३९ वर्षमा पनि मेस्सीमा ’देव–तुल्य’ हैसियत कायम, नवौं बालोन डी‘ओर नजिक

१ साउन ८३, शनिबार

२ साउन , काठमाण्डौ ।

के लियोनल मेस्सी बालोन डी’ओरको लागि पुनः दाबेदार देखिएका हुन् । हुन पनि जारी विश्वकपमा आफुलाई चमत्कार भन्दा बाहिर राख्न नसकेका इन्टर मियामीका सुपर हिरोले अर्जेन्टिनालाई जित दिलाएमा विश्वकपको वीरता र अमेरिकी मेजर लिग सकर एमएलएसमा गरेको उत्कृष्ट प्रदर्शनको कारण गोल्डेन बलका लागि नवौ पटक हकदार बन्ने सम्भावना बलियो देखिएको छ ।

जब ९२ औं मिनेटको स्टपेज टाइम अर्थात अतिरिक्त समयमा बक्सको दायाँपट्टि निको ओ’रेली र जेड स्पेन्सले लियोनेल मेस्सीलाई उनको कमजोर खुट्टामा धकेले । तब इङ्गल्याण्डका फ्यानहरूले एकै स्वरमा सास रोकको थिए । जतिखेर थ्री लायन्सका चार अग्ला खेलाडीहरू छ–यार्ड क्षेत्र वरिपरि घुमिरहेका थिए ।

Advertisement

त्यो अवस्थामा अर्जेन्टिनाका कप्तान मेस्सीलाई पछाडिको पोस्टमा लाउटारो मार्टिनेजसम्म पुग्नको लागि एक उत्तम डेलिभरी आवश्यक थियो । जुन अवस्था अति कठिन थियो । तर मेस्सीका लागि भने त्यो अकल्पनीय परिस्थिति कुनै कठिन थिएन । अन्ततः, उनले प्रहार गरेको ’क्रस’ ठ्याक्कै मार्टिनेजको निधारमा लाग्यो र बल इंग्ल्याण्डका गोलरक्षक जोर्डन पिकफोर्डलाई छलेर जाली चुम्न पुग्यो ।

यसले अर्जेन्टिनालाई २–१ को पुनरागमन जित दिलाउनुका साथै २०२६ को विश्वकप फाइनलमा स्थान पनि सुनिश्चित गरिदियो। हो यही कला र क्षमताको परिचायक हुन मेस्सी । जसका लागि फुटबलमा कठिन भन्ने शब्द नै हुँदैन ।
त्यसपछि अर्जेन्टिनाका अधिकांश खेलाडी र प्रशिक्षकहरू मार्टिनेजको सट्टा मेस्सीलाई घेर्न दौडिए।

Advertisement

३९ वर्षको उमेरमा पनि उनले कायम राखेको ’देव–तुल्य’ हैसियतको यो अर्को प्रमाण थियो, साथै आफ्नो देशलाई पुनः एकपटक एकल प्रयासले सफलताको शिखरसम्म पु¥याएकोमा उनले पाएको उचित पुरस्कार पनि । खेलको अन्तिम ३० मिनेटमा मेस्सीले इङ्ल्यान्डलाई निकै दबाबमा राखे।

हो, थोमस टुचेलको कमजोर रणनीतिक निर्णयले उनलाई सहज बनाइदियो, तर आठ पटकका ’बालोन डी’ओर’ विजेताले त्यसको भरपूर र निर्मम फाइदा उठाए । यस गर्मीमा आयोजित विशाल र विस्तारित विश्वकपमा सबैभन्दा प्रभावशाली खेलाडी रहेकाले पनि यसै वर्षको अन्त्यतिर उनले नवौं ’गोल्डेन बल’ जित्ने सम्भावना पनि उत्तिकै छ ।

स्पेन र बार्सिलोनामा उनका उत्तराधिकारी मानिने लामिन यामालविरुद्धको फाइनल खेलमा अर्को उत्कृष्ट प्रदर्शनले यस कुरालाई लगभग पक्का गर्नेछ। अर्जेन्टिना यस महामुकाबलामा ’अन्डरडग’ (कमजोर मानिएको टोली) का रूपमा प्रवेश गर्दैछ; तर एउटा कुरा निश्चित छ—अटल सामूहिक आत्मविश्वास र मेस्सीको जितप्रतिको अदम्य भोकले प्रेरित अर्जेन्टिनाले यदि स्पेनबाट थोरै मात्र पनि मौका पायो भने त्यो सुन्दर स्वर्ण ट्रफीमाथि पुनः कब्जा जमाउनेछ।

बुधबारको सेमिफाइनल खेलअघि, उत्तर अमेरिकामा अर्जेन्टिनाको प्रदर्शन खासै प्रभावशाली थिएन। उनीहरू निकै सहज समूहबाट सजिलै अघि बढेका थिए, तर अघिल्ला नकआउट चरणहरूमा केप भर्डे, इजिप्ट र स्विट्जरल्यान्डविरुद्ध भने मुस्किलले मात्र जित हासिल गर्न सकेका थिए । दुईवटा खेलमा त जितका लागि उनीहरूलाई अतिरिक्त समयको समेत सहारा लिनुपरेको थियो।

कतार २०२२ मा उनीहरू एक सन्तुलित र परिपक्व टोलीका रूपमा देखिएका थिए। तर, त्यो विजयी टोलीका नौ सदस्यहरू २०२६ को संस्करणका लागि टोलीमा समावेश भएनन् । यसमा सबैभन्दा महत्त्वपूर्ण नाम मेस्सीका लामो समयदेखिका मुख्य सहयोगी तथा हालै मात्र सन्यास लिएका एन्जल डि मारिया हुन् ।

तिनीहरू पिचमा सबैभन्दा राम्रो हेडको रूपमा मेस्सीमा पनि भर पर्न सक्छन्। उनले सधैं बलको माग गरेर हरएक क्षणमा चम्किलो उदाहरण प्रस्तुत गर्छन्। मेस्सीको स्थायी गुणस्तर र नम्रताले लगभग फुटबलका हरेक तर्कलाई चुनौती दिन्छ । उनका शाश्वत प्रतिद्वन्द्वी क्रिस्टियानो रोनाल्डोको पीडादायी पतनलाई उनले बुझेका छन् । यही कारण पनि उनी गम्भीर छन् ।

प्रायःजसो, मैदानको अन्तिम भाग अर्थात फाइनल थर्डमा मेस्सीको खेल प्रदर्शन त्रुटिरहित हुने गर्छ। वास्तवमा, उनले इङ्गल्याण्डविरुद्धको खेलमा दुई ’असिस्ट’ र नौ पटक ’ड्रिबल’ पूरा गरे । जो यो विश्वकपको नकआउट खेलमा यसअघि कहिल्यै नदेखिएको उपलब्धि हो। उनी हाल आठ गोलसहित ’गोल्डेन बुट’ को दौडमा शीर्ष स्थानमा छन् र थप चार गोलका लागि अवसर सिर्जना गरेका छन् ।

यो संख्या ’असिस्ट’ मा अग्रस्थानमा रहेका माइकल ओलिसेभन्दा मात्र एक कम हो । विश्वकपको उत्कृष्ट खेलाडीका रूपमा आफ्नो करियरको तेस्रो ’गोल्डेन बल’ जित्न उनले पर्याप्त योगदान गरिसकेका छन्। तथ्याङ्कभन्दा पनि महत्त्वपूर्ण कुरा के हो भने, मेस्सीका हरेक चालमा एउटा विशेष उद्देश्य लुकेको हुन्छ।

धेरैजसो खेलाडीले सामान्य रूपमा छेउ वा पछाडि पास दिने स्थितिमा पनि, उनी भने विपक्षीको रक्षापंक्ति चिर्ने खालको सटीक पास वा मनमोहक ढंगले बल लिएर अघि बढ्ने स्लालोम शैलीको दौड अपनाउँछन् । मेस्सी जोखिम मोल्न पनि अति माहिर खेलाडी हुन् । २० वर्षभन्दा लामो समयदेखि उनको असाधारण प्रतिभाको विश्लेषण गरिँदै आए पनि, पूर्ण लयमा रहेका उनलाई रोक्न विपक्षीहरू अझै पनि असहाय नै देखिन्छन्।

सामान्यतया मेसीको लामो खेल–जीवनको श्रेय उनको प्राकृतिक प्रतिभालाई दिइन्छ । जो पक्कै पनि एउटा महत्वपूर्ण पक्ष हो । तर कठिन परिस्थितिमा पनि कडा परिश्रम गर्ने र निरन्तर लागिरहने उनको तत्परतालाई भने प्रायः बेवास्ता गरिन्छ। लामो समयसम्म उनले आफ्नो छैटौं विश्वकपमा सहभागिता जनाउने वा नजनाउनेबारे केही स्पष्ट पारेनन् ।

उनले प्रशिक्षक स्कालोनीसमक्ष आफूलाई तब मात्र उपलब्ध गराउने अडान लिएका थिए जब उनी उच्च स्तरमा योगदान दिन सक्षम छु भन्ने कुरामा पूर्ण विश्वस्त भए। विगत पाँच सातामा मेसीले यो कुरामा कुनै शंका नरहने गरी आफूलाई प्रमाणित गरिसकेका छन् र अहिले आफ्नो मिहिनेतको सुखद नतिजाको आनन्द लिइरहेका छन्।

इङ्ल्यान्डविरुद्धको जितपछि उनले मेस्सीले भनेका थिए “मैले विगत एक वर्षदेखि नै तयारी र प्रशिक्षण गरिरहेको थिएँ र आफूलाई उत्कृष्ट अवस्थामा राख्न हरसम्भव प्रयास गर्नेमा म दृढ थिए । उनले अगाडि भने “अहिले म केवल यो क्षणको आनन्द लिन चाहन्छु। म मेरो अन्तिम विश्वकप वा त्यस्तै कुनै कुराको बारेमा कुरा गरिरहेको छैन । यो टोलीले सधैं आफ्नो शतप्रतिशत दिन्छ र कसैप्रति कुनै ऋण राख्दैन। ’

कतारमा, आफूबाट टाढा रहेको एकमात्र उपाधि जित्ने धुनमा मेस्सी कुनै अलौकिक व्यक्तिझैँ देखिएका थिए। त्यतिबेला रमाइलोभन्दा पनि त्यो अभियान निकै गम्भीर प्रकृतिको थियो। यसपटक पनि उनको खेलमा उस्तै तीव्रता कायम छ, तर लामो समयदेखिको रोनाल्डोसँगको त्यो ठूलो दबाब हटेकाले मेस्सी अझ बढी ढुक्क र खुसी देखिएका छन्।

आश्चर्यजनक रूपमा, उनमा थकानको कुनै खासै लक्षण देखिएको छैन; यस गर्मीयाममा देखिएको मेस्सीको सबैभन्दा ऊर्जावान् रूपको शिकार इङ्गल्याण्ड बन्न पुग्यो। नकआउट चरणहरूमा ४२० मिनेट खेलिसक्दा पनि, उनी फाइनल खेलका लागि आफ्नो उत्कृष्ट लयमा पुग्दै गरेको महसुस हुन्छ। स्पेनले पनि मेस्सीलाई कुनै डर वा दबाबमा पार्ने छैन।

स्पेनको बारेमा टिप्पणी गर्दै मेस्सीले भने “म त्यो टोलीलाई राम्ररी चिन्छु; उनीहरूको आफ्नै फुटबल दर्शन छ र उनीहरू धेरै वर्षदेखि यसै शैलीमा खेल्दै आएका छन्,“ उनले थपे। “म त्यहाँका खेलाडीहरूलाई चिन्छु—मैले उनीहरूविरुद्ध खेलेको छु, उनीहरूको खेल पछ्याउँछु—र तीमध्ये धेरै खेलाडी ’बार्सा’ (बार्सिलोना) मा छन्, जुन टोली मलाई मन पर्छ र म पछ्याउँछु।  यो एउटा विशेष खेल हो, विश्वकपको फाइनल। मलाई लाग्छ, यो निकै प्रतिस्पर्धात्मक खेल हुनेछ।“

उत्कृष्ट टोलीहरूले आफ्ना सर्वश्रेष्ठ खेलाडीलाई केन्द्रमा राखेर टिम निर्माण गर्नु सामान्य कुरा हो, तर अर्जेन्टिनाले मेस्सीलाई दिने महत्व वा व्यवहार त्योभन्दा धेरै माथि छ। टोलीका सबै सदस्य उनीप्रति समर्पित छन् । मेस्सी खुसी र स्वतन्त्र रहून् भन्ने सुनिश्चित गर्न उनीहरू आफ्नो ज्यानको बाजी लगाउन पनि तयार हुन्छन्।

जुनसुकै मूल्य चुकाएर भए पनि मेस्सीको महानता अझ बढाउन उनीहरू प्रतिबद्ध छन् र कुनै पनि अहंकार नराखी निशर्त सहयोगी भूमिका स्वीकार गर्छन्। अर्जेन्टिनाको टोलीले यस विश्वकपका लागि ’ला क्वार्टा एस्त्रेला’ नामक नयाँ गीत (एन्थम) समेत अपनाएको छ । जुन गीत पूर्णरुपमा मेस्सीप्रति समर्पित छ ।

के कुनै सक्रिय खेलाडीलाई यसरी पौराणिक वा अलौकिक स्तरको सम्मान दिइएको छ? यो प्रश्नको जवाफ मेस्सीले आफ्नो खेलमार्फत दिइरहेका छन् । आइतबार हुने आफ्नो तेस्रो विश्वकप फाइनलमा जे नतिजा आए पनि, उनी नवौं पटक ’बालोन डी’ओर’ हकदार बन्ने सम्भावनालाई भने चुल्याएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top