२५ जेठ , काठमाण्डौ।

पाकिस्तानले चीनको सहयोगमा आफ्नो रणनीतिक तैयारीहरुलाई निकै तीव्ररुपमा बढाइरहेको छ । पछिल्ला १६ महिनामा पाकिस्तानले जासूसी स्याटेलाइट्सको एउटा यस्तो नेटवर्क तैयार पारेको छ, जसलाई खासरुपमा भारतीय क्षेत्रमा लगातार नजर राख्नका लागि बनाइएको हो ।

दिप्रिंटको रिपोर्ट अनुसार जनवरी २०२५ र जून २०२६का बीच पाकिस्तानले ६ वटा अर्थ–अब्जर्भेशन स्याटेलाइट लन्च गरेको छ । यी सबै सन–सिंक्रोनस अर्बिटमा स्थापित गरिएको छ, जुन निगरानीका लागि उपयुक्त स्टान्डर्ड मानिन्छ । यी सबै स्याटेलाइट मिलेर कम से कम हरेक दुई दिनमा भारतीय क्षेत्रहरुको म्यापिंग गर्ने गरेको भारतीय संचारमाध्यमहरुले नै उल्लेख गरेका छन् ।

दिप्रिंटको रिपोर्टमा भनिएको छ कि अपोलो म्यापिंग र स्काईफाई प्रयोग गरेर यी स्याटेलाइट्सलाई यस प्रकारले तैनाथ गरिएको छ कि तीनले पाकिस्तानलाई भारतीय इलाकाहरुको लगातार तस्वीरहरु दिन सकुन । यी स्याटेलाइटले रणनीतिक रूपले महत्वपूर्ण अन्य क्षेत्रहरुको पनि निगरानी गर्ने गरेको छ, जसमा अफगानिस्तान, चीन, इरान र उत्तरी हिंद महासागर पर्छन् ।

जानकारहरुको भनाइ छ कि भारतको सीमाबाहिर पनि हुने गरेका उसका रणनीतिक गतिविधीहरुमा कडा नजर राख्न र उसका नौसेनाका जहाजहरु र भारत आउने कमर्शियल जहाजहरु जस्ता महत्वपूर्ण कुराहरुको आवतजावतमा पनि नजर राख्न पाकिस्तानले यो रणनीति लिएको हो ।

रिपोर्टका अनुसार यी स्याटेलाइटले रियल टाइम सर्भिलांस गर्छन् र एक प्रकारले लाइभ भारतीय सेनाका गतिविधीलाई ट्रयाक गर्न सक्छन् र लुकाइएका चीजहरुलाई पनि निकै स्पष्टसंग देख्न सक्छन् । पाकिस्तानले यी सबै स्याटेलाइट चीनको सहयोगमा मात्रै १६ महिनामा तैनाथ गरेको हो ।

रक्षा विश्लेषकहरुका अनुसार चीनको प्रविधि र लन्चिंग सहयोगले पाकिस्तानी स्पेस प्रोग्राम अचानक पुनः शुरू हुनु र यी स्याटेलाइट्सलाई तैनात गर्नका लागि अर्बिटको छनौट पनि कुनै सामान्य संयोग होइन । अर्कातर्फ गत एक वर्षमा भारतका कयौं स्याटेलाइट लन्च फेल भएका छन् जसमध्ये तीन स्याटेलाइट रणनीतिक स्याटेलाइट थिए, यो भारतका लागि निकै चिंताजनक विषय हो ।

भारतीय नौसेनाका पूर्व फ्लाग अफिसर सुधीर पिल्लईले भनेका छन् कि पाकिस्तानको ’सिभिलियन’ स्याटेलाइट्सको यो समूह अगाडि आउनु कुनै संयोग होइन, जबकि वास्तवमा यसको प्रयोग मिलिट्री कामका लागि पनि गर्न सकिने उनले बताए ।

पिल्लईले एक ब्लग पोस्टमा लेखेका छन्, ’जनवरी २०२५ र अप्रिल २०२६ का बीच सुपार्को (पाकिस्तान अंतरिक्ष एजेंसी)ले लगभग आधा दर्जन स्याटेलाइट्सलाई अर्बिटमा पठाएको छ । यो रफ्तारले कुनै प्रोग्राममा विस्तारै विस्तारै हुने बदलाव होइन बरु एउटा ठूलो स्ट्रक्चरल बदलावलाई देखाएको छ’ ।

भारतका रणनीतिक विशेषज्ञ संदीप उन्नीनाथनले दिप्रिंटको यो स्टोरीमा प्रतिक्रिया दिदै भनेका छन्, ’कंगाल पाकिस्तानले जासूसी स्याटेलाइट नेटवर्क उ आफ्नो रकेट फोर्सका लागि बनाइरहेको छ । जबकि हामी आफ्नो ’किल चेन’ मा बहस गरिरहेका छौं । हामीले हाम्रो अंतरिक्ष आधारित सर्भिलांसलाई तीव्र पार्न आवस्यक छ, उनले भने ।

उनले अगाडि भने, कयौं अन्य रणनीतिक चीजहरु जस्तै यसका लागि पनि सिंगो देशले मिलेर काम गर्नु पर्छ’ । यो बयानबाट थाहा हुन्छ कि पाकिस्तानको स्याटेलाइट प्रोग्रामले भारतको चिन्ता बास्तवमै हाई लेभलमा बढाइदिएको छ । भारतीय अंतरिक्ष अनुसंधान संगठन (इशरो)का एक पूर्व अधिकारीले दिप्रिंटसंग भने, ’चिनियाँ स्याटेलाइटले भारतीय इलाकामा स्वयं भारतले भन्दा पनि धेरै नजर राख्छ ।

हाम्रो क्षेत्रको हरेक इंच उनीहरुको निगरानीको दायरामा छ।’ उनले पाकिस्तानको स्पेस प्रोग्रामलाई लिएर भने, ’यो प्रष्ट कुरा हो हिड्नडुल्न पनि अक्षम कोही व्यक्ति अचानक एक दिन उठेर उसेन बोल्टलाई हराउन सक्दैन । भनेपछि मामिला यो भन्दा कयौं गुना गहिरो छ“ । गत वर्ष १४ जनवरीमा पाकिस्तानको स्पेस एजेंसी ’स्पेस एंड अपर एटमस्फियर रिसर्च कमीशन’ले स्पेस एक्सको फाल्कन ९ रकेटबाट पाउस्याट–१ लन्च गरेको थियो ।

यो एउटा अर्थ अब्जर्भेशन १६ यु क्यूबस्याट थियो । यो स्याटेलाइटलाई लगभग ५१३ किलोमिटरको उचाई र ९७.४ डिग्रीको झुकावमा सन–सिंक्रोनस लो–अर्थ अर्बिट (एसएसओ)मा स्थापित गरिएको थियो । यसको ठीक तीन दिनपछि पाकिस्तानले थप एक अर्थ–अब्जर्भेशन स्याटेलाइट, पाकिस्तान रिमोट सेंसिंग स्याटेलाइट–अर्थ अब्जर्भेशन १) लन्च गर्यो ।

यसलाई चीनको लन्ग मार्च–२डी रकेटबाट लन्च गरिएको थियो । यी दुवै मिसन पहलगाम हमलाभन्दा तीन महिना पहिला भएका थिए । गत वर्ष ३१ जुलाईमा पाकिस्तानले चीनसंग मिलेर हाई–रिजुल्यूशन भएको पाकिस्तान रिमोट सेंसिंग स्याटेलाइट–२ लन्च गर्यो । १९ अक्टूबर २०२५ मा पाकिस्तानी स्पेस एजेंसीले एचएस –१ लन्च गर्यो जुन देशको पहिलो हाइपरस्पेक्ट्रल अर्थ–अब्जर्भेशन स्याटेलाइट हो ।

यसलाई सैयौं लगातार र साँघुरा वेवलेंथमा तस्वीर लिनका लागि डिजाइन गरिएको हो । यसवर्ष पाकिस्तानले फव्रुअरी र अप्रिलमा थप दुई स्याटेलाइट मिशन पीआरएससी– ईओ २ र पीआरएससी ईओ ३—लन्च गर्यो । यी दुवै मिशन हाई–रिजुल्यूशन अप्टिकल इमेजिंग र एआईको सहयोगमा इमेज प्रोसेसिंगका लागि बनाइएको हो ।

यी क्षमताहरुका कारणले तीनिहरुले सैन्य ठेगानाहरुमा नजर राख्न सक्छन् र सीमा पार लगातार निगरानी गर्न सक्छन् ।  चीन र पाकिस्तानको अंतरिक्ष आधारित नेटवर्कले भविष्यमा हुने संघर्षमा भारतलाई हैरान पार्न सक्ने भारतीयहरुको चिन्ता छ । गत वर्ष भारतीय सैन्य अधिकारीहरुले ठानेका थिए कि चीनले पाकिस्तानलाई रीयल टाइम स्याटेलाइट सहयोग गरिरहेको छ ।

तर अहिले पाकिस्तान स्वयंले यो क्षमता विकास गरेको खुलेको हो । यस्तै अब पाकिस्तानले आफ्नो रकेट फोर्सका लागि बनाएको नयाँ स्याटेलाइट नेटवर्कले चीनलाई समेत भारतको सूचना दिनसक्ने भएको हो ।

Scroll to Top