मासु किन्दा ध्यान दिनुहोस्, यसरी बेचिँदैछ कुहिएको मासु

इटहरी,असोज २६
इटहरी वजारको अनुगमनको क्रममा कुहिएको मासु समेत वेच्न राखेको पाइएको छ । इटहरी उपमहानगरले गरेको अनुगमनमा केहि पसलमा खसी र कुखुराको कुहिएको मासु समेत वेच्न राखेको पाइएको हो ।

अनुगमनमा रहेका जिल्ला भेटेनरी अस्पतालका डा.मनोज कुमार महतोले अनुगमन गरिएको धेरै पसलको मासु स्वास्थ्यको हिसाबले खान योग्य नरहेको पाइएको वताए ।

पशु वधशाला तथा मासु जाँच नियमावलि २०५७ बमोजिमको मापदण्ड कसैले पनि पालना गरिएको पाइएन । पसलमा जाली शिशा लगाउनु पर्ने,टायल लगाएर सजिलै सफा गर्न सकिने वनाइदिनु पर्ने,मूल्यसूची,वोर्ड राखिनुपर्ने,औजार र जोख्ने समान सफा सुग्घर हुनुपर्नेमा अधिकांशमा त्यस्तो नभएको डा. महतोले वताए ।

Advertisement

डा.महतोले मासुका कारण २सय ७५ किसिमका रोग सर्ने भएकाले उपभोक्ता सचेत रहनुपर्ने वताए । खुल्ला रुपमा नालीका छेउमा समेत मासुपसल राखेको पाइएको छ ।

अधिकांश मासु पसलले ब्यवसाय दर्ता नै नगरि पसल संचालन गरिरहेको पाइएको वजार अनुगमन टोली संयोजक विजय कुमार मगरले वताए । उनले पहिलो पटक सुधारका लागि सचेत गराइएको अर्को पटक अनुगमन गर्दा सुधार नगरे कारवाहीको प्रक्रियामा जाने मगरले प्रष्ट पारे ।

Advertisement

उद्योग वाणिज्य संघ इटहरीका वाणिज्य सचिव उमेश दाहालले मासु पसलहरुको नाजुक अवस्था भेटिएको,ढक तराजु समेत ढुँगा राखेको पाइएकोले उपमहानगरले ब्यवस्थित गर्नु पर्नेमा जोड दिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

इरान युद्ध रोकियो, तेलको भाउ पनि घट्यो तर नेपालमा किन घटेन ?

petrol-pump-india_AFP

सम्बन्धित समाचार

Scroll to Top