१ डलर किन्न १२० रुपैयाँ खर्च गर्नुपर्ने,मूल्यवृद्धिले नेपालीको किन्ने क्षमता घट्दै गएको विश्लेषकहरुको भनाई

२४ असोज ७५, बुधबार
Share this
741shares

काठमाडौं ,असोज २४

Advertisement

भारुको निरन्तर अवमूल्यन भएपछि नेपाली रुपैयाँ पनि कमजोर हुँदै गएको छ । नेपालीले १ अमेरिकी डलर किन्न नेपालीले १२० रुपैयाँसम्म खर्च गर्नुपर्ने अवस्था आएको छ । डलर मजवुत हुँदै गएपछि नेपाली रुपैयाँ कमजोर भइ नयाँ रेकर्ड कायम भएको छ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि १ डलर बराबर ११९ रुपैयाँ ३३ पैसा बिक्री दर तोकेको छ । यो हालसम्मको उच्च दर हो ।

अमेरिकी डलरसंग भारतीय रुपैयाँ (भारु) कमजोर भएपछि यसको असर नेपाली रुपैयाँमा परेको हो । भारु कमजोर भई १ डलर बराबर ७४.२७ पुगेको छ । डलरसंग भारु कमजोर हुँदा नेपाली रुपैयाँ कमजोर हुँदै गएको बैंकर अनलराज भट्टराइ बताउछन् । अमेरिका र चीनबीचको व्यापार युद्धले गर्दा विश्व बजारमा डलर मजवुत हुँदै गएको उनको तर्क छ । डलर बलियो हुनुमा नेपालको केही भुमिका नभए पनि मूल्यवृद्धि गराउने र नेपालीको क्रयशक्ति घटाउने भट्टराइको भनाई छ ।

Advertisement

“डलर महंगिएका कारण सरकारको भन्सार राजश्व बढछ तर नेपालीको क्रयशक्ति कमजोर भई यसले आर्थिक वृद्धिमा असर गर्ने देखिएको छ” उनले भने “चालु आर्थिक वर्षका लागि सरकारले लिएको ८ प्रतिशत वृद्धिमा कमी र मुद्रास्फितीले सीमा नाघने छ ।” भारतमा आम निर्वाचन हुन लागेकाले भारु बलियो हुने संभावना रहेको उनको भनाई छ ।

स्थिर विनिमय दर (फिक्सड पेग) भएका कारण भारु कमजोर हुनसाथ नेपाली रुपैयाँ पनि अवमूल्यन हुने गरेको छ । डलर मजवुत भएपछि यसको चाप मूल्यमा पर्नेगर्छ । बजार भाउ बढ्छ । यसको असर आउदो दशैमा पर्ने भएको छ । डलर लगातार बढी रहेकाले दशैका खरिद गर्ने वस्तुको भाउ आकासिने देखिएको छ ।

Advertisement

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिएका नीतिका कारण अमेरिकी अर्थतन्त्र मजवुत हुदा डलर महंगिएको हो । पछिल्लो समयमा अन्य मुलुकमा भएको लगानी अमेरिकामा फिर्ता हुन थालेपछि डलर संचिती बढेको छ । भारतबाट लगानी अमेरिकामा फिर्ता हुन थालेको छ । भारतमा डलर संचितीमा गिरावट आएको छ ।

डलर महंगिएका कारण वस्तु तथा सेवाको भाउमा वृद्धि भई मुद्रास्फितीको चाप बढेको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको भाउ बढेको छ । यसको असर आन्तरिक बजारमा पनि परेको छ । आउँदो दशैं महंगो हुने देखिएको छ ।

डलर बलियो हुँदाका बेफाइदा

डलर तिरेर आयात गरिएका वस्तु तथा सेवाको लागत महंगो भई खुद्रा मूल्य बढ्छ र अन्त्यमा यसको मारमा उपभोक्ता पर्छन् । यस्तै पेट्रोलियमको भाउ बढाउन पनि सहयोग गर्छ । डलर तिरेर विदेशबाट आउने सामानको मूल्य बढी हुन्छ । यस्तै, भारत तथा तेस्रो मुलुकबाट आउने सवारीसाधान, मोबाइल फोन, इलेक्ट्रोनिक्सका सामान, लत्ताकपडाको भाउ बढ्छ ।

विदेशबाट कच्चा पदार्थ ल्याएर उत्पादन गर्ने उद्योगको लागतमा वृद्धि हुने छ । विदेशबाट आयातित वस्तुको लागत बढेर बजार भाउ महंगो हुन्छ । यस्तै जलविद्युत आयोजनाको लागत पनि बढ्ने छ ।

राज्यले विदेशी दातृ निकायसंग लिएको ऋणको भार बढ्छ । डलरमा ऋण तिर्न सरकारले बढी रुपैयाँ खर्च गर्नुपर्ने हुन्छ । अन्तर्राष्ट्रिय बजारमा हवाइ टिकटको मूल्य बढ्छ ।

नेपाल विद्युत प्राधिकरणले डलरमा बिजुली खरिद गर्दा तिर्ने दाइत्व पनि थप हुन्छ । यस्तै विदेशी कम्पनीले फिर्ता लैजाने लाभांश दायित्व बढ्छ । डलर बढ्दा रेमिट्यान्स र पेन्सन आप्रवाहमा वृद्धि हुन्छ ।(विकास न्युजबाट)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top