×

NEPAL TIMES UPDATES

Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026
Playing
आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीः अमेरिका र नेपाल खेल्दै#NEPAL #CRICKET #USA || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी वरिष्ठ कूटनीतिज्ञले ककसलाई भेट्दैछन्? एमसीसीमा चासो|| Nepal Times
Apr 18, 2026
Playing
आजदेखि शनिबार ‘भेहिकल फ्रि असन’ || Nepal Times
Apr 18, 2026
Playing
कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?|| Nepal Times
Apr 18, 2026
Playing
होर्मुजको जलडमरूम खोल्ने इरानको घोषणा || Nepal Times
Apr 17, 2026
Playing
हरेक नेपालीको भागमा १ लाख ऋणः कसले तिरिदिन्छ ३७ अर्ब किस्ता? || Nepal Times
Apr 17, 2026

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

३ माघ २०८२

२ माघ , काठमाण्डौ।

बिराट नर्सिङ होम र बिराट मेडिकल कलेज टिचिङ हस्पिटलका अध्यक्ष एवं बरिष्ठ चिकित्सक डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रिया गरिएको विषयमा उनको उपचार र अस्पतालसँग जोडेर प्रश्न उठाइएपछि अस्पतालले प्रष्टिकरण दिएको छ ।

Advertisement
Advertisement

नियमित चेकजाँचका क्रममा मुटुको धमनी बन्द भएको पाइएपछि डा. कार्की भारतको दिल्लीस्थित मेदान्त अस्पतालमा उपचारका लागि पुगेका थिए। उनको बाइपास शल्यक्रिया सफल भएको छ।

उनको बन्द भएको धमनी ’ब्लकेज’ अपरेशनपछि खुलेका कारण स्वास्थ्यमा सुधार आएको छ। डा. कार्कीले समेत आफ्नो स्वास्थ्यमा व्यापक सुधार भएको जानकारी भिडियो सन्देशमार्फत दिएका थिए।

भिडियो मार्फत भारतको दिल्लीस्थित मेदान्त अस्पतालमा उपचार भइरहेको कुरा बाहिर आएपछि हाल सामाजिक सञ्जाल तथा केही सञ्चारमाध्यममा विभिन्न अड्कल र टिप्पणीहरू सार्वजनिक भइरहेका बेला अस्पताल प्रशासनले आफ्नो धारणा सार्वजनिक गरेको छ ।

डा. कार्कीले आफ्नै हस्पिटल वा देशको स्वास्थ्य प्रणालीमा विश्वास नगरेको जस्तो अर्थ लाग्ने ढंगले प्रस्तुत गरिएको भन्दै अस्पतालले उपलब्ध तथ्यहरू हेर्दा ती व्याख्याहरू यथार्थसँग मेल नखाने देखिएको बताएको छ ।

हालै डा. कार्कीलाई गम्भीर कोरोनरी धमनी अवरोध देखिएपछि कोरोनरी आर्टरी बाइपास ग्राफ्टिङ शल्यक्रिया आवश्यक भएको थियो। यो सेवा हाल बिराट मेडिकल कलेज टिचिङ हस्पिटल र बिराट नर्सिङ होममा उपलब्ध नभएको समेत अस्पतालले जनाएको छ ।

वरिष्ठ मुटु रोग विशेषज्ञहरुका अनुसार, यस्तो जटिल शल्यक्रियाका लागि केवल मुटु शल्य चिकित्सक मात्र नभई विभिन्न अत्याधुनिक उपकरण साथै विशेषज्ञहरूको समन्वित टोली आवश्यक पर्छ, जुन सेवा नेपालमा अझै केही सीमित केन्द्रमा मात्र सम्भव रहेको र नेपालका वरिष्ठ मुटु रोग विशेषज्ञहरु र विभिन्न उपचार केन्द्रहरूसँग गरिएको परामर्शपछि बिरामीको सुरक्षालाई प्राथमिकतामा राख्दै भारतमा उपचार गराउनु उपयुक्त हुने सिफारिस गरेपछि भारतमा उपचार गर्न डा. कार्की गएको अस्पतालले जनाएको छ ।

नेपालकै डाक्टरहरूको सल्लाह अनुसार डा. कार्की भारतको नयाँ दिल्लीस्थित मेदान्त अस्पतालमा गई ट्रिपल बाइपास शल्यक्रिया गराएका हुन्।

नेपालमा चिकित्सकहरूको क्षमता र प्रतिबद्धतामा कमी नभए पनि केही अत्यन्त जटिल उपचारका लागि आवश्यक एकीकृत प्रणाली अझै विकासकै चरणमा रहेको अस्पतालले जनाएको छ ।

डा. कार्कीले “आफ्नै अस्पताल“ वा “आफ्नै देश“ मा विश्वास नगरेको भन्ने आरोपहरू तथ्यमा आधारित नभएको बरु जीवनभर नेपालमै स्वास्थ्य सेवा निर्माणमा सक्रिय रहँदै आएका व्यक्तिको उपचार निर्णयलाई सन्दर्भविहीन रूपमा प्रस्तुत गरिएको भन्दै चिकित्सा क्षेत्रका धेरै व्यक्तिहरूले असन्तुष्ट व्यक्त गरेका छन्।

डा. कार्की नेपाली स्वास्थ्य सेवामा करिब चार दशकदेखि सक्रिय रहँदै आएका चिकित्सक हुन्। विदेशमै बसि काम गर्ने अनगिन्ती अवसर र आग्रह भैरहंदा पनि उनले आफ्नो सम्पूर्ण व्यावसायिक जीवन नेपालकै स्वास्थ्य सेवाको विकास र बिस्तारमा समर्पित गरेका छन् ।

विशेषगरी राजधानीबाहिर गुणस्तरीय स्वास्थ्य सेवा नभएका कारण मोफसलमा सेवाको विस्तार गर्नुपर्ने मान्यताका साथ बिराटनगरलाई कर्मथलो बनाई उनले नेपालको पूर्वाञ्चल क्षेत्रमा चिकित्सा शिक्षण र उपचार सेवाको आधार निर्माणमा प्रमुख भूमिका खेलेका छन्।

Advertisement

तीन दशक पहिले नै नेपालको दुर्गम सहरबाट गाईने ल्यापरस्कोपिक शल्यक्रिया प्रारम्भ गरेका डा. कार्की नेपालकै पहिलो गाईने ल्याप्रोस्कोपिक सर्जन हुन भने नेपालमा यस पद्धतिको प्रारम्भ गर्ने जननी समेत मानिन्छन् ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top