×

NEPAL TIMES UPDATES

Playing
श*वमा पनि सकिदैन इबोला भाइरस ‘टाढाको संकट’ भनेर भूल नगरौँ || Nepal Times
May 19, 2026
Playing
नवनियुक्त प्रधानन्यायाधीश शर्माले लिए शपथ || Nepal Times
May 19, 2026
Playing
संसद्मा अमरेश र विपक्षीको एक स्वर, प्रधानमन्त्रीमाथि धावा बोले|| Nepal Times
May 19, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-05-2083 || Nepal Times
May 19, 2026
Playing
स्विजरल्याण्ड र चीनबाट अर्बाै अनुदान स्वीकृत, कहाँ खर्च हुन्छ ?|| Nepal Times
May 19, 2026
Playing
प्रधानमन्त्री बालेनको एउटा पोष्टले जगाएको आशा || Nepal Times
May 19, 2026
Playing
देउवा दम्पतीलाई पक्राउ नगर्न माग गरिएको रिटमा कारण देखाऊ आदेश|| Nepal Times
May 19, 2026
Playing
‘Iran सरेन्डर गर्दैन’: Trumpको ध*म्कीले गलेनन् इरानी राष्‍ट्रपति पेजेश्कियन || Nepal Times
May 19, 2026
Playing
इमरान खानको सरकार ढाल्न ‘अमेरिकी दबाब’, पोल खुल्यो || Nepal Times
May 19, 2026
Playing
परमसेनाधिपतिको ’मेमोरी’ एमालेको झोलामाः लोकतान्त्रिक व्यवस्थालाई हानी || Nepal Times
May 19, 2026

चार महिनादेखि तलब नपाएपछि शिक्षकहरु आन्दोलित

२२ आश्विन २०७५

विराटनगर,असोज २२
विराटनगर महानगरपालिकाभित्र कार्यरत काज शिक्षकहरु आन्दोलनमा उत्रिएका छन् । महानगरपालिकाभित्र सामुदायिक विद्यालयमा काजमा खटिएका शिक्षकहरुले चार महिनायताको तलब सुविधा नपाएपछि आन्दोलन थालेका हुन् ।

तलबको माग गर्दै आन्दोलनमा उत्रिएका शिक्षकहरु सहित नेपाल शिक्षक महासंघसहित शिक्षकसम्वद्ध संघसंगठनहरुले सोमबार शिक्षा विकास तथा समन्वय इकाई मोरङको लेखा, प्रशासन र इकाइ प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका छन् । समन्वय इकाइमा तालाबन्दीपछि उनीहरुले विराटनगर महानगरपालिकामा धर्ना दिएका छन् ।

Advertisement
Advertisement

तलब नपाएपछि आन्दोलनमा उत्रिएको नेपाल शिक्षक महासंघ विराटनगर नगरसमितिका अध्यक्ष वेदुकुमार खतिवडाले बताए ।उनले मंगलबारसम्म पनि तलब निकासा गर्ने आश्वासन नदिए बुधबारदेखि महानगरपालिकामा अनिश्चितकालीन धर्ना र घेराउ गर्ने बताए ।

महानगरपालिकाका सामुदायिक विद्यालयमा खटाईएका १९ जना शिक्षक हरुले तलब नपाएका हुन् । शिक्षकहरुले आफूहरुलाई खटाइएको विद्यालयमा शिक्षण गरिरहे पनि समन्वय इकाइ र महानगरपालिकाले गैरजिम्मेवारपूर्ण व्यवहार गरेर तलब निकासा रोकेको आरोप लगाएका छन् ।

उनीहरुले शिक्षकहरुको खाइपाई आएको तलब भत्ता रोकिनु दुखद भएको बताउँदै समन्वय इकाईले कार्यरत विद्यालयबाटै तलव भत्ता लगायतका सुविधा पाउने गरी काजमा खटाइएका शिक्षकको विवरण स्थानीय तह र माथिल्लो निकायमा नपठाई आलटाल गरिरहेको गुनासो गरे ।

Advertisement
Advertisement

तलब माग गर्दा महानगरपालिकाले समन्वय इकाइबाटै शिक्षक कर्मचारीको अद्यावधिक अभिलेख प्राप्त नभएका कारण तलव माग गर्न नसकिएको जवाफ दिंदै आएको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top