×

NEPAL TIMES UPDATES

Playing
संसदमा १२ सभापतिलाई तलब, घरभाडा सहित गाडीको सुविधा || Nepal Times
Apr 17, 2026
Playing
चीनतर्फ भारतको एप्पल पाटपुर्जा निर्यात कीर्तिमानी स्तरमा|| Nepal Times
Apr 17, 2026
Playing
आज महान आमाको मुख हेर्ने दिन
Apr 17, 2026
Playing
लेब*नान–इजरा*यल ऐतिहासिक १० दिने यु*द्धविराम, बेरु*तमा उत्सव|| Nepal Times
Apr 17, 2026
Playing
आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह|| Nepal Times
Apr 17, 2026
Playing
आमाप्रति श्रद्धाभाव गरेर औँसी मनाइँदै, थानकोटको मातातीर्थमा मेला || Nepal Times
Apr 17, 2026
Playing
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले गरे गाँ जा खोल्ने प्रस्ताव || Nepal Times
Apr 16, 2026
Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026

१ लाख ३३ हजार ९८० जनालाई जागिरको अवसर

२४ पुष २०८२

२४ पुष , काठमाण्डौ ।

नेपाल प्रहरी प्रधान कार्यालयले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ठूलो सङ्ख्यामा ‘निर्वाचन प्रहरी’ (म्यादी प्रहरी) को दरखास्त आह्वान गरेको छ । प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभागले बिहीबार एक सूचना जारी गर्दै कुल १ लाख ३३ हजार ९ सय ८० जना म्यादी प्रहरीका लागि भर्ना खोलेको हो ।

Advertisement
Advertisement

इच्छुक नेपाली नागरिकहरूले काठमाडौँ उपत्यकाका तीनवटा जिल्ला प्रहरी परिसर (काठमाडौँ, ललितपुर र भक्तपुर) तथा देशका सबै ७७ वटै जिल्ला प्रहरी कार्यालयहरूमा स्वयम् उपस्थित भई दरखास्त दिन सक्नेछन् ।

दरखास्त फाराम २०८२ पुस २६ गतेदेखि २०८२ माघ १ गतेसम्म बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म बुझाउन सकिनेछ । सार्वजनिक बिदाको दिनमा समेत दरखास्त बुझाउन सकिने छ ।

म्यादी प्रहरीमा भर्ना हुनका लागि १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको हुनुपर्नेछ । अर्थात २०२८÷१०÷०१ देखि २०६४÷१०÷०१ सम्म जन्ममिति भएकाले भर्ना हुन पाउनेछन्।

साधारण लेखपढ गर्न जान्ने, कुनै राजनीतिक दलको सदस्य नरहेको, नैतिक पतन देखिने फौजदारी अभियोगमा सजाय नपाएको र शारीरिक तथा मानसिक रूपमा स्वस्थ रहेका नेपाली नागरिकले आवेदन दिन सक्नेछन् ।

शारीरिक मापदण्डका हकमा पुरुषको उचाइ कम्तीमा ५ फिट २ इन्च, छाती ३१–३३ इन्च र तौल ५० केजी हुनुपर्नेछ । महिलाको हकमा उचाइ ५ फिट र तौल ४२ केजी हुनुपर्ने व्यवस्था गरिएको छ ।

भर्ना प्रक्रियामा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका पूर्व कर्मचारीहरू, पूर्व वन रक्षकहरू, विगतका निर्वाचनहरूमा म्यादी प्रहरीका रूपमा काम गरेका व्यक्तिहरू र विदेशी मित्र राष्ट्रका सुरक्षा निकायमा काम गरी सेवा निवृत्त भएका नेपाली नागरिकहरूलाई प्राथमिकता दिइने सूचनामा उल्लेख छ ।

यसका साथै, यसअघिका निर्वाचनमा म्यादी प्रहरीका रुपमा भर्ना भई सन्तोषजनक रुपमा काम गरेका व्यक्तिले पनि प्राथमिकता पाउनेछन् । ४० दिनको कार्यअवधि रहने म्यादी प्रहरीका लागि आकर्षक पारिश्रमिक र सुविधाको व्यवस्था गरिएको छ ।

जसअनुसार तलब प्रतिदिन ८६९ रुपैयाँ ४० पैसाका दरले ४० दिनको जम्मा ३४ हजार ७७६ रुपैयाँ तोकिएको छ । यस्तै रासन बापतको रकम सम्बन्धित जिल्लाको दररेट अनुसार व्यक्तिगत बैंक खातामा उपलब्ध गराइने छ ।

तयारी खर्च शिर्षकमा एकमुष्ट ८४६ रुपैयाँ, खाजा खर्चका लागि प्रतिदिन ३०० का दरले ४ दिनका लागि एकमुष्ट १२०० रुपैयाँ, पोसाक खर्चका लागि प्रहरी प्रधान कार्यालयले तोकेको दररेट बमोजिम दिइने छ ।

ड्युटीको क्रममा घाइते वा मृत्यु भएमा सरकारले तोके बमोजिमको क्षतिपूर्ति र बिमा सुविधा समेत उपलब्ध हुनेछ । दरखास्त दिएका उम्मेदवारहरूले २०८२ माघ ४ गते बिहान ११ बजे सम्बन्धित प्रहरी कार्यालयमा सम्पर्क राख्नुपर्नेछ ।

छनोट प्रक्रिया माघ ५ गतेदेखि ९ गतेसम्म सञ्चालन हुनेछ भने अन्तिम नतिजा माघ १२ गते प्रकाशन गरिनेछ । सफल उम्मेदवारहरूको तालिम माघ १५ गतेदेखि २४ गतेसम्म सञ्चालन हुने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

Advertisement

भर्खरको समाचार

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top