नेपालले आज मुलपानी मैदानमा अमेरिकाको सामना गर्दै

२३ पुस ८२, बुधबार
Share this
677shares

२३ पुष , काठमाण्डौ ।

Advertisement

आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको तयारीमा रहेको नेपाली टिमले आज अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ । नेपाल क्रिकेट संघ क्यानका अनुसार नेपाल र अमेरिकाको खेल आज दिउँसो १ बजे मुलपानी क्रिकेट मैदानमा सुरु हुँदैछ ।

जनवरी १२ देखि फेब्रुअरी १ सम्म त्रिवि मैदान कीर्तिपुरमा हुने आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोटका लागि नेपाली टोलीको घोषणा भएको छ । क्यानले आइतबार इन्दु वर्माको कप्तानीमा १५ सदस्यीय खेलाडी टोलीको घोषणा गरेको हो ।

Advertisement

क्यानले दोस्रो चरणको बन्द प्रशिक्षण क्याम्पमा २० जना खेलाडीबाट अन्तिम १५ सदस्यीय टोलीको घोषणा गरेको हो । टोलीको उपकप्तानमा पूजा महतो तथा अन्य खेलाडीमा रुविना क्षेत्री, सिता रानामगर, विन्दु रावल, सम्झना खड्का, काजल श्रेष्ठ, कविता जोशी, कविता कुँवर, रचना कुमारी चौधरी, रिया शर्मा, रोमा थापा, सोमु विष्ट, राजमती ऐरि र मनीषा उपाध्याय छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले नेपालमा आयोजना गर्न लागेको महिला टी–२० विश्वकप छनोट खेल्नुअघि नेपालले अमेरिका, स्कटल्यान्ड र जिम्बाब्बेसँग प्रि सिरिज खेल्न लागेको हो । नेपालले शुक्रबार स्कटल्याण्ड र आगामी आइतबार जिम्माब्बेसँग खेल्नेछ ।

Advertisement

अर्को सातादेखि नेपालमा आयोजना गर्न लागेको महिला टी–२० विश्वकप छनोटमा नेपालले बंगलादेश, आयरल्यान्ड र जिम्बाब्वेको टिमसँग खेल्न लागेको छ । बंगलादेश, आयरल्यान्ड र जिम्बाब्वेको सिनियर टिमले पहिलो पटक नेपालमा खेल्नेछन् ।

कुनै पनि टेस्ट राष्ट्रको राष्ट्रिय टिमले नेपालमा खेल्न लागेको यो पहिलो पटक हुनेछ । विश्वमा अहिले टेस्ट क्रिकेटको मान्यता पाएका १२ देशमात्रै छन् । त्यसमध्येको अफगानिस्तानसँग महिला टिम नै छैन ।

विश्व नम्बर एक अष्ट्रेलियासँगै इंग्ल्यान्ड, भारत, न्युजिल्यान्ड, श्रीलंका, पाकिस्तान र वेस्ट इन्डिजले भने इंग्ल्यान्डमा हुने महिला टी–२० विश्वकपमा स्थान बनाएका छन् ।बंगलादेश, आयरल्यान्ड र जिम्बाब्वेको महिला टिमले भने विश्वकपमा पुग्नका लागि ग्लोबल क्वालिफायर खेल्नेछन् ।

अर्को हप्ता सुरू हुने त्यही ग्लोबल क्वालिफायरका लागि यी तीन टेस्ट राष्ट्रको महिला टिमले नेपालमा खेल्न लागेका हुन् । नेपाल र जिम्बाब्वेबीचको खेल माघ १० गते हुनेछ । यो नै नेपाली महिला टिमले टेस्ट खेल्ने देशको महिला टिमसँग घरेलु मैदानमा खेलेको पहिलो खेल हुनेछ ।

दुई समूहमा हुनेसमूह ‘ए’ मा बंगालदेश, आयरल्यान्ड, नामिबिया, पपुवा न्युगिनी र अमेरिका छ । यस्तै समूह ‘बी’ मा नेपाल, स्कटल्यान्ड, थाइल्यान्ड, नेदरल्यान्ड्स र जिम्बावे छन् । नेपालले आफ्नो पहिलो खेलमा १८ जनवरीमा थाइल्यान्डसँग माथिल्लो मुलपनी क्रिकेट मैदानमा खेल्नेछ ।

नेपालले पहिलोपटक विश्वकप एसिया छनोट पार गरेर ग्लोबल छनोटमा पुगेको थियो । यस प्रतियोगितामा दुवै समूहबाट शीर्ष ३ मा पर्ने टोलीहरू सुपर सिक्समा छनोट हुनेछन् । सुपर सिक्सबाट शीर्ष ४ टोलीहरू सन् २०२६ मा हुने महिला टी–२० विश्वकपमा छनोट हुनेछन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top