस्लामिक सहयोग संगठनको संयुक्त घोषणाले क्षेत्रीय तथा वैश्विक सुरक्षाका लागि गम्भीर परिणामहरू आउन सक्ने चेतावनी दिएको छ ।

अमेरिकाले पनि सोमालील्यान्डसहितको सोमालियाको भौगोलिक अखण्डता मान्यता दिने नीति कायम राख्ने बताएको छ । तर इजरायल भने अमेरिकाको पनि विपरित गएको हो ।

इजरायलले यो कदमलाई अब्राहम एकोड्र्सबाट प्रेरित विस्तारित साझेदारी सञ्जालको भाग भनेको छ, जसले सन् २०२० देखि इजरायल र धेरै अरब तथा मुस्लिमबहुल राज्यहरूबीच कूटनीतिक र आर्थिक सम्बन्धका माध्यमहरू खोलेको छ ।

अब्राहम एकोड्र्स मुख्य रूपमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहिलो कार्यकालमा हस्ताक्षरित र वाशिङ्टनको मध्यस्थतामा भएका थिए । तर, यस वर्षको सुरुआतमा ट्रम्प ह्वाइट हाउसमा दोस्रो कार्यकालका लागि फर्किएपछि पनि कुनै नयाँ अरब देशहरू एकोड्र्समा सामेल भएका छैनन् ।

गाजामा चलिरहेको युद्धले सम्भावित सम्झौताहरूलाई जटिल बनाएको छ । सोमालील्यान्ड सन् १९९१ देखि आफ्नै संस्था, मुद्रा र सुरक्षा बलसहित डी–फ्याक्टो राज्यका रूपमा सञ्चालन हुँदै आएको छ ।

इजरायलको मान्यताले दशकौँको कूटनीतिक एकान्तवास तोड्ने र अन्य देशहरूलाई पछ्याउन प्रोत्साहित गर्ने अपेक्षा गरिएको छ ।

भर्खरको समाचार

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

कोमामा रहेका भनिएका खामेनीले रगतको बदला लिने,होर्मुज’को अवरोध नखुल्ने

trump khameni missiel

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

सम्बन्धित खबरहरु

Scroll to Top