×

NEPAL TIMES UPDATES

Playing
इरानले अमेरिकाभित्रै आक्र मण गर्न सक्ने,एफबीआईको सनसनीपूर्ण खुलासा|| Nepal Times
Mar 12, 2026
Playing
साउदीले १८ ड्रोन खसाल्यो, जब साउदीका आकाश ड्रोनले भरिए || Nepal Times
Mar 12, 2026
Playing
Top 15 Afternoon News || March-12-2026 || Nepal Times
Mar 12, 2026
Playing
सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अ प राधी ?|| Nepal Times
Mar 12, 2026
Playing
१६ वर्षसम्म उडान भरेको जहाज बुद्धले थन्क्यायो,ग्राउन्डेड जहाज के हुन्छ ?|| Nepal Times
Mar 12, 2026
Playing
निर्वाचनको हार ओलीले सम्मानका साथ स्वीकारे, अब नसच्याए सकिने || Nepal Times
Mar 12, 2026
Playing
इरान यु द्धको १२ औं दिनः चाडै यु द्ध अन्त्य हुने ट्रम्पको घोषण|| Nepal Times
Mar 12, 2026
Playing
शहबाज शरीफले पनि रवि र बालेनलाई दिए बधाई|| Nepal Times
Mar 12, 2026
Playing
२१ महिनाको आयात धान्ने विदेशी मुद्रा सरकारको ढिकुटीमा|| Nepal Times
Mar 12, 2026
Playing
ट्रम्पको अनुमतिपछि भारतले किन्यो रुसी तेल,अमेरिकाले हर्मुजमा सुरक्षा दिन नसक्ने || Nepal Times
Mar 11, 2026

काँग्रेसको सभापतिमात्र होइन भावी प्रधानमन्त्रीका रूपमा अघि बढ्दै गगन

२८ पुष २०८२

२८ पुष , काठमाण्डौ ।

नेपाली काँग्रेसका महामन्त्री गगन थापाले आइतबार काठमाण्डौंको भृकुटीमण्डपमा काँग्रेसको दोस्रो विशेष महाधिवेशनको उद्घाटन गर्दै भने, काँग्रेस दास र लासहरूको पार्टी होइन, जिउँदो मानिसहरूको पार्टी हो ।

हो त्यही जिउँदा मान्छे मध्येका एक पात्र हुन गगन कुमार थापा । यो देशमा पहिलो पटक गणतन्त्रको नारा सडकमा घन्काउँदै जिउँदो मान्छे भएको प्रमाणसहित नेपाली राजनीतिमा चर्चामा आएका गगन काँग्रेस भित्रका मात्र हैन देशले नै आशा गरेका एक युवा नेता हुन् ।

नेपाल विद्यार्थी सङ्घको राजनीतिबाट उदाएका गगन प्रष्ट बोल्छन् । काँग्रेस मात्र हैन देश बदल्ने रोडम्याप बोक्छन् र सामाजिक सञ्जालमा खुल्ला बहस गर्छन् । काँग्रेस भित्रको दास प्रवृत्तिमा लास बनेर कुर्सीमा आसीन हुनेहरूको भिडबाट माथि उठ्नु सोचे जस्तो सजिलो कुरा पक्कै थिएन ।

तर विद्यार्थी राजनीतिदेखि नै आन्तरिक संर्घषमा पनि खारिएर आएका गगनले जेनजी विद्रोहको मर्मलाई बुझेर काँग्रेसलाई मरेको लास बाट जिउँदा मान्छेहरूको पार्टी बनाउने जुन साहस गरे त्यसको प्रशंसा आज सारा नेपालीहरूले गरिरहेका छन् ।

हिजो सम्म विशेष महाधिवेशनको माग गर्ने काँग्रेसका महाधिवेशन प्रतिनिधिहरू आजबाट गगनलाई पार्टी सभापति र भावी प्रधानमन्त्रीका रूपमा अघि बढाइरहेका छन्। यसले काँग्रेसजनमा नयाँ रक्तसञ्चार ल्याएको छ ।

आइतबारदेखि भृकुटीमण्डपमा भेला भएका ६२ प्रतिशत भन्दा बढी प्रतिनिधिहरूले नेतृत्व परिवर्तनको आवाज उठाइरहेका छन् । भ्रष्टाचार, दण्डहीनता, बेरोजगारी, अवसरको अभाव र नेतृत्वको अकर्मण्यताविरुद्ध उठेको हालै भदौमा भएको त्यो जेनजी आन्दोलनमा ७६ जना युवाले ज्यान गुमाएको जगमा काँग्रेसको विशेष महाधिवेशनको माग भएको हो ।

उता केपी ओलीले फेरि नेकपा एमाले कब्जा गरे पछि शेरबहादुर देउवालाई पुनः नेपाली काँग्रेसमा एकाधिकार जमाउने इच्छा जाग्नु नौलो थिएन । आन्दोलनले उठाएको नैतिक प्रश्न, नेतृत्वको उत्तरदायित्व र संस्थागत सुधारको मागले शेरबहादुरका कानमा बतास लागेन ।

लोकतन्त्रको आधारभूत सिद्धान्त भनेको नेतृत्वको नियमित परीक्षा र परिवर्तन, आन्तरिक प्रतिस्पर्धा र जनउत्तरदायित्व हो । तर, कांग्रेसमा अवस्था ठिक उल्टो छ । एक व्यक्तिले पाँच पटक प्रधानमन्त्री बन्नु, पार्टीलाई व्यक्तिगत स्वामित्वझैँ प्रयोग गर्नु र सबै सम्भावित विकल्पलाई संरचनात्मक रूपमा कमजोर बनाउनु सामान्य राजनीतिक अभ्यासजस्तै भएको थियो ।

पार्टीभित्रका सबै खाले संरचनामा निर्वाचित नेतृत्वको अभाव, अनुपातिक सिटको व्यापार, आर्थिक शक्ति र धनाढ्यहरूसँगको साँठगाँठले शेरबहादुर लामो समयदेखि घेरिएका थिए ।

हिजो देखिएको गगन–विश्वको लोकप्रियता काँग्रेसका लागि खतरा होइन, अवसर हो । उनको नाममा जनमत सङ्कलन गर्नु, युवाको भरोसा जित्नु र पार्टीलाई पुनर्जीवित गर्नु काँग्रेसका लागि सबैभन्दा बलियो राजनीतिक पुँजी हुन भन्ने कुरा शेरबहादुरले समयमा नै बुझ्नु पर्ने थियो ।

तर, सङ्कीर्ण सत्ता मानसिकता र सात भाइको घेरा बन्दीमा परेका शेरबहादुर अन्धो जस्तै बने र सबै कुरा टुलुटुलु हेरेर बसे । गगनको लोकप्रियता क्षणिकको हैन । यहाँसम्म आइपुग्न गगनले धेरै भोटा फटाएका छन् ।

जब नेतृत्व संस्थाभन्दा ठुलो बन्न खोज्छ, लोकतन्त्र कमजोर हुन्छ र राष्ट्र अस्थिर बन्छ । विकासोन्मुख लोकतन्त्रहरूमा यो प्रवृत्ति झन् घातक हुन्छ, किनकि यहाँ संस्थाहरू पहिले नै कमजोर हुन्छन् भन्ने बुझेर नै गगनले यो जोखिम उठाएका हुन् ।

गगनले सत्ताको सजिलो बाटो रोज्न सक्थे, तर गरेनन् । उनले पद, भागबन्डा र तत्काल लाभ त्यागेर पार्टी सुधार, आन्तरिक लोकतन्त्र र पारदर्शिताको प्रश्न उठाए । आज उनीहरू जुन जोखिम लिइरहेका छन्, त्यो शक्ति, लोभ र पदको भोकभन्दा धेरै माथिको राजनीति हो ।

यही नै जेन–जेड आन्दोलनको वास्तविक आत्मा हो– नेतृत्वलाई जबाफदेही बनाउने, दललाई संस्थागत बनाउने र लोकतान्त्रिक अभ्यासलाई पुनर्जीवित गर्ने बाटो । गगन–विश्वले आसन्न चुनाव शक्तिको भोक र सत्ताको भागबन्डाभन्दा माथि उठेर लोकतन्त्रका लागि खोलेको फायरले देशको लोकतन्त्रको दिशा निर्देश गर्नेछ ।

यो कदमले भ्रष्टाचार र गैर लोकतान्त्रिक प्रक्रियाको अन्त्यका लागि ७६ जना युवाले दिएको बलिदानलाई पनि सम्मान गरेको छ । ती कलिला युवाले अहिले रगत पोतिएको नेतृत्व माझको, तिनै विजयी भएर आउने भ्रष्ट प्रवृत्तिहरूबिचको चुनाव मागेर होइन विधि र पद्धतिको सुधार र भ्रष्टाचारको अन्त्यका लागि प्राण बलिदान गरेका थिए ।

आज काँग्रेस समर्थकहरूका लागि पनि यो निर्णायक क्षण हो । यो केवल पार्टीभित्रको शक्ति सङ्घर्ष होइन, यो देशमा साँचो लोकतान्त्रिक प्रक्रिया सुरु गर्ने अवसर हो । गगन थापा र विश्वप्रकाश शर्माले लिएको जोखिम व्यक्तिगत महत्त्वाकाङ्क्षाको परिणाम होइन, यो पुस्तागत परिवर्तनको सङ्केत हो ।

उनीहरूको आन्दोलन कुनै एक दलमा सीमित छैन; यो नेतृत्व संस्कृतिको सुधारसँग जोडिएको छ । यदि इतिहासले कहिल्यै न्याय गर्छ भने गगन र विश्वप्रकाशको यो प्रयास राष्ट्रले सम्झिनेछ । किनकि यस्ता नेता उत्पादन हुन एक पुस्ता लाग्छ ।

आज यो अवसर चुकाउनु भनेको केवल काँग्रेसले होइन, देशले नै भविष्य गुमाउनु हो । पार्टी जुनसुकै होस्, लोकतन्त्र बलियो बनाउन समयले विकास गरेको नेतृत्वलाई रोक्नु अपराध बराबर हुनेछ । लोकतन्त्रमा कुनै एक दलमा आउने आमूल सुधारले सिङ्गो मुलुकको अराजकता र भ्रष्टाचार र विकासको मार्ग प्रशस्त गर्दछ ।

यसर्थ यो लडाइँ गगन–विश्वको मात्र होइन, तमाम लोकतन्त्र प्रेमी सबै नेपालीहरूको हो । यो अभियानलाई साथ, समर्थन र प्रोत्साहन गर्ने जिम्मा सम्पूर्ण बुद्धिजीवी, सचेत नागरिक सबैको हो ।

देउवा–ओलीजस्ता व्यक्ति र सत्ता केन्द्रित व्यक्तिहरूले कब्जा गरेको दल तन्त्रलाई लोकतन्त्रमा परिवर्तन गर्न गगन–विश्वको जस्तो हिम्मत आवश्यक पर्छ । ५४ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिको माग, विधिप्रतिको प्रतिबद्धता र लोकतान्त्रिक अभ्यासको निरन्तरताको सन्दर्भमा यो माग स्वाभाविक थियो ।

तर संस्थापन पक्षका लागि यो प्रश्न नै असहज बन्यो । किनकि प्रश्नले संरचनाको नाङ्गोपन देखाइदिन्छ । नेपाली राजनीतिका कुशल खेलाडीका रूपमा परिचित गगनकुमार थापा आज केवल नेपाली काँग्रेसका महामन्त्री मात्र होइनन् ।

उनी पार्टीभित्र नेतृत्व परिवर्तनको सबैभन्दा बलियो प्रतीक, र देशव्यापी रूपमा ‘भोलिको प्रधानमन्त्री’ का रूपमा हेरिन थालेका पात्र हुन् । आइतबार काठमाडौँको भृकुटीमण्डपमा देखिएको दृश्यले यही सङ्केत स्पष्ट रूपमा दिएको थियो ।

काँग्रेसभित्र अब पुस्तान्तरण केवल नारामा सीमित छैन, यो सडक र सभा हलमा उत्रिसकेको छ । आइतबार भृकुटीमण्डपको प्राङ्गणमा देखिएको दृश्य नेपाली काँग्रेसको इतिहासमै फरक थियो । यसअघि पनि धेरै महाधिवेशन भए, धेरै नारा लागे ।

तर महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्माको आह्वानमा सुरु भएको यो ‘दोस्रो विशेष महाधिवेशन’ केवल औपचारिक राजनीतिक कार्यक्रम थिएन । यो त एउटा पुस्ताले अर्को पुस्तासँग मागेको आफ्नो भविष्यको हिसाब–किताब थियो ।

गाउँ–गाउँमा काँग्रेसका पुराना कार्यकर्ताले आफ्नै सन्तानका अगाडि भोग्नुपरेको राजनीतिक अपमान र त्यसबाट मुक्ति पाउने अन्तिम आशाको त्यान्द्रोका रूपमा उनीहरू यो विशेष महाधिवेशनलाई हेर्दै छन् ।

अनि काँग्रेसको नेतृत्व र भावी प्रधानमन्त्रीका रूपमा गगन जस्ता पात्र देख्न चाहन्छन् । पार्टीभित्र विचारको खडेरी, नेतृत्वको जडता र निर्णयहीनताका कारण यो पुस्ता लामो समयदेखि ‘उकुसमुकुस’ मा थियो ।

आज यहाँ देखिएको माहौलले काँग्रेस फेरि ब्युँझिने आशा जगाएको छ,’ भृकुटीमण्डपमा पुगेका एक सहभागीले भने ‘हामीलाई अहिले पद चाहिँदैन, गगन थापा सभापति भइदिए पुग्छ ।’

‘देउवालाई बोकेर काँग्रेस अब अघि बढ्न सक्दैन, गगन थापाको राजनीतिक यात्राले उनलाई केवल पार्टीभित्र लोकप्रिय बनाएको छैन, राष्ट्रिय राजनीतिमा वैकल्पिक नेतृत्वका रूपमा उभ्याएको छ ।

स्पष्ट भाषण, नीतिगत स्पष्टता, युवासँग संवाद गर्ने क्षमता र पुरानो सत्ता संस्कृतिसँग ठोक्किने साहस— यी सबै गुणले उनलाई फरक बनाएको छ । काँग्रेसभित्र मात्र होइन, बाहिरका मतदाताले पनि उनलाई ‘सुन्न सकिने’ नेता मान्न थालेका छन् ।

यही कारण आज भृकुटीमण्डपमा उठेको आवाज केवल सभापतिको माग थिएन । त्यो आवाज भोलिको प्रधानमन्त्रीको सम्भावनाको घोषणाजस्तै थियो । सोमबारको बन्द सत्रले के निर्णय गर्छ, त्यो अझै हेर्न बाँकी छ ।

तर एउटा कुरा स्पष्ट देखिएको छ— नेपाली काँग्रेसभित्र परिवर्तनको ज्वाला सल्किसकेको छ । र त्यसको केन्द्रमा उभिएका छन्, गगन थापा ।

भर्खरको समाचार

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

इरान युद्धको १२ औं दिनः चाडै युद्ध अन्त्य हुने ट्रम्पको घोषण

MixCollage-12-Mar-2026-08-27-AM-2238

समानुपातिकमा साढे ४ लाख मत बदर, आज दलहरुलाई पत्राचार गर्ने

adcc99e8-45af-49b9-9154-fa42976a3483

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

सम्बन्धित खबरहरु

Scroll to Top