×

NEPAL TIMES UPDATES

Playing
बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र|| Nepal Times
Apr 16, 2026
Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-02-2083 || Nepal Times
Apr 15, 2026
Playing
संसदको पहिलो अधिवेशन : बालेनको मौनता र नयाँ सांसदको चकचक || Nepal Times
Apr 15, 2026
Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज खोल्ने युरोपको ब्लू प्रिंट तयार, अमेरिका माइनस, चीन–भारतलाई निम्तो || Nepal Times
Apr 15, 2026
Playing
बाबुरामको प्रलोपा ६ महिनामै छिन्नभिन्न || Nepal Times
Apr 15, 2026
Playing
पूर्णबहादुरलाई सोधियो ७ दिने स्पष्टीकरण, खड्काले जवाफ नै नदिने || Nepal Times
Apr 15, 2026

देउवाको ज्यान जेनजीले नै बचाएका थिए..

१६ पुष २०८२

१६ पुस , काठमाण्डौ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भदौ २४ गते जेनजी आन्दोलनका क्रममा आफूमाथि आक्रमण हुँदा जेनजीले नै बचाएको खुलासा गरेका छन् । सो घटनाको ११२ दिनपछि देउवाले मुख खोलेका हुन् ।

Advertisement
Advertisement

देउवाले मंगलबार केही पत्रकारसँग संवाद गरेका थिए । सो क्रममा यतिका दिनसम्म केही नबोलेका उनले आफूमाथि भएको आक्रमणबारे बताएका हुन् । संवादमा देउवाले आफू र आफ्नो परिवारसहित कांग्रेसमाथि भएका आक्रमण पूर्वनिर्धारित र नियोजित भएको जिकिर गरे ।

तर हुलमुलमा छिरेका जेनजीले नै आफूहरूको ज्यान जोगाएको पनि सविस्तार लगाए । उनले कांग्रेस पार्टी र कांग्रेसका नेता तथा निजी सम्पत्तिमा सबैभन्दा धेरै आक्रमण हुनुलाई नियोजित भनेका हुन् ।

“किसुनजीका आश्रममा आक्रमण भएको छ र सुराही पनि फुटाइएको छ, लोकतन्त्र–निष्ठावादी किसुनजीका आश्रम र सुराहीमाथि आक्रमण भएको छ,” देउवाले प्रश्न गरे, “भ्रष्टाचारविरोधी सुशासन पक्षधर अभियन्ताले त्यसरी आक्रमण गर्न सक्छ र ?” उनले दाबी गर्दै भने, “कांग्रेसमाथि नियोजित आक्रमण भएको थियो । त्यो आक्रमण जेनजीको थिएन । बरु हुलमुलमा छिरेका जेनजीहरूले हाम्रो ज्यान बचाएका हुन् ।”

देउवाले आफूहरूको ज्यान सुरुमा मानवीयता भएका जेनजीहरू र त्यसपछि सुरक्षाकर्मीको जिम्मेवार कदमबाट मात्र जोगिएको बताए । उनले सेनाको हेलिकोप्टरबाट उद्धार गर्नसमेत अवरोध गरेको र आफूहरूलाई मार्ने षड्यन्त्रमा नेपाली सेनाको टोलीले आफ्नो ज्यान नै हत्केलामा राखेर सुरक्षा प्रदान गरेको बताए ।

दिनभर पैदल, सवारी र हेलिकोप्टर कतैबाट पनि उद्धार गर्न सम्भव नभएपछि रातिमात्र आफूहरूलाई सेनाको टोलीले उद्धार गरेको उनको भनाइ छ । आफ्नो ज्यान जोगाउन जेनजीहरू आएको घटना सुनाउँदै गर्दा देउवाले पञ्चायतकालमै आफूहरुलाई नवलपरासीको सुरजपुरामा घरमा थुनेर आगो लगाएको घटना र कैलालीमा माओवादीहरूबाट भएको आक्रमणजस्तै भएको बताए ।

नियत सिध्याउने नै भए पनि संयोग अर्कै जुरेर आफ्नो ज्यान जोगिएको उनले स्मरण गरे । सुरजपुरा घटनाका बेला आफ्नो ओठमा लागेको चोट अझै नपुरिएको पनि उनले सुनाए । आफू पटक–पटक आक्रमणमा परे पनि त्यसरी आक्रमण गर्नेहरूमाथि प्रतिशोध साँधेर कहिल्यै नहिँडेको र अब पनि नहिँड्ने उनको भनाइ थियो ।

जेनजी प्रदर्शनमा आक्रमणको पहिलो तारो कांग्रेस बनेको उनले बताए । करिब ६० प्रतिशत आक्रमण कांग्रेस नेता र कांग्रेसका घरमा भएको भन्दै सुशासनको नारा र आक्रमण फरक–फरक भएको उनको बुझाइ छ ।

“लोकतन्त्रका पक्षमा रहेका र सुशासन चाहने जेनजीले नेपालको लोकतन्त्रीकरणका योद्धा कोइराला निवासमा आगो लगाउन सक्छन् र ? म यस्तो परिकल्पना गर्दिन,” देउवाले भने, “भ्रष्टाचारविरुद्ध आन्दोलन गर्नेले सन्त नेता किसुनजीको सुराही फुटाउँछन् ? आश्रममा आगो लगाउँछन् ?”

यी सबै तथ्यले लोकतान्त्रिक शक्तिमाथि आक्रमण गर्ने नियोजित षड्यन्त्र जेनजीको बहानामा निस्किएको निष्कर्षमा उनी छन् । त्यस्ता तत्वहरूको खोजी हुन नसक्नुले चिन्ता बढाएको उनको भनाइ छ ।

देउवाले एमालेमा ओली र निकटहरूका घर लक्षित आक्रमण भएको, माओवादीमाथि छिटफुट मात्र आक्रमण भएको बताए । देउवाले भनेजस्तै राजावादी, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीमाथि कतै पनि आक्रमण भएको थिएन ।

नेताका घर, सरकारी कार्यालय र नेपालको धरोहर नष्ट गर्ने नियोजित षड्यन्त्रमा को–को संलग्न छन् भन्ने गहिरो अनुसन्धान होस् भन्ने पक्षमा देउवा छन् । “जेनजीहरूले उठाएका माग त सकारात्मक थिए । पार्टीहरूमा पनि उठिरहेका विषय थिए, त्यसको सम्बोधन जरुरी भइसकेको थियो,” देउवाले भने, “तर, एकै दिन देशभर एकै प्रकारका आक्रमण जेनजीहरूले गर्न सक्छन् ? ममाथि आक्रमण हुँदा जोगाउने जेनजीहरूजस्तै देशभरका जेनजीहरू त्यस दिनको घटनाबाट मर्माहत भएका हुनुपर्छ ।”

यस्तै मंगलबारको संवादमा देउवाले पार्टीको महाधिवेशन र आगामी सभापतिका बारेमा पनि आफ्नो धारणा सुनाए । उनले पार्टीको १५औं महाधिवेशनमा कार्यवहाक सभापति पूर्णबहादुर खड्कालाई नै सहयोग गरेर अघि बढ्ने बताए ।

पार्टीको उपसभापति भइसकेको र अहिले कार्यवाहक पनि चलाइरहेको बताउँदै देउवाले खड्कालाई नै आफूले सहयोग गर्ने स्पष्ट पारेका हुन् । ‘मैले पूर्णबहादुरलाई नै सहयोग गर्छु । अरूलाई पनि भन्ने गरेकै छु । उपसभापति हो । अहिले कार्यवाहक पनि उसैले चलाइरहेको छ,’ देउवाले सञ्चारकर्मीहरूसँगको कुराकानीमा भने ।

उनले अब आफू सभापतिको उम्मेदवार हुन नमिल्ने बताउँदै पछि सभापति हुनेले आवश्यक ठान्दा र माग्दा सल्लाह भने दिने बताए । ‘हाम्रोमा तीन पटक सभापति हुन मिल्दैन भनेर विधानमै उल्लेख गरेको छ । म हुँदिनँ पनि । पार्टीको चिन्ता धेरै लाग्छ नि, लागेर के गर्नु?’ उनले भने, ‘पछि पनि सभापति हुनेले सल्लाह लिन चाहे भने सल्लाह दिन्छु । सल्लाह नचाहिए दिने कुरा भएन ।’

देउवाले डा. शेखर कोइराला र महामन्त्री गगन थापा पनि सभापतिको उम्मेदवार हुने भन्ने जानकारी आफूले पाएको बताए । ‘शेखरले त अहिलेसम्म म सभापतिको उम्मेदवार हुँदैछु, सहयोग गर्नुस् भन्नु भएको छैन । बाहिर सुनेको छु,’ उनले थपे, ‘गगन र विश्व चाहिँ आउनु भएको थियो । मैले अहिले पूर्णबहादुरलाई नै सहयोग गर्छु भनेँ।’

यसबारे उनीनिकटका अर्का नेताले पनि देउवाले आफूकहाँ आउने नेताहरूलाई सभापतिमा पूर्णबहादुरलाई नै सहयोग गर्ने वचन दिएको बताउने गरेका छन् । यस्तै उनले नियमित महाधिवेशनकै तालिका ल्याइसकेपछि विशेषको बहस उपयुक्त नहुने पनि तर्क गरे ।

उनले फागुन २१ गते चुनाव हुने भइसकेपछि त्यसअघि पार्टी महाधिवेशन सम्भव नभएको पनि बताए । ‘निर्वाचनअघि पार्टी महाधिवेशन गर्न समस्या होइन । तर, अधिवेशनमा हारेको मान्छेसँग रिसिवी बाँकी नै हुन्छ,’ उनले भने, ‘माघमा महाधिवेशन गरेर फागुनमा चुनावमा जान सकिँदैन नि ! यताको रिसले उता चुनाव हराउन लागिपर्छन् नि नेताहरू ।’

उनले थपे, ‘हाम्रो पार्टीमा कहिल्यै एकता कायम भएन, त्यता कसैको ध्यान छैन ।’ देउवाले महाधिवेशन गर्दा उपयुक्त हुन्छ भनेर आफूले असोज २८ गतेदेखि कार्यवाहक दिएको पनि बताए । उनले थपे,’ नियमित समयमै महाधिवेशन हुनुपर्ने हो तर भएन । मैले के गर्न सक्छु र ? अब विशेष चाहिँ सम्भव छैन ।

महामन्त्री गगन थापा फागुनको चुनावअघि नेतृत्व परिवर्तन गरेर मात्रै चुनावमा जानुपर्छ भनिराख्नुभएको छ नि भन्ने प्रश्नमा देउवाले भने– ‘विशेष महाधिवेशनमा गयो भने त्यसको विधि के हुने भन्ने स्पष्ट छैन । कसरी गर्ने, विशेष माग्नेहरूको विवरण रुजु गराउनै कति समय लाग्ला ? त्यसकारणले यो सम्भव छैन ।’ उनले थपे, ‘विशेष महाधिवेशन हुँदै हुँदैन । गर्ने नै हो भने गरे भैहाल्यो त ! मैले कार्यवाहक दिएकै छु । मैले रोक्ने कुरा चाहिँ हुँदैन ।’

संवादमा देउवाले फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा आफू डडेलधुराबाटै प्रत्यक्षतर्फ चुनाव लड्ने पनि बताए । ‘म प्रत्यक्ष चुनाव लड्छु । कसैले समानुपातिक बस पनि भनेका थिए,’ उनले भने, ‘म विगतको समय त्यति प्रतिकूल हुँदा त चुनाव लडेर जितेर आएको मान्छे, अब विश्राम लिनुअघि पनि प्रत्यक्ष नै लड्छु नि !’

यस्तै माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनबारे गठबन्धन गर्नेबारे अहिल्यै कुनै निर्णय नभएको देउवाले जानकारी दिए । प्रतिनिधिसभा निर्वाचनमा गठबन्धन हुने सम्भावना नरहेको बताएका उनले राष्ट्रिय सभा निर्वाचनको विषयमा भने छलफलका लागि समय बाँकी नै रहेको बताए ।

‘राष्ट्रिय सभा निर्वाचनमा कसरी अघि जान सकिन्छ भनेर बुझ्दैछु । बल्ल यता समानुपातिकको कुरा टुंगियो,’ उनले भने । देउवाले देश चुनाव केन्द्रित भएको तर, सुरक्षाको प्रत्याभूति भने हुन नसकेको पनि जनाएका छन् ।

‘चुनाव त हुने भइहाल्यो । हामी चुनावबाट भाग्ने कुरा हुँदैन । समानुपातिकको बन्दसूची नै बुझाइसकियो’ उनले भने,’ तर नेताहरूको स्थान हद, विभिन्न धम्की र केही घटनाहरूले सुरक्षाको प्रत्याभूति भइसकेको देखिँदैन । सरकारले गर्छु भनिरहेको छ । हेरौँ ।’

Advertisement

भर्खरको समाचार

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

सम्बन्धित खबरहरु

Scroll to Top