राजविराज कारागारमा कैदीबन्दीको आन्दोलन, आत्मदाह प्रयास

१ साउन ८३, शनिबार

२ साउन , काठमाण्डौ ।

 सप्तरीको राजबिराजस्थित जिल्ला कारागार आज विहानै तनावग्रस्त बनेको छ । त्यहाँका कैदीबन्दीहरुले जेलरको सरुवाको माग गर्दै आन्दोलनमा उत्रिएका छन् भने पाँच कैदीबन्दीले आत्मदाहको समेत प्रयास गरेका छन् । राजविराज कारागारमा जेलर रूपक मण्डलको सरुवाको माग गर्दै कैदीबन्दीहरू आन्दोलनमा उत्रिएपछि कारागार परिसर तनावग्रस्त बनेको हो ।

राजबिराज नगरपालिका–६ स्थित कारागारमा जेलर मण्डलले चौकीदार नियुक्तिका नाममा ठूलो आर्थिक चलखेल गर्दै कैदीबन्दीहरूबाट रकम असुलेको आरोप लगाउँदै उनीहरू तीन दिनदेखि आन्दोलनमा छन् । यसक्रममा आज पनि कारागारमा विवाद भएको थियो ।

Advertisement

विहान विवाद भएपछि पाँचजना कैदीबन्दीले मट्टितेल छेर्केर आत्मदाहको प्रयास गरेका हुन् । कारागारका रुपक मण्डलका अनुसार दुई÷तीन दिनदेखि कैदीबन्दीहरूको आन्तिरक विवाद भइरहेको थियो । सोही विषयमा असन्तुष्ट पक्षले आत्मदाहको प्रयास गरेको उनले जानकारी दिए ।

उनका अनुसार अहिले आन्तिरक छलफल भइरहेको छ । सहमतिनजिक रहेको उनले बताए पनि कुन विषयमा किन विवाद भएको उनले खुलाउन चाहेनन् । तर आत्मदाहको प्रयास भएको तर च्याम्बरमै चिकित्सक टोली र एम्बुलेन्स भएको हुनाले कुनै क्षति नभएको उनको दाबी छ ।

Advertisement

सप्तरीका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले भने चौकिदारलाई समान्य कुटपिट गर्दा विवाद भएको जानकारी दिए । कैदीलाई समझाईबुझाई गर्दा अहिले अवस्था नियन्त्रणमा रहेको उनले बताए । सबैसँग सम्मान व्यवहार हुनुपर्ने कैदीबन्दीको माग रहेको उनले बताए । प्रहरीभित्र जान खोज्दा आत्मदाहको प्रयास गरेको उनको भनाइ छ ।

तर आन्दोलनरत कैदीबन्दीहरूले जेलर मण्डलको तत्काल सरुवा र घटनाको निष्पक्ष छानबिनको माग गरेका छन् । आन्दोलन नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गरेपछि स्थिति थप तनावपूर्ण बनेको थियो । त्यसक्रममा केही कैदीबन्दीहरूले शरीरमा मट्टीतेल खन्याएर आत्मदाहको प्रयास गरेका हुन् ।

कैदीबन्दीहरूले आत्मदाहको प्रयास गर्न थालेपछि प्रहरी पछि हटेको बुझिएको छ । राजबिराज नगरपालिका –१५ मुसहरनियाँका कैदी धर्नेन्द्रप्रसाद साहले आफूलाई चौकीदार बनाइदिने भनी चौकीदार कामेश्वरर यादवले गत जेठ ५ गते कारागार बाहिरका विनोद यादव भन्ने व्यक्तिमार्फत जेलर मण्डलको नाउँमा आफूसँग ५ लाख घुस लिएको आरोप लगाएका छन् ।

घटनापछि कारागार परिसरमा ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । सुरक्षा संवेदनशीलताको कारण देखाउँदै सञ्चारकर्मीहरूलाई समेत घटनास्थलमा पुगेर समाचार सङ्कलन गर्न अवरोध गरिएको छ । यता रकम उठाएको विषयमा विवाद चर्किएपपछि चौकीदार यादवको झुम्का कारागार सरूवा गर्ने तैयारी गरेपछि बी बल्का कैदीलाई कुटपिटमा परेको हो ।

जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रमुख जिल्ला अधिकारी रामकृष्ण थापाले कारागारको शान्ति–सुरक्षा कायम गर्न प्रहरी भित्र पस्न खोजपछि कैदीबन्दीहरूले शरीरमा मट्टीतेल खन्याएको स्वीकारेका छन् । अहिले समझाइ बुझाइ गर्दा अवस्था समान्य बनेको उनले बताए । उनका अनुसार बी बल्कका चौकीदार राम रिझनले कैदी बन्दीहरूलाई समानुपातिक व्यवहार नगरेको आरोपमा झगडा भएको हो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top