×

NEPAL TIMES UPDATES

Playing
इरानले अमेरिकाभित्रै आक्र मण गर्न सक्ने,एफबीआईको सनसनीपूर्ण खुलासा|| Nepal Times
Mar 12, 2026
Playing
साउदीले १८ ड्रोन खसाल्यो, जब साउदीका आकाश ड्रोनले भरिए || Nepal Times
Mar 12, 2026
Playing
Top 15 Afternoon News || March-12-2026 || Nepal Times
Mar 12, 2026
Playing
सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अ प राधी ?|| Nepal Times
Mar 12, 2026
Playing
१६ वर्षसम्म उडान भरेको जहाज बुद्धले थन्क्यायो,ग्राउन्डेड जहाज के हुन्छ ?|| Nepal Times
Mar 12, 2026
Playing
निर्वाचनको हार ओलीले सम्मानका साथ स्वीकारे, अब नसच्याए सकिने || Nepal Times
Mar 12, 2026
Playing
इरान यु द्धको १२ औं दिनः चाडै यु द्ध अन्त्य हुने ट्रम्पको घोषण|| Nepal Times
Mar 12, 2026
Playing
शहबाज शरीफले पनि रवि र बालेनलाई दिए बधाई|| Nepal Times
Mar 12, 2026
Playing
२१ महिनाको आयात धान्ने विदेशी मुद्रा सरकारको ढिकुटीमा|| Nepal Times
Mar 12, 2026
Playing
ट्रम्पको अनुमतिपछि भारतले किन्यो रुसी तेल,अमेरिकाले हर्मुजमा सुरक्षा दिन नसक्ने || Nepal Times
Mar 11, 2026

अमेरिकामा परमाणु बम खसाइदिनु भन्दै पुटिनका नेता भड्किएपछि..

२४ पुष २०८२

२४ पुष , काठमाण्डौ ।

अमेरिकाले रूसी तेल ट्याँकर कब्जा गरेपछि यतिबेला मस्को आगो भएको छ । पुटिनका समर्थकले यसलाई अमेरिकाको दुस्साहस भनेका छन् । मस्कोका एक शीर्ष अधिकारीले अमेरिकालाई न्यूक्लियर कारबाहीको धम्कीसमेत दिएका छन् ।

राष्ट्रपति भ्लादिमीर पुटिनका नजिकका समर्थक एलेक्सी जÞुराभलेभ, जो रूसी स्टेट ड्यूमाका रक्षा समितिको पहिलो डिपुटी हेड हुन्, उनले अमेरिकालाई यस्तो कडा चेतावनी दिएका हुन् । उनले भने, “भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गरेपछि अमेरिका उत्साहित छ । तर अब हामीले पनि जवाफ दिनुपर्छ, टरपीडोबाट हमला गर्नुपर्छ वा केही अमेरिकी जहाजहरुलाई समून्द्रमा डुबाइदिनु पर्छ“ ।

रूसी अधिकारीले तेल ट्यांकरलाई कब्जामा लिएको अमेरिकाको यो कार्यलाई ’समुद्री डकैती’ भनेका छन् । “यो खासमा रूसी क्षेत्रमा हमला जस्तै नै हो, किनभने ट्यांकरमा हाम्रो झण्डा लागेको थियो, उनले भने ।

एलेक्सी  जुराभलेभले अमेरिकालाई धम्की दिदै भने, “यसमा कुनै शंका छैन कि हामीले बलियो गरि र तीव्र ढंगले जवाफ दिनुपर्छ, उनी अगाडि भन्छन्, हाम्रो मिलिट्री सिद्धांत त यस्तो हमलाको जवाफमा न्यूक्लियर हतियारहरुको प्रयोग गर्न पनि खुला छ भन्दै उनले चेतावनी दिएका हुन् ।

अटलांटिक महासागरमा झण्डै दुई सातासम्म पिछा गरेपछि अमेरिकी सैनिकहरुले रुसी जहाजलाई कब्जामा लिएका हुन् । यो घटनालाई रूसका राष्ट्रपति भ्लादिमीर पुटिनका लागि निकै अपमानपूर्ण रुपमा हेरिएको छ ।

यस्तोमा रूसका अर्का सीनियर सांसद आंद्रेई अलेक्जेंड्रोभिच क्लिशसले पनि निकै रिसाएर प्रतिक्रिया दिदै यसलाई चकित पार्ने खालको घटना भनेका छन् । उनले “खुलेआम समुद्री डकैतीको काम“ भनेका छन् ।

अर्कातर्फ अमेरिकी रक्षा मंत्री पीट हेगसेथले प्रेस कन्फ्रेंसका क्रममा भेनेजुएलाको तेलमा पूर्णरुपमा प्रतिबन्ध लगाइएको बताएका छन् । उनले रूसी तेल ट्यांकर कब्जामा लिएको घटनालाई इंकित गर्दै भने, “हाम्रो सेना यस्तो काम जारी राख्नका लागि तयार छ“

अमेरिकी रक्षा मंत्रीले भने, “हामी आफ्ना हितहरुलाई अगाडि बढाउनका लागि कारबाही गर्ने सरकार हौं र यो देखिई पनि रहेको छ।“ यसअघि भेनेजुएलाबाट निस्किएको यो तेल ट्यांकरको रक्षाका लागि रूसले आफ्नो पनडुब्बीलाई पठाएको थियो, तर यसको बावजूद अमेरिकी नौसेनाले उसको तेल ट्यांकरलाई नियन्त्रणमा लिएको हो ।

यो घटनापछि रूसका ट्रांसपोर्ट मंत्रीले पनि बयान जारी गर्दै अमेरिकी कारबाहीलाई समुद्री कानूनको खुला उल्लंघन भनेका छन् । अमेरिकाले भेनेजुएली तेल बोक्ने गरेका दुई वटा जहाजलाई जफत गरेको हो । उत्तर एट्लान्टिक र क्यारबियन सागरमा एक पछि अर्को कारबाहीमा ती जहाज अमेरिकी सेनाले आफ्नो नियन्त्रणमा लिएका हुन् ।

दुई हप्तासम्मको प्रयासपछि सेना अन्ततः रुसको झन्डा राखिएको मरिनेरा नाम गरेको जहाजभित्र पस्न सफल भएका हुन् । त्यतिबेला जहाज आइसल्यान्ड र स्कटल्यान्डको बिचमा थियो । यस काममा बेलायतको शाही जलसेनाले अमेरिकी सेनालाई लजिष्टिक सहयोग गरेको बताइएको छ ।

अमेरिकाले जफत गरेको दोस्रो जहाज भने एमरटी सोफिया हो । यो जहाज गैरकानूनी गतिविधिहरूमा संलग्न रहेको आरोप अमेरिकाको छ । भेनेजुएलाको कच्चा तेल निर्यात पूरै रोक्ने अमेरिकी प्रयासबिच यो कदम चालिएको हो ।

अमेरिकी सेनाले कारकासमा आक्रमण गरेर राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीलाई समातेर अमेरिका लगेको केही दिनमा जहाज समातिएका हुन् । अवैध भेनेजुएली तेलमाथिको प्रतिबन्ध विश्वको जुनसुकै ठाउँमा पूरै लागू रहेको अमेरिकी रक्षामन्त्री पिट हेगेस्थले एक्समा एउटा पोष्टमा लेखेका छन् ।

तर आफ्नो देशको झन्डा भएको जहाज जफत गर्ने यस कदमको रुसले निन्दा गरेको छ । सीमापार अमेरिकाले रुससँग उचित तरिकाले व्यवहार गर्नु पर्ने माग राख्दै जहाजलाई छिटै रुस फर्किन अनुमति दिन पनि रुसले भनेको छ ।

रुसलाई चिढ्याएको अमेरिकाले भने अब आफ्नो सेनालाई थप महाशक्तिशाली बनाउन लागि परेको छ । यसका लागि उसले रक्षा बजेट बढाउँदै लगेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंपले सन २०२७ का लागि अमेरिकाको सैन्य बजेटमा ५०% बढाउने निर्णय गरेका छन् ।

उनले यसलाई अमेरिकाको ड्रीम मिलिट्रीका लागि आवस्यक भनेका छन् । जसले कुनै पनि शत्रुलाई रोक्न सकोस् र देशलाई सुरक्षित राख्न सकोस । आफ्नो ट्रुथ सोशल प्लेटफर्ममा पोस्ट गर्दै ट्रंपले भने, अमेरिकाले २०२७का लागि आफ्नो मिलिट्री बजेट १ ट्रिलियन डलरको साटो १.५ ट्रिलियन डलर बनाउनुपर्छ ।

ट्रंपले यो निर्णय सांसदहरु र सीनियर अधिकारिहरुसंग छलफल गरेपछि लिइएको पनि जनाएका छन् । उनले अहिलेको वर्तमान समयलाई निकै मुश्किल र खतरनाक भनेका छन् र यस्तो समयमा बढेको बजेटले राष्ट्रीय सुरक्षालाई बलियो बनाउने जनाएका छन् ।

यस्तै ट्रंपले एक पटक पुन ट्यारिफको चर्चा गरे र यसबाट भएको कमाईले नै धेरै खर्च गर्न सम्भव भएको बताए । उनले भने, यदी अरु देशबाट ट्यारिफका रुपमा प्राप्त भएको ठूलो रकम नभएको भए म १ ट्रिलियन डलरको आँकडा पनि पार गर्न सक्दिन थिए ।

अमेरिकी राष्ट्रपतिले भने अब ट्यारिफबाट भएको कमाइले ठूलो सेनालाई फंड दिन, कर्जा कम गर्न र अमेरिकिहरुलाई वित्तीय फायदा दिन सम्भव भएको छ ।डोनाल्ड ट्रंपको मिलिट्री बजेटमा बृद्धि निकै ठूलो घोषणा हो तर हालैका वर्षहरुमा अमेरिकाको रक्षा खर्च तीव्ररुपमा बढेको रिपोर्टहरुले देखाएका छन ।

सन २०२१मा रक्षा बजेट ७२१ ऋर्ब डलर थियो, जुन २०२५ मा बढेर ९०१ अर्ब डलरमा पुग्यो । अमेरिकी सैन्य बजेटमा प्रस्तावित बृद्धिको घोषणा यस्तो समयमा भएको हो, जब ट्रंपको नेतृत्वमा अमेरिकाले विश्वमा सैन्य गतिविधिहरु बढाएको छ ।

पछिल्लो पटक तेल ट्यांकर नियन्त्रणमा लिएपछि वाशिंगटन र रूसबीच टकराव बढेको छ । रूसले ट्यांकर कब्जामा लिएको विषयमा स्पष्ट शब्दमा निन्दा गरेको छ । र यसलाई समुद्रमा डकैती भनेको छ । भेनेजुएलासंग भर्खरै दुश्मनी मोलेको छ ।

डेनमार्क, ग्रिनल्याण्ड, क्युबा, कोलम्बियासंग निहुँ खोजिरहेको छ । इरान, चीन, उत्तर कोरिया त उसका पुराना टकराव हो । यसबारे तपाइँका टिप्पणी अवस्यक व्यक्त गर्नुहोला ।

ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

भर्खरको समाचार

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

इरान युद्धको १२ औं दिनः चाडै युद्ध अन्त्य हुने ट्रम्पको घोषण

MixCollage-12-Mar-2026-08-27-AM-2238

समानुपातिकमा साढे ४ लाख मत बदर, आज दलहरुलाई पत्राचार गर्ने

adcc99e8-45af-49b9-9154-fa42976a3483

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

सम्बन्धित खबरहरु

Scroll to Top