सात वर्षको विकास खर्च ८ खर्ब ६१ अर्ब, युवा मन्त्रीहरुको कार्यप्रगति निराशाजनक

२२ असोज ७५, मंगलबार

काठमाडौं,असोज २२
पछिल्लो ७ वर्षमा ८ खर्ब ६१ अर्ब रुपैंयाँ पुँजीगत खर्च भएको छ । अर्थमन्त्रालयले तयार पारेको प्रतिवेदन अनुसार आर्थिक वर्ष २०६८/६९ देखि आव २०७४/७५ अवधीमा सो मात्रामा विकास बजेट खर्च भएको हो । यो खर्च कुल पूँजीगत बजेट विनियोजनको ७१।९३ प्रतिशत हुन्छ ।

सात वर्षमा ११ खर्ब ९७ अर्ब पूँजीगत खर्च विनियोजन गरिएको थियो । २०६८/६९ देखि संबिधान जारी गर्नु पुर्व अर्थात आव २०७१/७१ सम्म औषत ७७ प्रतिशत पुँजीगत खर्च भएको देखिन्छ । तर संबिधान जारी पछि अर्थात २०७२/७३ देखि अघिल्लो आवसम्मको औषत खर्च भने जम्मा ६९ प्रतिशत मात्रै देखिएको छ ।

राजश्व सचिव शिशिर ढुंगानाले संबिधान जारी गरेपछि पुँजीगत खर्च घटेको निष्कर्ष निकालिनु गलत हुने बताए । उनले स्थानीय तह तथा प्रदेशलाई उपलब्ध गराईएको ठूलो रकम चालु खर्चमा गणना हुने व्यवस्थाका कारण पुँजीगत खर्च न्युन देखिएको स्पष्टिकरण दिए ।

Advertisement

यद्यपी सचिव ढुंगानाले चालु आवको पहिलो २ महिनामा भने पुँजीगत खर्च सन्तोषजनक नदेखिएको स्वीकार गरे । भदौं मसान्त अवधिमा धेरै बजेट विनियोजन गरिएका मन्त्रालयहरुको पुँजीगत खर्च निराशाजनक देखिएको छ ।

युवा नेताका मन्त्रालयको अवस्था चिन्ताजनक
युवा नेताहरुले सम्हालेका मन्त्रालयहरुको पूँजीगत खर्च निराशाजनक देखिएको छ । युवा नेता रविन्द्र अधिकारीले सम्हालेको पर्यटन मन्त्रालयले शुन्य प्रतिशत पुँजीगत खर्च गरेको देखिन्छ भने अर्का युवा नेतृ बिना मगरले सम्हालेको खानेपानी मन्त्रालयले पुँजीगत खर्च पनि १ प्रतिशत मात्रै देखिएको छ ।

Advertisement

त्यस्तै अर्का युवा नेता मोहम्मद इस्तियाक राईले सम्हालेको शहरी विकास मन्त्रालयको पुँजीगत खर्च पनि १ प्रतिशत मात्रै भएको छ ।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top