वर्तमान सरकारले जनताको पक्षमा काम गर्न सकेन : नेता सिटौला

विराटनगर असोज २४
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले, दुई तिहाईको समर्थनमा वनेको वर्तमान सरकारले जनताको पक्षमा काम गर्न नसकेको वताएका छन् ।

विराटनगरमा आज संचारकर्मीसंग कुरागर्दै उनले कम्युुनिष्टको सरकारले थोरै समयमा धेरै अलोकतान्त्रीक काम गरेको बताए । उनले सरकारले शान्ती सुरक्षा दिन नसक्दा हत्या हिंसा तथा वलत्कारका घटना बढ्नुका साथै सरकारका नितीका कारण कर वृद्धि तथा महंगी वढेका कारण जनता मारमा परेको वताए ।

नेता सिटौलाले सरकारको मुल्याकंन गर्ने हो भने जनताका लागी नभएर पार्टीका केहि नेता र कार्यकर्ताका लागी मात्र सरकारले काम गरिरहेको वताए। नेता सिटौलाले यहि अवस्थामा सरकार अघि बढे कांग्रेस चुप लागेर नवस्ने बताए ।

Advertisement

सरकारको राम्रो कामलाई समर्थन गर्ने तथा स्वच्छेचारी ढंगले सरकार अघि वढे त्यसलाई रोक्ने कामपनी प्रतिपक्षको भएको उनको भनाई थियो ।

नेता सिटौलाले निमला हत्याकाण्ड घटनालाई सरकारले ढाक छोप गर्न खोजेको आरोप लगाए । “घटना भएको लामो समय वितिसक्दापनि दोषि पत्ता लगाउन नसक्नुले सरकार कमजोर भएको प्रष्ट हुन्छ” उनले भने । उनले कांग्रसको आगामी महाधिवेशनले पार्टीलाई सहि मार्ग दिने र परीवर्तनको पक्षमा पार्टीलाई अगाडी बढाउने ब्यक्तिनै पार्टी सभापतिका लागी उपयुक्त हुने बताए ।

Advertisement

नेता सिटौलाले नेविसंघको उमेर हदका विषयमा पार्टी सभापतिले एकलौटि रुपमा गरेको निर्णय गलत भएको बताए । उनले पार्टी सभापति भईसकेपछि सबैलाई मिलाएर लैजानुपदर्छ भन्दै बहमुत छ भन्दैमा पार्टी सभापतिले जेपनि निर्णय गर्न नमिल्ने बताए ।

पार्टीलाई संगठित वनाउन एकता आवश्यक रहेको भन्दै त्यसतर्फ पार्टी सभापति लाग्नुपर्ने उनले बताए । “मैले पार्टी सभापतिको विरोध गरेको होइन , कार्यकाल रहुन्जेल सम्म उहालाई साथ र सहयोग रहि रहनेभन्दै सभापतिलेपनी सवैको सल्लाह र सुझाव अनुसार पार्टीमा निर्णय गर्नुपर्दछ” उनले भने ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top