×

NEPAL TIMES UPDATES

Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-02-2083 || Nepal Times
Apr 15, 2026
Playing
संसदको पहिलो अधिवेशन : बालेनको मौनता र नयाँ सांसदको चकचक || Nepal Times
Apr 15, 2026
Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज खोल्ने युरोपको ब्लू प्रिंट तयार, अमेरिका माइनस, चीन–भारतलाई निम्तो || Nepal Times
Apr 15, 2026
Playing
बाबुरामको प्रलोपा ६ महिनामै छिन्नभिन्न || Nepal Times
Apr 15, 2026
Playing
पूर्णबहादुरलाई सोधियो ७ दिने स्पष्टीकरण, खड्काले जवाफ नै नदिने || Nepal Times
Apr 15, 2026
Playing
World News: इटालीले तोड्यो इजरेलसंगको सम्झौता,इस्लामावाद वार्ता हुने,विहारमा आए सम्राट|| Nepal Times
Apr 15, 2026

बालेनलाई आफन्तले घेरे, पैतृक थलो महोत्तरी नछाड्न दबाब

१ माघ २०८२

३० पुष , काठमाण्डौ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह रास्वपामा प्रवेश गरी आगामी प्रतिनिधिसभाको निर्वाचनपछि प्रधानमन्त्री बन्नेगरी चुनावमा होमिने तयारी गरेसँगै नेपालको राजनीतिकै तरंग उत्पन्न भएको छ।

Advertisement
Advertisement

जेनजी आन्दोलनमा उनको भूमिकालाई लिएर एमालेपक्षबाट प्रश्न गरिरहेका बेला बालेन भने एमाले अध्यक्ष केपी शर्मा ओलीलाई नै अब संसदमा पुग्नै नदिने रणनीतिमा देखिन्छन् । यसका लागि ओलीले लगातार चुनाव जित्दै आएको झापा ५ लाई उनले आफ्नो निर्वाचन क्षेत्र बनाउने तयारी गरेका छन् ।

बालेनले जिल्लास्तरका रास्वपा नेताहरुसँग परामर्श गरी आफ्नो उम्मेदवारीबारे जानकारी गराएसँगै बालेन र झापा ५ लाई लिएर सर्वाधिक चासो बढेको छ । एमाले भित्रैबाट बालेनलाई झापाबाट उम्मेदवार नबन्न र बने राजनीति नै समाप्त हुने सम्मका चुनौतीहरु दिन थालिएको अवस्थामा बालेनमाथि आफ्नै पैतृक थलो महोत्तरीबाट चुनाव लड्न दबाब आएको छ ।

महोत्तरीमा रहेका उनका आफन्त एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका नेता कार्यकर्ताहरूले त्यहीँबाट चुनाव लड्न आग्रह गरेका छन्। आफ्नै सचिवालयमा रहेका कुमार बेनको ज्वागलस्थित घरलाई छलफलको थलो बनाइरहेका बालेनलाई मंगलबार आफन्त एवम् पार्टीका नेता कार्यकर्ताले अन्यत्र क्षेत्र नखोज्न भनेका हुन्।

मेयर बालेन शाहको पुख्र्यौली घर महोत्तरीको एकडारा गाउँपालिका हो। त्यहाँ उनको घर रहे पनि परिवारका सदस्य बसोबास भने गर्दैनन्। उनको घरमा अहिले पालिकाको कार्यालय बसिरहेको छ ।

काठमाडौं महानगरपालिकाको मेयरबाट यही माघ ४ गते राजीनामा दिएर प्रतिनिधि सभा उम्मेदवार बन्ने तयारी गरिरहेका बालेन झापा–५ बाट उठ्ने तयारी गरिरहेका बेला बालेनमाथि आफन्त र पैतृक जिल्लाबासीहरुले महोत्तरी नछाड्न सुझाएका हुन् ।

मेयर बालेनका एक सचिवालय सदस्यले भनेका छन्, ‘महोत्तरीबाट आउनु भएको आफन्तले भेटेर महोत्तरी–३ बाट चुनाव लड्न भन्नुभएको छ। उहाँहरूले जिल्लाको वस्तुस्थिति पनि बताउनुभयो,’ ।

७९ को निर्वाचनमा महोत्तरी ३ बाट लोसपाका महन्थ ठाकुर जसपाका हरिनारायण यादवलाई पराजित गर्दै १६ हजार ३ सय ७५ मतसहित विजयी भएका थिए । जसपाका हरिनारायण यादवले १४ हजार ३ सय २५ मत प्राप्त गरेका थिए भने एमालेबाट बागी बनेका स्वतन्त्र उम्मेदवार राम आधार कापरले १२ हजार ७ सय ३३ मत प्राप्त गरेका थिए ।

२०७४ को चुनावमा पनि यो क्षेत्रबाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुर नै निर्वाचित भएका थिए । तत्कालिन राष्ट्रिय जनता पार्टी (राजपा) र उपेन्द्र यादवले नेतृत्व गरेको तत्कालिन संघीय समाजवादी फोरमले मधेसी गठबन्धन बनाएको थियो ।

कांग्रेसले बजरंग नेपालीको उम्मेदवारी फिर्ता गरेर ठाकुरलाई नै समर्थन गरेको थियो र ठाकुर १८ हजार १६९ मतको फराकिलो अन्तरले विजयी भएका थिए । ७४ मा वाम गठबन्धनका उम्मेदवार नेकपा एमालेका विजय चौधरी मात्र ८ हजार ६७६ मतमा सीमित भएका थिए भने स्वतन्त्र उम्मेदवार चन्देश्वर झाले ४ हजार २० मत पाएका थिए ।

अहिले भने बयोबृद्ध महन्थ राष्ट्रियसभाको उम्मेदवार बनेका छन् । महोत्तरी क्षेत्र नं. ३ अन्तर्गत जलेश्वर, मटिहानी र मनरासिश्वा नगरपालिका तथा एकडारा र पिपरा गाउँपालिकाको गरी कूल ३५ वटा वडा पर्छन् ।

जलेश्वरका १२ वटै वडा, मटिहानीका ९ वटा, एकडारा गाउँपालिकाको वडा नं. ६ बाहेक ५ वटा, पिपरा गाउँपालिकाको वडा नं. ६ बाहेक ६ वटा र मनरा सिश्वाको वडा नं. ८, ९ र १० गरी ३ वटा वडा यो क्षेत्रमा पर्छन् ।

स्थानीय निर्वाचनमा भने लोसपाले मटिहानी नगरपालिका बाहेक सबै गुमाएको छ । अन्य चारवटै पालिकाको नेतृत्व जसपाको हातमा छ । स्थानीय निर्वाचनमा वडाध्यक्षहरुले पाएको मत परिणाम हेर्ने हो भने जसपा पहिलो दल छ ।

लोसपा दोस्रो, एमाले तेश्रो, कांग्रेस चौथो र तत्कालीन माओवादी अहिलेको नेकपा पाँचौ दलको हैसियतमा देखिन्छन् । समानुपातिकतर्फ सबैभन्दा बढी यो क्षेत्रमा लोसपाले १२ हजार ४ सय ८७ मत प्राप्त गरेको थियो भने दोस्रो बढी जसपाले १० हजार ९ सय ९६ मत प्राप्त गर्दा रास्वपाले ६ सय ७ मत मात्रै प्राप्त गरेको थियो ।

तत्कालीन एकडारा गाउँकै जमिनदार (महाजन) परिवारका कान्छो छोरा हुन् बालेन्द्र शाह बालेन । स्वर्गीय पिता डा. रामनारायण साहका कान्छो छोरा बालेन्द्र बाल्यकालमा गाउँ आउने गरे पनि जनकपुर र काठमाडौंमा समेत घर भएकै कारण पैतृक गाउँ आउने क्रम पातलिँदै गएको थियो ।

बालेनको जन्म काठमाडौंमै भएको हो । डा. साहकी कान्छी श्रीमती ध्रुवदेवी साहको कोखबाट बालेन्द्र साह जन्मिएका हुन् । जागिरको क्रममा आमाबुबा काठमाडौंमा हुँदा उनको जन्म भएको थियो । बालेन जन्मिएको करिब ६ महिनामै उनको परिवारले गाउँ छोडेको थियो ।

उनका पिताले एकडाराको २ नम्बर वडा कार्यालयलाई एक कट्ठा जमिन दान गरेर काठमाडौं फर्किएका थिए । हाल बालेनको पैतृक घर एकडारा गाउँपालिकाको कार्यालयलाई भाडामा दिइएको छ । सोही घरको दुईवटा कोठा पारिवारिक बसाइको लागि छुट्याएर राखिएको छ ।

बालेन वा उनका परिवारका सदस्य यहाँ आएको समयमा सोही कोठामा बस्ने गर्छन् । रास्वपाको दोस्रो वरीयताको वरिष्ठ नेता भए पनि मेयर बालेन पार्टी कार्यालय गएका छैनन्। ज्वागलमै बसेर छलफल, भेटघाट र अन्तरक्रिया गरिरहेका छन्।

बालेन शाह यही ४ गते मेयरबाट राजीनामा दिएर पार्टी प्रवेश गर्ने र माघ ५ गते जनकपुर जाने भएका छन् । त्यहाँ उनी पहिलोपटक पार्टीको ब्यानरमा आयोजना हुने कार्यक्रममा सरिक हुँदैछन्। त्यहीँबाट उनी चुनावी कार्यक्रममा होमिने तयारी पनि भइरहेको रास्वपाले जानकारी दिएको छ।

जनकपुरमा बालेनसँगै रास्वपा सभापति रवि लामिछाने, प्रवक्ता मनिष झा सहितले सम्बोधन गर्नेछन् । मनिष जनकपुरबाट उम्मेदवार बन्ने तयारीमा छन् । जनकपुरको कार्यक्रमबारे जेनजी आन्दोलनका अगुवा तथा रास्वपामासमानुपातिक सूचीमा रहेका पुरुषेतम यादवले पनि पुष्टि गरिसकेका छन् ।

उनले जनकपुरको ऐतिहासिक ऐतिहासिक तेहुतिया गाछीमा माघ ५ गते आशा, साहस र परिवर्तनको आवाज गुञ्जिने बताएका छन् ।

यादवले सामाजिक संजालमा लेखेका छन्, थाकेको देशलाई नयाँ सपना देखाउने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेज्यू र देशको भविष्य बोकेका भावी प्रधानमन्त्री श्री बालेन शाहज्यू ले परिवर्तनको उद्घोष सभालाई सम्बोधन गर्नुहुनेछ। यादवले यो केवल सभा नभइ यो आफूहरुको विश्वास र भोलिको सुरुवात हुने समेत बताएका छन् ।

Advertisement

भर्खरको समाचार

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

सम्बन्धित खबरहरु

Scroll to Top