प्रतिवेदनमाथि निर्मलाकी आमा दुर्गादेवीको टिप्पणी : ‘के नै नयाँ कुरा आयो र ?’

कञ्चनपुर : निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको घटना छानबिनका लागि गठित उच्चस्तरीय समितिले अपराधीबारे ठोस कुरा बाहिर ल्याउला भन्ने उनकी आमा दुर्गादेवीले आस गरेकी थिइन् ।

समिति सदस्यले समेत अपराधी किटान गरेरै प्रतिवेदन सार्वजनिक गर्दा उनका यी सबै आशा निराशामा बदलिए ।

‘प्रतिवेदन चित्तबुझ्दो छैन, पुरानै कुरा आए, न अपराधी पत्ता लाग्यो, न त प्रमाण ढाकछोप गरी नष्ट गर्नेहरु नै किटान गरिए’, दुर्गादेवीले भनिन्, ‘प्रतिवेदनमा भएका कुरा त हामीले सुरुदेखि भन्दै आएका छौं, के नै नयाँ आएको छ र ?’

Advertisement

उनले प्रहरी र बम दिदीबहिनीमाथि फेरि अनुसन्धान गर्नुपर्ने कुरा प्रतिवेदनमा उल्लेख भए पनि प्रहरीबाट मात्रै हुने अनुसन्धानमा विश्वास नभएको बताइन् । विगतमा पनि बम दिदीबहिनी रोशनी र बबितालाई २५ दिनसम्म हिरासतमा राखेर छाडिएको थियो ।

‘बम दिदीबहिनीसँग बयान लिँदा अधिकारकर्मीलाई पनि साक्षी राख्नुपर्छ’, दुर्गाले भनिन्, ‘प्रहरीले लिने बयान तथा अनुसन्धान चित्तबुझ्दो छैन ।’ उनले आइतबार सार्वजनिक गरिएको प्रतिवेदनमा ठोस रुपमा कसको के कमजोरी हो भन्ने कुरा नआएको बताइन् ।,आजको कान्तिपुरमा समाचार छापिएको छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top