बुटवलदेखि पाल्पाको बसन्तपुरसम्म १ अर्ब ५० करोडमा केवल कार बन्ने, २ वर्षभित्र सञ्चालनमा आउने

२२ असोज ७५, मंगलबार

काठमाडौं,असोज २२
बुटवलको गोलपार्कदेखि पाल्पाको बसन्तपुरसम्म ३ किलोमिटर लामो केवलकार बन्ने भएको छ । लुम्बिनी केवलकार कम्पनीले आयोजना निर्माण सुरु गर्न लागेको हो । यो वर्षदेखि निर्माण सुरु हुने लुम्बिनी केवलकार कम्पनीले जानकारी दिएको छ ।

केवलकारको अनुमानित लागत १ अर्ब ५० करोड रुपैयाँ छ । आउँदो २०२० को जनवरी सम्ममा केवलकार सञ्चालनमा आउने छ । करिब ३ किलोमिटर लामो सो केबलकारको निमार्णका लागि आवश्यक जग्गा उपलब्ध गराउन बुटवल सामुायिक वन उपभोक्ता समिति सहमत भइसकेको छ ।

तिनाउ गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानुप्रसाद पनेरुले केबलकारको लागत खुलाउने बितिकै गाँउपालिकाबाट आयोजना पारित हुने बताए । उनले केवलकार सञ्चालनका लागि कुनै समस्या नभएको जानकारी दिए ।

उपभोक्ता समितिको बैठकले समेत आवश्यक जग्गा उपलब्ध गराउने निर्णय गरेको कम्पनीले जानकारी दिएको छ । केबलकारको निर्माणपछि प्रत्यक्ष रुपमा ६० जना र अप्रत्यक्ष रुपमा १५० जनाभन्दा बढीले रोजगारी प्राउने कम्पनीले जनाएको छ ।

केवलकारमा ९० वटा डिब्बा राख्ने कम्पनीको योजना छ । केवलकारको लागि करिब ७ बिगाहा जग्गा आवश्यक पर्ने र सो जग्गा खरिदको लागि प्रक्रिया समेत अघि बढाएको कम्पनी जानकारी दिएको छन् ।

देशभर विभिन्न स्थानमा झण्डै ३ दर्जन केवलकार निर्माण सुरु हुन लागेको छ । ८५ किलोमिटर लामो केवलकार निर्माणको तयारी भइरहेको छ । केवलकारको पुर्वाधार बनाउ बढीमा २ वर्ष र २० करोडदेखि ४० अर्ब रुपैयाँसम्म लाग्ने नेपाल रोप वे प्राइभेट लिमिटेडका अध्यक्ष गुणराज ढकालले बताए ।

निजी लगानीमा मनकामना, चन्द्रागिरी र कालिञ्चोकमा केवलकार सञ्चालनमा आइसकेका छन् । यस्तै केही महिनभित्र पोखराको फेवातालदेखि सराङकोटसम्म केवलकार सञ्चालनमा आउने उनले जानकारी दिए ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top