उपभोक्ताको हित हुने गरी तत्काल चिनीको मूल्य निर्धारण गर्न निर्देशन

काठमाडौँ, असोज २५
प्रतिनिधिसभा, उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले उपभोक्ताको हित हुने गरी तत्काल चिनीको मूल्य निर्धारण गर्न सरकारलाई निर्देशन दिएको छ ।

समितिको आज सिंहदरबारमा बसेको बैठकले चिनीको आयातमा परिमाणत्मक बन्देज लगाइनुअघि आयात भएको चिनी गोदामको तत्काल अनुगमन गर्न र गैरकानूनी कार्य गरेको पाइएमा गोदममा सिलबन्दी गरी कारबाही गर्नसमेत सरकारलाई निर्देशन दिएको छ ।

त्यस्तै उखु किसानले चीन उद्योगीबाट पाउनुपर्ने बाँकी बक्यौता रकम तत्काल किसानलाई उपलब्ध गराउनसमेत समितिले सरकारको ध्यानाकर्षण गराएको छ ।

Advertisement

किसानले उखु बिक्री गरेवापत पाएका रकम र बाँकी रहेको रकमको यथार्थ विवरण समितिमा पठाउन आग्रह गरिएको छ । समितिले जनकपुर चुरोट कारखाना र वीरगन्ज चिनी कारखानाको जग्गालगायत भौतिक संरचनाको विवरणसमेत माग गरेको छ ।

उपभोग्य वस्तुको मूल्य निर्धारण गर्ने आधुनिक संयन्त्र निर्धारण गर्न, व्यापारीले अनिवार्य र विद्युतीय प्रक्रियाबाट बिलबिजक जारी गर्नुपर्ने व्यवस्था मिलाउनसमेत निर्देशन दिएको छ ।

Advertisement

उपभोक्तालाई गुणस्तरहीन र अखाद्य वस्तुको प्रयोगबाट जोगाउन आयात गरिने र नेपालमै उत्पादन गरिएका उपभोग्य वस्तुको गुणस्तर परीक्षण गरेर मात्र बिक्री वितरणको व्यवस्था मिलाउनसमेत सरकारको ध्यानाकर्षण गराएको छ ।

चाडपर्वका समयमा दैनिक उपभोग्य सामग्रीमा हुने अस्वभाविक मूल्यवृद्धि नियन्त्रण गर्न सरकारलाई सचेत गराउँदै समितिले खाद्यान्न, ड्राइफुड, फलफूल, माछामासुलगायत उपभोग्य वस्तुको अत्यधिक र अस्वभाविक मूल्यवृद्धि रोक्न सरकारलाई निर्देशन दिएको छ ।

उपभोग्य वस्तु देशका सबै भूभागमा सहुलियत दर र सरल रुपमा पु¥याउन र उपभोग्य वस्तुको आवश्यकता अनुसारको भण्डारको व्यवस्था गर्न तथा खाद्यान्नमा मिसावट, कालोबजारी र कृत्रिम अभाव सिर्जना गरी ठगी गर्नेमाथि अनुगमन गरी कडाभन्दा कडा कारबाही गर्नसमेत समितिले उद्योग, वािणज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देश गरेको छ ।

समितिले यसअघि सरकारी संयन्त्रबाट भएको बजार अनुगमनको प्रगति, आगामी कार्ययोजनासहितको सम्पूर्ण विवरण समितिलाई उपलब्ध गराउन अनुरोध गरेको छ ।

चाडवाड अघि उपभोक्तालाई आवश्यक पर्ने खसीबोका, भेडा, च्याङ्ग्रा, हाँस, कुखुराको व्यवस्थापनका पक्ष र मरेका पशु चौपायाको बिक्री वितरण गर्ने कार्यमा तत्काल नियन्त्रण गर्न तथा पशुबधशालाको प्रभावकारी अनुगमन गरी त्यसको प्रतिवेदनसमेत समितिलाई उलब्ध गराउन निर्देशन दिइएको छ ।

ठूलोमात्रामा खाद्यान्नको कारोबार हुने चाडपर्वका बेला देशका विभिन्न भागमा पर्याप्त मात्रामा सहुलियत पसल खोली सुपथ मूल्यमा गुणस्तरीय उपभोग्य सामग्री उपलब्ध गराउन समितिले सरकारलाई आग्रह गरेको छ ।

त्यस्तै पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासको आपूर्ति व्यवस्था सहज बनाउन, चाडवाड अघि मूल्यवृद्धि तथा मूल्य समायोजन नगर्नसमेत सरकारलाई निर्देशन दिइएको छ ।

भारतबाट आयात हुने चामल कम गुणस्तरको रहेको जनगुनासो आएको भन्दै समितिले उक्त गुणस्तरहीन चामलको परिणाम र आयातकर्ताको सम्पूर्ण विवरण १० दिनभित्र समितिलाई उपलब्ध गराउन वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिने निर्णयसमेत गरेको छ ।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top