प्रदेश नामाकरणबारे सांसदहरूको छलफल,इटहरीलाई निधो गर्दा उपयुक्त हुने तर्क

इटहरी, असोज २१
नागरिक समाजको अगुवाइमा शनिबार इटहरीमा प्रदेश एकको नाम के उपयुक्त हुनसक्छ भन्ने विषयमा प्रदेश सांसदहरूबीच बृहत अन्तरक्रिया एवं छलफल सम्पन्न गरेको छ ।

प्रदेशको उपयु्क्त नाम तोकिँदा पहिचान, इतिहास, संस्कृति, भूगोल अन्य महत्वपूर्ण विषय र सबै नागरिकले उपयुक्त ठहर गरेको शब्दावलीलाई लिनुपर्नेमा विषयविज्ञ वक्ताहरूले आ–आफ्नो तर्क प्रस्तुत गरेका थिए ।

उक्त अन्तरक्रियात्मक कार्यक्रममा प्राज्ञ उपानाथ रिजाल, सञ्चारकर्मी जनकऋषि राई, अध्ययता मोहन तिम्सिना, विजय लिम्बू र सत्यनारायण राजधामीले प्रदेश नं १ को नाम कोशी, सगरमाथा, चोमोलोङमा, किरात, थरूहट आदि राख्न उपयोगी हुने तर्क एवं सान्दर्भिकता हुने जिकिर गरेका छन् ।

Advertisement

प्रदेश नं. १ का उपसभामुख सरस्वती पोखरेलको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा सांसदहरू सर्वध्वज साँवा, सावित्री श्रेष्ठ, तुलसीप्रसाद न्यौपाने, राजन राई, लिलम बस्नेत, वसन्तदेवी चौधरी, बीना राईलगायतको सहभागिता रहेको थियो ।

उक्त अवसरमा सांसदहरूले प्रदेशको नामसँगै प्रदेश नं. १ को राजधानी इटहरीलाई केन्द्रविन्दुमा राखेर निधो गर्दा उपयुक्त हुने तर्कसमेत अघि सारिएका थिए ।
रासस

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top