×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026
Playing
आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीः अमेरिका र नेपाल खेल्दै#NEPAL #CRICKET #USA || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी वरिष्ठ कूटनीतिज्ञले ककसलाई भेट्दैछन्? एमसीसीमा चासो|| Nepal Times
Apr 18, 2026
Playing
आजदेखि शनिबार ‘भेहिकल फ्रि असन’ || Nepal Times
Apr 18, 2026
Playing
कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?|| Nepal Times
Apr 18, 2026
Playing
होर्मुजको जलडमरूम खोल्ने इरानको घोषणा || Nepal Times
Apr 17, 2026
Playing
हरेक नेपालीको भागमा १ लाख ऋणः कसले तिरिदिन्छ ३७ अर्ब किस्ता? || Nepal Times
Apr 17, 2026
Playing
नेपालमा कति छ युरेनियम ?कसले लगायो बक्रदृष्टि? बालेन सरकारसँग मागियो जवाफ || Nepal Times
Apr 17, 2026

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

३ माघ २०८२

२ माघ , काठमाण्डौ।

अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनीपछि इरानमा ८०० जनालाई दिइन लागेको मृत्युदण्डको सजाय रोकिएको जनाएको छ। ट्रम्प प्रशासनले तेहरानले यदि प्रदर्शनकारीहरूलाई मृत्युदण्ड दिएमा सैन्य कारबाहीको विकल्प खुला रहने कडा चेतावनी दिएको थियो।

Advertisement
Advertisement

यसैबीच अमेरिकाले दक्षिण चीन सागरबाट आफ्नो एयरक्राफ्ट क्यारियर यूएसएस अब्राहम लिंकनलाई मध्यपूर्वतर्फ पठाइसकेको छ। यसले अमेरिका इरानमाथि तीव्र आक्रमण गर्न सक्ने आशंका बढाएको छ। ट्रम्पले स्पष्ट शब्दमा अमेरिका इरानी प्रदर्शनकारीहरूको पक्षमा रहेको र “मद्दत बाटोमै छ” भनी चेतावनी दिएका थिए।

यही कारणले भेनेजुएलाको अवस्था देखेर र अमेरिकी आक्रमणको डरले इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको आन्दोलनकारीमाथिको दमनको नीति नरम भएको प्रश्न उठ्न थालेको छ।

इरानमा डिसेम्बर २८ मा महँगीविरुद्ध सुरु भएको आन्दोलन दबाउन सरकारले अत्यन्त क्रूर दमन गरेको छ र अहिलेसम्म २८०० भन्दा बढी प्रदर्शनकारी मारिएको बताइएको छ। कतिपयले यो संख्या हजारौं रहेको बताइरहेका छन् ।

यही क्रममा पछिल्ला केही दिनमा ८०० प्रदर्शनकारीलाई मृत्युदण्ड दिने तयारी गरिएको थियो। तर अमेरिकाले यस्तो कदम अत्यन्त खराब हुने स्पष्ट सन्देश दिएको थियो। ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलिन लेविटले भनिन्, “ट्रम्प र उनको टोलीले इरानी अधिकारीहरूलाई प्रत्यक्ष चेतावनी दिएका थिए, जसमा मृत्युदण्डको योजना प्रदर्शनकारीमाथि गरिएको हिंस्रक दमनसँग जोडिएको थियो। वासिङ्टनले मृत्युदण्डलाई हिंसात्मक दमनको रूपमा लिएको थियो।”

एक ब्रिफिङका क्रममा लेविटले पत्रकारहरूलाई भनिन्, “राष्ट्रपतिले जानकारी पाएका छन् कि भोलि दिइन लागेका ८०० मृत्युदण्डका सजाय रोकिएका छन्। राष्ट्रपतिका लागि सबै विकल्प खुला छन्।” ह्वाइट हाउसको यो बयान त्यतिबेला आएको हो, जब अमेरिकाले प्रदर्शनकारीमाथि क्रूर हिंसा गरेको आरोपमा पाँच इरानी अधिकारीमाथि प्रतिबन्ध लगाएको छ।

समाचार संस्था रोयटर्सका अनुसार वासिङ्टनले इरानी नेताहरूले विदेशी बैंकहरूमा गरेका वित्तीय कारोबार ट्र्याक गर्न थालेको छ, जसले तेहरानमाथि ठूलो दबाब सिर्जना गरेको छ। अमेरिकाले इरानका वरिष्ठ अधिकारीहरूको बैंक खाता फ्रीज गर्न सक्ने संकेत दिएको छ।

प्रेस सेक्रेटरीले चेतावनी दिँदै भनिन् कि यदि प्रदर्शनसँग सम्बन्धित हत्या जारी रहे भने ट्रम्पले तेहरानलाई गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन्। लेविटका अनुसार डोनाल्ड ट्रम्प इरानभित्रको घटनाक्रम नजिकबाट नियालिरहेका छन् र उनलाई इरानी अधिकारीहरूबाट मृत्युदण्ड र हत्या रोक्ने आश्वासन प्राप्त भएको छ।

उनले भनिन्, राष्ट्रपति र उनको टोलीले इरानी शासनलाई स्पष्ट रूपमा भनेका छन्, यदि हत्या जारी रह्यो भने त्यसको गम्भीर परिणाम हुनेछ।” उनका अनुसार ट्रम्पलाई हत्या र मृत्युदण्ड रोक्ने जानकारी दिइएको थियो ।

एक दिनअघि मात्र इरानले २६ वर्षीय प्रदर्शनकारी इरफान सोल्तानीलाई मृत्युदण्ड दिने तयारी गरेको थियो, जसको विश्वभर कडा विरोध भएको थियो । अहिले हिरासतमा रहेका प्रदर्शनकारी इरफान सोल्तानीका परिवारले उनको मृत्युदण्ड स्थगित गरिएको बताएका छन् ।

तर इरानको सरकारी प्रसारक संस्थाले भने उनलाई मृत्युदण्ड नसुनाइएको जनाएको छ। यता इरानी जनतामाथि भइरहेको दमनको विरुद्ध अमेरिकाले आक्रमणको रणनीति बनाइरहेका बेला इरानसँग कट्टर दुश्मनी साँधिरहेको इजरायलले आणविक हतियार परीक्षण गरेको दाबी गरिएको छ।

नेगेव मरुभूमिमा बिहीबार बिहान ९ बजे मानिसहरू आफ्ना दैनिक काममा व्यस्त रहेका बेला अचानक जमिन हल्लिन थाल्यो। चारैतिर हाहाकार मच्चियो र अलार्महरू बज्न थाले। क्षेत्रीय तनाव अत्यधिक बढिरहेको समयमा आएको यस भूकम्पले सबैको ध्यान तानेको छ।

सबैभन्दा चासोको विषय भनेको भूकम्पको तीव्रता हो। रिक्टर स्केलमा यसको तीव्रता ४.२ मापन गरिएको छ। भूकम्पका झट्का करिब १०० किलोमिटर टाढासम्म महसुस गरिएको थियो।

यसको अवधि र तीव्रता कमदेखि मध्यम स्तरको परमाणु परीक्षणसँग मिल्दोजुल्दो भएकाले इजरायलले कुनै न्यूक्लियर परीक्षण त गरेको होइन भन्ने अड्कल सुरु भएको छ। बिहीबार आएको भूकम्पका झट्का उत्तर इजरायल, मध्य क्षेत्र र जेरुशलमको उत्तर भागसम्म महसुस गरिएका थिए।

यद्यपि यस क्षेत्रमा हल्का देखि मध्यम भूकम्पीय गतिविधि नयाँ होइन, तर इरानमा जारी विरोध प्रदर्शन र राजनीतिक संकटको बीचमा आएको भूकम्पले मानिसहरूमा त्रास फैलाएको छ। भूकम्प आएको क्षेत्रमै डिमोना न्यूक्लियर फ्यासिलिटी रहेको छ।

अमेरिकी मिक्स्ड मार्शल आर्टिस्ट जेक शील्ड्सले एक्समा प्रश्न गरेका छन्, “डिमोना न्यूक्लियर फ्यासिलिटी रहेको ठ्याक्कै यही ठाउँमा आएको यो भूकम्प के ट्रम्पका लागि छिटो युद्ध सुरु गर्नुपर्ने चेतावनी हो?”

इरानमा डिसेम्बरको अन्त्यतिर सुरु भएका विरोध प्रदर्शनहरू जनवरी ८ मा अचानक उग्र बनेका थिए र सन् १९७९ को इरानी क्रान्तिपछि सबैभन्दा ठूलो आन्दोलनमध्ये एक मानिएको छ।

यस अवधिमा २८०० भन्दा बढी मानिसको मृत्यु भएको बताइन्छ, यद्यपि केही रिपोर्टहरूले मृतक संख्या करिब १२ हजार पुगेको दाबी गरेका छन्। इरानले भने देशमा अशान्ति फैलाउन अमेरिका र इजरायल जिम्मेवार रहेको आरोप लगाएको छ।

Advertisement

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top