×

NEPAL TIMES UPDATES

Playing
मध्यपूर्वको यु द्ध ले नेपालीलाई पीडा, एक सिलिन्डर ग्यास पाउन महाभारत || Nepal Times
Mar 12, 2026
Playing
खेलकुदमा यु द्धको छायाः इरानले विश्वकप फुटबल नखेल्ने?|| Nepal Times
Mar 12, 2026
Playing
इरानले अमेरिकाभित्रै आक्र मण गर्न सक्ने,एफबीआईको सनसनीपूर्ण खुलासा|| Nepal Times
Mar 12, 2026
Playing
साउदीले १८ ड्रोन खसाल्यो, जब साउदीका आकाश ड्रोनले भरिए || Nepal Times
Mar 12, 2026
Playing
Top 15 Afternoon News || March-12-2026 || Nepal Times
Mar 12, 2026
Playing
सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अ प राधी ?|| Nepal Times
Mar 12, 2026
Playing
१६ वर्षसम्म उडान भरेको जहाज बुद्धले थन्क्यायो,ग्राउन्डेड जहाज के हुन्छ ?|| Nepal Times
Mar 12, 2026
Playing
निर्वाचनको हार ओलीले सम्मानका साथ स्वीकारे, अब नसच्याए सकिने || Nepal Times
Mar 12, 2026
Playing
इरान यु द्धको १२ औं दिनः चाडै यु द्ध अन्त्य हुने ट्रम्पको घोषण|| Nepal Times
Mar 12, 2026
Playing
शहबाज शरीफले पनि रवि र बालेनलाई दिए बधाई|| Nepal Times
Mar 12, 2026

भेनेजुएला र क्यूबा भएको ’भिसा बन्ड’ सूचीमा नेपाललाई किन राखियो ?

२४ पुष २०८२

२४ पुष , काठमाण्डौ ।

संयुक्त राज्य अमेरिकाले यसै महिनाबाट लागू हुने गरी ’टुरिस्ट’ वा ’बिज्नेस’ भिसाका लागि आवेदन गर्ने नेपालीहरूले ५ हजारदेखि १५ हजार अमेरिकी डलरसम्म धरौटी राख्नुपर्ने देशहरूको सूचीमा नेपाललाई राखेपछि विज्ञहरूले गम्भीरतापूर्वक त्यसको कारण खोजी गरिनुपर्ने बताएका छन् ।

अमेरिकी सरकारको वेबसाइट ’ट्राभल डट स्टेट डट गभ’मा मङ्गलवार राखिएको सूचनामा अफ्रिका, ल्याटिन अमेरिका र एशियाका ३८ देशलाई भिसाका लागि धरौटी बुझाउनुपर्ने देशहरूको सूचीमा राखिएको छ ।

त्यसमा पनि भेनेजुएला र क्यूबासहित दक्षिण एशियाका बाङ्ग्लादेश र भुटानसमेत रहेको उक्त सूचीमा नेपाललाई समेत अमेरिकाले राखेपछि विभिन्न आशंका गरिएको छ । यो विषयमा नेपाल सरकार वा अधिकारीहरूको औपचारिक प्रतिक्रिया भने आउँनै बाँकी छ ।

तर परराष्ट्र मामिलाका कतिपय जानकारहरूले भने अमेरिकाले नेपालबारे पछिल्लो नीति अख्तियार गर्नुको कारण खोजी गरिनुपर्ने बताएका छन् । नेपालले कूटनीतिक सम्बन्ध कायम गरेको दोस्रो मुलुक हो संयुक्त राज्य अमेरिका ।

यसलाई धेरैले आकाशे छिमेकी पनि भनेर चित्रण गर्छन । यो छिमेकीले अहिले अमेरिका जान चाहाने नेपाली नागरिकहरुलाई गरेको व्यवहार निकै गहिरो अर्थ लाग्ने कूटनीतिज्ञहरु बताउँछन् ।

हाल उक्त सूचीमा राखिएका भेनेजुएला र क्यूबाजस्ता देशसँग नेपालको तुलना नै हुन नसक्ने भन्दै अमेरिकी सरकारको कदमको पछाडि भूराजनीतिक आयामहरू पनि हुन सक्ने कतिपयको बुझाइ छ ।

केही भूराजनीतिका जानकारहरु भन्छन्, अहिलेको अमेरिकी राष्ट्रपतिलाई नेपालमा कम्युनिस्टहरू अलिकति बढे भन्ने लागेको हुन सक्छ । हाम्रो उत्तर (चीन)तर्फ बढी लसपस भयो भन्ने उनलाई लागेको हुन सक्छ।“

नेपालले आफूलाई त्यस्तो धरौटी तिर्नुपर्ने देशहरूमा राखिनुका कारणबारे अमेरिकी सरकारलाई सोध्नुपर्ने पनि केहीको सुझाव छ । अमेरिकी निर्णयले आप्रवासनलाई महङ्गो बनाउने र नेपालको छविमा पनि असर पार्ने देखिन्छ ।

अवैधानिक बाटोबाट जाने, अरू कुनै प्रयोजनमा गएर अमेरिकामा लामो समय बस्ने, यस्ता कुराहरू बाहिर आइरहेका छन् । त्यही भएर अमेरिकाले यस्तो नियम ल्याएको हुनसक्ने विज्ञहरुको अनुमान छ ।

यसबाट गरिब राष्ट्र, कमजोर राष्ट्र हुनुको कारणले गर्दा नेपालीहरू अझ बढी आर्थिक रूपमा मर्कामा पर्न सक्ने देखिन्छ । अधिकारवादी संस्थाहरूका प्रतिवेदनमा अमेरिका पुग्ने सपना पालेका हजारौँ नेपालीहरूले दशौँ लाख खर्च गरेर अवैध र जोखिमपूर्ण मार्ग हुँदै यात्रा गर्ने गरेको उल्लेख गर्ने गरेका छन् ।

ट्रम्प प्रशासनको पछिल्लो निर्णयहरुले अमेरिका ’आप्रवासीहरूले बनाएको देश’ भन्ने कथनलाई नै मजाक बनाइदिएको छ । नेपालको हकमा भने, पछिल्लो राजनीतिक अस्थिरता र आर्थिक गतिरोधका कारणले यहाँका युवाहरू बेरोजगार रहेका छन् र यिनीहरू रोजगारीका लागि भौतारिरहनुपर्ने जुन स्थिति छ, यसका कारणले नेपालीहरूको आगमन अलिक बढी हुन्छ कि र उनीहरू जस्तोसुकै माध्यमबाट यहाँ आएर बस्न सक्छन् कि भन्ने सन्देह अमेरिकाको भएको हुन सक्छ ।

अमेरिकी विदेश मन्त्रालयले सूचना सार्वजनिक गर्दै २१ जनवरी २०२६ देखि नेपाललाई पनि भिसा बन्ड नीतिमा समावेश गर्ने भएको हो । नेपाललाई भिसा बन्ड नीतिमा समावेश गरेसँगै २१ जनवरीदेखि व्यवसाय र पर्यटन भिसाका लागि आवेदन दिने आवेदकले १५ हजार डलरसम्म धरौटी राख्नुपर्ने हुन्छ ।

नयाँ भिसा बन्ड नीतिमा अमेरिकी सरकारले एकै पटक नेपालसहित २५ देशलाई यसमा समावेश गरेको हो । अमेरिकाले यो नीतिलाई हालसम्म नेपालसहित ३८ मुलुकमा विस्तार गरिसकेको छ ।

मन्त्रालयले भिसाको अवधि र अन्य अवस्थाको मूल्यांकन गर्दै धरौटी रकम थपघट हुन सक्ने जनाएको छ । मन्त्रालयले ५ हजार, १० हजार वा १५ हजार अमेरिकी डलरसम्मको धरौटी बुझाउनुपर्ने व्यवस्था गरिने जनाएको छ ।

धरौटी रकम भिसा अन्तर्वार्ताकै क्रममा निर्धारण गरिने र धरौटी रकम तिरे पनि भिसा स्वीकृत हुने निश्चित भने हुने छैन । धरौटी बुझाएर अन्तर्वार्तापछि भिसा पाएपछि भिसाका सर्तहरू पालना गरेको र समयमै अमेरिका छाडेको प्रमाण पेस गरेपछि रकम फिर्ता गर्ने विदेश मन्त्रालयले सूचनामा उल्लेख गरेको छ ।

अमेरिकाले पर्यटक भिसालाई बी–१÷बी–२ भिसामा विभाजन गरेको छ । अधिकांश नेपाल बी–१÷बी–२ भिसामै अमेरिका आउने गरेका छन् । मन्त्रालयका अनुसार तोकिएको न्यूनतम समयभन्दा बढी अमेरिका बस्ने ‘ओभरस्टे’ दर र कागजात सुरक्षासम्बन्धी कमजोरी भएका मुलुकका लागि यो नीति विस्तार गरिएको हो ।

यसअघि गत वर्ष अगस्टमा सीमित देशलाई समेटेर यो नीतिलाई परीक्षणका रूपमा अघि बढाइएको थियो । नीति सकारात्मक देखिएपछि २०२६ को जनवरीदेखि यसलाई व्यापक बनाइएको हो ।

विदेश मन्त्रालय र फेडरल रजिस्टरमा प्रकाशित सूचनाअनुसार धरौटी रकम सबै किसिमका भिसा आवेदकले बुझाउनु पर्दैन । कस्ता भिसा आवेदकले ५ हजार, १० हजार वा १५ हजार अमेरिकी डलरमध्ये फरक रकम धरौटी तिर्ने भन्ने निर्णय दूतावासका कन्सुलर अधिकारीहरूले तय गर्नेछन् ।

आवेदकको अवस्थाअनुसार धरौटी रकम निर्धारण हुन सक्छ । गएको वर्ष अमेरिकामा डोनल्ड ट्रम्पले राष्ट्रपतिको जिम्मेवारी पुनः सम्हालेका ट्रम्पले आप्रवासन नीतिलाई कडा बनाएका छन् । नेपालको अध्यागमन विभागका अनुसार सन् २०२५ मा अमेरिकाले ४६२ जना नेपालीहरूलाई देशनिकाला गरेको थियो ।

भर्खरको समाचार

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

इरान युद्धको १२ औं दिनः चाडै युद्ध अन्त्य हुने ट्रम्पको घोषण

MixCollage-12-Mar-2026-08-27-AM-2238

समानुपातिकमा साढे ४ लाख मत बदर, आज दलहरुलाई पत्राचार गर्ने

adcc99e8-45af-49b9-9154-fa42976a3483

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

सम्बन्धित खबरहरु

Scroll to Top