×

NEPAL TIMES UPDATES

Playing
होर्मुजकोमा १०,००० बढी अमेरिकी से*ना तैनाथ, सी ले दिए ४ बँुदे शान्ति प्रस्ताव|| Nepal Times
Apr 15, 2026
Playing
दीपक खड्काको फाइल अब अख्तियारमा || Nepal Times
Apr 15, 2026
Playing
देउवा, ओली, प्रचण्ड अनि बालेनमा को धनी ?|| Nepal Times
Apr 15, 2026
Playing
सरकारको १८ बुँदे प्रतिवद्धतामा प्रतिपक्ष दल के भन्छन् ?#balen #ashika #nepal || Nepal Times
Apr 15, 2026
Playing
५ वर्षमा १५ लाख रोजगारी र एआई निर्यातसहितका १४ राष्ट्रिय प्रतिबद्धता|| Nepal Times
Apr 15, 2026
Playing
सीमा नाघेर गतिविधि नगर्न देउवा पक्षलाई गगनको चेता*वनी, पूर्णबहादुरको काउन्टर|| Nepal Times
Apr 14, 2026
Playing
एमसीसी र बीआरआईको सन्तुलन नमिलाए बालेन सरकारलाई कठिन || Nepal Times
Apr 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-01-2083 || Nepal Times
Apr 14, 2026
Playing
‘नेपाललाई बफर स्टेट होइन, भाइब्रेन्ट ब्रिज बनाउने’ भारतसँग जलमार्ग, चीनको बन्दरगाह उपयोग
Apr 14, 2026
Playing
F– 35, MV–22, USS Tripoliले घेरियो होर्मुज, साउदी किन बेचैन ? || Nepal Times
Apr 14, 2026

दुहबी नगरको नगरसभा सम्पन्न, ३२ करोड राजश्व लक्ष्यमा ३ करोड उठ्यो

२५ पुष २०८२
२५ पुष , काठमाण्डौ ।
 
सुनसरीको दुहबी नगरपालिकाको १८ औ नगरसभा सम्पन्न भएको छ । नगर सभा बैठकबाट नगरप्रमुख वेद गच्छादारले प्रस्तुत गरेका आर्थिक बर्ष ८२÷८३ का बिभिन्न प्रस्ताबहरु सर्वसम्मत पारित भएका छन ।
जनताका न्युनतम आवस्यकतालाई मध्यनजर गरी रोजगार र सिपमुलक कार्यक्रम थप गर्दै लैजाने र भैपरि आउने पुँजीगत खर्च तर्फ पनि कटौति गरेको बजेट थप गरिएको नगर प्रमुख गच्छादारले बताएका छन ।
नगर अस्पताललाई जनमुखि र गुणस्तरीय सेवामुखि बनाउन कार्यरत कर्मचारी र चिकित्सकहरुले कन्जुस्याइ नगरी न्यायोचित सेवा प्रवाह गर्न निर्देशन दिदै मेयर गच्छदारले सेवाग्राहीलाई हेप्ने, अवमुल्यन गर्ने र झन्झट दिने कार्यगरे कसैलाई क्षमा नदिने चेतावनी दिएका छन् ।
नगरसभामा उपप्रमुख मेनुका खतिवडाले आर्थिक वर्ष ८२÷८३ का कार्यप्रगति र कार्यबिबरणहरु पेश गरेकी थिइन् । उनले न्यायिक समितिमा अधिकतम मुद्दाहरु आउनेक्रम बढ्दै गएको भन्दै कर्मचारी र जनप्रतिनिधिको सहकार्य अझ प्रगतिशिल हुनुपर्ने जोड दिइन्।
नगर प्रमुख गच्छादारले जेन जी आन्दोलनले दुहबी नगरपालिकाको प्रशासनिक भवनमा पुर्याएको क्षतिका कारण नसोचेको नोक्सानी बेहोर्नु परेको साथै देशमै अकल्पनिय क्षति पुग्न जादा नवगठित सरकारले पुनर्निर्माण र आगामी निर्वाचनका लागि भन्दै बजेट कटौति गर्दा अपेक्षा गरे अनुसार बिकास निर्माण कार्यलाई तिब्रता दिन अप्ठ्यारो भएको बताए ।
यस्तै चालु आर्थिक बर्षमा अपेक्षा गरिएको राजश्व संकलन गर्न नसक्दा नगरपालिका थप संकटमा पर्न सक्ने हुदा आन्तरिक श्रोत बढाउन सम्पूर्ण कार्यपालिका सदस्य र कर्मचारीहरु एकमत भएर अगाडि बढ्न पनि उनले आग्रह गरेका छन्।
चालु आर्थिक बर्षको लक्षित बजेट अनुसार राजस्व संकलन तर्फ ३२ करोड ४ लाख भएपनि हाल सम्म ३ करोड ५९ लाख २२ हजार ३१८ रुपैया मात्र संकलन गर्न सकिएको नगर प्रमुखले बताए ।
प्रदेश सरकारबाट राजश्व बाँडफाडमा आउनु पर्ने १ करोड ४ लाख भएपनि हाल सम्म ३० लाख ९७ हजार मात्रै आएको, संघीय सरकार बाट ११ करोड ७२ लाख आउनु पर्नेमा हाल सम्म ५ करोड १ लाख १४ हजार मात्रै आएको भन्दै लक्ष्य अनुसारको बजेट स्थानीय राजस्व र प्रदेश तथा संघीय राजश्व बाँडफाड र बित्तिय समानिकरणको बजेट तुलानात्मक रुपमा आउन नसक्ने हुदा नगरपालिका मार्फत सन्चालन हुने बिकास निर्माणका कामहरु प्रभाबित हुन नदिन आन्तरिक राजश्व संकलन तिब्रता दिनुपर्ने उनले बताएका छन ।
नगरप्रमुख वेदनारायण गच्छादारको अध्यक्षतामा आयोजित नगरसभामा उपप्रमुख मेनुका खतिवडा , वडा नम्बर १ देखि १२ सम्मका वडाध्यक्षहरु , कार्यपालिका सदस्हरु, प्रमुख प्रशासकीय अधिकृत सुवर्ण घिमिरे लगायत जनप्रतिनिधीहरु, बिभिन्न शाखाका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
Advertisement

भर्खरको समाचार

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

सम्बन्धित खबरहरु

Scroll to Top