मुख्यमन्त्रीले पत्रकारलाई थर्काए, महानगरप्रति झनै रुष्ट

विराटनगर : मंगलबार प्रदेशसभाको जारी वर्षे अधिवेशन अन्त्य हुँदैथियो । संसद अधिवेशनको अन्त्य हुँदैगर्दा सभामुख प्रदिपकुमार राज भण्डारीले सत्ताधारी दलको संसदीय दलको नेता एवम् मुख्यमन्त्री शेरधन राईलाई आफ्नो भनाई र शुभकामना राख्न समय दिए ।

तर रोष्टम पुगेको मुख्यमन्त्री राईले भने सरकारका तर्फबाट राख्ने कुराभन्दा पनि सञ्चारकर्मीहरुलाई थर्काउनमै समय खर्र्चिए ।

मुख्यमन्त्री राईले सदनमा ४५ मिनेट बोले । तर उनले महत्वपुर्ण १५ मिनेटजति समय पत्रकारसँग विमती पोख्नमै खर्चिए । उनले पत्रकारहरुलाई आफ्नो हैसियत भुलेर सञ्चार माध्यमको दुरुपयोग गरेको आरोप लगाए । न्युनतम् ब्यबसायिक मर्यादाको पनि ख्याल नगरेको र बुझ्दै नबुझि त्यत्तिकै समाचार लेख्ने गरेको उनको आरोप थियो ।

Advertisement

मुख्यमन्त्री राईले पत्रकारहरुले नीचस्तरको गतिविधि गरेको भन्दै विचार गरेर मात्र कलम चलाउनु भन्दै धम्कीपुर्ण भाषा प्रयोग गरे । उनले पत्रकारहरुलाई मर्यादा र हैसियत पनि पढाए ।

पत्रकारहरुले विषयलाई बङ्ग्याएर समाचार सम्प्रेषण गरिएको भन्दै दु ः ख लागेको बताए ।‘सपना देखेर लेख्नुहुन्छ ?’ मुख्यमन्त्री राई कड्किँदै गए –‘सक्नुहुन्छ भने सरकारको संकल्पमा हाईलाईट गर्नुहोस्, नसक्ने हो भने कमजोर हैसियतबाट जोगिनुहोस्’

महानगरप्रति झन रुष्ट
मुख्यमन्त्री राईले विराटनगर महानगरपालिकाको विज्ञप्तिप्रति झन रुष्ट देखिएका छन् । उनले सम्बोधन गर्ने क्रममा महानगरको वक्तब्यले प्रदेशसभाको मानमर्दन भएको टिप्पणी गरे ।

‘ के ठानिरहनुभएको छ प्रदेशसभाका सदस्यहरुलाई यहाँ कोही टुप्लुक्कै आएजस्तो लाग्छ?’ उनले चेतावनीपुर्ण भाषामा भने– ‘चुनौती दिने, मानमर्दन गर्ने लान्छित गर्ने कुरा भएको छ । यो प्रदेशसभालाई सह्य हुँदैन, गम्भीर रुपमा लिनुपर्दछ ।’

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top